WHAT'S NEW?
Loading...

Chulachuli online Radio

१९९० को भुइचालोमा काठमाडौँ


भाइभारदार प्रजावर्ग |९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो। त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो आपत् आइपरेको थियो।
भताभुङ्ग लथालिङ्ग भएका घरवास फेरि खडा गरी सबैले चाँडो विश्राम गर्न पाऊन् भन्ना निमित्त यहाँ चार भञ्ज्याङभित्र र पहाड मधेसको समेत जंगल खोलिदिइ दुनियाका निमित्त लखन रुपैयाको काठपात बेदाममा छोडियो।
ठाउँठाउँ भट्टा बनाई पोलाएको करोडन इट, गोदाममा मौजाद रहेको, हजारन लकडी, देशबाट झिकाएको टिन पाता किलाकाँटाहरू सरल मोलमा पाउने प्रबन्ध पनि भयो।
नेपालमा भएजति कालीगड पनि पहिले दुनियाका निमित्त छोडिए। भत्किई बिग्रिई खण्डहर सरह शून्य उदासलाग्दो भइरहेका सहर गाउँहरूमा ठाउँठाउँ थुप्रिरहेको र सडकको र दुनियाका नासिएका घरको माटोसमेत भर्ती कुल्ली राखी फ्याँक्न लगाइयो।
फण्ड खोली दिनहीन दुःखीहरूलाई त्यसबाट बक्स पाउने बन्दोवस्त पनि हुन गयो। सानाठूला सबैलाई एकै बाजी त्यस्तो ठूलो भूकम्पको मारबाट उठ्नलाई फण्डबाट मात्र नपुग्ने, थातवासको कुरा हुनाले पर्खिरहन पनि नहुने, दाम नभए सानोतिनो काम पनि टक्कै अड्कने, पुगिसरी आउनेहरूसँग पनि सबैका घरमा नगद महजुद नरहने खोजमेल गरुन् भने अर्कालाई पनि उस्तै परिरहेको, ऋण काढ्नातिर लागून् भने स्वार्थी सुदखोरहरू पहिले त्यस्तो अवस्थामा पत्यारै नगर्ने, पत्याइहाले भने पनि ऋणीलाई संकष्ट परेको मौका छोपी बेढव बढी व्याज घीउ खानी खोज्ने भई दुःखीहरूमाथि दुःख थपिन जान भई धेरैजसोलाई आर्थिक संकट पर्न जानाले शोचनीय अवस्थामा रहिरहनुपर्ने भएको देखिँदा तिनीहरूलाई त्यो संकटबाट उकास्ने महलवसरि बिना व्याजमा चार वर्षको भाखा गरी सापट दिनानिमित्त मोरु पचास लाख रुपैया पर सारियो त्यसमध्ये मोरु २९८२३१-६२ सापटीको रुपमा गयो।
यी सबै प्रम्बन्ध र मद्दतबाट भूकम्पपीडित सबैले उत्साह बढाई थोरै समयमा नै सुविस्तैसँग आफ्नो थातबास तयार गरी जहान बच्चा मालमत्ता थान्को लगाई आनन्दसँग बस्न पाई आफू अरु उद्योगधन्दातिर लाग्न पाए त्यति मात्र होइन, कसैले त साविक दुईतलेको तीनतले, तीन तलेको चारतले पुराना छाँटकाँटको ठाउँमा नयाँ छाँटकाँटको ठूलो र सुविस्ताको घर तयार गरेका छन्।
देवालय पाटी पौवाहरू पनि धेरै नै बने यति हुन गएकोले अ‍ैले देख्ने नया मानिसले हेर्दा नेपालमा भूकम्पको मार त्यत्तिको भएको थियो के त भनेजस्तो दृश्य प्रत्यक्षै देखिरहेछ। यतिसंम यति चाडो हुन सक्नु सानो सन्तोषको कुरा होइन। भूकम्पको त्यत्रो मारमा परेको नेपाल आफ्नै बलले फेरि यति चाँडो खडा भयो भन्ने कुरा छापामा छापिएको तिमीहरू सबैले देखे सुनेकै होलाऊ।
कोहीकोही जंगी निजामति जागिरदार रजौटाप्रोहितहरूले तम्सुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कटट गराई कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन्। ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु।
त्यो दैवी दुर्घटनामा भत्केका घर पर्खालले मिची अकाल मृत्यु भएकाहरूको आत्माको शानित र उद्धारको खातिर आफूले महाकाली किनारामा गरेको सहस्र गोदानको पुण्य अर्पण र सप्ताह लगाउने काम पनि भयो शास्त्रानुसार तिनीहरूको अवश्य उद्धार हुन गई तिन्को परत्र सुध्रन गएको हुनुपर्दछ दुर्गतिको लक्षण पनि केही कतै देखिदैन सुनिदैन।
आफ्ना इच्छाले श्रद्धा गरी अर्पण गर्न ल्याएको द्रव्य यस काममा उठेको फण्डमा राखिदिने बन्दोबस्त भएकोले कुल जम्मा मोरु १०७४६१३-७९ नोटकंरु २७३३१।।.।।३ आएको हो त्यसमध्ये नानी नानी कमान्डर इनचीफ जनरल पद्मशंशेर जंग–राणा र नानी फ.क.ज. मोहनसंशेर जंग राणा प्रवृत्ति ६ जना (फ.क.ज. बबरसंशेर, द.क.ज. केसरसंशेर, ज. सिंहसंशेर, ज. कृष्णसंशेर, ज. शंकरसंशेर) हाम्रा भतिजाहरूतर्फबाट र सीताभवन महारानी भाउजू औ हामी र हाम्रा बडामहारानीबाट गरी दश लाख चालीस हजार मोरु जम्मा हुन आयो, विदेशमा रहेका नेपाली र नेपालमा रहेका गुरुपुरोहित भारदार दुनियाबाट र नेपालमा रहेका विदेशीहरूबाट गरी मोरु ३४९१३।७९ नोटकंरु ४२९४।। चन्दा आएको थियो।
स्नेहले विशेष सहानुभूति प्रकट गरी बृटिश जापानी हिन्दुस्थानी सज्जनहरूले पनि नोटकंरु २३०३७।२।।३ पठाएका थिए । सो आएको जम्मै दाम फण्डमा जम्मा हुन गएको छ।
यो फण्डबाट यहाँ नेपाल खाल्डाका र पहाडका समेत अकिञ्चन दीनदुःखीहरूलाई जिल्लाजिल्ला गाउँगाउँसम्म डोर पठाई अन्न बस्त्र बाँड्ने, ब्यु मासिएकालाई ब्यु दिने, दुनियादारको भत्केको घर छाप्रो कटेरा बनाउनलाई दाम दिने माटो मिल्काइदिने इत्यादि काममा गरी जम्मा मोरु ५४४४।६८ नोट कंरु ३८४२।।। खर्च भइसकेको छ।
सोबाहेक भूकम्पले भत्केको बिग्रेका देवदेवालय पाटी पौवाहरूको जीर्णोद्धारको खर्च, भूकम्पोद्धारसम्बन्धी काम गर्नालाई नया थप भएका कामदार कारिन्दाहरूको तलब मसलन्द रेलभाडामा भएको खर्च अधी फण्डतर्फबाट भइरहेको थियो तापनि तिमीहरूलाई मद्दत र सुविस्ता होओस् भन्ने मनसायले सो खर्च पनि सरकारतर्फबाटै गर्ने बन्दोबस्त मिलाएकाले अब फण्डपट्टी नोट कंपनीको पनि मोहरै गरी जम्मा मोरु ५६०९५६। बाकि रहने गराई सापटीवाला तिमी दुनियाहरूलाई पाटीमा सोधभनी  गरिदिने बन्दोबस्त गरिएको छ।
प्यारा प्रजा हो
यस्तो दैवी चोट हामीलाई मात्र परिआएको होइन, कालचक्रको हेरफेरले अन्तअन्त पनि परेको सुनिएकै छ। त्यस्तो परि आउँदा त्यहाँका वासिन्दाहरूले धैर्यधारण गरी दुःखबाट शिक्षा लिई उद्योगधन्दातिर झन् मन बढाई आफ्नो आँत र मेहनतको जोरले ती अघिभन्दा बलिया भई निस्कने गर्दछन्।
यही नेपालमा पनि शक्ति सिंहदेवका पालामा भूकम्पको उत्पात् भएको थियो भन्ने इतिहासको लेख देखिन्छ। त्यत्तिको टाढाको के कुरा सय वर्ष अगाडि १८९० सालमा पनि यस्तै उत्पात्ले धेरै धनजन घर देवालय सहरको नास गरेको रहेछ।
त्यसबेला ती भूकम्पले पछारिएका प्रजाहरू केवल आफ्नै आँट र उद्योगका जोरले फेरि उक्सिएका थिए भन्ने पनि बुझिन आउँछ। यी कुराहरूले सदा सर्वदा उद्योगमा दत्तचित्त भई प्रजा प्राणीहरूले आफ्नो जीवन सुजीवन बनाउँछु र स्वावलम्बी भई आफ्नो देशको उन्नति गर्नु असल मार्ग हो भन्ने देखाइरहेको छ।
दैवी विपत् परी हानिनोक्सानी भएमा सो हानिको पूर्तिको लक्ष्य गरी विशेष परिश्रम लगाई उद्योग गर्नतिर नलागे अघिका परिस्थितिसम्म पुग्न पनि गाह्रो हुने हुन्छ । उद्योगधन्दाको ख्याल सुखमा भन्दा दुःखको अवस्थामा हुने गर्छ।
सांसारिक जीवनमा सँधै सुखको दिन मात्र आइरहँदैन केहीले कस्तै परि आउँदछ, कहिले कस्तै मुलुकमा लडाइँभिडाइको काम परि आयो भने अवस्था अनुसार जस्तो परिआउँदा सो बेहोरी मिठोमसिनोको ख्याल छोडी स्वास्थ्यलाई हानि नगर्ने रुख्खासुख्खा सादा चीज जो पाइन्छ, त्यो पनि आधा पेट खाएर निर्वाह गरी जुन काम गर्नाले आफ्नो मुलुकको परिस्थिति सप्रने र आफ्नो तरफको भलाइ पनि हुने हुन्छ, त्यतैतिर ती मुलुकका प्रजाहरू लाग्ने गर्छन् जस्तो लडाइँ भिँडाइ, उस्तै देशमा परिआएको दैवी दुर्घटना पनि दैवी लडाइँजस्तो हो।
अकस्मात् त्यस्तो दैवी परिआएपछि घरबास तयारी गरी जहानबच्चाको थान्को लगाउनामा दत्तचित्त भएझैं तिमीहरूले क्षतिपूर्तितिर जाँगर बढाई उद्योगधन्दामा लागी मितव्ययीको बानी बसाली सकेसम्म चाँडो स्वावलम्बी हुने, धन्दामा पनि दत्तचित्त हुने बेला थियो।
अवस्थाअनुसार खस्रोधस्रो लगाई रुख वा सुख्खा खाईकन पनि निर्वाह चलाई, सौखिनी फजुल खर्च घटाई, खेतीवालाले अन्नको उब्जा बढाउने, एक बाली हुनेमा २-३ लगाउने र बढी दाम आउने वस्तु पैदा गर्ने, कपडा बुन्नेले बढी कपडा बुनी तयार गरी सो तयार भएका मालको प्रचार बढाउने, गाइवस्तु पाल्नेले त्यसतर्फको उन्नतिमा लाग्ने, व्यापारीहरूले व्यापार बढाउने, शिल्पकार कालिगडहरूले शिल्प र कालिगडी काम तर्फ विशेष यत्त्र पुर्याउने, यस्तै अरु जजस्को जुनजुन काम छ उसमा हौसला बढाई परिश्रम साथ उद्योगधन्दातिर लागे त्यसबाट बढी आर्जन गरेको धनले आफ्नो निर्वाह चलाई थोडबहुत जो सकिन्छ साँच्दै जन सकिने भई देशमा उद्योग बढे देशको पैसा देशैमा रहने र अरु तरहबाट आफ्नो भलाई साथसार्थ देशको पनि भलाई हुने कुरा जानेबुझेकै होलाऊ, नजान्ने  नबुझ्नेले पनि जान्नुबुझ्नु योग्य छ।
यही मितव्यायी हुने स्वावलम्बी हुने तरफ अर्थात् चाहिँदो बाज्जी मात्र खर्च गर्ने र, आफ्नो भरमा आफू उभ्भिन सक्ने सद्रुणतर्फ हाम्रा प्यारा प्रजाको चित्त आकर्षण गर्नखातिर भूकम्पपछि कुनै बेजरुरी देखिएको वस्तु देशदेशान्तरबाट आउनै बन्द गर्ने, कुनै अनावश्यक वस्तुमा भन्सार बढाउने, कुनै आवश्यक वस्तुमा घटाउने गरेको र, उद्योगपरिषद् स्थापन र स्वदेशी चीजको प्रदर्शनी आदिको प्रबन्ध गरी बाटो देखाउने उपाय पनि भएको हो।
विचार गर, मुलुकको उन्नति र अवनति त्यहाँका बासिन्दा प्रत्येकको आत्मीक बलको उन्नति र अवनतिसँग सम्बन्ध राख्तछ, उन्नतिको चाहना कस्लाई हुँदैन। देशकाल अवस्था र आफ्नो हविगत इत्यादि कुराको विचारको ठीक तौल पु्र्याई उपातिर लाग्नुपर्छ।
टाढासम्म विचारको नजर अगाडि फैलाई, धैर्य र जाँगर दुई हातमा लिई उपाय उद्योगतिर लागेपछि गरेअनुसार अवश्य केही न केही फाइदा नभई रहँदैन । यिनै कुरा मौका परेमा तिमीहरूलाई बराबर सम्झाई बोध गराउने।
कोसिस गर्दै रहेको हुँ मुलुकको बहत्तरी प्रजालाई सुख कसरी हुन सक्ला भन्ने ध्यानमा हामी निरन्तर लागिरहेको तिमीहरूले देखेजानेकै होलाऊ । सो सापट गएको रुपैयाँको म्याद पुगेपछि संस्थाको शोधभर्ना आउनुपर्नेमा कतिले बुझाई पनि सके, बुझाउन बाँकी राख्नेलाई ऐले वर्षा
र खेतिपातिको काम पर्न गएकाले कार्तिकसम्मको म्याद पनि फेरि थप गरिएको छ। सो म्यादसम्ममा पनि शोध बुझाउन नल्याएको पक्षमा सो सापटको रुपमा गएको रुपैया लिखतबमोजिम धितो लेखिएको घरबाटै उपर गर्ने कुरा तम्सुकैमा लेखिएको र, आम इस्तिहार समेत भई राखेका हुनाले त्यही घर पक्री लिलाम गर्न केही बाधा थिएन।
त्यसो गर्दा भत्केको घर सबैलाई एकैचोटि तयार गर्नुपरेको पर्खेर विस्तार गर्ने अवसर नभएकोले कालिगढको र अरु ज्यालादारीको महगीले बढी खर्च पर्न गए पनि आफ्नो थातवास चाँडो जोरी बस्नालाई पुरानो आफ्नो सामानसमेत काम लाग्नेजति काममा लगाई ती घरहरूमा तिनीहरूको निजायति धन पनि केही न केही कसेको परेको होला, त्यस्तो घर लिलाम हुन जाँदा तिनीहरूको मन कल्पनातीत कुरा त छँदैछ, लिलाम लिनेले भरसक किफायतैमा हात लाउन खोज्ने भई तिनबाट सुफत मोल नपाइने स्वभावै हुनाले जेनकेन गरी बल्लबल्ल उभ्याएको वासस्थान काम दाममा अर्काको हातमा पर्न जाने भई ती घरवालाहरू फेरि विनास्थानका हुन जाने छाँट देखिन आयो।
कोही कोहीले ता सोही घर साहूलाई भोगबन्धक दिने गरी कर्जा लिई शोध बुझाउन ल्याएका छन् भन्ने पनि सुनिन्छ, धितो लेखिए घर सर्कारैमा भोगबन्धक राखिने गरी भने पनि दुवैथरीलाई पछिसम्मको टन्टा छुट्ने भएन।
फेरि प्रजाहरूको बासको सुख पनि तिनीहरूका हातमा हुने भएन। ब्यांकबाट कर्जा मिल्ने प्रबन्ध हुन गएमा पनि ऋणमाथि झन् ब्याज थपिँदै जाने भयो । भाखा पाए तिर्ने थियौं भन्ने यस्तो भनाइ पनि सुनियो।
के चार वर्षको भाखा कम थियो र ? त्यो चार वर्षको ब्याज सयकडा पाँचका दर्ले मात्र दिनुपरेको भए पनि कति तिनुर्पे भइसक्ने थियो, आफैं हिसाप गरी हेर, यी सबै कुरा परिस्थिति र ऋणीहरूको अवस्था विचार गरी हेर्दा सर्कारको हारगुहारबाट तनमनधन लगाई प्रजाहरूले ऐले पाइरहेको विश्रामको सुख सपना जस्तो मात्र हुने भई पहिलो भूकम्पको घाउ परिँदा नपुरिँदा तिनीहरूले फेर दोस्रो दुःखको अवस्थाको अनुभव गर्नुपर्ने होल भन्ने छाँट देखिन लाग्यो।
हेर, सर्कार र दुनियाको सम्बन्ध बाबुछोराको जसतै हो, त्यति मात्र होइन, शरीरमा साना ठूला हरेक अंगप्रत्यंग बेग्लाबेग्लै रहेको छता पनि ती सबै मिली एक शरीर एक ज्यान बनेको छ।
शरीरभर फिजिने ज्ञान शक्तिको मूल कामानी शिरमा रहेको छ। त्यतैबाट शरीरका सारा अवयवहरूको सञ्चालन हुने हुनाले शिरलाई ‘उत्तमांग’ अंगप्रत्यंगमा जो सुखदुःख पर्दछ, त्यो शिरले र शिरमा जे पर्दछ त्यो अंगप्रत्यंगले अनुभव गर्दछ उसमा पनि कुनै अंगमा चोटपटक लाग्न जाँदा त्यसका साथसाथ अरु अंगले पनि केही न केही दुःख अनुभव नगरी रहन्न भन्ने सबै अंगसँग सम्बन्ध राख्ने उत्तमांगमा त झन् विशेष मात्रामा असर पुग्न जान्छ भन्ने स्पष्टै छ जस्तो शरीरको उत्तमांग शिर, उस्तै प्रजाहरूका उत्तमांग सर्कार हुन्।
अर्थात् राज्यका अंगप्रत्यंग प्रजाहरू र उत्तमांग सर्कार बनिरहेका छन्। ती सबै मिली एक शरीर एकज्यू भएको हुन्छ । सरकारलाई परेको सुख दुःखमा प्रजाले र प्रजालाई परेको सुखदुःखमा सर्कारले सहानुभूति देखाई सहयोग गर्नु स्वाभाविक हुनुपन्र्यै कुरा हो।
सरकारलाई पनि प्रजातर्फको फिकर मात्र होइन कि सरकार्रले खुद बनाउनुपर्ने दर्बार सर्कारि या घर अड्डअस्पताल असवावघर धरहरा नया बाटो ठाउँठाउँका पाटी पौवा पुराना शिल्पस्थान देवालय इत्यादि जगैदेखि बनाउनुपर्ने जीर्णोदार कारिन्दाहरूको तलबमसलन्द रेलभाडा बाटा खर्चसमेत गरी सयका लाठी एकको बोझ भने झैं त्यसतर्फ पनि सर्कारलाई बोझ कम परेको छैन, अझ पनि खर्च बराबर हुँदैछ तापनि हार्दिक भावभक्ति राखी सर्कारको कल्याण चिताई आफ्ना परिश्रमको जोरले स्वदेशको कल्याणतिर लागिरहेका पुत्रवत् प्रजामा यी विशेषगरी यस्तै ठूलो दुर्घटना परेमा हार्दिक स्नेहसाथ हुन सकेसम्म हारगुहार गरी रक्षा गर्नु सर्कारको कर्तव्यै हो, सोहीअनुसार त्यो भयानक भूकम्पमा तिमी प्रजाहरूको उद्धार निमित्त सकभर गरी अघि यही ठाउँमा ‘यस अवस्थामा मैले गर्नुपर्ने गरिरहेको छु अब पनि गरी हुनेसम्म गर्नामा बाकी राख्ने छैन’ भनेको तिमीहरूले सम्झीराखेकै होलाऊ।
यी सबै कुराको ख्याल साथसाथै संस्थाका ऋणी प्रजाहरूले सो ऋणको खातिर चिन्ता लिइरहेका छन् भन्ने सुनिए बुझिएको र तिनीहरूले ऋण लिएको दाम अकार्थमा लाएको नभई अघि भनेबमोजिम जुन कामका निमित्त लिएको छ सोही स्ववासी घर वास खडा गर्नेमा लगाएको, सो लगाउँदा भएको खर्चको दाम पनि आफ्नै सहबासी कालिगढ ज्यामी आदि प्रजामा फिजिन गएको समेत सबै कुराको ख्याल राखी यो पटक आफ्ना प्यारा प्रजालाई चिन्ता र संटबाट पार गराउने उद्देश्यले यो भूकम्पोद्धार संस्था तर्फबाट तमसुक गराई सापट गएको २९८२३१६.६२ मध्ये फण्डको जगेराबाट भर्ना हुने मोरु ५६०९५६ कटाई बाँकी मोरु २४२१३६०.६२ जम्मै तिमीहरूको सुखशान्तिको खातिर माफी गरिदिएको छु।
कोहीकोही जंगी निजामति जागिरदार रजौटाप्रोहितहरूले तम्सुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कटट गराई कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन्। ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु। घरघर माटाका चुला भनेजस्तो सानालाई सानै, ठूलालाई ठूलै चोट परेको छ । सुख दुःखको वेदना सबैलाई उही हो।
त्यसौ हुनाले तिनीहरूले चार वर्षको भाखामा सोध बुझाउने कवुल गरी तम्सुक लेखी संस्थाबाट लिएको सापटी सोध भई आइसकेको भए पनि फिर्ता गरिदिने प्रबन्ध हुनेछ। आजसम्म अरु जुन जुन सज्जनहरूले आफ्नै परिश्रमको कमाइले होओस् वा साहु काडेर होस् सोध बुझाउन ल्याएका छन्, तिनलाई पनि यो बुझाएको दाम फिर्ता लिदने बन्दोबस्त हुने छ। पाउने छौं खातिर जामासँग सुखशान्तिपूर्वक विश्रम गरुन । ईश्वरमा धर्ममा र सरकारमा अटल रही उद्योग बढाई सुजीवन गराउँदै रहुन् ।
यो भूकम्पोद्धार सम्बन्धी सुरुदेखि आखिरतक हरेक विषयमा आडरबमोजिमको आफ्ना आफ्ना कामकाममा नानी कम्पाउन्डर इन चीफ पश्चिमतर्फ का कम्पाउन्डिङ जनरल लगायत हाम्रा भाइछोराहरूबाट र नायव बडागुरुज्यू भाइभारदार अफिसर कर्मचारीबाट औ स्वयंसेवकहरूबाट पनि परिश्रम र तन्देही साथ काम भई चांडो सन्तोष मिल्ने बाटो बन्न गएकाले पल्टनीय जवानहरू र पुलिहरूलाई एक लाख इनाम र विशेष काम गर्नेहरूलाई धन्यवाद नेकीपत्र मानपत्र तक्माहरू समेत अघो बाँडी कृतज्ञता पनि प्रकट गरिसकिएकै छ। ती राम्रो काम गर्नेहरूलाई समाप्तिको यो अवसरमा पनि फेरि धन्यवाद गर्दछु।
(तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले १९९० सालमा गएको भूकम्पपछि देशवासीका नाममा गरेको सम्बोधन)
परिआएको दुःख धैर्यबलले सम्हाली हुन सकेसम्मको उपाय गर्नु संकटबाट पार हुने बाटो हुनाले पहिलो अवस्थामा पुरिएका मानिसलाई खनी खोस्री झिक्ने, बचाउने, घाइतेहरूलाई औषधिको प्रबन्ध गर्ने, निराश्रय र निर्वस्त्र भई अलपत्र  परेकालाई अन्न, बस्त्र, कम्बल दिने, बस्ने ठाउँ नपाई रहेकालाई पाल्न छाप्रो टहरो बाँस रबर टिन पाता इत्यादि पुर्याई दिने, नपाइरहेकालाई पाल छाप्रो टहरो बाँस खर टिन पाता इत्यादि पुर्याइदिने, पुरिएका धनमाल उकासी भत्केका घरको मानमत्ता रक्षा गरिदिने समेत झटपट हुनुपर्ने, काम पल्टन समेत लगाई चाहिने कुराको हारगुहार सहायता इत्यादि जेजे काम भएको थियो सबैलाई थाहै छ।

ताप्लेजुङमा एकको मृत्यु, दर्जनौ घरहरु भत्किए, ४८ परिवार विस्तापित

ताप्लेजुङमा शनिबार दिउँसो आएको भूकम्पले एक जनाको ज्यान गएको छ । जिल्लाको सावादिन गाविस वडा नं. ७ बस्ने १८ वर्षीया सुस्मिता शेर्पाको ज्यान गएको हो ।
सदरमुकाम फुङ्लिङमा लाग्ने शनिबारे हाटबजार भरेर घर फर्कने क्रममा शनिबार साँझ सावादिनकै वडा नं. ३ स्थित चुचुली भन्ने ठाउँमा माथिबाट झरेको पहिरोले पुरेर शेर्पाको ज्यान गएको हो । शेर्पासँगै रहेका अन्य दुई जनाले भने भागेर ज्यान बचाउन सफल भएको बताइएको छ ।

इलाममा भूकम्पको प्रभाव कम, दैवी प्रकोप उद्धार समिति इलामले यस्तो निर्णय गर्यो

 निबार मध्यान्ह आएको भूकम्पको प्रभाव इलाममा नेपालका अन्य जिल्लाको भन्दा कम देखिएको छ । आजसम्म इलामेली मिडिया ग्रुप लाई प्राप्त खबरअनुसार भूकम्प जाँदा भाग्ने क्रममा दुईजना घाइते भएका छन् भने १७ वटा घर चर्किएर बस्न जोखिम अवस्थामा पुगेका छन् । गाउँमा रहेका नेपाल प्रहरीको ६ वटा प्रहरी चौकी भवन, पूmएतप्पामा स्वास्थ्य चौकी भवन, गणीथुम्कास्थित नेपाली सेनाको भवन, कन्यामस्थित गाविस कार्यालय रहेको भवन, इलाम नगरपालिकाले निर्माण गरेको भ्यू टावर र आमचोकको कालिका विद्यालयसहित जिल्लाका केही विद्यालयका भवनहरु चर्किएको खबर पुष्टि भइसकेको छ ।
राती भुकम्प भएको भन्दै भाग्ने क्रममा इलाम नपा ५ का छत्रबहादुर चाहार ९ढाडमा चोट० र दानाबारीकी गोमा अधिकारी ९खुट्टामा चोट० घाइते भएका हुन् । त्यस्तै इलाम नपाका ३ र ७ नम्बर वडाका ४ घर, देउमाई नपाका ३ घर, नामसालिङ गाविसको १ घर र पूmएतप्पा गाविसका ९ घर चर्किएर बस्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
इलाममा ठूला क्षति हुन नपाएपनि आइतबारसम्म पटक पटक भूकम्प आइरहेकाले त्रास भने बढिरहेको छ । भूकम्प गएपछि आइतबार बिहान जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर सबैलाई संयम भएर सुरक्षित रहन आग्रह गरेको छ । भूकम्पबाट देशभर मृत्यु भएका ब्यक्तिहरुको श्रद्धाञ्जलीस्वरुप एक मिनेट मौनधारण गरेर शुरु गरिएको बैठकले प्रभावित क्षेत्रको मानवीय तथा भौतिक क्षति र अवस्थाको तत्काल लगत संकलन गर्नेसहितका पाँचवटा निर्णय गरेको छ ।
लगत संकलनका लागि हरेक गाविसमा गाविस सचिव तथा नगरपालिकामा कार्यकारी अधिकृतको नेतृत्वमा स्थानीय नागरिक वडा मञ्च तथा सचेतना केन्द्र, प्रहरी र रेडक्रसको सहभागितामा समिति बनाइने जनाइएको छ । त्यस्तै इलाम जिल्लाका सम्पूर्ण विद्यालय सोमबार ९आज०देखि चारदिन विदा दिन जिल्ला शिक्षा कार्यालयमार्पmत निर्देशन गर्ने, इलाम बाहिर भूकम्पबाट घाइते भएकाहरुका लागि रेडक्रस तथा जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा रगत संकलन गर्ने र पठाउने, टेलिफोन तथा मोबाइल, विद्युत, स्वास्थ्य र खानेपानी जस्ता प्राथमिक आवश्यकताका कुरा २४सै घण्टा अपडेट राख्न सम्बन्धित निकायहरुलाई निर्देशन दिने अनि इलाममा चाहिने र केन्द्रीय दैवी प्रकोप उद्धार समितिमा पठाउनका लागि राहत संकलन कार्य गर्ने तथा जिल्ला दैवी प्रकोप उद्धार समितिको नाममा रहेको बैंक खातामा राहत सहयोग जम्मा गरेर सहयोग गरिदिन सबैलाई सञ्चारमाध्यममार्पmत आग्रह गर्ने निर्णय समितिले गरेको छ ।
यसैबीच शनिबारदेखि पटकपटक आइरहेको भूकम्पले हजारौँ नेपालीको ज्यान लिएको र हजारौँ घाइते बनाएको तथा अर्बौ सम्पत्ति ध्वस्त भएको एवम् लाखौँ नागरिक सुरक्षाका लागि घरबाहिर बस्न बाध्य भएको अवस्थाप्रति स्तब्ध भएको जनाउँदै इलामका राजनीतिक दलहरुले विज्ञप्ति निकालेर श्रद्धाञ्जली तथा सहानुभूति प्रकट गरेका छन् । नेपाली काङ्ग्रेस, नेकपा ९एमाले०, एकीकृत नेकपा ९माओवादी०ले आइतबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर श्रद्धाञ्जली तथा सहानुभूति प्रकट गरेका हुन् । ती पाटीहरुले विज्ञप्ति मार्पmत नै उद्धार र उपचारमा प्रभावकारी ढंगले काम गर्न सरकारलाई, उद्धार र राहत उपलब्ध गराउन सम्बन्धित संघसंस्थाहरु र पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।

भूकम्प मापन केन्द्रै थररर.... १९९० सालमा ६ दिनसम्म कम्पन


पुरानो भवनको दोस्रो तल्लामा रहेको ‘राष्ट्रिय भुकम्प मापन केन्द्र’मा आधा दर्जन भुगर्भविद्हरु तारान्तार आइरहेको भुकम्पको तथ्यांक अपडेटमा ब्यस्त थिए ।
आइतबार बिहानदेखि भुकम्पको मात्रा घट्दै थियो । कम क्षमताका भुकम्प गइरहेकाले सर्वसाधारणहरु त्रसित थिए । भुगर्भविदहरु जतिसक्दो चाँडो भुकम्पको सूचना सम्प्रेषणमा ब्यस्त थिए । केही मिनेटको फरकमा साना भुकम्प गइनै रहेकाले भुगर्भविद् २४ अ‍ै घण्टा केन्द्रमा  थिए । भुगर्भविद्ले भुकम्प आएको एक मिनेटमै कहाँ र कति क्षमताको गयो सम्प्रेषण गर्ने रहेछन् ।  

विश्वको सर्वोच्च शिखर सगरमाथामा भुकम्पकोपछि विशाल हिमपहिरो

विश्वको सर्वोच्च शिखर सगरमाथामा समेत भुकम्पको ठूलो धक्कापछि विशाल हिमपहिरो गएको उल्लेख गरेको छ। आधार शिविरमा हिमपहिरोले कैयन् टेन्ट पुरेको छ। केहीको मृत्यु भएको खबर छ। ती सञ्चारमाध्यमले कम्तिमा ८ जनाको मृत्युभएको र अन्य कैयन् सम्पर्कबिहीन भएको प्रारम्भिक समाचारमा सिएनएनले उल्लेख गरेकाे छन्।

गीत गाउन काठमाडौं आएको थिएँ, तर...कालि प्रसाद रिजाल


विले कविता लेख्छन् । गीतकारले गीत रचना गर्छन् । यो
सामान्य कुरा हो । तर मेरो जीवनमा उल्टोपनि भएको छ । मेरा कविता र गीतले मलाई लेखेका छन् । मेरो जीवनको दिशानिर्देश गरेका छन् । मेरा माता–पिता खेती र कृषिजन्य ब्यापारको सिलसिलामा विराटनगर बस्नुहुन्थ्यो । अध्ययनका लागि मलाई धरान पठाइयो । त्यसैले छुट्टीमा
आक्कल–झुक्कल बाबु–आमासित भेट भएपनि मेरो अधिकाँश बाल्यकाल धरानमै बित्यो । बाबु-आमासित छुट्टिएर बस्नुपरेकाले मेरो स्वभाव अलि एकोहोरो र भावुक हुँदै गयो ।

तिनताका जातपात, छुवाछुत ब्याप्त थियो । ‘तल्लो वर्ग’का गरिबहरु विभिन्न प्रकारको शोषण, उत्पीडन र अन्याय सहन बाध्य थिए । नारी जाति चर्को बुहार्तन, भेदभाव र बन्धनमा जकडिएका थिए । आफूपनि अपहेलित र उपेक्षित अनुभव गरिरहेको मेरो बालमस्तिष्कमा यसको प्रभाव पर्नु स्वभाविकै थियो । फेरि धरान त्यसबेला बामपन्थीहरुको गढ मानिन्थ्यो । स्कुलमा पढ्ने विद्यार्थीहरुलाई बामपन्थी कार्यकर्ताहरु भूमिगतरुपमा प्रगतिशील शिक्षा र तालिम दिने गर्दथे । केही समय मैले पनि यस्ता तालिमहरुमा भाग लिएको थिएँ ।

सुरुदेखि आजसम्मका मेरा रचनाहरुको विश्लेषण गर्ने हो भने आममान्छेको भोगाइ, अनुभूति र जीवनलाई नै मैले वाणी दिने प्रयास गर्दै आएको स्पष्ट हुन्छ । आममान्छेको सुख–दुःखलाई आममान्छेले बोल्ने भाषामा अभिव्यक्त गर्दै आएको छु । समाजमा विद्यमान बेथिति–विकृतिमाथि प्रहार गर्दै आएको छु ।

तिनताका काठमाडौंबाहिरका विद्यार्थीहरु उच्च शिक्षाका लागि भारत जाने गर्दथे । हाम्रो परिवारमा धेरै पुस्तादेखि ‘काशीबास’ गर्ने परम्परा भएकाले मेरा काका र दाई सबैले बनारसबाटै उच्च शिक्षा हासिल गरेका थिए ।

सानो छँदा आमाको मुखबाट सुनेका कविताका सर्जकहरुको दर्शन गर्ने उत्कृट अभिलाशा मेरो मनमा भएकाले २०१३ सालमा एसएलसी पास गरेपछि अग्रजहरुको दबाबविरुद्ध निकै ठूलो संघर्ष गरेर म उच्च अध्ययनका लागि काठमाडौं आएँ । कविताले मलाई काठमाडौं ल्यायो । वास्तवमा त्यसबेला मेरो मनमा रेडियोमा गीत गाउँछु भन्ने थियो । धोको पनि ।

त्यसबेलाका चर्चित गीतकार माधवखनाल‘भावुक’को सिफारिसपत्र बोकेर आएको थिएँ । तर काठमाडौंका गोष्ठीहरुमा लेखनाथ, देवकोटा, सम, सिद्धिचरणदेखि लिएर विजय मल्ल, भूपी शेरचन, भीमदर्शन रोकाजस्ता कविहरुको कविता सुनेपछि म मन्त्रमुग्ध भएँ । गीत गाउने, लेख्ने कुरालाई चटक्क छोडेर म कविता लेखनमा केन्द्रित भएँ ।

त्रिचन्द्र कलेजबाट निस्कने ज्योति पत्रिकाको आयोजनामा २०१४ सालमा भएको अन्तर कलेज साहित्य प्रतियोगितामा मेरो ‘मायाको प्रदेश’कविता पुरस्कृत भयो । मैले पहिलोपटक राजा महेन्द्रको हातबाट पदक तथा प्रमाणपत्र प्राप्त गरें । त्यसपछि मेरा कविताहरुले काठमाडौंका पत्रपत्रिकामा स्थान पाउन थाले । गोष्ठीहरुमा मलाई पनि बोलाउन थालियो ।

त्रिचन्द्र कलेजबाट वाणिज्य शास्त्रमा स्नातक गरेपछि मैले बनारस विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए पास गरेँ । यसैबीच, २०१९ सालमा मेरो पहिलो कवितासंग्रह ‘ज्वारभाटा’ बनारसबाट प्रकाशित भयो । परीक्षापास गरेर बसेकै बेला मैले नेपाल साहित्य संस्थानको तत्वावधानमा २०२० सालमा काठमाडौंमा हुन लागेको बृहत राष्ट्रव्यापी साहित्य सम्मेलनमा कोशी अञ्चलबाट भाग लिने मौका पाएँ । सम्मेलनको समापनमा राष्ट्रिय नाचघरमा भएको कविगोष्ठीमा मैले सुनाएको ‘मान्छेहरु भन्छन्’कविता निकै चर्चित भयो ।

बालकृष्ण सम, माधव घिमिरे, विजय मल्ललगायत अन्य कविहरुका साथ मैले पनि तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति राजा महेन्द्रबाट एकेडेमी पदक प्राप्त गरें । अन्य पुरस्कृत कविहरुका साथ मैलेपनि पहिलोपल्ट ‘बेलायती बैठक’मा राजा महेन्द्रसित प्रत्यक्ष रुपमा कुरा गर्ने अवसर पाएँ ।

‘मायाको प्रदेश’ र ‘मान्छेहरु भन्छन्’ यी दुबै कविता मेरो पहिलो कवितासंग्रह ‘ज्वारभाटा’मा संग्रहित छन् । 

‘झोला’ हेरेपछि दर्शकको आँखामा आँसु, शुक्रबारदेखि पुनः प्रदर्शन



 फिल्म हेर्दाहेर्दै धेरैको आँखा रसाए । गहभरि आँसु बोकेर हलबाट बाहिरिने पनि देखिए । कसैले पहिलोपटक हेरे, कसैले पटक–पटक ।

विहीबार राजधानीको कमलपोखरीस्थित कुमारी सिनेमा हलमा थुप्रै परिचित-अपरिचित अनुहारहरुको उपस्थिति थियो । वर्ष २०७० को ‘हिट’ नेपाली चलचित्र ‘झोला’ उनीहरुले एकसाथ हेरे ।

चलचित्र युनिटले गरेको ‘विशेष सो’मा चलचित्रकर्मीसँगै साहित्य, संगीत, राजनीति, न्यायालयलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको जमघट भएको हो । सार्वजनिक प्रदर्शन, प्रिमियर र च्यारिटीहरुमा दर्शकको मन जितिसकेको ‘झोला’ले यहाँ पनि सबैबाट प्रशंसा बटुल्यो ।

चलचित्र हेरिसकेपछि सभासद बालकृष्ण खाँडले ‘नेपालको इतिहास झल्काएको तथा महिला हिंसाविरुद्ध आवाज बुलन्द गरेको चलचित्र उत्कृष्ट रहेको’ धारणा राखे । गहभरि आँसु बोकेर हलबाट बाहिरिएका वरिष्ठ संगीतकार बुलु मुकारुङले सन्चारकर्मीलाई प्रतिक्रियासमेत दिन सकेनन् ।

कलाकार रबी अधिकारीले नेपालीपन बोकेको ‘झोला’ले नेपाली संस्कृति, रितिरिवाजलाई उजागर गर्न सघाएको भन्दै नहेरेका दर्शकहरुलाई एकपटक हलसम्म आएर हेर्न आग्रह गरे । 

‘झोला’ दोसोपटक हेरेका निर्माता तथा वितरक गोपाल कायस्थले एकसय वर्ष पहिलेको नेपाली समाजको यथार्थकथा बोकेको यो चलचित्र प्राविधिकरुपमा पनि निकै उत्कृष्ट रहेको चलचित्र हेर्नैपर्ने बताए ।

‘चलचित्र हेरिसक्दा सबैको आँखामा आँसु भेटें–‘कायस्थले भने–‘एकपटक हेरिसकेका दर्शकले पनि यो चलचित्र पुनः हेर्दा केही घाटा छैन, नहेरेकाहरुलाई एकपटक हलसम्म आएर नेपाली समाजको इतिहास बुझ्न अनुरोध गर्दछु ।’

‘डेब्यु’मा नै सफल चलचित्र निर्देशकको दर्जा पाएका ‘झोला’ निर्देशक यादवकुमार भट्टराईले धेरै दर्शकको मागअनुसार नै चलचित्र पुनः प्रदर्शन गर्न लागिएको जनाए ।

उनले सति प्रथाको कथा उठान गरेको झोला जस्तै विभिन्न ऐतिहासिक  पाटोमा चलचित्र निर्माण गर्न अग्रसरताका लागि पनि चलचित्र पुनः प्रदर्शनमा दर्शकको साथ आवश्यक रहेको बताए ।

‘हाम्रो सिनेमासँगै प्रतिस्पर्धी सिनेमा पनि चल्नुपर्छ भन्ने मेरो मान्यता हो’–भट्टराईले थपे–‘राम्रा चलचित्रका बीचमा प्रतिस्पर्धा हुँदा नै सिनेमा घरमा दर्शकको बाक्लो उपस्थिति हुन्छ र नेपाली चलचित्रप्रति आमदर्शकको दृष्टिकोणमा पनि परिवर्तन आउँछ ।’

झोला’ शुक्रबारदेखि पुनः सार्वजनिक प्रदर्शनमा आएको छ । साहित्यकार कृष्ण धराबासीको कथामा आधारित ‘झोला’मा गरिमा पन्त, दीपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी, देशभक्त खनाललगायतको अभिनय रहेको छ ।

उत्तमकुमार श्रेष्ठको प्रस्तुतिमा तयार चलचित्रमा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशील शाहको लगानी छ ।

देश–विदेशमा सम्पन्न विभिन्न अवार्ड तथा चलचित्र महोत्सवमा सहभागी तथा पुरस्कृत यो चलचित्रबाट नायिका गरिमा पन्तले वर्ष २०१४ को सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

Nepal and the Nordics

 Last week, in a Kathmandu daily, three Nordic Ambassadors sought to share lessons from Denmark, Norway, and Finland in order to help Nepal graduate from ‘least developed’ to ‘developing country’ status. Their suggestions focussed on resources and services, particularly hydropower, public school education, and agricultural development. All three sectors are vitally important if Nepal is to break through the LDC ceiling, and the stated commitment of the three development partners (with cumulative outlay of $88 million yearly) is heart-warming.

४० दिन बाँकी रहँदा ३० प्रतिशतमात्र बन्यो नेपालको लामो पुल

हुलाकी राजमार्गअन्तर्गत झापाखण्डको कन्काईमाईमा निर्माणाधीन पक्कीपुलको निर्माणकार्य सुस्त बनेको छ।
पप्पु माहादेव जेभिले निर्माणको जिम्मा पाएको ७ सय २४ दशमलब ८ मिटर लम्बाईको सो पुलको निर्माण कार्यले गति लिन नसक्दा निर्माण कार्य सुस्त बनेको हो । २०६८ साल जेठ ३१ गते निर्माण कम्पनी पप्पु महादेव जेभिले २०७२ जेठ ३० गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी नेपाल सरकारको ३० करोड ४० लाख ९० हजार रुपैयाँमा सो पुलको निर्माण शूरु गरेको हो । नेपालककै सवैभन्दा लामो भनिएको सो पुलको निर्माण सम्पन्न गर्ने मिति सकिनै लाग्दा अहिले सम्म ३० प्रतिशतमात्र काम सम्पन्न भएको सडक विभाग हुलाकी राजमार्ग अयोजना कार्यालय इटहरीका इन्जिनियर रामदेब शाहाले जानकारी दिए । हुलाकी राजमार्ग अन्तर्गत पूर्वाञ्चलमा निर्माण भइरहेका पुलहरुको सुपरिवेक्षणको काम सडक विभाग हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले गर्दै आएको छ

माईभ्यालीलाई हराउँदै सिक्किम फाईनलमा

मंगलबारेमा जारी लण्डन आइस मंगलबारे अन्तर्राष्ट्रिय गोल्डकपको फाईनलमा झापा र सिक्किमले भिडन्त गर्ने भएको छ । बिहीबार सिक्किमले माईभ्यालीलाई हराउँदै फाईनलमा प्रवेश गरेको हो । बुधबार भएको अन्तिम सेमिफाइनलमा माईभ्याली फुटबल क्लब इलामविरुद्ध टाइब्रेकरमा ४–३ गोलको जित दर्ता गर्दै सिक्किम फाइनलमा पुगेको हो । निर्धारित र अतिरिक्त समयमा १–१ गोल भई बराबरी बएपछि टाईब्रेकरमा विजेता निर्धारण गरिएको थियो । खेल सुरु भएको सातौं मिनेटमा इलामका सुवास राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । राईले हेड मार्फत आकर्षक गोल गरेका थिए । त्यो अग्रता निर्धारीत समयसम्म टिकाउन नसक्दा इलामको उपाधि चुम्ने सपना चकनाचुर बन्यो । प्रतिष्पर्धात्मक खेलमा ६८ औं मिनेटमा सिक्किमका लक्ष्मण सुब्बाले गोल गरी खेललाई बराबरीमा ल्याए । यता घरेलु दर्शकको बढी समर्थक पाएको इलामले पनि लगातार आक्रमण जारी राख्यो । दुवै टिमबाट गोल हुन सकेन । अतिरीक्त समयमा गोल हुन नसकेपछि टाईब्रेकरमा विजेता निर्धारण गरिएको थियो । सिक्किमले उपाधिका लागि शनिबार फाइनलमा 
दावेदार मानिएको झापा फुटबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

फरक संसार


जितेन्द्र तुलाधर

संसार जस्ताे सुकै हाेस्
मलाई मतलब छैन
म यस्तै छु
म जे छु
जस्ताे छु,
त्यहीँ मेराे संसार हाे
म अाफ्नै संसारमा रमाएकाे छु ।
हाँसेकाे छु, नाँचेकाे छु ।

कहिलेकाही खान नपाएर
खाली पेटसँग लडेको छु ।
कयाैं रात सुत्न नसकेर
उपियाहरूसँग कुस्ती खेलेकाे छु ।
मेराे कुरा सुन्ने काेही नपाएर
एक्लै एक्लै बर बराएकाे छु ।
तिमी खानका लागि बाँच्छाै ।
म बाँच्नका लागि खान्छु ।
संसार मलाई पागल भन्छ
म संसारलाई पागल देख्दछु ।

तिमी कपडा लगाएरै नांगिन्छाै
म नांगिनबाट बच्न कपडा बेर्छु ।
तिमी अरूकाे दुःखमा हाँस्छाै
र सुखमा उदास हुन्छाै ।
मेराे सुख र दुःख मापन गर्ने यन्त्र
तिम्रोभन्दा पृथक छ ।
हाे, संसार मलाई पागल भन्छ
तर म संसारलाई पागल देख्दछु ।
र त तिम्रो संसार अर्कै छ,
र मेराे अर्कै छ
तिम्रो जीवन अर्कै
र मेराे अर्कै ।

आमा, सपना र म


  मिश्र वैजयन्ती 

 पल्लो कुइनेटोमा छिन्
मेरी आमा
 थोरै देखिएको छ उनको अनुहार
मैले पुग्नु छ आमासम्म ।
 तिनै आमाको आधार पाएर
मैले आफूलाई यो धर्तीमा उभ्याएकी हुँ
मेरा दुई पाइतालामा गौरव गर्छु, 
 आमाको काखमै थिगिराउन सिकें जीउलाई
मेरो शिरको स्वाभिमानलाई अझ उजिल्याउँछु ।
 तुषारोले छ्याप्पै हानेको कर्मलाई छिमलेर
सधैं मझेरीमा घाम खसाल्थिन् उनी !
एक मुठी उज्यालो
आफ्नो आँचलमा च्यापेर
हाम्रा आँखामा रोप्थिन् उनी ।
 तर, भेटेकै रहेनछ मैले आमालाई
सधैं मेरी आमा
जादुजस्तो
सम्मोहनजस्तो
पल्लो कुइनेटोमा छिन् ।
 मदेखि आमासम्म पुग्न
दूरी कत्ति पनि छैन ।
कत्ति सजिलो छ आमासम्म पुग्न
हृदयको बाटो
तर, कत्ति पनि किन पुग्दिनँ म
जति पुगे पनि !
 पन्छाएर पहराहरू
पहराहरू अल्झाउने लहराहरू
र, आमासम्म पुगून् भनी पठाएका आवाजहरू
मैतिर फर्काउने पहाडहरू–
म आमासम्म पुग्नु छ ।
 हावाले हल्लाएको देख्छु
सारीको एक छेउ
फरफराएको देख्छु हावामै
हिउँजस्तो उनको कपाल पनि
भर्खरमात्र आमा हिँडेका पाइतालाका डोबहरू
यहीं छन्, हावाले पनि छुन नभ्याएका
मात्रै एउटा कुइनेटाले
मेरी आमाको जीउ छेकेको छ ।
 कति धारिला वाणीहरू
हिँडिरहे उनका मुटुलाई वारपार गर्दै
तर, उनका एकजोर आँखा
नानीतिरै अडिए ।
 साथीजस्तै हिँडिरहेको छ बाटो
मलाई आमा हिँडेको बाटो
आमाजत्तिकै प्रिय लाग्छ ।
 उनका सपनाहरूतिरै हिँड्छन्
मेरा सपनाहरू
  एकदमै नजिक छन् हाम्रा सपनाहरू
तर, खै ! मलाई पुग्नुमा किन अभाव छ !
आओ ए मेरा सन्तानहरू !
मेरो काखैमा आओ
भत्काओ न मलाई
बिथोल मलाई
भेट मलाई
र, पुग मसम्म
म आमासम्म पुग्नु छ ।

गजल

बिनोद बान्तावा

बत्ती निभाएर के के कुरा बनाउँछौ
हात काटिदिन्छौ अनि चुरा बनाउँछौ

मेरा आँखाहरु सपनामा डुबाएर

जीवन रङहरु सब मधुरा बनाउँछौ

भोलि कहाँ खै के पढ्लान् तिम्रा नानीहरु

पुस्तक जलाएर आज छुरा बनाउँछौ
 
उड्नै पाउँदैनन् निर्दोष यी पुतलीहरु
यो बस्तीमै किन हो माकुरा बनाउँछौ

 झन्डा बोक्दाबोक्दा यो सडकमै म रितिन्छु
मात्र तिमी आफूलाई पूरा बनाउँछौ

नयाँ वर्ष

सुन्दर अल्पभाषी

जन्डिसले खाएको
पहेँलो घाम
तिनजुरे देउरालीमा
आत्महत्या गरेपछि
कति खुशी गुम्यो होला
कति दु:ख लुक्यो होला
कति हर्ष मौलायो होला
त्यो अन्धकारमा
उभार विहीन
हर्ष न विस्मातको 

फालेलुङले जून जन्माएपछि
अलैँचीको पातमा
आँशुको मोती नओवाउँदै
आएको छ नयाँ दिन
मुस्कुराउँदै

उही चोकमा
फेरिएको छ नयाँ क्यालेन्डर
पुरानै योजनामा 
फेरिएको छ आवरण

समीक्षा गर्नुछ अब
बुद्धु बन्नुको रहस्य
आउने हरेक शिशिर र वसन्तमा
पहिचान गर्नुछ  तिलष्मी रूप
नाप्नु छ तिम्रो उचाई
चाँपको फूलबाट

नेपाली युवती बलात्कार गर्नेलाई मृत्युदण्डबाट बचाउन अपिल

  नेपाली युवतीलाई बलात्कार गर्ने बंगालीलाई मृत्युदण्डबाट जोगाउन बंगलादेश सरकारले पीडितलाई पहिचान गरी बचाइदिनको लागि नेपाल सरकारसमक्ष आग्रह गरेको छ । घरेलु कामदारमा कुवेत पुगेकी नेपाली युबतीलाई बलात्कार गरेको प्रमाणित भएपछि कुवेतको अदालतले बंगालदेशी नागरिक सल्हलुम हुसेनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । कुबेतस्थित बंगलादेश दुताबासले पीडिक तर्फबाट पीडितलाई २५ सय कुवेती डिनार (करिब साढे आठ लाख रुपैयाँ) दिन प्रस्ताव गरेको छ । 'पीडकका भाइले पीडितलाई २५ सय डिनर दिने प्रस्ताब गरेको पत्र बंगलादेशी दुतावासले दिएको छ,' श्रम सहचारी गोमादेबि ढकाल पौडेलले कान्तिपुरलाई भनिन्, 'पीडितलाई पहिचान गरेर प्रस्तावित रकम स्वीकार गरी क्षमादान दिन आग्रह गरेको छ ।' ती बंगालदेशी नागरीक हसुनेले २००९ मा श्रेष्ठ थरकी नेपाली युवतीलाई बलात्कार गरेको थियो । अदालतले सन् २०११ मै पहिलो पटक मृत्युदण्डको फैसाला सुनाएको थियो । त्यसपछि पीडकले अपिल गर्दा पनि माथिल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएपछि पीडक परिवारले पीडित पक्षलाई खोजी गर्न थालेको हो । पीडित कुवेत रहेको बेला नेपाली दुताबास स्थापना भइसकेको थिएन । ती पीडितको नाम र पासपोर्ट ठेगाना मात्रै दुताबासले प्राप्त गरेको छ । 'त्यतिखेर घटना घटेपछि पीडित नेपाल फर्किसकेको रहेछ । हामीसँग पीडितको सबै बिबरण प्राप्त गरेको छैन,' श्रमसहचारी ढकालले भनिन, 'पासपोर्ट नम्बरको आधारमा ठेगाना पत्ता लगाइदिन परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेका छौं ।' पीडितले पीडकको तर्फबाट प्रस्ताबित रकम लिएर माफी दिएमा हुसेन मृत्युदण्डबाट जोगिन सक्ने भएकोले बंगालादेश दुताबासले पीडित पहिचान गर्न नेपाल सरकारको सहयोगको अपेक्षा गरेको हो । 'उहाँहरु (बंगालदेश दुताबासका अधिकारी) यसबारे निरन्तर सम्पर्कमा आइराख्नुभएको छ,' उनले भने, 'पीडितको पहिचान नभएकोले हामीले आधिकारिक खबर दिइराख्न सकेको छैन् ।'  
EKANTIPUR.COM

गुगल बोई आदित्यले नेपालबारे यस्तो अनौठो भबिस्यबाणी गरे

याँ पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी पौडेलको विशेष सामग्री प्रकाशित छ ।यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा  हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले  लेखेर दिन्छ ।

भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए ।

इतिहासदेखि भुगोलसम्म,गणितदेखि विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र अंग्रेजी मात्रै होइन,चाइनिज कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् ।

गजल

एउटा पागल प्रेमी याहाँ भौतारि रहेको छ।
 बर्र-बर्र आँशु नयन बाट झारी रहेको छ॥

चोट माथी चोट हजार सम्हाल्नै नसकेर।
कुन्ठित भई बाच्ने चाहाना मारी रहेछ॥

उस्कै प्राण प्यारीले नै उस्लाई धोका दिए पछि।
 उस्ले मृत्यु संग जीबन गुजारी रहेको छ॥

मृत्यु संग डराएर उ मन मनै जलेर।
 सङ्घस देखी यसरी उ हारी रहेको छ॥

उस्लाई चोखो माया गर्नु भुल रहिछ भनी।
पश्चाताप गरेर आज धिक्कारी रहेको छ॥

छबि किरण ओली,
 बिर्तामोड नगरपालीका वाड्न ०९
 शैनिकमोड झापा।

देउमाई नगरपाकिाको मङगलबारेमा एक लाख राशिको फुटवल हुँदै

खेलकुद क्षेत्रको माध्यबाट पश्चिमी इलामको देउमाई नगरपालिका ३ स्थित मंगलवारे बजारमा तेस्रो अन्तराष्ट्रि गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।
 इलामको पश्चिमी व्यापारी केन्द्रको रुपमा परिचित मंगलवारे बजारलाई थप पर्यटन विकासमा समेत अगाडी बढाउन स्थानीयबासीले खेल प्रतियोगिताको  आयोजना गर्ने भएका हुन । 
      स्थानीय संघसंस्थाको पहलमा आगामी बैशाख ५ गते देखी १३ गते सम्म देउमाइ नगरपालिका ३ स्थित भानुभक्त उच्च माविको खेल मैदानमा लण्डन आइस मंगलवारे अन्तराष्ट्रि गोल्डकप प्रतियोगिता गर्ने भएको आज इलाममा पत्रकार सम्मेलन गरेर आयोजकले जनाएको छ । 
   स्थानीय त्रिवेणी युथ क्लब, इलाम उद्योग वाणिज्य संघको शाखा मंगलवारेको संयुक्त आयोजना तथा लण्डन आइसको मुख्य प्रायोजनमा प्रतियोगिताको आयोजना हुने भएको  आयोजक समितिका सचिव सुवास घिमिरेले जानकारी दिए ।  

१० बर्ष छबि सङै बसे पनि अहिले सम्म भर्जिन तोडीएन - रेखा थापा

सिनेमा क्षेत्रकै चर्चित नायिका रेखा थापा गसिप क्विन हुन् भन्ने त सबैलाई थाहा छ । तर सबैलाई थाहा भएकै कुरामा पनि रेखा कहिलेकाही धुलो छर्न खोज्छिन् ।
रेखा थापा र निर्माता छविराज ओझालाई एउटै कार्यक्रममा देख्न मुश्किल नै पर्छ । भोगटेको रुखमुनी एकसाथ शित्तल छाहारी ताप्दै जिन्दगी कटाउने उनीहरुको वाचा पनि लामो समयसम्म चल्न सकेन ।

 
यसैले यतिबेला छवि केही मौन छन् । रेखालाई त सधै चर्चा चाहिन्छ, चाहे सकारात्मक वा नकारात्मक नै किन नहोस् । निर्देशक सविर श्रेष्ठ पनि बाठा नै थिए । रेखा र छविलाई एकसाथ बोलाइदिएपछि मिडियामा आफ्नो चलचित्र ‘आधी बाटो’को चर्चा खुबै हुन्छ भन्ने उनको सोचाई थियो होला ।

मिस पुर्वाञ्चल’

रुबेला नाटक मञ्चन हुने विराटनगरको गुरुकुल नाटकघरको मञ्चमा बुधबार सुन्दरीहरुको नाचगान चल्यो । धरानमा भईरहेको ‘मिस पुर्वाञ्चल २०१५’मा सहभागी सुन्दरीहरु आफ्नो प्रतिभा प्रस्तुत गर्न