WHAT'S NEW?
Loading...

Chulachuli online Radio

यस्तो छ लिपुलेकको वास्तविकता


- बुद्धिनारायण श्रेष्ठ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २०७२ जेठ १ (१५ मे २०१५) देखि तीनदिने चीन भ्रमणका अवसरमा भएको ४१ बुँदे सम्झौतामध्ये २८ औं बुँदामा ‘भारत र चीन लिपुलेक नाकाबाट सीमा व्यापार बढोत्तरीका लागि कामकुरो गर्न मन्जुर भएका छन्’ भन्ने उल्लेख गरिएको छ । अतिक्रमित नेपाली भूमिमा भारतीय अर्ध–सैनिक दस्ता रहेको कालापानी–लिम्पियाधुरा क्षेत्रभित्र पर्ने भारतद्वारा ओगटिएको लिपुलेकलाई दुई छिमेकीले नेपालसँग सम्पर्क नै नगरी व्यापारिक नाकाको रुपमा विकास गर्ने भन्ने कुरा प्रकाशमा आएपछि नेपालमा हल्लीखल्ली मच्चिएको छ । यो कुरो नेपालका लागि समवेदनशील विषयवस्तु हो । अतिक्रमित लिम्पियाधुरा–कालापानी क्षेत्र नेपालसँग विवादित रहेको छ भन्ने कुरा बेलामौकामा भारतले बिर्सन खोज्छ । तर भारत–चीन सीमा युद्धकालदेखि भारतले नेपालको लिपुलेक क्षेत्रमासमेत आफ्नो सेना राख्दै आएकोे छ भन्ने कुरा चीनलाई राम्रै सम्झना रहेको छ । तथापि चीनले भारतसँग हालै किन यस्तो सम्झौंता ग¥यो रु यसबारे नागरिक समाजले के गर्ने, कस्तो प्रकारको भूमिका खेल्नुपर्ने हो र यो विषय जनमानससमक्ष कसरी उजागर गर्ने, सरकारलाई कसरी ध्यानाकर्षण गराउने भन्ने कुरा महत्वपूर्ण रहेको छ । यस प्रसंगमा निम्न विवरण उल्लेख गरिएको छ ।

१. लिपुलेकको भौगालिक अवस्थिति:
- लिपुलेक दार्चुला जिल्ला व्यास गाविसको उपल्लो भागमा अवस्थित रहेको छ ।
- यो ५,०२९ मिटरको उचाइमा रहेको चीनको ताक्लाकोट, ल्हासा, सांघाइ र बेइजिङ जाने बाटोको घॉटीका रुपमा रहेको महत्वपूर्ण भञ्ज्याङ हो ।
यसको सामरिक, व्यापारिक, पर्यटकीय, तिर्थाटन सम्बन्धी महत्व रहेको छ ।
- लिपुलेक चीनको सिल्क रोड दक्षिण एसियाली मार्गमा जोडिने एक मुख्य घॉटी हो ।
- लिपुलेक भंज्याङबाट ताक्लाकोट १६ किमि पूर्वी दूरीमा रहेको छ, जहॉ चीनतर्फबाट सडक जोडिएको छ ।
- लिपुलेकबाट कालापानी भारतीय अर्ध–सैनिक क्याम्प १० किमि पश्चिममा पर्छ ।
- लिपुलेकदेखि ५३ किमि पश्चिम–उत्तरमा लिम्पियाधुरा रहेको छ ।
- लिपुलेकबाट कालापानी, माथिल्लो कावा हु‘दै ओम पर्वत नजिक काली मन्दिरसम्मको क्षेत्रफल ६२ वर्गकिलोमिटर रहेको छ ।
- लिपुलेकबाट कालापानी, माथिल्लो कावा हु‘दै गुन्जी, नावि, कुटी र लिम्पियाधुरासम्मको क्षेत्रफल ३७२ वर्गकिलोमिटर रहेको छ ।

२. लिपुलेक सडक मार्ग/पदयात्रा मार्ग :
भारतले दिल्ली–मोरादावाद–पिलिभित–टनकपुर–पिथौरागढ–धार्चुला–माङती–गब्र्याङ–नापालेछु–गुन्जीसम्म ९लिपुलेक नजिकबाट उद्गम भएको नदी पश्चिम किनारै किनार० मोटर सडक बनाएको छ । हाल गुन्जी–कालापानी क्याम्प–तुल्सिन्युराङ–नाभिडाङ–लिपुलेक भंज्याङ पैदल मार्ग छ । भारतले अब यस पैदल मार्गमा गुन्जीदेखि लिपुलेकसम्म करिब १७ किलामिटर मोटर सडक मार्ग बनाउने कार्य गर्न लागेको छ । यति सडक मार्ग बनेपछि लिपुलेकसम्म आएको चिनियॉ मोटर सडक दिल्लीसँग जोडिने छ ।

३. पुराना नक्सा दस्तावेजको आधार लिनुपर्छ:
नेपालको पश्चिमी सिमाना काली नदी भनी सुगौली सन्धिमा उल्लिखित नेपालको सार्वभौमिकतामा रहेको तर भारतीय अर्ध–सैनिक दस्ताले ओगटेको नेपालको लिपुलेक समेतको कालापानी–लिम्पियाधुरा अतिक्रमित क्षेत्रको विवादका सम्बन्धमा ऐतिहासिक पृष्ठभूमि, विशेष विवरण सहितको तथ्य तथ्याङ्क, विगतमा घटेका राजनीतिक तथा सामाजिक घटना तथा ऐतिहासिक नक्सा दस्तावेज र सन् १८२७/१८५६ समेतका पुराना नक्साको विश्लेषण गरी त्यसैलाई आधार प्रमाणका रुपमा लिनुपर्छ ।

४. लिपुलेक कसको हो ?
सुगौली सन्धिताका बनेको सन् १८२७/१८५६ समेतका पुराना नक्सा दस्तावेजअनुसार लिपुलेक सो¥है आना नेपालको हो । यी नक्साहरु अनुसार लिपुलेक मात्रै होइन यसभन्दा पश्चिममा रहेको कालापानी र लिम्पियाधुरासम्म नेपालकै हुन आउ‘छ ।
सन् १८६० पछि बनाइएका १८७९ जस्ता नक्सामा संकेत चिन्हद्वारा लिपुलेकसमेत सबै भारततर्फ पारेर देखाइएको छ ।
नेपालले सन् १९८० (संवत् २०३६ साल) देखि बनाएको नक्सा अनुसारलिपुलेक त्रि–देशीय विन्दुमा परेको देखिन्छ ।    

५. त्रि–देशीय विन्दु कहाँ पर्छ ?
सन् १९६१–६२ मा नेपाल–चीन सीमांकन गर्दा टिङ्कर भंज्याङ र च्याङ्ला/लिपुलेक भंज्याङको बीचसम्म मात्रै सीमारेखा अंकन गरिएको छ । त्यहॉबाट उत्तर लिपुलेक लिम्पियाधुरातर्फ सीमांकन भएको छैन । भारतको अनुपस्थितिका कारण त्रि–देशीय विन्दु स्थापना हुन सकेको थिएन र अझै भएको छैन । ४ मार्च १८१६ को सुगौली सन्धिको भारा ५ अनुसार नेपालको पश्चिमी सीमा काली नदी हो । सन् १८२७/१८५६ का नक्साहरुमा लिम्पियाधुराबाट उद्गम भएको नदीलाइ काली नदी भनिएको छ । यी नक्साहरुका आधारमा लिम्पियाधुरालाई भारत–नेपाल–चीनको सीमा जोडिने/छुट्टिने त्रि–देशीय विन्दु मान्नुपर्छ । तीनै देशको संलग्नतामा विन्दु स्थापना गरी कालापानी क्षेत्रको विवाद समाधान गरिनु पर्छ ।

६. किन चाहियो भारत र चीनलाई लिपुलेक मार्ग ?
व्यापारिक दृष्टिकोणले चीनलाई भारतको दिल्लीजस्ता प्रमुख सहरहरूसम्मको पहुँचको आवश्यकता परेको छ भने भारतलाई पनि ल्हासासम्म पुग्ने किफायती सडक मार्गको जरुरत परेको छ । छोटो मार्गबाट ट्रान्जिट सुविधा पाउँदा दुवै देशको ढुवानी खर्च घट्ने अर्थात् खर्च र समय वचत हुने र व्यापारिक नाफा हुन जाने वास्तविकता हो ।

- चीनलाई आफ्नो तयारी सरसामान भारतको सवा अर्ब जनता भएको भारतीय बजारमासकेसम्म धेरै परिमाणमा बेच्नु छ ।

- भारतलाई पनि आफ्नो फलामजन्य ग¥हौं तौल भएका कच्चा पदार्थ चीनको ल्हासा भएर सांघाई, बेइजिङ्ग तथा अन्य औद्योगिक क्षेत्रसम्म सस्तो ढुवानीमा पु¥याउनु परेको छ ।
- त्यसैले ती दुवै देशलाई सहज र फाइदाजनक सडक मार्ग चाहिएको छ ।

- सिक्किमको नाथुला मार्ग र हिमाचल प्रदेशको सिप्किला मार्ग समय तथा ढुवानीका हैसियतमा फाइदाजनक छैनन् ।

- हाल चीन र भारतबीचको व्यापार हवाइमार्ग र जलमार्गबाट हुने गरेको छ ।

- यी मार्ग खर्चालु छन् । त्यसैले उनीहरूको व्यापारिक विस्तृतिकरणको वाध्यतालाई सहज बनाउन चीन र भारतले नेपालको लिपुलेक मार्ग विकास गर्न खोजेका हुन् ।

७. लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रबारे भारतका पदाधिकारीहरुको भनाइ:
- प्रधानमन्त्री नरेन्द्र मोदी: कालापानी र सुस्तासमेतको बाँकी रहेको सीमा मामिलामा दुवै देशका परराष्ट्र सचिवले सीमा कार्यदलबाट प्राविधिक जानकारी प्राप्त गरी कार्य गर्नेछन् । (नेपाल र भारतका प्रधानमन्त्रीकोे संयुक्त प्रेस विज्ञप्तिद्वारा निर्देशन दिइएको, ५ अगस्त २०१४) ।

– तत्कालीन प्रधानमन्त्री आइके गुजराल : कालापानीका सम्बन्धमा दुबै देशका प्राविधिकहरूद्वारा सीमांकन कार्य भइरहेको छ । यदि सीमांकन प्रतिवेदनले यो नेपाली भूमि हो भन्ने ठह¥याएमा हामी तुरुन्त त्यहाँबाट हट्ने छौं । (२३ फेबु्ररी १९९७) ।

- तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जी : सुस्ता र कालापानी सीमा विवाद वार्ताद्वारा छिटै समाधान गर्न नेपाल र भारत सहमत भएका छन् । (२५ फेबु्ररी २००८) ।
लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रबारे चीनका पदाधिकारीहरुको भनाइ:

- विदेश मन्त्रालयका प्रवक्ता झाङ कियु : नेपाल र भारतबीच कालापानी विवाद रहेको हामीलाई जानकारी रहेको छ । द्विपक्षीय वार्ताद्वारा समाधान हुन्छ भन्ने विश्वासमा छौं ।  (बेइजिङमा प्रेस सम्मेलन, १५ नोभेम्बर २००१) ।

- नेपालका लागि तत्कालीन चिनियॉ राजदूत जेङ यु योङ : साढे तीन दशकअघि नेपाल र चीनबीच सम्पन्न सीमा सम्झौतामा नेपाल, भारत र चीनको त्रिदेशीय सीमा बिन्दु लिपुलेक भञ्ज्याङ कायम गरिएको थियो, जसअनुसार कालापानी क्षेत्र नेपालभित्र पर्दछ । यद्यपि उक्त सम्झौतामा महाकालीको उद्गम लिम्पियाधुरासम्म नेपालको सीमा रहेको पुराना प्रमाणहरूको बेवास्ता गरिएको थियो । (२ सेप्टेम्बर १९९९) ।

- चिनियॉ दूतावास, काठमाडौ : नेपाल र भारतबीच समस्याका रुपमा रहेको कालापानीको विषय मित्रवत ढङ्गले द्विपक्षीय  संवादद्वारा समाधान गर्नुपर्छ भन्ने चीनको सदैव मान्यता रहँदै आएको छ । (१० मे २००५) ।
लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रबारे नेपालका पदाधिकारीहरुको भनाइ :
- तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला : विवादित कालापानी क्षेत्रको भू–भाग हाम्रो हो भन्ने हामीलाई लाग्छ, यो विवाद पुराना सबै लिखित प्रमाणहरूको अध्ययन गरेर टुङ्ग्याउनु पर्छ र प्रमाणका आधारमा त्यो क्षेत्र नेपालको ठहर हुँदा त्यहाँबाट भारत हट्नुपर्छ (गोरखापत्र २०५५ जेठ २६) ।

- तत्कालीन परराष्ट्रमन्त्री रामशरण महत : सन् १८१६ को सुगौली सन्धिदेखि यताका सबैखाले नक्सा, डकुमेन्टका आधारमा पश्चिमी सिमाना लिपुलेक, लिम्पियाधुरा, कुटीयाङ्दी के हो भन्ने कुराको निक्र्यौल गर्न छलफल भइरहेको छ (समाचारपत्र दैनिक, २०५६ साउन ११) ।
      
- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल : राष्ट्रिय स्वाधीनताका लागि मिचिएको सीमा फिर्ता गर्ने लडाई। अन्तिम  समयसम्म लड्नेछौं (कान्तिपुर दैनिक, २०६६ पुस २८) ।

यी तीनै देशका पदाधिकारीहरु अनुसार लिपुलेक क्षेत्र विवादित क्षेत्र हो भनेर थाहा पाउँदा पाउँदै भारत र चीनले किन सम्झौता गर्न पुग्यो ? सायद ती दुबै देशले नेपाललाई बिर्सिए ।

१०. चीन र भारतले लिपुलेक मामिलामा नेपाललाई किन बिर्सिए ?

यसमा आर्थिक, राजनीतिक तथा कूटनीतिक कारण रहेको छ:
आर्थिक कारण : चीनलाई आफ्नो देशमा उत्पादित सामान भारतीय बजारमा सस्तो मोलमा अझ धेरै परिमाणमा  बिक्री गर्नुपरेको छ ।
राजनीतिक कारण : चीनले भारतमा आफ्नो आर्थिक तथा राजनीतिक प्रभाव बढाउनु परेको छ । भारतलाई आफ्नो अधिनमा पार्नसके उसलाई काखी च्यापी विश्व रङ्गमञ्चमा चीनको प्रभुत्व अझ अघि बढ्न सक्ने थियो  र विश्वको नम्बर एक राष्ट्र बन्ने लालसा पनि रहेको हुनसक्छ ।
कूटनीतिक कारण : नेपालको कूटनीतिक शिथिलताका कारण पनि दुवै छिमेकीले बिर्सेको हुनसक्छ ।

११. लिपुलेकबारे भारत–चीनको विवरणः

२९ अप्रिल १९५४ को सम्झौता ꞊ दुवै देशका व्यापारी र तिर्थयात्री लिपुलेक भंज्याङ बाटोबाट चलिआएअनुसार ल्हासा भ्रमण गर्नसक्ने ।

१९–२३ डिसेम्बर १९८८ मा प्रधानमन्त्री राजिव गान्धीको चीन भ्रमण पश्चात् १९९२ देखि लिपुलेकबाट आवागमण सुरु भयो । १९६२ को भारत–चीन युद्धपछि  ३० वर्ष रोकिएको थियो ।

११ अप्रिल २००५ को प्रोटोकोल ꞊ दुवै देशका सेनाको मनोमालिन्य हटाई सौहार्दता बढाउन लिपुलेकमा सेना भेटघाट गर्ने विन्दु तोकिएको ।

२४ नोभेम्बर १९९९ को चिनियॉ प्रतिनिधिमण्डल दिल्लीमा ꞊ भारत–चीन सीमा समाधानको छलफल भारतले कालापानीमा गर्ने प्रस्ताव राखेकोमा चिनियॉ पक्षले राजधानी बाहिर छलफल बैठक गर्न आफ्नो देशको नीतिविपरित भएको जवाफ दिएको ।

१५ मे २०१५ भारत–चीन सम्झौता ꞊ लिपुलेक नाकाबाट सीमा व्यापार बढोत्तरीका लागि कामकुरो गर्न मन्जुर भएका छन् ।

१३ जुन २०१५ ꞊ कालापानी तैनाथी महिला अर्धसैनिक टोली लिपुलेक हु‘दै कैलाश मानसरोवर पुगेर फर्के ।

११ जुन २०१५ ꞊ २० जुनमा लिपुलेक भएर चीन पस्ने  १८८ मानसरोवर तिर्थयात्रुलाई विदेशमन्त्री सुषमा स्वराजले झन्डा हल्लाइ बिदा गरिन् ।

भारत र चीनबीच यस्ता क्रियाकलाप हुँदा पनि नेपाल सरकारले केही कदम चालेन । तर नागरिक समाजले जनजागरण पैदा गरिरहेको पाइन्छ ।
१२. लिपुलेकबारे नेपालभर हल्लीखल्ली

- भारत र चीनले नेपालको संप्रभुता मिचेर लिपुलेक भएर व्यापार अभिवृद्धि गर्ने सम्झौता गरेपछि नेपालभर यसको विरोध भइरहेछ । नागरिक समाज, विद्वतवर्ग, संघ संंस्था, विद्यार्थी, राजनीतिक पार्टीहरु, आमसंचारले यसबारे तथ्य उजागर गर्दै आइरहेका छन् । कतिपय राजनीतिक दल र संस्थाहरुले काठमाडौंस्थित भारत र चीनको दूतावासमा गई दुई देशबीचको सम्झौता सच्याउन ज्ञापनपत्र पनि दिएका छन् ।
यसै प्रसंगमा व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको २०७२ जेठ २६ को बैठकले छिमेकी मुलुक भारत र चीनले नेपाललाई बेवास्ता गर्दै नेपाली भूमि लिपुलेकबाट आफूखुशी व्यापारिक नाका खोल्न गरेको सम्झौता सच्याउन दुई देशलाई कूटनिितक दबाब दिन सरकारलाई निर्देशन दिएको थियो । परराष्ट्रमन्त्री, सचिव, सहसचिव, नापी महानिर्देशक समेतलाई सामेल गरिएको त्यस बैठकमा यस पंक्तिकारलाई २० मिनेट सयम दिई लिपुलेकबारे प्रकाश पार्न लगाइएको थियो । यसभन्दा अघि परराष्ट्र मन्त्रालयमा मन्त्री, सचिव, सहसचिवद्वयलाई यस लेखकले १५ मिनेट ब्रिफिङ गरेको थियो । साथमा पूर्वराजदूत डा. मोहनप्रसाद लोहनी, पूर्वचिव डा. द्वारिकानाथ ढुंगेल, पूर्वराजदूत राजेश्वर आचार्य तथा पूर्वसहसचिव बिहारीकृष्ण श्रेष्ठ पनि थिए ।

विवादास्पद लिपुलेक सीमाका विषयमा अध्ययन तथा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुखआयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा सरकारले विज्ञहरुको समिति बनाउने कुरा सञ्चारमाध्यममा आएको थियो (नागरिक/कान्तिपुर, २०७२ असार ८ तथा ९) । तर हालसम्म समिति बनेको छैन । अब बन्दैन कि ?

भूकम्पपछि नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलनमा नेपाल आएका चीनका विदेशमन्त्री वाङ यीले सम्मेलनपछि २०७२ असार ९ मा प्रधानमन्त्री सुशील कोइरालालाई भेट गर्दा उनले नेपाल, भारत र चीनबीच ‘इकोनोमिक कोरिडोर’ बनाउने प्रस्ताव गरेका थिए । यसबाट तीनै देशलाई फाइदा हुने उनले बताएका थिए । तर चीनको कुन विन्दुबाट सुरु भई कुन विन्दुमा पुगी टुंगिन्छ भन्नेचाहि‘ उनले खुलाएनन् । कतै लिपुलेकलाई नै लक्षित गरिएको त होइन ? यसबारे नेपालको धारणा अहिलेसम्म प्रकाशमा आएको छैन ।

- यसैबीच व्यवस्थापिका संसदको २०७२ असार १६ गते बसेको बैठकले लिपुलेकको यथार्थ के हो ? सरकारले अहिलेसम्म के गरिरहेको छ ? संसदमार्फत जनताले जान्न पाउने अधिकार छ  भन्दै सभामुखले तत्काल धारणा राख्न सरकारलाई रुलिङ गरे । सरकारले लिपुलेकका सम्बन्धमा दुवै छिमेकी मुलुकस‘ग कूटनीतिक माध्यमबाट आफ्नो अडान र धारणा राखिसकेको छ र संवाद जारी छ । छिमेकी मित्रराष्ट्रस‘ग सीमालगायत संवेदनशील विषयको समाधान कूटनीतिक माध्यमबाटै गर्नुपर्छ भन्नेमा सरकारको दृढ मान्यता रहेको र त्यसैअनुरुप सरकारले काम गरिरहेको छ भनी परराष्ट्रमन्त्रीले सदनलाई जानकारी गराएका छन् (कान्तिपुर, २०७२ असार १८) । तर देशको सार्वभौमिकता जस्तो मामिलामा अहिलेसम्म ठोस केही भएको छैन । यही विडम्वना रहेको छ हाम्रो देशको ।

१३. अब नेपालले के गर्ने ?
भारत र चीनका प्रधानमन्त्रीबीच बेइजिङमा भएको ताजा सम्झौता कार्यान्वयन स्तरमा आइसकेको छैन । त्यसैले त्यस सम्झौतामा सुधार गरी ‘लिपुलेक’ शव्द हटाउने कूटनीतिक पहल गर्ने ।

नहटाए के गर्ने ?
यसको समाधान हुन सक्छ– नेपालले उच्चस्तरको कूटनीतिक माध्यमद्वारा आफू पनि सम्लग्न भई नेपाल–भारत–चीनबीच सहकार्य गर्दै लिपुलेक नाकाबाट तीनै देशका लागि व्यापार अभिवृद्धि गर्नका निम्ति ‘स्पेशल इकोनोमिक जोन’ खडा गर्ने प्रस्ताव भारत र चीनसमक्ष राख्नुपर्छ । यस्तो प्रस्ताव राख्दा लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्रको संप्रभुता निश्चय नै नेपालको रहने दरिलो अडान लिनुपर्छ ।

छलफल/अन्तरक्रियाका क्रममा निम्न बु‘दाहरु हो/होइन, के कारणले ? भन्ने बैचारिक खुराक हुन सक्छन् :
१ लिपुलेक क्षेत्र नेपालकै सीमाभित्रै पर्छ ।
२ लिपुलेक क्षेत्र भारतको सीमाभित्र पर्छ ।
३ लिपुलेक क्षेत्र त्रि–देशीय विन्दु हो ।
४ लिपुलेकसमेत कालापानी सुस्ता विवादित र असहमति रहेको क्षेत्र हो ।
५ लिपुलेक क्षेत्र भारत र चीनले व्यापार वृद्धिका लागि उपयोग गर्न हुन्छ/हु‘दैन ।
६ लिपुलेक क्षेत्रबारे भारत–चीनको हालैको सम्झौताको सम्बन्धित बु‘दा हटाउन लगाउनु पर्ने ।
७ लिपुलेक क्षेत्रबारे भारत–चीनको हालैको सम्झौतामा नेपालको संप्रभुता रहने गरी नेपाललाई पनि सम्लग्न गराउनु पर्ने ।
८ राजा महेन्द्रले कालापानी भारतलाई मौखिक रुपमा दिएका हुन् भनी भारतले भनेमा नेपालले के भन्ने ?
९  भारतले कालापानी क्षेत्र सय वर्षका लागि लिजमा मागेमा के गर्ने ?
१० भारतले कालापानीमा नेपालको सेना पनि सम्लग्न गरौं भनेमा नेपालले के जवाफ दिने ?
११ भारतले कालापानी क्षेत्र सिलिगुडीदेखि बंगलादेशसम्म छुने भारतीय जमिनस‘ग सट्टापट्टा गरौं भन्ने प्रस्ताव राखे नेपालले के गर्ने ?
१२ लिम्पियाधुरा–कालापानी–लिपुलेकबारे अन्तराष्ट्रिय क्षेत्रमा कुरा उठाए नेपालको भलो हुने छैन भनी भारतले भनेमा नेपालले कस्तो कूटनीति खेल्नुपर्ने ?
१३ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका समय लिपुलेक नाका बाट दुवै देशले व्यापार अभिवृद्धि गर्ने सम्भावना छ भन्ने कुराको सुइको ‘डिप्लोमेटिक इन्टेलिजेन्सिया’ द्वारा दिल्ली र बेइजिङका नेपाली दूतावासले गन्धसम्म पनि चाल पाउन सकेन । नेपालको कूटनीतिक शिथिलताले सुइको नपाएका हुन् कि ?

१५. अन्त्यमा
यी कुराहरु जे जस्तो भए तापनि सुगौली सन्धिअनुसार नेपालको पश्चिमी सीमा काली नदी हो । सन्धिताकाका नक्सा दस्तावेजअनुसार लिम्पियाधुराबाट उद्गम भएको नदी नै काली हो । ती नक्सामा अंकन गरिएको नदीभन्दा पूर्वका लिम्पियाधुरा–कालापानी–लिपुलेक नेपालकै ठहरिन्छ । यिनै कुरा जनमानसमा उजागर गर्नुपर्छ । सरकारसमक्ष दबाब सिर्जना गर्नु पर्छ । सरकारले दुवै छिमेकी मुलुकस‘ग सीमा कूटनीति परिचालन गर्नुपर्छ । उच्चस्तरको कूटनीतिक माध्यमद्वारा ‘स्पेशल इकोनोमिक जोन’ खडा गर्दै त्यसमा आपूm पनि सम्लग्न भई नेपाल–भारत–चीनबीच व्यापार वृद्धिका लागि सहकार्य गर्न नेपालको संप्रभुता रहने गरी लिपुलेक नाकाबाट तीनै देशका लागि व्यापार अभिवृद्धि गर्ने प्रस्ताव भारत र चीनसमक्ष राख्नुपर्छ ।  यसका लागि नेपालले चतुर कूटनीतिक सौहार्दताका साथ काम फत्ते गर्नुपर्छ ।

'श्रीमानले श्रीमती ल्याए, श्रीमतीले पनि अर्को श्रीमान ल्याउने व्यवस्था होस्

काठमाडौं- 'पुरुषले घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याउँछन् भने श्रीमतीले पनि त्यही घरमा अर्को श्रीमान् ल्याएर दुवैलाई सँगै राख्न पाउने व्यवस्था नयाँ संविधानमा गरियोस्,' काभ्रेमा सुझाव संकलन गर्न पुगेको टोलीलाई एक महिलाले यस्तो सुझाव दिइन्।   सभासदसहितको टोलीले उनको सुझाव टिपोट मात्रै गर्योर र जस्ताको त्यस्तै ल्याएर संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिलाई बुझायो। 'ती महिलाले सुझाव दिँदा हामीले हुन्छ वा हुन्न केही भनेनौं,' एमाले सभासद विदुर सापकोटाले भने, 'सुझाव जस्ताको त्यस्तै समितिमा बुझाएका छौं।'संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलनका लागि जिल्ला पुगेका सभासदसहितको टोलीलाई कतिपयले ती महिलाले झैं अनौठा सुझाव दिएका छन्।'अरूको कुरा नसुन्ने र सुनेको कुरा पूरा नगर्ने राजनीतिज्ञको कान र बोलेको कुरा पूरा नगर्नेको जिब्रो काट्ने व्यवस्था गर्नुपर्छ,' ओखलढुंगा पुगेका सभासदको टोलीलाई मनजित राईले सुझाव दिएका दिए।ओखलढुंगामा सुझाव संकलन गरेका कांग्रेस सभासद रामहरि खतिवडाले पनि राईको सुझाव जस्ताको त्यस्तै समितिमा बुझाएको जानकारी दिए।ओखलढुंगा पुगेको सभासदको टोलीमा राम कार्की, यज्ञराज सुनुवार, शकुन्तला राजभण्डारी र हर्कबोल राई पनि थिए।ओखलढुंगामै अर्का सुझावकर्ता दलबहादुर मगरले नयाँ संविधानमा समावेश गर्नैपर्ने भनेर यस्तो सुझाव दिए, 'छोरो वैदेशिक रोजगारीमा गएका बेला बुहारी भगाउनेलाई मृत्युदण्ड वा १० वर्ष कैदको व्यवस्था नयाँ संविधानमा गर्नुपर्छ।'संविधानसभाको वेबसाइट र इमेलमा पनि यस्तै अनौठा सुझाव आएका छन्। ती सुझावलाई संविधानको प्रारम्भिक मस्यौदामा आएका अन्तिम मस्यौदामा कसरी समावेश गर्ने भन्ने चुनौती समितिलाई छ। संविधानसभा सचिवालय स्रोतका अनुसार हजारौं सुझाव संविधानमा समावेश गर्नै नसकिने खालका पनि छन्।'कतिपयले नयाँ संविधान बनाएर पठाएका छन् त कोहीले संविधानको प्रारम्भिक मस्यौदा जस्ताको त्यस्तै पठाएका छन्,' कम्प्युटर अधिकृत प्रदीप नेपालले नागरिकसँग भने, 'तर, हामीले जे आएका छन् त्यसलाई अभिलेखालयका लागि प्रिन्ट गरेर सुरक्षित राखिदिएका छौं।'इमेलमा आएको एउटा सुझावमा भनिएको छ, 'फुल पावर दिई अति नै कडा नीति नियम कार्यान्वयन गराइयोस्, साथै प्रहरी प्रशासनबाट गल्ती, कमजोरी भए साम, दाम, दण्डभेद, जेल, नेल सजाय सर्वसाधारणसरह कडाइका साथ लागू गरियोस्। नारीप्रधान देश इजरायलको जस्तै कडा कानुन बनाइयोस्।'मदन बजगार्इंले पठाएको सुझावमा भनिएको छ, 'राष्ट्रिय खेल फुटबल, राष्ट्रिय अन्न मकै, राष्ट्रिय परिकार खुवा, राष्ट्रिय बाजा मादल, राष्ट्रिय पोसाक कोट, टाई, पाइन्ट, राष्ट्रिय सवारी साइकल, राष्ट्रिय रूख लप्सी, राष्ट्रिय फल सुन्तला थपियोस्, तर राष्ट्रिय रङ तोक्न आवश्यक छैन।''नयाँ संविधानमा हात मिलाउन नपाइने व्यवस्था गर्नुपर्छ, हात मिलाएको भन्दा नमस्ते गरेको राम्रो हुन्छ, नमस्तेले हाम्रो संस्कृति पनि झल्काउँछ,' वेबसाइटमा आएको अर्को सुझावमा उल्लेख छ।वेबसाइटमा अर्को सुझाव छ, 'दलितलाई घर जग्गा, तर गरिब बाहुन–क्षेत्रीलाई के दिने हो माननीयज्यू?''नेपालमा पनि अमेरिकामा जस्तै एक पैसासम्मका पैसा प्रशस्तै प्रयोगमा ल्याइनुपर्छ, अनि मात्र सर्वसाधारण जनता व्यापारीबाट ठगिनबाट जोगिन्छन्,' अर्को सुझावमा भनिएको छ।नाम उल्लेख नगरी संविधानको प्रारम्भिक मस्यौदामा आएको अर्को सुझाव छ, 'आवश्यकताका आधारमा बहुविवाह गर्न छुट पाउनुपर्छ, यो व्यवस्था संविधानमा समावेश गर्नैपर्छ।'संविधानको प्रारम्भिक मस्यौदामा आएका कतिपय सुझाव हेर्दा राम्रा लागे पनि अहिले समावेश गर्न नसकिने खालका रहेको स्रोतको भनाइ छ।'अब मुलुक समावेशी सिद्धान्तबाट पछि फर्कने अवस्था छैन,' स्रोत भन्छ, 'तर, कतिपय सुझाव समावेशी सिद्धान्त हुनु हुँदैन भन्ने खालका छन्।''प्रत्येक जाति, वर्ग, लिंग, धर्म, समुदायलाई राज्यले प्रदान गर्ने सेवा, सुविधामा कुनै किसिमको आरक्षणको व्यवस्था खारेज गर्नुपर्छ,' प्रारम्भिक मस्यौदामा प्राप्त एउटा सुझावमा भनिएको छ, 'मधेसी हुँदैमा उपराष्ट्रपतिका छोराछोरीले पनि मधेसीका नाममा आरक्षण पाउने र एउटा जुम्लामा बस्ने ठकुरीका छोराछोरीले आरक्षण नपाई प्रतिस्पर्धा गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ।'सुझाव समितिअन्तर्गत रहेको प्रतिवेदन लेखन उपसमितिका संयोजक प्रेम गिरीले जनताले दिएका सुझावमा छलफल र काँटछाँट गर्ने अधिकार आफूहरूलाई नरहेको उल्लेख गरे।'हामीलाई प्राप्त सुझावमा छलफल गर्ने अधिकार छैन,' उनले भने, 'सुझाव जस्ताको त्यस्तै संवाद समितिमा पठाउँछौं।'उनले अहिले जनताबाट प्राप्त सुझाव संकलन गरी 'क्लस्टर' मा राख्ने काम भइरहेको जानकारी दिए। समितिमा जिल्लाबाट आउने सुझाव आउन ढिला भएकाले पनि प्रतिवेदन लेखनमा थप केही दिन लाग्न सक्ने उनले बताए।'जिल्लाबाट सबै प्रतिवेदन प्राप्त भएको तीन दिनमा एकीकृत प्रतिवेदन तयार पार्न सक्छौं,' उनले भने, 'अहिलेसम्म जिल्लामा संकलन भएका सबै सुझाव प्राप्त भइसकेका छैनन्।'

छन्दको तरङ्गमा बग्दा

केशव भट्टराई

फेशनका नाममा नेपाली संस्कृति र परम्परा हराउने पो हो कि भन्ने चिन्ता बढिरहेका बेला हामीले रातो माटो र कमेरामा छन्द लेख्न सकौं । डोको, नाम्लो
र खर्पनले झारेका पसिनामा छन्दको सुगन्ध छर्न सकौं । अनि त हाम्रा कला, संस्कृति छन्द, लय र भाकाहरु मीठा हुनेछन्, सरसिला हुनेछन् ।
प्रार्तराष्ट्रमुपास्य धार्मिक दिशः सायम च संवेदनाम्
नित्यं घोषयति स्वदेश सुभगां साहित्य संगीतिकाम्
वन्ध्याम् मानव संहिताम् निगदति श्री लोकतन्त्राम् पराम्
जङ्घा काचन कञ्चना विलसिता यो तुङ्ग सञ्चारिका
काव्यास्यात्मा ध्वनी मुखरितः काकली रागबद्धो
छन्दो भिर्याे बहु यति गणैर्अंकितो वेद जन्मा
सोमे सन्ध्या समयविहितो मुच्र्छनाभी समेतो
जङ्घा श्री कञ्चन जनहितो छन्दसोयम् तरंग ।
झापाली कवि रोहिणी विलास लुइटेलका यीनै दुई पंक्ति सिर्जनालाई थालनीको बिन्दु बनाएर पूर्वेली श्रोतामाझ कर्णप्रिय बनिरहेको एउटा रेडियो कार्यक्रम हो ‘छन्दको तरंग’ ।
छन्द – पूर्वीय सभ्यताको एउटा अनुपम चिनारी । पूर्वीय दर्शनका रुपमा प्रतिष्ठित वेदले आफ्नो अभिन्न अंगका रुपमा स्वीकारेको साहित्यको विधान (सूत्र) पनि हो छन्द । यसभित्रको मिठास, लालित्य र सौन्दर्य सधैं सुमधुर छ । छन्द सुत्रले सृजनालाई श्रुतिमधुर र सरसिलो बनाइदिएको छ ।
यही छन्द विधान भित्र रहेर नेपाली कविताको आदिकालदेखि वर्तमानसम्म सर्जकहरुले आ–आफ्ना सृजना पस्किरहेका छन् ।
छन्दको महिमा र गहिराई विशाल छ । यसका जानकार र विद्वत स्रष्टाहरुले भनेका छन् – यदि पूर्वीय दर्शन र साहित्यभित्र छन्द थिएन भने आज नेपाली समाजमा ती पुस्तकहरु बिलाएर जान्थे । जनजनमा–मनमनमा श्रीमद्भागवत गीता, महाभारत र रामायणका श्लोकहरु कण्ठस्थ हुँदैनथे । हाम्रा बा–आमाहरुले भाका हालेर कृष्ण चरित्र, गुणरत्न माला आदि इत्यादी लयबद्ध पस्किन सक्दैनथे । यसै महत्वलाई आत्मसात गरेर प्रबन्ध निर्देशक चन्द्र भण्डारीको परिकल्पनामा तयार गरिएको कञ्चनजङ्घा एफएम ९२.६ मेगाहर्जको एउटा साहित्यिक अभियान हो कार्यक्रम छन्दको तरगं ।
साहित्यभित्रका नवरससँगै छन्दका मीठा भाका र लयहरुमा सिर्जनाका तरगंहरु प्रस्फुटित भइरहदाँ नेपाली कवितालाई अझ भनौं छन्द संस्कृतिलाई मन पराउनहेरु प्रफुल्लित अनुहारमा देखेको छु । कार्यक्रम प्रसारणको अविछिन्न यो यात्रामा कहिले नेपाली लोकभाकाहरुसँग भेट भएको छ, कहिले आधुनिक पुस्ताका कविहरुसँग संगितको नजदिक पुगेर सृजनालाई साहित्यिक मनसँग गाँस्न पुगिएको छ ।
पुराना पुस्ताका स्थापित स्रष्टा हुन् या नविन पुस्ताका नवोदित सर्जकहरु हुन् । यी सबैलाई यो साहित्यिक अभियान भित्र राखेर लेख्नेहरुमा उर्जा र प्रेरणा भरिदिएको छ । सर्जक र स्रष्टाहरुप्रति अगाध श्रद्धा र प्रेम बढाउने प्रयत्न पनि गरिएको छ । विशेषत ः पूर्वेली स्रष्टाहरुकै बीचमा छन्द कविता खोजिरहँदा तिनका रचनाहरुमा हामीले विविधता पाएका छौं ।
भूगोल, रहनसहन र सांस्कृतिक विविधताको सुगन्ध हामीले तिनका सृजनाहरुमा पाएका छौं । यसरी लयवद्ध पस्किएका कवि–कवयित्रीका सिर्जनाहरुले पश्चिमका साहित्यिक मनहरुसँग साइनो जोडेका छन् ।
पूर्वेली स्रष्टाका कविताहरुले छन्दको तरंगहरुमार्फत सिमानापारिका नेपाली मनसँग मित्रताको सन्देश छरेका छन् ।
छन्दका यिनै तरंगहरुमा खोजि गर्ने हो भने कहिलेकहिले हामी पाउने गर्छाै राजधानि काठमाडौमा बसेर महाकाव्य लेख्दै गर्दा पूर्वमा पाेिखएको कवि नवराज लम्सालको मन –
एकै देश अनेक जात थरमा राई र लिम्बू म हूँ
साँच्चै धीर धिमाल वीर बलियो कोचे र मेचे म हूँ ।
राज्यै छैन र राजवंशी भनिने त्यै राजवंशी म हुँ
गन्गाई र सतार पूर्वतिरका पूर्वीय थारु म हूँ ।
चन्डी पालम गाउँदै रस भरे कोशी तरे पश्चिम
सेतो सोलु पुगेर सेब्रु धुनमा चाखे हिमाली रंग ।
तोङ्वा तान्न र टोक्न टक्क सुकुटी कैले सिके खै कुनी
सल्लेरी हिँउ फाटमा सगरको माथा उभेको उनी ।
(शार्दुलविक्रिडित)
२०६५ श्रावण ६ गते सोमबार साँझबाट प्रसारण प्रारम्भ भएको कायत्र्रmम छन्दको तरगंले यी यात्राहरुमा सधंै सधंै सर्जक र सिर्जनाहरुमा छन्द संस्कृतिलाई खोजी गरिरह्यो । साप्ताहिक प्रस्तुतिहरुमा भेटिने सरसिला शब्द कोसेलीहरु रसपान गरिरहँदा कहिल्यै थकान महसुस भएन ।
कविता यसै पनि मिठा साहित्यप्रेमीका लागि । त्यसमाथि कवि हृदयले प्राकृतिक सम्पदालाई सम्बोधन गरी छन्दमा, भाकामा र लयमा राखिदिँदा सुनमा सुगन्ध । कवि रामप्रसाद ज्ञवाली कवितालाई छन्दसगँ जोडेर नविन पुस्तामा यसरी ऊर्जा भरिदिन्छन् –
बग्छन् कलकल छन्दमै नदनदी झर्ना र खोलीहरु
मिल्छन् पलपल छन्दमै रहरिला भाका र बोलीहरु
लठ्ठिन्छन् युवती युवा प्रणयमा सौन्दर्य नाना विनी
बढ्दैछन् रस छन्दमा कविहरु लाग्दा मिठो मोहनी
उड्छन् फुर्फुर बाग भित्र पुतली यै छन्द बाँचीकन
भाच्छन् कम्मर फनफनी मुजुरले यै छन्द नाँचिकन ।
क्वैली गीत सुनाउछे रहरले यै छन्दलाई चुनी
बढ्दैछन् रस छन्दमा कविहरु लाग्दा मिठो मोहनी
राती छन्द सुनाउँदै टिलपिले ताराहरु खुल्दछन्
हाँस्छन् चन्द्र मुसुक्क यौवन छरी यै छन्दमा झुल्दछन् ।
प्रेमी सूर्य प्रभातमा प्रणयले लालिन्छ सज्जा बनी
बढ्दैछन् रस छन्दमा कविहरु लाग्दा मिठो मोहनी
साहित्यिक फूलबारीमा पूर्वको मेची कम उर्वर छैन – जसरी पूर्वेली भाका र लयहरु जीवन्त छन् । गन्ती गर्र्दा हातका आलौहरुमा रहन सक्ने यो भूगोलका केही सर्जकहरु कवि हुने रहरमा मात्रै कहिल्यै अल्झिएनन् ।
उनीहरुले पूर्वीय संस्कृति र परम्पराको पर्याय बनेको पद्यमाला अर्थात् छन्दोबद्ध सिर्जनाहरुलाई आफ्ना साधनाको सुन्दर फूलबारीमा सजाएका छन् । वार्णिक र मातृक छन्द विधानमा बाँधिएर उनीहरुले भाषिक भ्रष्टचारलाई प्रोत्साहन पनि दिएका छैनन् । बरु दिएका छन् भने नविन पुस्तामा छन्द संस्कृतिको महिमालाई सम्प्रेषण गरेका छन् । जिब्रोमा झुण्डिरहने लोकछन्दका भाका र लयहरुलाई सधैंसधैं जागृत गराइरहेका छन् ।
मेरो निम्ति इलाम नै जगतमा अत्यन्त नै प्रेम छ ।
मेरो निम्ति इलामकै बहुमुखी कल्याणमा श्रेय छ ।
मेरो निम्ति इलाम जीवनभरि आराध्य श्रद्धेय छ ।
प्यारो जन्मथलो समुन्नत बनोस् मेरो यही ध्येय छ ।
कविता सिर्जना गर्नेहरुमध्ये अञ्चलकै श्रेष्ठ कवि गनिएका श्यामकृष्ण श्रेष्ठले आफू जन्मे हुर्केको, सृजना फलेको फुलाएको, पवित्र र सुन्दर भूमिप्रति यसरी आदरभाव प्रकट गरेका छन् – सरसिलो छन्द प्रस्तुती मार्फत ।
सुन्दर पहाडी भूगोल इलामाको सन्दर्भ धेरै कवि गीतकारहरुका सृजनामा प्रतिबिम्बित भएका छन् । अनेकौं कोणहरुबाट इलामको वर्णन गरिएको छ । कसैले जन्मभूमिका रुपमा गरेका छन् त कसैले श्रंगार भावमा सजाएका छन् ।
इलाममै ससुराली बनाएका कवि पुरुषोत्तम सिग्देल छन्दसुत्र भित्र प्यारो इलामलाई सालिको उपमा दिएर यसरी सन्देश प्रवाह गरिरहेका छन् ।
पैयू र चाँप वनझप्प खुलेर फुल्दा
बुट्टा नयाँ कति खुल्यो सुरुवाल कुर्ता
छन रेसमी रङ्गमिही वनका हजार
थुम्की पुटुक्क स्तन कस्छ चिया जुहार
तिम्रो वनान्त छ सकुन्तल केश रासी
माई सरोवर सुरम्य निधार माथी
पाथिभरा शिखर तोरण के सजाउँ
देवी गजुरमुखी यही कुन मुर्ति ल्याउँ ?
सिन्दुर ल्याउन मिलेर दीदि रिसानी
चोखी इलाम बस माइत कै निसानी ।
तिम्रो मनोरम जवानी युगान्त छाओस्
आगन्तुका मुटुकुना तिर कुत्कुत्याओस् ।
श्रीअन्तुमा रवी झुलुक्क यहाँ उदाए
तिम्रो निधार अनि अंग खुले सुहाए
आफैं तिमी प्रकृति सिर्जित दिव्य खानी
नौलो मिलेर उपहार इलाम नानी ।
(
प्राकृतिक सौन्दर्यलाई यसरी कवि हृदयले चहकिलो बनाइदिएका छन् । प्राकृतिक सौन्दय र सम्पदा मात्र होइन कवि श्रष्टाहरुले जीवन र जगतको परिभाषा पनि यीनै कविताहरुमा, यीनै छन्दहरुमा कोरेका छन् ।
छन्दसुत्रमा बाँधिएर अभिव्यक्ति प्रस्फुटित हुन पाउँदैन भन्नेहरुलाई गतिलो झापड दिँदै कवि रोहिणी विलास लुइँटेल मनुष्यको परिभाषा पञ्चचामर छन्दमा यसरी अभिव्यक्त गछर्न् –
स्वभावमा उदारता प्रशान्त चित्त चारुता
छ धर्मको विशालता विलक्षण प्रगाढता
न भोक शोकमा वृथा छ दानवीय शक्तता
भए यिनै चरित्र हुन् शुशिलका मनुष्यका
विवेकको अनन्तता मनुष्य भित्र भेटियोस
मनुष्य भेटियो भने सबै थकान मेटियोस
मनुष्य जाति निम्ती जो सधैं छ मर्न उद्यत
दिएर रित्तिदैन जो उनी मनुष्य सास्वत
यही छ स्वर्ग गाउँमा मनुष्य सङ्लिदा सबै
छ धर्मराजको सभा वरत्रमै जताजतै
शिवत्वको बुटि भए मनुष्य जाति जातमा
धरा अवस्य स्वर्ग यो हुने थियो प्रभातमा ।
यसरी एउटा छन्दभित्र आउने लय र भाकाका विविधता भित्र कवि सर्जकहरुले देश प्रेमलाई उजिल्याएका छन् । सामाजिक विकृति र विसङ्गतिप्रति तिखो व्यायमा प्रहार गरेका छन् ।
प्रजातन्त्र आएको यतिका वर्ष वितिसक्दा पनि आमजनमानसले अनुभूति गर्न नपाउँदाको पीडालाई दक्षिणी झापाका कवि विरही अधिकारी शार्दुलविक्रिडित छन्दमा यसरी पोखिन्छन् –
नारा कागज संविधानहरुमा आयो प्रजातन्त्र रे
काला कानून दासताहरु सबै जस्ताको तस्तै रहे
कैले देश चिमोटिएर नदीको पानी धमिलो भयो
सन्धीरे मत सन्धी जान्दिन सखे पक्कै नदी बेचियो
खाने गाँस कपास बास नहुनु के को प्रजातन्त हो
शिक्षा, स्वास्थ्य विहिन देख्छु जनता भोको र नाङ्गो छ यो
नारी मुक्ति भनेर फुक्छन् सधैं संचारका साधन
दिदी बहिनी विदेशमा खुरुखुरु बेच्दैछ कस्ले किन ?
(शार्दुलाविक्रिडित)
कवि स्रष्टाहरु यसरी आफ्ना सिर्जनाभित्र छन्दलाई सजाएर जनआवाज मुखरित गरिरहेका छन् । समाजलाई चित्रण गर्दै साहित्यिक आन्दोलन छेिडरहेका छन् ।
सामाजिक परिवेशमा भिजेर लेख्दै गरेका कवी सर्जकहरु स्वभावत रसिक पनि हुने गर्छन् । छन्दको तरङ्गको यो यात्रामा मैले धेरै रसिक कविहरुसँग भेटघाट गरेको छु । रसिक ढंगले प्रस्तुती राख्दै एउटै छन्दभित्र लयको विविधता पस्कने, श्रृंगारिक भावभङ्गी ल्याउने कविहरुपनि रमाइरहेका पाइन्छन् यो साहित्यिक फाँटमा । बेग्लै किसिमको भाका र शैलीमा कविता प्रस्तुती राख्ने इलामेली स्रष्टा हुन् देवी गौतम ।
मिठा छन् कविता कथा सरलता मिठो छ रे गुञ्जन
मिठा छन् अनि गीत गायन कला मिठै छ त्यो जीवन
मीठा छन् सुरिला गलाहरु पनि मिठो छ त्यो लैवरी
मिठा छन् वनकुञ्ज तिर्तिर तिरी झंकार त्यो बाँसुरी ।
इलामको पश्चिमी पाटोलाई छन्दसँग नाता जोड्ने मंगलबारेका देवी गौतम बाहेक फुयँतप्पाका झाँक्रीखोले, खोलाघरे साइँलो, धुसेनीका नवराज बर्देवा, चेतन अन्जानहरु सशक्त कविका रुपमा परिचित छन् ।
खोलाघरे साइलोको ‘सानो छन्द वाटिका’ नामक पुस्तक यसै कार्यक्रमको प्रेरणा हो भनेर स्वयम् लेखकले उल्लेख गरेका छन् । जुन पुस्तामा अलग अलग २७ वटा छन्द कविता समेटिएका छन् । छन्दमा कोरिएका सिर्जनाहरु प्राकृतिक सौन्दर्य वर्णनमा मात्र सिमित छैनन् । यी सिर्जनाहरुमा खबरदारी गरिएका छन् । शहिदका सपना कोरिएका छन् । जनतालाई जागृत गराइएका छन् । देश निर्माणका क्रममा नेतृत्वमा पुगेकाहरुको हत्या गरिएको तर हत्याको रहस्य अहिलेसम्म नखोलिएका घटनाक्रमलाई केलाएर कवि झाक्रिखोले यसरी कविता लेख्छन् ।
ढालिन्छन् सतिसाल मुक्ति युगका षड्माफिया चङ्गुल
मारिन्छन् अमरत्व साधकहरु डढ्र्दै गयो जंगल ।
सोझै हुर्किन पाउदैन हरियो आकाश ताक्ने वन
जीउदा लासहरु भिरेर पगरी के गर्दछन् शासन ?
काजी अम्मर भीम माथवर सिंह राजेश्वरी राज्ञ श्री
मारिन्छन् किन कृष्णलाल् लखन थापा, वान्तवा रत्न श्री
फालिन्छन् जीवराज श्री मदन जी मारे विरेन्द्राजन
जीउदा लासहरु भिरेर पगरी के गर्दछन् शासन ?
वर्षैा वर्ष बिते तथापी यिनको खुल्दैन हत्या भने
यस्तै क्रुर प्रवन्चनी खलहरु सन्जाल जागे भने ।
हत्यारा र रहस्य लुक्तछ सधैं खोइ वर्ग आन्दोलन
जीउदा लासहरु भिरेर पगरी के गर्दछन् शासन ?
इलामेली साहित्यकारहरुकै चर्चा गरिरहँदा – जो कार्यक्रमको छन्दको तरङ्गसँग निकै नजिक हुन पुगे स्वर्गीय बुद्धि घिमिरे । जसले साहित्य र व्याकरणमा निक्कै दख्खल राखेका थिए । यस्तै इन्द्रनारायण सुवेदी, खतिवडा चन्द्र शेखरका सिर्जनाहरु पनि कम सशक्त छैनन् ।
साहित्य र संगीतका लागि मलिलो इलामेली भुगोलमा अरु धेरै कवि कवयित्रीहरु छन् जसले छन्दोबद्ध अभियानलाई आ–आफ्नै ठाउँ विशेषबाट उर्जा प्रदान गरिरहेका छन् । कार्यक्रमको छन्दको तरङ्गसँग जोडिइरहेका छन् ।
साहित्य सिजृनाको यो क्रममा अग्रज सृष्टाहरुले छन्द विधान भित्रै समेटेर नविन पुस्तालाई पनि जन्म दिएका छन् । नेपाली साहित्यिक फाँटमा आशलाग्दा नवोदित लेखनिलाई प्रेरणा भरेका छन् ।
झापाली साहित्यिक गतिविधि मै सम्मोहित भएर कवितामा अब्बल प्रस्तुति राख्ने युवा श्रष्टाहरु थुप्रै छन् । छन्दलाई माया गरेर आफ्ना सिर्जना पस्कन सिपालु युवामध्ये एक हुन् चन्दग्रढीका सौरभ पोखरेल –
मजेत्रोले छोपी मुख घरीघरी रुन्छ कविता
छ खोलो आँशुको धुरुधुरु यहाँ रुन्छ कविता
कहाँ आफ्नै रातो रगत पिउनै सक्छ कविता
विचल्ली यो छन्दै लतपत भयो आज कविता ।
न ता लालि पुोख्यो सजलकविताले जगतमा
न ता बेच्यो वैशै सरल कविताले पतितमा ।
कविका आत्माले बिचलित हुँदै रुन्छ कविता
कहाँ सामन्तिका पतित दिलले छुन्छ कविता ।
(शिखरिणी)
जीवन भोगाइलाई कलात्मक प्रस्तुती दिएर रचनाहरुमा सन्देश प्रवाह गर्ने कवि हृदयका श्रृजनाहरु साँच्चै श्रुतिमधुर छन् । त्यसबाहेक लोक जनजीवनसँग गहिरो सम्बन्ध गाँस्ने सङ्गिनी, शिलोक र सवाईहरुले छन्द संस्कृतिको महिमालाई अझ धेरै सम्वद्र्धन गरिरहेको पाइन्छ ।
हाम्रा मेलापात, घरधन्दा, बनपाखा, देउराली र भञ्ज्यागंहरुमा सुिनने लोक गीतहरु हनु ् या आमा दिदीबहिनीहरुले शिलोकका रुपमा पस्कने रामायण, कृष्णचरित्र र गुणरत्न मालाका अनेकौं नीतिश्लोकहरु हुन् अथवा हाम्रा मौलीक पर्व र संस्कृतिहरुसँग जोडिएका अघिल्लो पुस्ताले औधी रुचाएको लोकभाकाहरु नै किन नहुन् ? यी सबै नेपाली सभ्यतासँग जोडिएका सम्पति र पहिचान हुन् , जसले छन्द महिमाको प्रचार गर्न उल्लेख्य साथ दिएका छन् –
लसमा लस मसला पिन्नु लोहोरी भए पो
लोहोरी भए पो मेरो लै लै लोहोरी भए पो
एकोरी माया म कति लाउनु दोहोरी भए पो ...
यी लोकभागाहरुले आजका दिनमा सीता ढुंगाना, मिरा कडरिया जस्ता धेरै प्रतिभाहरुको, सुमधुर गलाका धनीहरुको साथ पाइरहँदा जीवन्त बनेको छ हाम्रो मौलिक संस्कृति । गायन र संगीतमा साथ दिने अनि सिर्जनामा रमाउने सयौं सर्जकहरुले प्राण भरेका छन् कार्यक्रम छन्दको तरगको ।
सर्जकहरु कहिले यो माटो र देशलाई सम्झिएर सिर्जना कोर्छन्, कहिले सामाजिक विकृति र विसंगतिप्रति तिखो व्यङ्गय प्रहार गरिरहेका हुन्छन् । देश दुखेको बेला होस् अथवा खुशी साट्ने माध्यमकै रुपमा किन नहोस् यी सबैमा सृजना छन् र ती सृजना भित्र छन्दोवद्ध भाका र लयहरु सँगसँगै छन् । ज्वलन्त समसामयिक विषयमा प्रश्न तेस्राउँदै यूवा श्रष्टा एकु घिमिरे बसन्ततिलका छन्दमा यसरी लैख्छन् ।
दुःखी किसानहरुको किन पेट रित्तै ?
जालि छलीहरु बने किन ठालु छिट्टै ?
जसले परिश्रम गरी पसिना बगायो
निभ्दै छ के कति भई उसकै दियालो ।
यो भाग्य हो यदी भने किन हुन्छ यस्तो
कोर्छे की भावी पनि घुष लिएर जस्तो ?
सम्पूर्ण जीवहरु सन्तती देवताका
यस्तो भए किन फरक ? भन हे विधाता ।
पञ्चै बाजाको मौलिक धुन पृुष्ठभूमिमा राखेर आफ्नो साप्ताहिक प्रस्तुतीहरुमा सृजनाका सुन्दर कोशेली खोजी गरिरहँदा कवि सृष्टाहरु भने यसै कार्यक्रमलाई शिर्षक बनाइदिन्छन् । आधा दशक लामो रेिडयो कायत्र्रmम प्रशारणको यो यात्रामा दर्जन भन्दा बढि पध्य माला छन्दको शिर्षकमै पाइएको छ । छन्दको तरगं लाई परिचित गराउदै मोहनप्रसाद घिमिरे –
संगीत भर्दै भ्रमर पनि ती गाउँदै छन् कि ऐले ?
सुन्दै कर्णप्रिय ध्वनि मृगै, धाउँदैछन् कि ऐले ?
वैलिएका कुसुम लतिका भर्दिदैछन् ती रंग
कञ्चनजंघाबीच सुमधुरो छन्दको यो तरंग ।
छागाबाटै झरर झरना ओर्लिदैछन् की अहिले
क्वैली मिठो स्वरझिकी सबै कुर्लिदैछन् कि अहिले
मेची कोशी जलपरिहरु सुन्दछन् ली उमंग
कञ्चनजंघाबीच सुमधुरो छन्दको यो तरंग ।
छन्दका सयौं नामहरुका बीचमा धेरैजसो प्रचलित छन्दहरु नै कवि स्रष्टाका सिर्जनामा दोहोरिएका छन् । जाने सुकेनै छन्दहरु भित्र हामीले तिनका सृजनालाई पाइरहेका छौं ।
कार्यक्रमलाई नै सम्बोधन गरी कोरिएको कवि लुइटेलको रचनाको अर्को एउटा टुक्र ।
म सोमबार साँझमा लिएर बत्ती आउँछु
र नित्य सोम शितका सुधा म काव्य प्याउँछु
असंख्य चेतना छरी झरी म पर्छु निर्झर
म छन्दको तरंग हुँ प्रभात लालीमा घर
नयाँ पुस्ताले छन्द सस्ंकृितलाई स्वीकार्न सकेन , छन्द परम्परा हराउद ै गयो भनरे पर्वूको साहित्यिक फाटँमा चर्चा चलिरहदाँ प्रसारणका माध्यमबाट आरम्भ भएको यो अभियान छन्दको तरङ्गले दुर दराजका गाउँले सृष्टाहरुलाई समेत सम्बोधन गर्ने प्रयन्त गरेको छ ।
यीनै गाउँले श्रष्टा मध्येकी एक हुन् पाँचथर सुभाङ्गकी विद्या निदोर्षी । जसले छन्द भित्र सृंगारलाई आकषक ढंगले सजाउने गर्छिन् । साहित्यका नवरस मध्ये श्रंगारमा चुर्लुम्म डुबेर लेख्ने विद्याको लेखनी मात्र होइन प्रस्तुती पनि श्रुतिमधुर छ ।
हृदय भरी छ माया आउ मेरी पियारी
नयन भरी छ छायाँ आउ मेरी पियारी
मुख मलिन लजालु भावमा झट्ट आउ
पीर कति छ र मेरो दोष के हो बताउ ।
दिनहरु अझ उस्तै रात उस्तै छ आउ
मन वचन दुरुस्तै गाथ उस्तै छ आउ
विपरित तिमी बन्नु मा छ के लाभ ल्याउ
पीर कति छ र मेरो दोष के हो बताउ ।
सलसल गरी कालो कुन्तलै झल्मलाई
मृगनयन दुबैले प्रेम गर्दै मलाई
तिमी नजिक हुँदाको याद बोकेर ल्याउ
नगर अहम रानी हात मेरो समाउ ।
तिमी विन म जिएको व्यर्थ ठान्छु पियारी
नजर गर खुला यो छाती दिन्छु उघारी
अधरअधर खाउ स्नेहले मग्मगाउ
दुईतन भई एकै शुन्यतामा हराउँ ।
(मालिनी)
गद्य कविता, मुक्तक, हाइकु जस्ता प्रस्तुतिले कविता भित्र छन्द विधान कहि कतै ओझेलमा परेको हो कि भन्दै गर्दा प्रसारण प्रारम्भ भएको छन्दको तरङ्ग यात्रा एउटा साहित्यिक अभियानका रुपमा स्थापित भइसकेको छ भन्दा अत्युक्ति नहोला ।
छन्द सृजनामा रम्ने र रमाउनेहरुका लागि एउटा साहित्यिक छहारी बन्दै गरेको यो अभियान भित्र प्रारम्भ देखिनै नजिक रहने पूर्वेली स्रष्टा र सर्जकहरुको भूमिका, प्रतिक्रिया र सहभागिता अहम छ । समय यात्राकै दौरानमा अग्रज कवि श्रष्टाकै परिचय दिलाउने छन्दोबद्ध सिर्जनाहरु प्रशस्त भेटिएका छ्न । अग्रज साहित्यकार चुडामणि रेग्मीका बारेमा कवि मित्रप्रसाद दाहाल यसरी कवितात्मक व्याख्या गर्दछन् । –
श्री चूडामणि पूर्वका अति ठूला विद्वान प्राध्यापक
मोतीराम बनेर सिर्जन कला सद्भाव छर्दै खुब
नेपालीहरुका पुगेर घरमा साहित्य सत्चेतना
भर्दै लेखन शक्ति बौद्धिक कला उत्साह उत्प्रेरणा
हाम्रो मनस भित्र मित्रवत भै सौहार्द उब्जाउन
डो¥याई सबका पसि हृदयमा बिउझाउँदै हर्दन ।
सारै खप्पिस देखिने छ चुमरे सृष्टा र द्रष्टा हुँदा
मान्छौं आज सबै प्रफुल्ल मनले हामी सदा सर्वदा ।।
कायत्र्रmम छन्दको तरगं नेपाली भूगोल मात्र होइन पद्यमाला र सृजनाहरु मार्फत मेची पारीको भुगोललाई पनि बारम्बार सम्बोधन गरीरहेको छ ।
सृष्टा र सजृकहरु सिमानापारी पुगेर काव्यिक साहित्यको सुगन्ध छरिरहेका छन् । सिमा पारी पट्टीपनि नेपाली भाषिहरु बीचबाट थुप्रै थुप्रै छन्दबद्ध सृजनाको कोशेलिहरु फुलिरहेका छन् ।
पश्चिम बंगाल, आसाम, दार्जेलिङ्ग र सिक्किमका छन्दवादी कविहरु जागृत भएका छन् । श्रृजना, संगीत र प्रस्तुतीको त्रिवेणी बनेर बग्ने यो साहित्यिक यात्रामा, अभियानमा आसामका छविलाल उपाध्याय, डा. शिव आचार्य, डा. खेमराज नेपाल, सिक्किमका चक्रपाणी भट्टराई सहित धेरै श्रष्टाहरुले श्रृजना संप्रेसण गरेर दर्बिलो प्रेरणा भरेका छन् ।
पश्चिम बंगाल शिलिगुढीमा रहेर छन्दमै कलम चलाईरहेका लोकनाथ उपाध्याय चापागाँई विसङ्गतिलाई कविता भित्र यसरी केलाउछन् ।
नता सम्यताले कुनै गीत गायो
नता भब्यताले कतै मीत लायो
नता कल्पनाको सुधा मग्मगायो
यहाँ शब्दको साधना धर्मरायो ।
कतै क्रुरताको कथा छापिदैछ
कतै सौम्यतको चिता तापिदैछ
कतै न्यायको प्रकृया नापिदैछ
सधै शान्तिको जीवनी रापिदैछ ।
नता कल्पनाले कुनै दृष्टी पायो
नता चेतनाले कुनै अर्थ लायो
नता जिन्दगीको दियो मुस्कुरायो
जरा जिर्ण आस्था पुरै डग्मगायो ।
यसरी चाहे मेची वारी होस् यात मेची पारिनै किन नहोस् छन्द संस्कृति भित्र कविका श्रृजना मग्मगाई रहेका छन् । मेची किनारमा बसेर बर्षै देखि छन्दलाई माया गर्दै आएका कवि केशवराज खनाल सिमानाले छुट्याउन नसक्ने नेपाली संस्कृति र रहन–सहनलाई आप्mनो प्रस्तुतीमा यसरी सजाउँछन् ।
उच्चा आँट र धैर्य साहस लिदै सन्तान नेपालका
धेरै नै छरियौँ अवाद गर्दै आसाम वर्मा तक
पुग्दा पश्चिम नैनीताल सतलज नेपालकै सन्तती
बेशी फाँट पहाड जंगलभरी डेरा जमायौँ कति ।
फाँड्यौ जंगल गाई गोठ भरिए आसाम भूटानमा
वस्ती सुन्दर राख्न जंगलभरि आह्रा चलायौं तहाँ
काँटा, हम्मर, गैंती , झम्पल लिई बाटा बनायौ नयाँ
मैदानी अनि शैल समथर गर्यौं गर्थ्यौं चिया रोपण
यिनै र यस्तै काब्यिक कोशेलीहरुले, गीत संगीतहरले नेपाली मात्रको मनमनलाई जोडीदिएका छन् । यि काब्यिक सिर्जनाहरुमा धु्रव पाठक, तुलसा पाठक, गणेश बराल, पासाङ्ग डोमा शेर्पा, किशोर ढुङ्गाना, प्रकाश तामाङ्ग जस्ता संगीतकर्मीहरुले प्राण भरेको आभाष हुन्छ ।
सेतो पानामा सुतिरहेका जस्ता लाग्ने कविताहरुलाई छन्दले व्यूँताइदिन्छ । अनि व्यूँतिएका सिर्जनालाई संगीतमय प्रस्तुति राख्ने कलाकर्मीहरुले गति दिएका छन् । कार्यक्रम छन्दको तरङ्गको अबिरल यात्रामै मन्दाक्रान्त पर्याय बनेका झापाको श्रष्टा डिल्लीराज नेपालका कवितालाई हामीले सुनेका छौ । जस्ले एकै छन्दमा एक सय बढि कविताको पुस्तक प्रकाशन गरेका छन् ।

छन्दभित्र मिठास, लालित्य मात्र नभई दिखो ब्यङ्य प्रहार गर्न खप्पिस कोमल प्रसाद पोखरेल यहि अभियानको साथमा छन् । धेरैले सपनाको देश भन्ने गरेको अमेरीका पुगेर आएपछि कवि पोखरेल आप्mनो कवितामा यसरी अभिब्यक्त हुन्छन् ।
त्यहाँ देख्न पाईन्न मान्छे हिडेको
जथाभावी सम्साँझ टाउको गिडेको
यहाँ भैm धुलो सुँघ्न पाईन्न लेस
म फर्केर आए त्यसैले स्वदेश
त्यहाँ प्यून पाईन्छ पाइन्न मात्न
जथाभावि पाईन्न स्वास्नी समात्न
त्यही लोकतन्त्रे खडेरी बुझेर
म फर्केर आए यएस्से पुगेर
उता भोटमा नोट सटिन्न कत्ति
जहाँ ढाँटको खेत रोपिन्न रत्ति
यतै यी कुरा गर्न मिल्ने भएर
म फर्केर आए युएस्से पुगेर
यो साहित्यिक अभियानलाई दीर्घजीवन दिने सन्दर्भमा राष्ट्रकवि माधवप्रसाद घमिरे, वरिष्ठ साहित्यकार दाहाल यज्ञनिधि सहित सयौं स्रष्टा अनि प्रवासमा रहेर नेपाली भाषाको हेरचाह गरिरहने अग्रजहरुको प्रतिक्रिया र टिप्पणी अझ स्तुत्य छ ।
साथमा श्रष्टा र श्रजनालाई पुरस्कृत गर्न १ लाख रुपैँयाको अक्षयकोष स्थापना गरीदने झापाली साहित्यसेवी एवं समाजसेवी राम प्रसाद ढुङ्गाना प्रति हामी नतमस्तक छौ ।
जसका कारण २०६७ श्रावणमा मेची अंचलका १२ जना कवि कवयित्रीहरु पुरस्कृत एवं सम्मानित भैसकेका छन् । अनि यो उर्जा र प्रेरणा भर्ने कार्यको निरन्तरता आगामी बर्षहरुमा पनि भैरहने छ ।
कार्यक्रम छन्दको तरङ्गको विभिन्न श्रंखलाहरुमा साथ दिने सहयात्रीहरु पिनाकी कोईराला, खगीन्द्रा खुशी सहित सबै प्रति साधुवाद ।
जाती–भाषी र भूगोलको विविधता भित्र हाम्रा कला, सस्कृति, पहिचान र गौरवलाई सम्बर्धन गर्न सके यो मुलुकको चिनारी साच्चैँ जीवन्त राख्न सकिन्छ ।
फेशनका नाममा नेपाली संस्कृति र परम्परा हराउने पो हो कि भन्ने चिन्ता बढिरहेका बेला हामीले रातो माटो र कमेरामा छन्द लेख्न सकौं ।
डोको, नाम्लो, खर्पन र कोदालीले झारेका पसिनामा छन्दको सुगन्ध छर्न सकौं । अनि त हाम्रा कला, संस्कृति, छन्द, लय र भाकाहरु मीठा हुनेछन्, सरसिला हुनेछन् ।
नेपाली जनजिब्रोमा सधै सधै अमिट छाप भएर बसेको कर्णप्रिय काब्यिक कोशेली र छन्द चर्चा समेटीएको यो अभियान कार्यक्रम छन्दको तरङ्गलाई तपाई सर्जक र सुभेच्छुकको निरन्तर खाँचो छ जसरी कवि नेत्र प्रसाद दाहाल आप्mनो श्रृजनामा प्रष्फुटीत भएका छन् ।
म छन्दको तरंगमा सधैं सधैं रमाउँछु
म छन्दमै सधैंभरि कथाव्यथा सुनाउँछु
म छन्दकै हुँ साधकी म छन्द मन पराउँछु
छ यसमै मिठास लौ म छन्द गुन्गुनाउँछु ।

प्रेम दिप थाम्सुहाङ


प्रेम दिप थाम्सुहाङ
चुलाचुली ६ पेल्टिमारी इलाम



हार्दिक समबेदना

आज मिलन क्लब को उपाध्यक्ष जिबन श्रेस्ठ को ममतमही आमा को मृत्यु को १३औ पुन्य तिथी मा मिलन युवा क्लब चुलाचुली ५ इलाम र नेपाल तरुण दल क्षेत्र नं-२ ईलाम बाट  मृतक आत्मा को चिर सान्ती को लागी समबेदना दिदै ।
सँगम साहित्य परिवार पनि मृतक आत्मा को चिर सान्ती को कामना गर्दै सोक सन्तप्त परिवार मा धैर्य धारण  गर्ने सक्तिमीलोस भन्ने कामना गर्दछ


 

काठमाडौंमा भूकम्पको धक्का महसुस /सुत्न लागेका सर्वसाधारणमा त्रास

काठमाडौं, श्रावण ६ - काठमाडौंमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राति १० बजेर १४ मिनेटमा काठमाडौंदेखि २० किलोमिटर पूर्वोत्तर भएर गएको ४ दशमलव ६ रिक्टर स्केलको पराकम्पनले सुत्न लागेका सर्वसाधारणमा त्रास सिर्जना गर्‍यो ।
गोरखा भूकम्पपछि पराकम्पन जानेक्रम रोकिएको छैन । 

पीडागीत

हामीलाई नसोध्नुहोस
आफन्त गुमाउँदाको पीडा कस्तो हुन्छ ?
आँखाबाट चस्मा उतार्नुहोस ।
यतिबेला–
हामी मरे–मरेजस्तो देखिन्छौं
हजुरको एसएलआर क्यामेराले कैद गर्नुहोस
हाम्रा मोटा मोटा आँसुहरू
सुन्नुहोस… !
रुँदारुँदै थाकेका आँखाले के भन्छन ?
तपाईंहरू–
छाप हानेका पाल ल्याउनुहोस
चाउचाउ, चिउरा र पानी
केही प्याकेट नुन, बिस्कुट
वा दुई मुठ्ठी काँटी
तर…..
राहत बाँडें भनेर हाम्रो तस्बिर नलिनुहोस है !
आहत बनाउँछ ।
मलाई थाहा छ
अब तपाईंले सोध्नुहुन्छ–
‘भूकम्पमा के–के पुरिए ?’
टिप्नुस–
–घर
–गोठ
–केही गाईभैंसी, बाख्रा र कुखुराहरू
–मेहनत, पसिना अनि जिन्दगीभरको कमाइ ।
क्यामेरा मैतिरै तेर्सिंदैछन
कसरी भनुँ ?
लोग्नेसँगै पुरियो सिन्दुर
बच्चासँगै ममता
आफन्तसँगै आफ्नोपन
कोही धरहरामा पुरिए
अब के भनुँ ?
‘खोइ मेरो किताब
खोइ मेरो पेन्सिल
स्कुल ब्याग, टिफीन बक्स ?
खोइ मेरो स्कुल ?’
यस्तै सोध्छ सानो छोरा
मध्यरातमा झस्कन्छ, ब्युँझेर फेरि सोध्छ–
‘आमा भुइँचालो आको हो ?’
त्यसैले उसलाई चाहिँ नसोध्नुहोस
‘बाबु ! भुइँचालो कस्तो लाग्यो ?’
ऊ परदेशीहरू आए ।
सायद आफ्नी आमालाई खोजेको हुनुपर्छ
राम ! राम !
उनीहरूले भेट्नेछन
आमाको बदलामा उनको रातो पछ्यौरी
मौका छोपेर सोध्नुहोस तिनलाई
रुदैं सुनाउनेछन
पछ्यौरीमा बुनिएका आमाका यादहरू
यो पीडाका दलदलमा फसेका बेला
तपाईं सोध्नुहुन्छ– साहस
उः त्यो नांगिएको रुख देख्नुहुन्छ ?
त्यसले गुमाएको छ हाँगा र पातहरू
हाँगामा गुँड लाएर बसेका
एक जोडी माउ चरा र बच्चाहरू
तैपनि, उभिएको छ त्यो अटल
हो, म त्यै रुख बन्छु ।
थाहा छैन….
यो समयले दिएको पीडागीतको बदलामा
कहिले फिर्ता होलान हाम्रा अमूल्य मुस्कान ?
यतिबेला–
छाती भर्भराएको छ
आँखा फर्फराएको छ
आँत सुकेको छ
सास रुकेको छ
कृपया अब नसोध्नुहोस–
‘तपाईंलाई कस्तो अनुभव भइरहेको छ ?’
दीपज्योति थापा 

अब बन्न गइ रहेको संबिधानका मस्यौदाहरु

 तपाइ को केहि भन्नु छ यस मा ? 

नआएको भुइँचालो

कहाँ आयो र भुइँचालो ?
तिमी भन्छौ– आयो, आयो
भुइँचालो आयो !
खाटमा/निद्रामा
बाथरुममा/भान्सामा
अफिसमा/क्यान्टिनमा
तिमी निकै ठूलो भ्रम चिच्याइरहेछौ–
भुइँचालो आयो, भुइँचालो… !

ए ! बेवकुफ हल्लाहरू
कहाँ आयो र ! खोइ भुइँचालो ?
उः भत्केको छैन त विभेदको गौरीशङ्कर
ढलेको छैन शोषणको पहाड
अत्याचारको केन्द्र सग्लै छ– बेनाम दरबार
भ्रष्टाचारका कीर्ते धरहराहरू दुरुस्तै छन्
उसरी नै हाँसिरहेकै छ उपल्लो वर्गको सन्झ्याल !
हजारौं करङको राजमार्ग बनाएर
कुदिरहेका सत्ताका कार्गेडहरू रोकिएका छैनन्
नाराको हाइटेन्सन लाइन छोएर असन्तुलित
राजनीतिको निर्मम परेड बन्द भएको छैन
भुइँचालो आएको हुन्थ्यो त–
भत्किनुपर्थ्याे अमानवताका महलहरू
भग्नावशेष हुनुपर्थ्याे मक्किएको व्यवस्था
कतै पुरिनुपर्थ्याे कालो इतिहास
सोत्तर हुनुपर्थ्याे नागरिकका यातना–शिविरहरू !
(किन पहिरो गएन त–
आमाको उजाड दुःखको निधारमा
र किन थुनिएन उनको आँसुको कालीगण्डकी–मुहान ?
किन धरापमा परेन त–
बाबाको छातीमा गाढिएको ऐतिहासिक शूल
र किन रोकिएन त्यो हृदयको विषादको लय ?
किन अवरुद्ध भएन त–
मेरो दुर्भाग्यको अन्तर्राष्ट्रिय विमानस्थल
र किन रद्द भएन सपनाहरूको खाडी–उडान ?
किन पहिचान भएन त–
तेस्रो मुलुक बेचिएकी बैनीको फरिया
र, किन उद्वार भएन
भूगर्भजस्तो उनको पेटमा फसेको राष्ट्रियताको )
कतै चर्किएन त वर्णव्यवस्थाको कारागार
एकै बित्ता घटेन नाकथुम्के डाँडाको उचाइ
एकै मिटर उठेनन् चिम्सा भू–भागहरू
पृथ्वीनारायणको ‘इन्डेक्स औंला’ तीन मिटर दक्षिण पनि सरेन
मच्चिएन दमनकारी राज्यको फुँडो लिङ्गो
पछारिएन नर्कको उपत्यका छिर्ने द्वार
सुदूर जनताका सपनाका फराकिला फाँटहरूमा
खुसीको कम्पन महसुसै भएन
मेटिएनन् असमानताका जीपिएस केन्द्रहरू
तर, तिमी कसरी भन्छौ–
भुइँचालो आएकै हो ?
भुइँचालो आउँथ्यो त–
कुर्सी खरिद–बिक्रीको लाइसेन्स पाएको
त्यो पुरानो सत्ताको पसल धूलोमा मिसिनुपर्थ्याे
धमिराले गुँड बनाउने
त्यो संसद् सचिवालय खण्डहर हुनुपर्थ्याे
राहत बोकेर घन्टाघरको लङ्गडो समय
पर कतै
पूर्व–पश्चिम, उत्तर–दक्षिण पुगिसक्नुपर्थ्याे !
तर, हुनुपर्ने केही भएन
आठ/दश हजार गरिब मरे
दुई/चार हजार माटोका मालिक बस्ती शरणार्थी भए
दुई/चार लाख पौरखका घरहरू लडे
निरीहता हार्यो
इमान पछारियो
दुई/चार सय विषादका पराकम्पन
देशको मुटुभरि सलबलाए !
ढल्दै ढलेन त–
अकुत सम्पत्तिका गगनभिल्लाहरू
ठेकेदारका विलास–बङ्गालाहरू
अन्तर्राष्ट्रिय एजेन्टका चेम्बरहरू
पुँजीवादको अजङको होर्डिङबोर्ड उभिएको घर
हल्लिनसम्म हल्लिएन–
गरिबको रगत बिक्री हुने मदिरालय
मानवताको खुलेआम चिरहरण हुने वेश्यालय
निरीहमाथि लादिने संविधानको तासमहल !
अँह, अझै आइपुगेकै छैन
आउनुपर्ने भुइँचालो त !
ए ! बेवकुफ हल्लाहरू
अब तिमी टड्कारो भ्रम चिच्याउन बन्द गर !
|| राजेन्द्र तारकिणी ||

मेरो कबितामा तिमि छौ

तिमीलाई सम्झेर कबिता लेख्नु को मज्जा नसोध
तिमीलाई कल्पेर गजल कोर्नुको मज्जा नसोध
नसोध तिमी कविताका भाब
नसोध गजलका शेरहरु
जो तिमीमा समर्पित छन
जो तिमीमा समाहित छन
जो तिमी द्वारा श्रिङ्गारिक छन
जो तिमि द्वारा पूर्ण छन
हो,मेरा हरेक रचनाहरु
मेरा हरेक सिर्जनाहरु
तिमि बाटै सुरु हुन्छन
तिमि बाटै अन्त्य पनि ………
जसरी लाखौ फूलहरुको सुगन्ध,
पवन बाट छुट्याउन सकिन्न
जसरी आकाश बाट ,
घाम जून हटाउन सकिन्न
जसरि खोला बाट बगर
लुकाउन सकिन्न
त्यसरी नै…………
हो,त्यसरी नै,
मेरा हरेक शब्दमा तिमी हुने गर्छौ
मेरा हरेक वाक्यमा तिमी हुने गर्छौ
मेरा हरेक कबितामा तिमी हुने गर्छु
मेरा हरेक शेरहरुमा तिमि हुने गर्छौ
मेरा हरेक प्रणील भावमा तिमि हुने गर्छौ
किन कि,………
हो,मेरा हरेक रचनाहरु
मेरा हरेक सिर्जनाहरु
तिमि बाटै सुरु हुन्छन
तिमि बाटै अन्त्य पनि ………
जसरी कमलका पत्रदलहरु
दह माथी तैरिरहेका हुन्छन
जसरि झरनाका अनियन्त्रि बेगहरु
चट्टान माथी खुशी-खुशी पोखीरहेका हुन्छन
जसरी मिर्मिरेमा हरेक दुबोका टुप्पाहरुले
प्रभातकालीन शीतका कणहरु बोकी रहेका हुन्छन
त्यसरी नै,
हो!त्यसरी नै ……
तिम्रा प्रेमिल बातहरु कवितामा तैरिरहेका हुन्छन
तिम्रा दुख पीडाहरु गजलका शेरहरुले बोकिरहेका हुन्छन
तिम्रा यादहरु शब्द-शब्दहरुले बोलि रहेका हुन्छन……
किन,कि………
हो,मेरा हरेक रचनाहरु
मेरा हरेक सिर्जनाहरु
तिमि बाटै सुरु हुन्छन
तिमि बाटै अन्त्य पनि ………
कल्पना राई"खुशी"
दोलखा, नेपाल
हाल : दक्षिण कोरिया

गजल

भान्सा भरी महँगीको , थाली भए पछि सस्तो हल्दार साहेबको, गाली भए पछि !! भुल्न पनि बेर छैन , आँफ्नै श्रीमतिलाई ससुराल मा सोह्र बर्षे , साली भए पछि !! झुटो कुरा साँचो हुन्छ , पैसो पछारेसी सत्य बचन गरिबका , जाली भए पछि !! सिंचेको थें सुकी झर्यो , फूल गुलाबको आँखा देखि झर्ने नहर , खाली भए पछि !! ठाँऊ छैन पाप पखाल्ने, नर्कै परिन्छकी पवित्र त्यो बिष्णु मती , नाली भए पछि !!

इस्वरि दुलाल

किरात जनवादी वर्कर्सले हतियार बुझायो

 पूर्वी पहाडी जिल्लामा सशस्त्र विद्रोह गर्दै आएका किरात जनवादी वर्कर्स पार्टी (विद्रोही) ले आफ्नो हतियार बुझाएर वार्तामा आएको छ । सशस्त्र बिद्रोह छाडेको घोषणा गर्दै उक्त पार्टीले शुक्रबार संसदीय समिति समक्ष हतियार बुझाएको हो । 
पार्टीका अध्यक्ष मिना खम्बु-साङकेम्मा किरातीले पार्टीसंग भएको चार थान थ्री नट थ्री मार्का राइफल, एउटा कटुवा पेस्तोल र तीन थान गोली वार्ता उपसमितिका संयोजक आनन्द ढुङ्गानालाई हस्तान्तर गरेकी छन् ।  उक्त पार्टीले आफ्नो अर्द्धसेन्य बलको भरण पोषण र शहीद परिवारका लागि एकमुष्ट एक करोड रुपैयाँ उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
पार्टीले संविधानसभाबाट आत्मनिर्णय अधिकार सहितको किरात स्वायत्त राज्यको घोषणा, पार्टीका नेता कार्यकर्तामाथि लागेको मुद्दा खारेज हुनुपर्ने, सशस्त्र संघर्षको क्रममा मारिएका पूर्व अध्यक्ष विवस विद्रोही र सदस्य खगेन्द्र जवेगुलाई शहीद घोषणा गरिनु पर्ने लगायत माग राखेका छन् ।    
सभासद ढुङ्गानाले आफ्नो अधिकार स्थापित गर्नका लागि विभिन्न राजनितिक संघर्ष गर्ने समुह संग सरकारले वार्ता गरिरहेको र त्यसैको परिणाम स्वरुप किरात जनवादी वर्कस पार्टीले हतियार छाडेर मुलधारमा प्रवेश गरेको बताए । उनले राज्यका अन्य नागरिक सरह सरकारले सुरक्षा दिने प्रतिवद्धता व्यक्त गरे ।
पार्टीका अध्यक्ष मिना खम्बुले आफूहरु आफ्नो अधिकारका लागि शसस्त्र संघर्ष गर्दै आएपनि असफल भएकाले विचारको लडाइलाई जारी राख्न हतियार विसाएको बताइन् ।

चुलाचुली को सिङो सुरक्षा गर्ने निकाय

 इलाका प्रहरी कार्यलय पेल्टिमारी 

पुरुषसँग मेरो पहिलो रात !

तसलिमा नसरिन-
मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । ‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सान्दाइको कोठाबाट हिँडेँ ।
र, सीधै रुद्रको कोठा गएँ। तर, रुद्र खुसी भएन । खुसीमा उफ्रिनु वा पीडामा आँसु झार्नु रुद्रका लागि असम्भवप्रायः थियो । शिरदेखि पाउसम्म ऊ रूखको ठुटोजस्तै थियो । ऊ आफ्ना अनुभूति बाहिर देखाउँदैनथ्यो । रुद्रले मलाई साडी लगाउन दियो । सेतो साडीमा स–साना फूलका बुट्टा थिए । पेटीकोट र ब्लाउज पनि साडीसँग मिल्ने थिए । रुद्रकी बहिनी विठीले छानेकी थिई यो साडी । रुद्र आफैँले मलाई साडी छानेर कहिल्यै दिएको थिएन ।