WHAT'S NEW?
Loading...

Chulachuli online Radio

हाम्रो प्रयास

चुलाचुली ईलामका  जागरुक साहित्य प्रेमी साथीहरुको जमघटले बिगतमा भित्ते पत्रीकाबाट थालनी गरेको सँगम साहित्यिक पत्रीकालाई भित्तोमा मात्रै सिमित नगरी हवाइ पत्रीकाको रुपमा ढालेर केहि बर्षको साहित्यिक यात्रालाई निरन्तरता दिदै सिमित साथीहरु सँग मात्र हातेमालोले साहित्यको तुफान ल्याउन नसक्ने देखेका कारणले "सँगम साहित्य चौतारी" ब्लग मार्फत संसारै भरीका साहित्यिक मनहरु सँग हातेमाले गर्ने प्रयासमा छौ।
हाम्रो हुलाकी सम्पर्क सँगम साहित्यिक पत्रीका, चुलचुली-७, ईलाम हो भने इन्टरनेटमा  Www.sangamsahitya.blogspot.com    र  paudeldevendra185@gmail.com मार्फत हामी सँग सम्बन्ध बनाउन सक्नु हुनेछ। धन्यवाद!

              प्रधान सम्पादक


lok nath paudel

            उप - सम्पादक

roward siptungkha rai

           प्रमुख सहयोगी हरु 

devendra paudel

Dharma sandesh 

































श्री किरांतेश्वर मा. बि.

चुलाचुली ६ पेल्टिमारी अवस्थित श्री किरांतेश्वर माध्यमिक बिद्यालय।




लाहुरेनी पिडा सार्व जानिक

पाँचथर को ओयाम ६ मा जन्मिएर कर्मा थलो बेलायत को लण्डन बनाएकी कबियत्री लीला सेलिङ माबो को कबिता सँग्रह लाहुरेनी पिडा सर्बजानिक भएको छ ।नेपाली समुदाय मा ब्याप्त लाहुर जाने प्रथा अनि लाहुरे को परिवार सधै सुखी र खुशी मात्रै हुन्छ उनि हरु लाई दुख र अभाब को अनुभब हुन्न भन्ने भ्रम लाई चिर्दै आफ्नै लाहुरेनी को अनुभब र भोगाइ हरु बटुलेर लेखिएको कबिता सँग्रह लाहुरेनी पिडा मा १९ वटा कबिता हरु सँग्रहित छन काठमाण्डौ महा लक्ष्मी स्थान को चुम्लुङ हल मा पौस १० गते मध्यान्न मा सम्पन्न उक्त कार्यक्रम मा बिभिन्न क्षेत्र का लब्ध प्रतिस्ठित ब्याक्ती हरु पत्रकार तथा साहित्यकार हरु को उपस्थिती का साथ मा कार्यक्रम का प्रमुख अतिथी ब रिस्ट साहित्यकार तथा गित कार श्र वण मुकारुङ हुनुहुन्थ्यो ।

श्री बालज्योती मा. बि. चुलाचुली, ईलाम।


गजल

सपनी मा बर्बराउँदा, सम्झंछेउ कि मलाइ आमा
तिम्रा आँखा फर्फराउँदा,सम्झंछेउ कि मलाइ आमा
खुशी हुन्छेउ या त रुन्छेउ, खबर ल्यायो भन्ठानेर
आँगनीमा काग कराउँदा,सम्झंछेउ कि मलाइ आमा
बाडुल्किनि लाग्ला पक्कै, त्यसैमाथि साँझ बिहान
घरमा आगो भर्भराउँदा,सम्झंछेउ कि मलाइ आमा
आउछु भन्दै ढाँटि ढाँटि, मिति सार्ने मेरो बानि
के के सोची मन डराउँदा,सम्झंछेउ कि मलाइ आमा
पछि लाग्थे सानो छँदा, मजेत्रो ले बोकी हिड्थ्यौ
पाखाबारी गाइ चराउँदा,सम्झंछेउ कि मलाइ आमा ||


♥ आर. सि. अधिकारी
  पोखरा

फोटो

हाम्रो पुरानो संगम पत्रिका


गजल

रोबर्ट राई
चुलाचुलि, इलाम ।

चिरा-चिरा जिन्दगी, बचाएर कति बसौ ।
दुखि रहने मुटुलाई, सताएर कति बसौ ।


मर्न बरु गाह्रो छैन, अर्थबिहिन जिन्दगीको,
बार-बार आँशुलाई, चुहाएर कति बसौ ।

हजार सपनाहरु, तिमी संग जोडेर बसे,
लथालिंग यो मनहरु, भत्काएर कति बसौ ।

लुट्यौ सबै जिन्दगीका, तिता-मिठा यादहरु,
सम्झनाका जिवन यात्रा, डोराएर कति बसौ ।