WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

सरकार देशको यस्तो गति कहिलेसम्म हुन्छ? 
बिकास हामीले चाहेजति कहिलेसम्म हुन्छ ?


कर्णालीमा भोक आतंक जाजरकोटमा रोग
नुन चामल र ओखती कहिलेसम्म हुन्छ

कमिलला झैँ मान्छे मर्दा मौन बस्छ राज्य
जनधनको त्यत्रो क्षति कहिलेसम्म हुन्छ

डाक्टर नभै अस्पतालमा ताला लागेका छन
जनतामाथि यस्तो अति कहिलेसम्म हुन्छ

साना रोगले महामारीको, रुप लिनु पहिले
रोक्ने पहल अलिकति कहिलेसम्म हुन्छ

स्वास्थ्य हक निश्चित भको संबिधान बन्ने
काठमाण्डौमा सहमति कहिलेसम्म हुन्छ

टिकाराम सिंह 
जाजरकोट

कविताको एउटा टाकुरो

 प्रवीण बानियाँ
हामीकहाँ थुप्रै कवि खडा छन् । उनीहरू केही न केही लेखिरहेकै छन् । कोही कवितामा हीनताबोध, कुण्ठा र आक्रोश लेखिरहेका छन् । कोही राजनीतिक दर्शनको चस्मा लगाएर नारा र सिद्धान्तका बासी कुरा लेखिरहेका छन् । कोही मरन्च्याँसे तर्कना गाइरहेका छन्, कवितामा । अनि, कोही वैकल्पिक शक्ति र सौन्दर्यको खोजीमा फरक कविता पनि लेखिरहेका छन् । थाहा छैन, युवा कवि हेमप्रभास कविताको कुन बाटो हिँडेर यहाँसम्म आए र अब कुन बाटो हिँड्छन्, तर यसपटक उनी ‘गीतैगीतको गाउँ’ लिएर सहर पसेका छन् । उनको आगमन बडो रमाइलो छ ।

मुक्तक

मुक्तक - इश्वरी दुलाल

तिमीले छिर्कि लाँउदैमा म हरेश खान्छु र !!
तिमीले फिर्कि लाँउदैमा म काँहा जान्छु र !!

भोटेको एक्का मै सँग भएको अबस्थामा !!
यो दुक्की तिर्की लाँउदैमा म हार मान्छु र !!

७ वटा देशमा काम गर्न जाँदा भिसा, हवाई टिकट र सेवा शुल्क नलाग्ने

सरकारले म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुसँग भिसा, हवाइ टिकट र सेवा शुल्क वापतको रकम लिन नपाउने निर्णय गरेको छ ।
श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा कतार, बहराइन, साउदीअरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, कुबेत र मलेसिया जाने युवाहरुसँग भिसा, हवाइ टिकट र सेवा शुल्क वापतको रकम लिन नपाउने निर्णय गरेको हो । रोजगारीका लागि मलेसिया तथा खाडी मुलुक जाने युवाहरुसँग म्यानपावर व्यवसायीहरुले ३ लाख रुपैयाँसम्म लिने गरेका छन् ।
मन्त्रालयले वैदेशिक रोजगारीमा जाने युवाहरुले आवधिक जीवन बीमा, अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण र कल्याणकारी कोषमा बुझाउनुपर्ने वाहेकको रकम तिर्नु नपर्ने व्यवस्था गरेको छ ।
अब वैदेशिक रोजगारीमा जाने कामदारले आवधिक जीवन बिमा, अभिुमखीकरण तालिम, स्वास्थ्य परीक्षण शुल्क र कल्याणकारी कोषको शुल्कमात्रै बुझाउनुपर्नेछ जुन रकम अन्दाजी २० देखि ३० हजारको बीचमा हुने अनुमान गरिएको छ ।
श्रम मन्त्रालयले १२ वर्ष पहिले मलेसियाको लागत खर्च ८० हजार तथा खाडी मुलुकको लागत खर्च ७० हजार रुपैयाँ तोकेको थियो । नयाँ निर्णयसँगै १२ वर्ष पहिलेको निर्णय खारेज भएको छ । देशभित्र रोजगारीका अवसर नभएका कारण अहिले दिनहुँ करिब १ हजार ५ सयको संख्यामा युवाहरु साउदी अरब, कतार, कुवेत लगायतका खाडी मुलुक तथा मलेसिया जाने गरेका छन् । श्रम तथा रोजगार मन्त्रालयले कामदारको आतेजाते हवाइ टिकट र भिसा शुल्क रोजगारदाताले नव्यहोर्ने मागपत्र स्वीकृत नगर्ने निर्णय गरेको छ ।
रोजगारदाता कम्पनीले हवाइ टिकट र सेवा शुल्क वापतको रकम म्यानपावर कम्पनीको नेपालस्थित खातामा जम्मा गरिदिनुपर्छ ।  रोजगारदाताले सेवा शुल्कको रकम नदिए म्यानपावर कम्पनीहरुले कामदारसँग बढीमा १० हजार रुपैयाँसम्म सेवा शुल्क लिन पाउने छन् । तर कामदारसँग सेवा शुल्क वापतको रकम लिन  म्यानपावर कम्पनीहरुले रोजगारदाता कम्पनीले कामदार आपूर्ति गरेवापत सेवा शुल्क उपलब्ध नगराउने सर्त रहेको पत्र देखाउनुपर्छ ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले शुक्रबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी यो निर्णय कार्यान्वयनका लागि म्यानपावर कम्पनीहरुको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।  राज्यमन्त्री गुरुङले यो प्रस्ताव कानुन मन्त्रालयबाट एक हप्ताभित्रै स्वीकृत भएर आउने र नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको पाँच दिनपछि यो व्यवस्था लागू हुने जानकारी दिनुभयो ।
उहाँले यो नयाँ व्यवस्थाले व्यवसायी, कामदार सबैको हित गर्ने बताउँदै अहिले घोषणा गरिएका सात मुलुकबाहेक अन्य मुलुकमा पनि निःशुल्क गर्दै लैजान सरकारको तयारी रहेको बताउनुभयो ।
यसअघि नेपाली कामदार एक लाख रुपैयाँ भन्दा बढी तिरेर रोजगारीमा जाँदा गएको लागत खर्च उठाउनै वर्षदिन लाग्ने अवस्थाले कामदार मारमा पर्दै आएको सन्दर्भमा यो व्यवस्था लागू गरिएको उहाँको भनाइ थियो ।
उहाँले वैदेशिक रोजगार व्यवसायीले निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था गर्दा नेपाली कामदारको गन्तव्य मुलुकमा माग कम हुने चिन्ता व्यर्थ भएको भन्दै माग झनै बढ्ने जिकिर गर्नुभयो । नेपाली कामदार इमान्दार र परिश्रमी भएकाले गन्तव्य मुलुकले नेपालीलाई नै प्राथमिकता दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । कतिपय म्यानपावर कम्पनीले निःशुल्क टिकट र प्रवेशाज्ञा ल्याएपनि कामदारमार्फत अवैधानिक रुकम असुली रहेका थिए ।
यसअघि मलेसियामा ८० हजार, खाडीमुलुकमा रु ७० हजार रुपैयाँसम्म अधिकतम लागत सरकारले तोकेकामा अब नयाँ व्यवस्थासँगै बढीमा लागत ३० हजार रुपैयाँमा खुम्चने अनुमान गरिएको छ ।

ताप्लेजुङमा पहिरोमा परी ५८ जनाको मृत्यु, बेपत्ता यकिन छैन

 प्रयास लिम्बू
 ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर ५८ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बेपत्ता हुनेको संख्या अझै यकिन हुन सकेको छैन् ।
बुधबार साँझ ७ः३० बजेदेखि भीषण वर्षा हुन थालेको र वर्षासँगै राती करिव १२ः३० बाट पहिरो बग्न थालेको बताइएको छ । पहिरोले सबैभन्दा बढी मानवीय क्षति लिबाङ गाविसमा पु¥याएको छ ।  लिबाङ गाविसको वडा नं. १, २, ३ र ४ मा गरी पहिरोले पुरिएर २६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिबाङ ३ का भक्तजन लिम्बू, मनमाया लिम्बु, पञ्चमाया लिम्बू, शैलेन्द्र लिम्बू, चित्तमाया लिम्बू रहेका छन् । यस्तै वडा नं. १ का प्रेम फेम्सोहाङ, अञ्जु लिम्बू, शिक्षा लिम्बू, जुनु लिम्बू, प्रेम लिम्बू, शिशिर लिम्बू, सपना लिम्बू, निमाखाङ्डु शेर्पा रहेका छन् । अन्यको सनाखत भइनसकेको लिबाङ ८ का स्थानीय हेम लिम्बूले जानकारी दिनुभयो ।
यस्तै सान्थाक्रामा १२ जनाको मृत्यु भएको छ । सान्थाक्रा ३ का अमरबहादुर लिम्बू र उनका नाति सुजनको मृत्यु भएको छ । बाँकीको सनाखत हुन सकेको छैन । उता लिङ्तेप र खोक्लिङमा तीन÷तीन जनाको मृत्यु भएको छ । लिङ्तेप ७ का भीमबहादुर केदेम, चमेली लिम्बू र वडा नं. ३ की ३१ वर्षीया मनमाया लिम्बूको मृत्यु भएको छ । यस्तै खोक्लिङ ७ मा ११ वर्षीय सविन मादेन, वडा नं. ८ का १० वर्षीय बसन्त विश्वकर्मा र वडा नं. ५ का मनकुमारी लाम्गादेको मृत्यु भएको छ ।
त्यस्तै थिङ्लाबुमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ६ की मनकुमारी लिम्बू, ६ कै २७ वर्षीया रनु लिम्बू, ७० वर्षीय रिञ्जी शेर्पा, सात वर्षीया सीता लिम्बू, माया लिम्बू, मेनुका लिम्बू, मोहन लिम्बू, सन्तोष थाङ्देन, पुष्पा थाङ्देन र नाम नखुलेकी चन्द्रसिंह लिम्बूकी श्रीमतिको मृत्यु भएको छ । मृतकहरु सबैको पहिरोले पुरिएको अवस्था सव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
यता बेपत्ताको संख्या २० जना रहेको प्रहरीले जनाएको छ । उक्त संख्यामध्ये नौ जनाको पुष्टि भएको र अन्य १३ जनाको भने पुष्टि हुन बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ । यता स्थानीयबासीले भने बेपत्ता हुनेको संख्या अझ धेरै रहेको बताएका छन् । स्थानीयबासीका अनुसार लिबाङमा ३० जनाभन्दा बढी बेपत्ता छन् । यस्तै थिङ्लाबुमा सात जना र सान्थाक्रामा पनि धेरै बेपत्ता छन् ।
यस्तै पहिरोले पुरिएर घाइते भएका मध्ये १० जनालाई गृहमन्त्रालयले पठाएको नेपाली सेनको हेलिकप्टरमार्फत बिहीबार साँझसम्ममा उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । उनीहरु अधिकांशलाई सुविधासम्पन्न अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको अस्पताल स्रोतले जनाएको छ । अन्य धेरै घाइतेहरु छट्पटाइरहेका स्थानीयले बताएका छन् । यसबैची पहिरोले सान्थाक्रा, लिबाङ, थिङ्लाबु, खोक्लिङ, लिङ्तेप लगायतका गाविसमा मात्रै करिव तीन दर्जन घरहरु बगाएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि घर, गोठ, विद्यालय, झोलुङेपुल, पार्टी पौवा पहिरोले बगाएको स्थानीयबासीले जानकारी दिएका छन् । यता बाढी र पहिरोकै कारण खाम्लुङको दोभानबजार उच्च जाखिममा परेको छ । इलाका प्रहरी कार्यालय दोभानका अनुसार दोभान बजारका स्थानीय श्याम लिम्बू, पवन लिम्बू र दावा शेर्पाको घर पहिरोले भत्किसकेको छ । दोभान बजार नजिक बग्ने मैवाखोलामा बाढीसहित पानीको बहाव बढेकाले बजार उच्च जोखिममा परेको र त्यहाँका व्यवसायीसमेत छ दर्जन बढी घरहरुका बासिन्दा अहिले आफ्ना सरसामानहरुसहित सुरक्षित स्थानतिर सरिसकेको स्थानीय व्यापारी मानबहादुर चोङ्बाङले जानकारी दिनुभयो ।
यता पहिरोले पु¥याएको सम्पूर्ण क्षतिको विवरण आउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिनुभयो । प्रजिअ निरौलाका अनुसार उद्दार र क्षतिको विवरण सङ्कलन गर्नमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सबै निकाय परिचालन भएका छन् । मौसम प्रतिकुलताका कारण गृहमन्त्रालयबाट हेलिकप्टर ल्याइएपनि समयमै घाइते तथा पहिरो पीडितको उद्दार गर्न सकिएको थिएन । यस्तै बिहीबार विहानसम्ममा पानी पर्ने क्रम केही कम भए पनि गाउँबस्तीमा रहेका खोला÷खोल्साहरुमा पानीको मात्रा बढेका र ठाउँठाउँमा पहिरो बग्ने क्रम रहिरहेकाले स्थलगत उद्दारमा समेत कठिनाइ भएकोे थियो ।

पहिरोमा पुरिएर ४१ को मृत्यु , मेची राजमार्ग अवरुद्ध


 ताप्लेजुङको विकट पश्चिमी क्षेत्रका विभिन्न गाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।
मृतकमध्ये लिङ्तेपका चमेली लिम्बू र मनमाया लिम्बू, लिबाङका देवेन्द्र लिबाङ, खोक्लिङका सविन मादेन र वसन्त विकको मात्र सनाखत भएको छ । मृत्यु भएकामध्ये लिवाङ–१ बाट १२ , २ बाट आठ, ३ बाट चार , लिङ्केतबाट तीन, थिङ्लाबुबाट पाँच, खोक्लिङबाट सात र सान्थाक्राबाट दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङ्लाबु र लिङ्केत गाविसका सबै वडामा एकै चोटि भीषण पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । ती गाउँमा अझै केही स्थानीयवासी सम्पर्कमा नआएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ ।
पश्चिमी ताप्लेजुङका छ गाविसका खोला आसपास र डाँडामा रहेका दुई दर्जन बढी घर पहिराले बगाएको छ । पहिराले लिङ्तेप, खोक्लिङ, लिबाङ र थिङ्लाबु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् । खोला बढेका कारण उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उद्धारका लागि काठमाडौँबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गए पनि खराब मौसमका कारण घटनास्थल पुग्न सकेको छैन । प्रहरी र स्थानीय बासिन्दा प्रभावित ठाउँमा उद्धारमा खटिएका छन् । उता बुधबार राति ताप्लेजुङको म्याङ्खामा पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध बनेको छ । 

दुहुना भैंसी जोत्दै

खेतबारी जोत्न किसानले गोरु, राँगा, ट्याक्टर, पावर टिलरलगायत साधन प्रयोग गर्ने गरेको सबैले देखे सुनेकै हो। आधुनिक साधनको पहुँच नभएका किसानले पहाडी भेगमा गोरुको प्रयोग गर्छन्, तराईमा राँगा। फुलेक ९ चम्फुलाका चन्द्रप्रसाद राईले भने गोरु नपाएपछि दुहुना भैंसीबाट बारी जोताएका छन्।
आफूले हलगोरु पाल्न नसक्नु र पछिल्लो समय गाउँघरमै अभाव भएकाले उनले यस्तो जुक्ति लगाएका हुन्। दुहुना भैंसी गोरुलाई जस्तै जोत्न सिकाएर राईले खेतबारी जोत्ने प्रयोग गरेका छन्। भैंसीबाटै गोरुको अभाव हटेकामा उनी दंग छन्। वर्षमा जेनतेन २ बाली लाग्ने लेकाली क्षेत्रमा गोरुको काम २ सिजन मात्र हुन्छ। त्यसपछि अर्को वर्षसम्म काम विहिन पाल्नु पर्छ। कृषि कर्मका लागि किसानलाई नभई नहुने हल गोरु पछिल्लो समय गाउँघरमा पाल्नै छाडिएको छ।
किसानले पालेका गोरु केही वर्षयता व्यापारीले अवैध रूपमा विभिन्न नाका हुँदै भारततिर लगिरहेका छन्। त्यसले पनि किसानमाझ गोरु अभाव चुलिँदै गएको छ। सोही कारण राईले ५ वर्षयता माउ भैंसीलाई जोत्न सिकाएका हुन्।
भैंसीलाई जोत्न सिकाउँदा दोहोरो फाइदा भएको उनले बताए। ‘हल गोरुभन्दा एउटै भैंसीसँग बल धेरै हुने, छिटो जोत्ने, सानो र साँघुरो गह्रामा पनि जोत्न सजिलो हुँदो रहेछ,’ उनले भने।
गोरुको काम एउटै भैंसीले गरेको देखेपछि आसपास गाउँका किसान उनको भैंसी महंगो मुल्य तिरेरै भए पनि खरीद गर्न तँछाडमछाड गरिरहेका छन्। तर, उनी जोत्न सकुञ्जेल बिक्री नगर्ने अडानमा छन्। ‘यो भैंसीलाई जोत्न सिकाउन धेरै मेहेनत गरेको छु,’ घरदेखि तलको बारी जोत्दै गरेका राईले भने, ‘बिक्री गर्ने हो भने डेढ लाखसम्म हाल्न धेरै जना तयार छन्।’ पहाडी क्षेत्रमा भैंसी जोत्नु अनौठो मानिन्छ, जोतेको हेर्न वारिपारिका किसानको समेत भीड लाग्ने गरेको छ।
राईले एउटा भैंसी जोत्न गोरुलाई प्रयोग गरिीनेभन्दा छुट्टै प्रकारको हलो, जुवा र हरिसको प्रयोग गरेका छन्। हलोदेखि जुवासम्मको भागमा प्रयोग गरिने हरिस गोरुलाई प्रयोग गरिनेभन्दा केही छोटो बनाएका छन्। जुवाको प्रयोग भने राईले भैंसीमा गरेका छैनन्। जुवाको सट्टा भैंसीकै छालाको घोडालाई प्रयोग गरिने करेली आकारको डोरीको प्रयोग गरेका छन्। यी सबै प्रविधि उनका मौलिक हुन्। एउटा भैंसी पालेर गोरुको समेत काम गराउन सक्दा आर्थिक भार र श्रम कम भएको उनको भनाइ छ।

आजीवन काराबास कि, मृत्युदण्ड बारे छलफल

 गम्भीर प्रकृतिका अपराधमा संलग्न दोषीलाई आजीवन काराबास वा मृत्युदण्डको व्यवस्था गर्ने भन्ने विषयमा सभासद्हरूबीच फरक मत देखिएको छ ।
व्यवस्थापिका–संसद्अन्तर्गतको विधायन समितिको आजको बैठकमा सभासद् अनुराधा थापामगरले जघन्य तथा मानवता बिरोधी अपराधमा संलग्न दोषीलाई मृत्युदण्ड दिनुपर्ने सुझाव राखे ।
“मानव, महिला तथा बालबालिका बेचविखन, बलात्कारजस्ता जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था हुनुपर्छ,” भन्दै उनले यस्ता जघन्य अपराध गर्नेलाई कडा सजायको व्यवस्था गर्नुपर्ने माग गरे ।
त्यस्तै, तारादेवी राई, मीरा पोखरेल, रत्नादेवी गुरुङलगायत सभासद्ले गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने सुझाव राखेका थिए ।
सभासद् कृष्णभक्त पोखरेलले गम्भीर प्रकृतिका अपराधका लागि आजीवन काराबासको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
“नेपालले अन्तराष्ट्रिय अभिसन्धिमा मृत्युदण्डको सजाय नगर्ने भनेर हस्ताक्षर गरिसकेको हुनाले आजीवन काराबासको व्यवस्था गर्नुपर्छ,” उनले थपे ।
सभासद्हरू ममता गिरी, मोहमद जाकीर हुसेन, रत्नादेवी गुरुङलगायतले मानवता विरोधी अपराधमा संलग्न दोषीलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्ने सुझाव राखे ।
विधायन समितिका सभापति गङ्गा सत्गौवा चौधरीले विधेयकका बारेमा सभासद्हरूले दिएको सुझाव महत्वपूर्ण भएको र दफाबार छलफल गरेर मृत्युदण्ड वा आजीवन काराबासको विषयमा निश्कर्ष निकाल्ने बताए ।
यसअघि बारा जिल्लाको छ वर्षीय बालिका पूजा शाहको बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग सबत्र उठेको थियो । त्यसबेला पनि मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले आजीवन काराबासको व्यवस्था गर्नुपर्ने माग गरेका थिए भने केही महिला अधिकारकर्मीले मृत्युदण्डकै व्यवस्था कानुनीरुपमा गर्नुपर्नेमा जोड दिएका थिए ।

ताप्लेजुङ पहिरोमा ३७ जना पुरिए

ताप्लेजुङका छ वटा गाविसमा गएराति गएको पहिरोमा परी तीन दर्जन बढी मानिस पुरिएका छन् । अधिकांशको मृत्यु भएको आशंका गरिएको छ । पहिरोबाट लिवाङ र थिङलावु गाविसमा सबैभन्दा बढी क्षति भएको छ ।
स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार लिवाङ गाविसमा मात्रै १८ जना पुरिएका छन् । जसमा लिवाङ-२ मा १२ जना पुरिएको स्थानीय शिक्षक मात्रिका शेर्पाले जानकारी दिएका छन् ।
वडा नं ३ मा ६ जना पुरिएको स्वास्थ्य चौकीका इञ्चार्ज भरत विकले बताए । विकका अनुसार उनीहरुको शव निकालिसकिएको छ । थिङलावु गाविसमा १३ जना पुरिएका छन् भने  सान्थाक्रा र खोक्लिङ गाविसमा तीन/तीन जना पुरिएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार उनीहरुको पनि शव निकालिसकिएको छ ।
पहिरो र मेवा खोलामा आएको बाढीले थुम्वेवा प्रावि लिवाङ-२, नाक्ला प्रावि सावादिनको विद्यालय भवन बगाएको छ । मेवा खोलाको पहिरोले दुईवटा झोलुङ्गे पुल बगाएको छ भने आठ वटा घर भएको रामदुवाली बजार बगाएको छ । जिल्लाकै दोस्रो ठूलो दोभान बजारका बासिन्दालाई भने रातिदेखि नै सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । उद्धारका लागि प्रहरी र नेपाली सेनाको टोलि खटिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

परदेशीकी पत्नी हुँदा...

 ऊ वैदेशिक रोजगारमा गयो । त्यसको केही महिनामै छिमेकी ठिटो उसको घरमा बारबार छिर्न थाल्यो । सानो-सानो बहानामा पुग्ने त्यसले उसकी श्रीमतीलाई फकाउने प्रयास गर्‍यो । ती महिला निस्किन लागेको थाहा पाएपछि गेटअघि मोटरसाइकलमा आइपुग्थ्यो । अनि भन्थ्यो, 'कता जाने भाउजू ? बस्नुहोस् म छोडिदिन्छु ।'
ती महिलाले उसको ननिको चाला बेलैमा बुझिसकेकी थिइन् । भन्थिन्, 'पर्दैन, पल्लो घरसम्म मात्र हो ।'
तैपनि कहिले के, कहिले के बहानामा सहयोग गर्न चाहन्थ्यो । सँगै लान खोज्थ्यो । उनी तर्किन्थिन् ।
एकदिन झमक्क साँझ परेको थियो । उनी बजारबाट र्फकंदै थिइन् । घर नजिकको गल्लीमा ऊ ढुकिरहेको रहेछ । देख्नासाथ उनी छड्किन खोजिन् ।
'भाउजू, कता पुगेर हौ यति ढिला ?' उसले सोध्यो ।
'कतै होइन', उनी हतार-हतार अघि बढ्न खोजिन् ।
'आज साँच्चै च्वाँक देखिनुभएको छ नि भाउजू ?' ऊ इत्रियो ।
उनी चुपचाप हिँडिन् ।
कट्न लाग्दा उसले हातमा च्याप्प समात्यो । र आफूतिर तान्न खोज्यो । फनक्क फर्किएर उनले अर्को हातले गालामा झाप्पु लाइन् । र भनिन्, 'आइन्दा बाटो ढुकिस् भने पुलिस बोलाएर पठाइदिन्छु ।'
गालो छाम्दै उसले कुलेलम ठोक्यो । उनी पनि घरतिर लागिन् ।
छ वर्षकी छोरी र तीन वर्षको छोरो थिए, उनका घरका साथी । त्यही रात कसैले झ्यालमा ढुंगा
हान्यो । डराई-डराई हेरिन्, केही देखिएन ।
भोलिपल्ट साँझ कतारबाट लोग्नेले फोन गर्‍यो, 'के हो, खुब नाठा खेलाउँछेस् रे नि ?'
'कसले भन्यो ?' उनी झ्वाँक्किइन् ।
दाम्पत्य झगडा गहिरियो । कारण- एउटा अज्ञात नामबाट उनको लोग्नलाई इमेल गएको रहेछ, 'म तपाईंको शुभचिन्तक हुँ । तपाईंकी श्रीमती अर्कैसँग दिनभरि घुम्छे । अब त राति पनि त्यही केटालाई ल्याएर घरमै सुताउन थालेकी छे । साँचो कुरा सुनाएकामा माफ गर्नुहोला ।'
'भन्, को हो त्यो ?' इमेलै सुनाएर एक दिन लोग्नेले सोधेछ ।
उनी छाँगाबाट खसेझैं भइन् । 'झूठो हो' भनेर प्रस्टीकरण दिँदा पनि लोग्नेले पत्याएन । फोनबाट तनाव दिन पनि छाडेन ।
केही दिनपछि मध्यराति पारेर ऊ कतारबाट
आयो । गेट नाघेर भित्र छिर्‍यो । श्रीमतीलाई परपुरुषसँग पक्रने सोचेर सिधै ढोका घचघच्याउन पुग्यो । तर उनी त बालबच्चासँग मात्र थिइन् । एउटा परीक्षामा हार्‍यो ऊ । तर शंका हटाउन सकेन । अर्को दिन श्रीमती नभएको मौकामा छोरा-छोरीलाई कोही मान्छे घर आउने/नआउनेबारे सोध्यो । उनीहरूको उत्तरले पनि उसले खोजेको चिज पाउन सकेन । र आफैं रन्थनिँदै गयो । झोक्राउन थाल्यो ।
उसले र मैले क्याम्पस सँगै पढेका थियौं । स्नातक पास गरेको ऊ देशमा जागिर नपाएपछि विदेश उडेको थियो । सहपाठीको घनिष्टता उपयोग गर्दै गत बिहीबार उसले आपmनो समस्या अप्ठ्यारो मानी-मानी मलाई सुनायो ।
'तिम्रो इमेल एड्रेस कतिलाई थाहा थियो ?' मैले सोधेँ ।
उसले सीमित संख्या सम्झ्यो, तर मलाई नाम भनेन ।
मैले सल्लाह दिएँ, 'पहिला इमेल पठाउने मान्छे पत्ता लगाऊ ।'
ऊ राजी भयो । मैले एक प्रहरी अधिकृतसँग कुरा गरइदिएँ । इन्टरनेटको आईपी एड्रेसबाट एक घन्टामै पत्ता लाग्यो, 'इमेल त्यही छिमेकी घरबाट गएको रहेछ ।'
अनि पो श्रीमतीले उसको कुकृत्य प्रयास र आफूले झाप्पु लाएको घटना सुनाइछिन् । उनीहरूको सम्बन्ध पुनः सुमधुर भयो ।
'त्यसलाई के गरौं ?' उसले शुक्रबार सोध्यो ।
'साइबर अपराधमा मुद्दा लाइदेऊ', मैले भनेंँ ।
ऊ अनकनायो, 'यो कुरो बाहिर आउँदा कतै हाम्रै बेइज्जत त हुने होइन ?'
अन्योलग्रस्त उसले हिजो पनि फोन गर्‍यो, 'यार, म के गरुँ ?'
उसले जे गरोस् । मलाईचाहिँ लाग्यो- समस्या यो सानो होइन । वैदेशिक रोजगारको बढ्दो लर्कोसँगै हाम्रो देशमा विभिन्न खाले सामाजिक समस्या उब्जिएका
छन् । तीमध्ये मुख्य बनिरहेको छ- पारिवारिक खटपट । कति विदेशमै घरजम गरेर अड्किएका छन् । कतिका परिवार यता भत्किएका छन् । कतिमा मनोवैज्ञानिक समस्या छ । दुवैतर्फ शंकैशंकामा दिनहरू बित्दा छन् । त्यही बहानामा झगडा बढेका छन् । कटुता थपिएका छन् । सुमधुर वैवाविक सम्बन्ध धराशायी हुँदाछन् ।
समाजमा खोज्दै जानुभयो भने यस्ता पात्रसमेत अचेल पाउनुहुनेछ, जो एक्लै बसेका महिलाका पछि लागिरहेका हुन्छन् । त्यस्तैका खोजीमा भौँतारिइरहेका हुन्छन् । बाटा-बाटामा बोलाइदिन्छन् । सार्वजनिक ठाउँमा गफ गर्न खोज्छन् । त्यही दृश्य ती महिलाका नन्द/आमाजू, देउरानी/जेठानी आदिले सुराकी गरिरहेका हुन्छन् । तत्काल डायल गरेर विदेशमा सुनाइदिन्छन् । ठूलो कारणै चाहिँदैन- सम्बन्ध सकेसम्म सकिन्छ । नभए धराप अवश्य हुन्छ ।
खासमा भन्नुपर्दा वैदेशिक रोजगारका सबैभन्दा पीडित महिला भइरहेका छन् । छोडेर हिँड्नेका उदाहरण दिएर इमानदारहरूमाथि प्रश्न उठाउने पतिहरू प्रशस्त छन्, अचेल । पुरुष पलायन हुँदा पनि घरमा महिला छन् र घर चलेका छन् । समाज बँचेका छन् । जिन्दगीमा नछोएको हलो महिलाले जोत्नुपर्ने दिन आएको छ । परम्पराले नजाऊ भनेको मलाममा अब महिलैमात्र हुनथालेका छन् । मेला-पर्व उनीहरूले नै धानेका छन् । हाट-बजार भ्याएका छन् । गाउँका भेला र कचहरीमा उनीहरू नै अघि सरेका छन् । ती सारा भार काँधमा बोकेर हिँडडुल गर्दा लोग्नेले उल्टै सोधिदिन्छन्, 'दिनभरि कोसँग कहाँ गएकी थिइस् ?'
शंका र गडबडीका स्रोतचाहिँ पुरुषहरू हुन् । किनकि श्रीमतीको भर्भराउँदो बैंस छाडेर उनीहरू नै परदेशिएका छन् !

Vacancy in Rastriya Banijya Bank


साउदि अरब मा बैदेसिक रोजगारि को सुवर्ण अवसर

बिस्व का बिभिन्न मुलुक हरु मा साखा भ​एको अन्तरास्ट्रीय कम्पनि लेन्डमार्क ग्रुप कम्पनि का लागि साउदि मा रोजगार को अवसर

आगलागी पीडितलाई रेडक्रसको राहत, स्थानियले जुटाए डेड लाख

लामको नयाँवजारमा सोमवार भएको आगलागी पिडितलाई नेपाल रेडत्रस सोसाइटी इलाम शाखाले राहत वितरण गरेको छ । शाखा सभापती देवीप्रसाद गौतम र उपमन्त्रि डोरप्रसाद उप्रेतीले पिडितलाई त्रिपाल, कम्वल, लत्ताकपडा र भाँडाकुडाँ वितरण गरेको रेडक्रस इलामका सहजकर्ता रोम आचार्यले जानकारी दिए । रेडक्रसले छ परिवारलाई अत्यावश्यक सामाग्री प्रदान गरेको हो । त्यस्तै कोठा भाडामा लिएर वस्ने एक परिवारलाई समेत एक थान त्रिपाल वितरण गरेको शाखा सभापती गौतमले जानकारी दिए । रेडक्रसले पिडितको घरघरमा नै पुगेर सामाग्री वितरण गरेको थियो । प्रति परिवार पाँच हजार माथीको राहत सामाग्री प्रदान गरेको रेडक्रस इलामले जानकारी दिएको छ ।
त्यस्तै सोहि आगलागी पिडितलाई स्थानिय वासीन्दाले समेत राहत सङ्कलन गरिरहेका छन् । सङ्कलनको पहिलो दिन अर्थात मङ्गलबार एक लाख अठार हजार सङ्कलन गरिएको स्थानिय सिटी शेर्पाले जानकारी दिए । पैँतिस हजार वरावरको अन्य जिन्सी सामाग्री समेत सङ्कलन गरेको शेर्पाले वताए । नयाँवजारमा मङ्गलबार ९हाट० वजार लाग्ने भएकाले पनि पहिलो दिन थुप्रै राहत सङकलन गर्न सकिएको उनको भनाई छ । स्थानियले पहिलो दिन वजार क्षेत्र भित्र मात्र राहत सङ्कलन गरेको र विहिबारवाट अन्य स्थानमा समेत राहत सङ्कलन गरिने जानकारी दिए । उनीहरुले ब्यापारी, स्थानिय तथा हाट भर्न आएकाहरुवाट रकम तथा जिन्सी सामान सङ्कलन गरेको थियो । आगलागी पिडितहरु हाल त्रिपाल मुनी त कोहि छिमेकीकोमा सरण लिएर वसिरहेका छन् । सोमवार दिउशो भएको आगलागीवाट पाँच वटा घर जलेर पुर्ण नष्ट भएका थिए भने एक घर भत्काइएको थियो । सहयोग गर्न पिडित तथा स्थानियले सम्पुर्णमा आग्रह समेत गरेका छन् ।

जीतपुरका सबै घरमा सुधारिएको चुल्हो

बिजयशेखर भट्टराई
श्चिमी इलामको जीतपुर गाविसका सवै घरधुरीमा सुधारिएको चुल्हो निर्माण भइसकेपछि उक्त गाविसलाई घरभित्रको धुवाँ प्रदुषणमुक्त घोषणा गरिएको छ । एक हजार पाँच सय ६९ घरधुरी रहेका गाउँका सबै मानिस घोषणा कार्यक्रममा भेला भएका थिए । जिल्ला विकास समिति इलामका योजना अनुगमन तथा प्रशासकीय अधिकृत चोलाराज पोख्रेलले घोषणा सभाको उद्घाटन गरेका थिए ।
 
दाउरा काट्न पठाउने र खाना पकाउने समय सुधारिएको चुल्हो निर्माणले बचत गर्ने र उक्त समयमा नानीहरुलाई विद्यालय पठाउन अवसर मिल्ने नामसालिङ सामुदायिक विकास केन्द्र(एनसीडीसी)का वातावरण अधिकृत गुणराज खनालले जनाए । गाविस सचिव युवराज घोर्साइँले गाविसका सबै घरमा सुधारिएको चुल्हो निर्माण भएपछि गाउँमा सफा भान्छा कोठाको प्रयोग र धुवाँ प्रदुषणमा न्युनीकरण भएको बताए । घरभित्रको धुवाँ प्रदुषण मुक्त घोषणा भएपछि जीतपुरलाई राष्ट्रमै पहिचान मिल्ने उनले औँल्याए । 
जीतपुर इलाम जिल्लामा घोषणा गरिएको घर भित्रको धुवाँ प्रदुषण मुक्त गाविस मध्ये सातौँ हो भने निर्वाचन क्षेत्र नम्बर दुईमा तेस्रो गाविस हो । सचिव घोर्साइले सुधारिएको चुल्हो निर्माण अभियान अघि नै गाविसका दुई सय ५१ घरधुरीमा सुधारिएको चुल्हो निर्माण भइसकेको र अभियान पश्चात एक हजार दुई सय ८२ घरधुरीमा सुधारिएको चुल्हो निर्माण भएको जानकारी दिए । 
उनले प्रत्येक घरबाट चुल्हो बनाउने सामग्रीका लागि पाँचसय र ज्याला एक हजार गरि एक हजार पाँच सयका दरले घरधनीको खर्च भएको पनि जानकारी दिए । विभिन्न कारणले गाविसका अझै ३६ घर परिवारमा सुधारिएको चुल्हो निर्माण गर्न बाँकी रहेको उनले बताए । कुल जम्मा सुधारिएको चुल्हो निर्माण अभियानमा घोषणा सभा बाहेकको खर्च ३० लाख ६३ हजार भएको उनले सभामा जानकारी दिए । गाविसको यस अभियानमा आर्थिक रुपमा जिविस र प्राविधिक रुपमा एनसीडीसीले सघाएको बताइएको थियो ।
घोषणा सभामा जिविसका पूर्व सभापति हरिप्रसाद खनालले वातावरणमैत्री गाविसका रुपमा घोषणा सभाले परिचित गराएको बताए । यस्तै पूर्व गाविस अध्यक्ष गणेश बरालले गाउँलाई सबै जनताको सहयोगमा धुवाँ प्रदुषणमुक्त बनाउन पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा स्थानीय कलाकारहरुले गीत, नृत्य प्रस्तुत गर्नुका साथै लिम्बु जातिको ढोल नाच प्रस्तुत गरिएको थियो । गाविसका प्रमोटर र गाविस सहयोगीहरुलाई प्रशंसापत्र र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

गजल

केही गर्ने छु भन्ने मिठो आस छ जीन्दगीमा
गन्तव्य चाँडै भेटिन्छ विश्वास छ जीन्दगीमा

सवैको ईच्छा कहाँ पुरा हुन्छन र भविष्यको

विदेशमा रहेका इलामेलीले गरे भुकम्प पिडितलाई सहयोग

योगेश चापागाँई
 
गत बैशाख १२ र त्यस पछिको भुकम्पका धक्काका कारण पिडित वनेका नेपालीहरुका लागि विदेशमा रहेका नेपालीहरुले समेत आर्थीक सहयोग सङ्कलन गर्दै आएका छन् । भूकम्प पिडितलाई सङ्कलित रकम पिडितको हात सम्म पु¥याउन समेत उनीहरु त्यत्तिकै लागि परेका छन् । सङ्कलित रकम मध्येबाट गोर्खा जिल्लाका बालबालिकाहरुको शैक्षिक सामग्री खरिद गर्नका लागि नगद छत्तिस हजार, छ सय चार रुपैयाँ प्रवासी नेपालीहरुको समूह आलायन्सका दिनेश थापालाई हस्तान्तरण गरिएको छ ।
त्यसैगरी सिन्धुपाल्चोकका बालबालिकाहरुलाई समेत शैक्षिक सामग्री खरिद गर्न नामसालिङ सामुदायिक बिकास केन्द्र इलामका अध्यक्ष काजी घलेलाई नगद रु। छयहत्तर हजार, छ सय साठ्ठी रुपैयाँ हस्तान्तरण गरिएको छ ।
सङ्कलन गरेको राहतलाई लक्षित बर्ग समक्ष पु¥याउन प्रवासी नेपालीहरुको समूह आलायन्सले सवैसँग आग्रह गरेको छ ।
सङ्कलित रकम साउदीबाट नेपालमा बुझेर सहयोग गर्ने गम्भीर हेल्मु र सोनाम यल्मु लाई आलायन्सले धन्यवाद ब्यक्त गरेको छ । त्यसैगरी साउदीबाट प्राप्त रकम बराबरको मलेसियन रिंगेट बुद्धिमान राई बाट प्राप्त भएको जनाइएको छ ।
सहयोग गर्ने ब्यक्तिहरुको नामावली यसप्रकार रहेको छ ।
          मलेसियावाटः
१ - माइला लिम्बु आरएम २५५,
२ - होम प्रसाद भट्टराई आरएम २५०,
३ - नयेन्द्र देवान आरएम २०५,
४  - बुद्धिमान राई उपनाम “मूर्ख“ आरएम २०१,
५ - खेमराज गुरुङ आरएम २००,
६ - योगेश चापागाई आरएम १२०,
७ - शंखर बाँस्तोला आरएम ११०,
८ - झरेन चौहान आरएम १०५,
९ - नरकुमार राई इलामे आरएम १०१,
१० - अभिनन्दन माइला राई आरएम १०१,
११ - अमित श्रेष्ठ आरएम १०१,
१२ - नरेन्द्र दाई आरएम १०१,
१३ - बिकास पौडेल आरएम १०१,
१४ - रमेश तामाङ आरएम १००,
१५ - रोशन काफ्ले आरएम १००,
१६ - नरेन्द्र श्रेष्ठ आरएम १००,
१७ - हरि बिष्ट आरएम १००,
१८ - भिम सुब्बा मालापथ आरएम १००,
१९ - निसान राई आरएम ६०,
२० - राजीन खड्का आरएम ५१,
२१ - राजकुमार खतिवडा आरएम ५१,
२२ - सुरेन बान्तावा आरएम ५१,
२३ - शैलेश सुबेदी आरएम ५१,
२४ - सुबास राई आरएम ५१,
२५ - सुरज कुलुङग आरएम ३०,
२६ - बचन राई रविन आरएम ३३,
२७ - टेक लिम्बु आरएम ५०,
२८ - राजन साम्पाङग आरएम  ५०,
२९ - उर्मिला राई माला आरएम ५०,
३० - नारु सारु मगर आरएम ५०,
३१ - रोहित राई आरएम ५०,
३२ - आशिष राई आरएम ५०,
३३ - बचन राई रविन आरएम ३३,
३४ - धनमान वाइवा आरएम ३०,
३५ - सुरज कुलुङग आरएम ३०,
३६ - गजेन्द्र कान्छा लिम्बु आरएम २०,
६७ - टिकाराम रेग्मी आरएम २०,
३८ - लाल बहादुर आरएम २०,
३९ - राजेन्द्र सैठवार आरएम २०
४०- सुबास खत्री आरएम २०,
४१ - कुल ब।मगर आरएम २०,
४२ - राधेश्याम ढुङ्गाना आरएम २०,
४३ - उपेन्द्र खबास आरएम २०,
४४ - अनिश एक्तेन आरएम २०,
४५ - तारानाथ पौडेल आरएम २०,
४६ - ईन्द्र शर्मा आरएम २०,
४७ - महेशराज भट्ट आरएम १५,
४८ - एम।डी पोलास आरएम १०,
४९ - हरि अइरे आरएम १०,
५० - सायाङग बिन अर्बाइन आरएम १०,
                साउदीबाट

५१ - पृया श्रेष्ठ नेरु ५०००, आरएम १७७,
५२ - दौलत लिम्बु नेरु ५०००, आरएम १७७,
५३ - युवराज नेपाल नेरु २६८६, आरएम ९५,
५४ - तिम्रो मनको टुक्रा नेरु २५००। आरएम ८९,
५५ - शिशिर चारखोले नेरु १५००,। आरएम ५३,
प्राप्त भएको छ ।
सहयोग गर्नुहुने सम्पुर्ण इलामेलीहरुमा इलामबाट प्रकाशन हुने सन्दकपुर दैनिक ,प्रवासी इलामेली जनसम्पर्क मञ्च हाम्रो सङम साहित्यिक पत्रिका  सबैमा साधुवाद सहित स– धन्यवाद प्रकट गर्दछ । 

पत्रकारिता देखि प्रसाशक सम्म


   निन्छ ‘प्रेरणाले गर्दा सफलता पाउन सकिन्छ । प्रेरणाले जिन्दगीलाई नै सार्थक बनाई दिन्छ ।’ यसलाई सवैले मान्न सक्यो भने सफलता अवश्य हात पर्छ । यसैको उदाहरण बनेका छन इलामका अशोक वान्तवा । माध्यमिक तहसम्मको शिक्षा गाउँमा पूरा गरेर उच्च शिक्षा हासिल गर्न २०५७ सालमा इलाम सदरमुकाम छिरेका इलाम जिर्मले ५ स्थित रम्भ्याङ्ग गाउँका अशोक बान्तवा हाल सरकारी सेवामा प्रवेश गरेका छन । निजामती सेवामा प्रवेशअघि उनले धेरै क्षेत्रमा कामहरु गरे, राज्यको चौथो अंग भनिने पत्रकारितामार्फत समेत संघर्ष गरे । उच्च शिक्षा अध्ययन गर्न सदरमुकाम आएपछि अध्ययनसँगै केही काम गर्ने रहर उनमा जाग्यो । गाउँभन्दा अलि फराकिलो वातावरण पाएपछि २०५७ सालमा स्थानीय सूत्रधारश्री साप्ताहिक पत्रिकाबाट पत्रकारिता थाले उनले । पत्रकारिता, अध्ययन र साथीसंगतबाट अन्य जिम्मेवारी पनि पाउँदै गए ।

दरबन्दि मिलान सङै चौध प्राबि बन्द


जिल्ला शिक्षा कार्यालय इलामले दरबन्दी मिलानको प्रक्रिया सँगसँगै विद्यालय
गाभ्ने अभियानसमेत सुरु गरेको छ । पन्ध्र वर्षदेखि थाँती रहेको दरबन्दी
मिलान कार्ययोजना पारित भएसँगै प्रक्रिया अघि बढेको हो । जिशिका सम्वाद
समितिको सहयोग र शिक्षा समितिले प्रावि, निमावि, मावि सञ्चालित तर
विद्यार्थी अनुपातको आधारमा शिक्षक दरबन्दी कायम गरेको छ ।
आधारभूत तह ९कक्षा १–८० लाई आधार मानेर कक्षा ५ सम्म तीन र त्यसमाथि कक्षा ८ सम्म
चार शिक्षक दरबन्दी कायम गरिएको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले
बताउनुभयो । दरबन्दी मिलान प्रक्रिया अघि बढेपछि २०५७ सालदेखि रोकिएका
दरबन्दी मिलान कार्य अब अघि बढेको हो । निमावि र मावि तहमा १०
जनाभन्दा कम विद्यार्थी भएका विद्यालयलाई समायोजन तथा बन्द गर्ने, १३
जनाभन्दा कम विद्यार्थी भएको प्राविलाई भौगोलिक विकटताको बहुकक्षा विद्यालय
 कायम गरिने नीति लिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । दरबन्दी
 मिलान प्रक्रियाले लामो समयदेखि दरबन्दी पाउन नसकेका तथा अङ्ग्रेजी
माध्यमबाट पठनपाठन गर्ने मावि, उमाविलाई दरबन्दी उपलब्ध गराएर प्रोत्साहन गरेको छ ।
दरबन्दी मिलानसँगै बन्द हुने अवस्थामा रहेका एकदर्जनभन्दा बढी प्राथमिक विद्यालयलाईबन्दगरिएकोछ।सिंहदेवी
 प्रावि गोर्खे, माईपोखरी सत्यधुनी वेदपाठशाला, सरस्वती प्रावि तालगाउँ
सुलुबुङ, जनता प्रावि मावु, लालीगुराँस प्रावि माइमझुवा, साङरूम्वाका युवा
प्रावि, विजुवाडाँडा प्रावि र दुर्गा प्रावि, खारखोला प्रावि जिर्मले र
अरनिको प्रावि साँखेजुङलाई बन्द गरिएको हो ।
यसैगरी बिक्री प्रावि
सुम्वेक, चन्द्रोदय प्रावि सोयाङ, भानुभक्त प्रावि गजुरमुखी र कृष्णज्योति
प्रावि बाँझोलाई बन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी गौतमले
बताउनुभयो ।
विद्यार्थी न्यूनको कारणले ती विद्यालय बन्द गर्नुपरेको
जिशिअ गौतमले बताउनुभयो । बन्द गरिएका विद्यालयमा कार्यरत शिक्षकहरूलाई
नजिकैको विद्यालयमा सरुवा गरिएको जिशिकाले जनाएको छ ।


chulachuli online radio sajha sawal 2nd episode