WHAT'S NEW?
Loading...

Chulachuli online Radio

मालपोत प्रमुखले टेर्दैनन् सावाग्राहीलाई

sandakpur online.com
 
मालपोत कार्यालयमा कहिले घूस लिने, कहिले अनियमितता, कहिले कर्मचारी भेटिदैनन, जस्ता विषयमा व्यापक जनगुनासो आइरहेको बेलामा आइतबार अर्को गुनासो सेवाग्राहीले भोग्नु प¥यो ।  जग्गा पासको विषयमा इलाम नगरपालिका २ स्थित कुलधाराबाट आएका सेवाग्राहीले सानो काममा मालपोतकै प्रमुखबाट हैरानी भएको गुनासो गरेका छन ।
   करीव दिउँसो साढे १ बजेको समयमा कुलधाराका निवासी रेणुुका

रेडीयो भिजन को साहित्यिक कार्यक्रम 'हाम्रो साहित्य' लिला अनमोल को साथ मा

गजल

Bibek "pritam"
Gazal

नगर खुट्टा ताना-तान नेता बनेर
बनाउ छिट्टै संविधान, नेता बनेर


एक'ले अर्कालाई छोड गिज्याउन ...
कति गर्छौं ? हानाहान, नेता बनेर


पाएको अवसर खेर फाली रा'छौ
गल्ती गर्छौ जाना-जान नेता बनेर


जनताको मन जित्त्ने,राम्रो'काम गर
देखाउ अनि तिम्रो सान नेता बनेर


समयले पर्खिन्न गएपछि फर्किन्न
बचाउ आफ्न्नो पहिचान नेता बनेर



 Bibek "pritam"

काठमाडौं

▬ बिरेन्द्र नेपाल

कविता

मन्दिरको भण्डारण भनेर चिनिने काठमाडौं
फोहोरको डङ्गुर बनिसकेको छ,
सभ्यताको केन्द्र भनेर मानिने काठमाडौं
अश्लीलताको प्रदर्शन गर्ने थलो बनिसकेको छ ।
संस्कृतिको धरोहर मानिने काठमाडौं
विदेशीहरुको ट्वाइलेट बनेको छ,
विश्व सम्पदाको सम्पत्ति मानिएको काठमाडौँ
हत्या, हिंशा र आतङ्क मच्चाउने स्थल भइसकेको छ ।
खै त त्यो काठमाडौं
जहाँ स्वयम्भूका आँखा चम्केका
जहाँ पशुपतिका त्रिनेत्रको ज्योति फैलिएको ।।

हाम्रो प्रयास


एक पुरानो मोतिहाङ देबि थान भनेर चिनिने यो तस्बिर चुलाचुलि ७ पेल्टीमारि मा अवस्थित छ।

पाथिभरा देबि माता को एक मन्दिर यहि स्थान मा बनाउने भन्ने गाउ घर का सबै परदेसि दिदि बहिनि दाजुभाइ को पहल हो। तपाइ को के छ त बिचार ?

पञ्चकन्या र जोगमाईको साधारणसभा

 देवीप्रसाद उप्रेतीलाई पुन अध्यक्षमा चयन गर्दै  पञ्चकन्या बहुउदेश्यीय सहकारी संस्था लि. सूर्योदय नगरपालिका ६ फिक्कलको एघारौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष उप्रेतीको अध्यक्षता एवम बयोबृद्ध समाजसेवी नरबहादुर बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न सभामा २३ लाख रुपैंयाँ आम्दानी र २० लाख रुपैंयाँ खर्च हुनको साथै ३ लाख रुपैंयाँ खुद नाफा भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
नवगठित समितिको उपाध्यक्षमा जीवनकुमार सापकोटा कोषाध्यक्षका गोबिन्द गड्तौला चयन भएका छन् । यस्तै सदस्यहरुमा  प्रेम शर्मा,  कमल पौडेल, इन्दिरा कटुवाल, मिलन क्षेत्री, भुवन राज ढुङगाना, रविन तिमसिना रहेका छन् । अधिवेशनले लोकनाथ भट्टराईको सयोंजकत्वमा मानवीर लाप्चा र सुरज ढुङगाना सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ । 

गजल

इस्वरी दुलाल


शिर झुकाउनु भन्दैछन म के गरौं ??
 पाउ दबाउनु भन्दैछन म के गरौं ??

 प्रलोभनको जाल मै माथि फ्याँकेर ।।
 आगो लगाउनु भन्दैछन म के गरौं ??

 बिबश बनाई मान्छे मार्न लगाएर ।। 
धर्म बचाउनु भन्दैछन म के गरौं ??

 सर को मन बहलाऊन कमीशन ।। 
लिएर आउनु भन्दैछन म के गरौं ??

 झूटो बयान दिएन भने सई साब ।।
 धुलो चटाउनु भन्दैछन म के गरौं ??