WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

नहोला दौडिने मान्छेको मुलुकमा घर नहोला
खुट्टा काटिए पछाडि दौडिनु रहर नहोला  ।। 
म पागल हुनुको रहस्य थाहा पाइ राख्नुस
प्रिया स्वर्गीय भएको यता तिर खबर नहोला ।।
त्यत्ति खेर मलाई सम्झिनु यार मलाई सम्झिनु
हो। जतिखेर तलाई आफ्नाहरूको भर नहोला  ।। 
हार नखानु ए ईश्वर तैँले हार पक्कै नखानु
मन्दिरमा अचेल फुल नहोला पथ्रर नहोला  ।। 
आजसम्म मैले बुझ्न सकेको छैन के कारण हो 
भन्छन् कोही 'बाबु' लाई मारेपनी असर नहोला ।। 
बाबु देवकोटा

जून, फूल र जुनकिरी


जूनको एक टुक्राले
धरतीमा अवरण गरेपश्चात्
लुम्बिनीको बाटो गरेर
पछ्याइहिँडेको छु भेट्न
आफैँसँग अलिकति माटो र देश बोकेर
सगरमाथा चिनाउने लक्ष्यमा ।
गनघोर काँडाहरुको जंगलबाट
एउटा भव्य सुन्दर फूल मन्दिरको खोजीमा
निरन्तर–निरन्तर हिँडिरहेछ
सुनसान रातको अँध्यारो चिर्ने साहसका साथ
पिल्पीले बत्ती बालेर जुनकिरीले
फूललाई बाटो चिनाउने उद्देश्यमा छ
जसरी शरीरका नसाहरुमा
कर्णाली बगिहिँडोस् देश खोज्न
फर्काउन सुस्ता कालापानी ।
यी उज्यालो बाँढ्ने जुनकिरीहरु
किन संगठित बन्न सकेका छैनन् ?
एक हुल मान्छेहरु
शिकारको लालचामा फँसेर
आकाशमा दौडिरहेका परेवा
जमिनतिर झार्न लल्लिन छन्
जंगेपिल्लर हराउनुसँग कुनै पर्वाह छैन
बरु, रातारात
सिङ्गो नेपाल सिर्जना गर्ने
महान् शालिकहरु ढालेर
जबरजस्ती व्यक्तिवादी मनोवृत्ति रोप्न खोज्छन् ।
कहिले फूल चोर्छन्
त कहिले जून चोर्छन्
उज्यालो बाँढ्ने जुनकिरीका लासहरु
बेपर्वाह ढलिरहेछन् ।
साँझ भेट्न हिँडेको घामलाई
मूलबाटो छेकेर सोधेको छु–
दिनदहाडै किन छायाँहरु हराउन थालेका छन् ?
उड्दै गरेको बादललाई
एकक्षण उभ्याएर सोधेको छु–
के तिमीले देख्यौ,
फूललाई निचोरेर लगेको रगत पिउनेहरु ?
कसले भनेको छैन–
यी शासकहरुले
जुनकिरीको छातीमा परेड खेलेनन् भनेर ?

कविता - "ओ बाहुनी"

कविता - "ओ बाहुनी" 

ओ बाहुनी!
तेरो र मेरो जात मिल्दैन
ओ बाहुनी!
तेरो र मेरो धर्म मिल्दैन
रुपरङ्ग र कद पनि मिल्दैन
तर इ हेर त-
तेरो र मेरो मन कत्ती मिलेको?
इतिहासमा
तेरो इतिहासको चुच्चो नाकले
मेरो नेप्टो इतिहासलाइ घोच्यो होला
समयको पिरामिड अग्लिदै जादा
मेरो चिम्से आखाले

लोक सेवा आयोग अन्तर्गत नायब सुब्बा को परिक्षा २०७२ मा सोधिएका केहि प्रश्न र उत्तर हरु



5.सबैभन्दा बढि धान फल्ने जिल्ला कुन हो ? 
- झापा
6.पर्यटन बर्स कहिले मनाईयाे?
- सन 2011
7.१३अौ योजनाको अार्थिक बृदिदरको लक्ष्य कति छ?
- 6 प्रतिशत
8.हिन्दु धर्ममा कति बेद छ ?
-  ४
9.कुन जातिलाई "उराव"भनिन्छ ? 
- किसान
10.पाल्पाको अन्तिम राजाको ?
- पृथिविपाल सेन

11.अौधाेगिक क्रान्ति सुरु कुन देशबाट भएको हो ?
-बेलायत
12.८५००m भन्दा अग्लो हिमाल नेपालमा कति वटा
छन् ?
 -३ वटा
13."टेनिन"तत्व केमा पाईन्छ?
- चिया
14 .USB को अर्को नाम के ?
- pen drive
15.वजन तह केसले बनेको हुन्छ ?
- oxygen
16.नेपालमा कति पर्कारका लालिगुरास पाइन्छ ? 
-३२
17.साफ्टा अनुमाेदन गर्ने अन्तिम देश कुन हो ?
-बगलादेश
18.क्षत्रफलको हिसाबले तेस्रो महादेश कुन हो ?

-अमेरिका
21.२००७पहले दौत्य सम्बन्ध कायम नभएको देश

- china
22.२0१३काे साफ गेम कुन देशले जितेको थियो ?
-अफ्गानिस्तान
23.बिश्वको सबैइ भन्दा ठुलो भुपरिबेस्ठित् रास्ट्र
कुन हो?
-ताजकिस्तान
24.८ग्रह मध्ये सबैभन्दा तातो र चम्किलो  ग्रह कुन हो ?
 -शुक्र
25.कुन ग्रह "प्रेम र सुन्दरताको" प्रतिक हो ?
-शुक्र
26.अभिभावक को मन्जुरी बिना बिबाह गर्ने उमेर कुनहो ?
- २० वर्ष
27 .सम्बिधानसभामा सरकारले मनाेनित गर्ने सभासद कति ?
-२६
28.पुर्वाञ्चलको क्षत्रफल सानो भएको जिल्ला कुन
- तेह्रथुम
29.चुरे पर्वतको सबैभन्दा अग्लो चुचुरो कुन हो?
- गार्वा कैलालि
30.जोडी मिलाउने आबिस्कारका पिता -थोमस अल्बा एडिसन
टेलिफोन =ग्रम्बेल
बिधुत्का पिता=माइकल फाराडे
सापेक्षिकबादका सिद्धान्त =अल्बर्ट अाईन्सटाइन!

धेरै पढेका नेपाली सेलिब्रेटीहरु

नेपाली कला क्षेत्रमा पढेर भन्दा परेर आउनेहरु धेरै छन् भन्ने गरिन्छ । त्यसो त विगतमा कलाकारलाई नौटङ्की भन्ने पनि गरिन्थ्यो । फलस्वरुप पढेलेखेकाहरु कमै मात्र यो क्षेत्रमा प्रवेश गर्थे । तर, समयसँगै मानीसको सोचाईमा व्यापक परिर्वतन आएको छ । अहिले नेपाली कला क्षेत्रमा पढेकाहरुको पनि कमी छैन । डिग्री गरेका केहि चर्चित नेपाली सेलिब्रेटीहरु यस्ता छन् । 


  केकी अधिकारी

केकी अधिकारी मोडलिङबाट अभिनयमा आएकी अभिनेत्री हुन्, केकी अधिकारी । काठमाण्डौको जोरपाटीमा जन्मेकी केकी हाल २५ बर्ष भईन् । मोडलिङमा राम्रो छाप छाडेकी केकीले सानै उमेरमा नै आफ्ना पढाई पुरा गरिसकेकी छन् । उनी हाल कमर्स बिषयमा मास्टर सकेर बसेकी छन् । चलचित्र आई एम सरी, बितेका पल,मसान, श्री पाँच अम्बरे, मेरो बेस्ट फ्रेन्ड लगाएत दर्जनौ चलचित्रमा उनले गतिलो अभिनय गरेकी छन् । उनी अहिले अमेरिकामा छिन् ।




  राजेश हमाल 

नायक राजेश हमाल अभिनयमा त अब्बल छन् नै यसको साथमा उनको पढाई पनि कम छैन । उनले भारतको पञ्जाव स्थीत चन्डीगढ विश्वविद्यालयबा अग्रं्रेजी विषयमामा मास्टर गरेका छन् । राजेश हमाल नायका साथसाथै टेलिभिजन प्रस्तोता पनि हुन् । उनले कान्तिपुर टेलिभिजनमा क्वीज कार्यक्रम पनि प्रस्तुत गर्थे । उमेरले ५० नाघेका राजेश हमाल अहिले सामाजिक कामको साथमा पारिवारीक काममा व्यस्त छन् । 






     शिरिष देवकोटा 

पाल्पामा जन्मेका शिरिष देवकोटा नेपाली संगीत क्षेत्रमा रोईला गायकको रुपमा चिनिन्छन् । यति मात्रै हैन उनी लोक गायकहरुमा धेरै पढ्ने गायक हुन् । शिरिषले बजार व्यवस्थापन विषय लिएर पहिलो श्रेणीमा मास्टर पुरा गरिसकेका छन् । उनले गाएका गीतहरुमा मत आउने थिन, नजरैको भर, आयो है आयो साईला दाई निकै नै चर्चित छन् । 





     प्रमोद खरेल

प्रमोद खरेल नेपाली सुगम संगीतका तारा प्रमोद खरेल म बिना कसैकसैलाई मुस्कील छ पोखरामा गितबाट चर्चामा आए । झापामा जन्मेका प्रमोदका दर्जनौ गित लोकप्रीय बनेका छन् । उनको स्टेज कार्यक्रममा पनि उत्तिकै माग हुने गरेको छ । उनी नेपाली सेलिब्रेटीहरुमा धेरै पढ्ने र प्रतिभाशालीमध्येमा पर्छन । उनले बिज्ञान बिषयमा मास्टर गरेका छन् । 



   प्रियंका कार्की
टेलिभिजन प्रस्तोता र मोडलीङबाट अभिनयमा आएकी अहिलेकी सफल अभिनेत्री प्रियंका कार्की जति राम्रो अभिनय गर्छिन त्यो भन्दा पनि राम्रो पढ्छीन । उनले फिल्म मेकीङको डिग्री हाँसिल गरिसकेकी छन् । साथसाथै उनी अभिनेत्रीहरु मध्येकी प्रतिभासाली र पढेकी अभिनेत्रीको रुपमा पनि चिनिन्छीन । उनका सफल फिल्महरुमा नाई नभन्नु ल, थ्री लवर्स, सुन्तलीलगायत हुन् । उनको अर्को फिल्म वडा नम्बर ६ असोज १ गतेदेखि प्रर्दशनमा आउँदै छ । 
त्यस्तै हास्य कलाकार निर्मल शर्मा गैंडा , दिपक राज गिरी,सदिंप क्षेत्री, नायक तथा निर्देशक दिनेस डि सि पनि नेपाली सेलिब्रेटिहरुमा पढेका सेलिब्रेटीहरुमा गनिन्छन् ।

पहाडिया बाहुन र पहाडिया क्षेत्रीलाइ हतियार देखाएर भएपनि पहाडमै धपाउनुपर्छ : अमरेश सिंह

नेपाली कांग्रेसका नेता अमरेश सिंहले सुदूरपश्चिम पुगेर सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका छन् ।
कैलाली क्षेत्र न १,२ र ३ का थारु समुदायको सहभागितामा भएको विरोध सभामा विहीबार बोल्दै आफूलाई मधेशी मुलको हस्ती भन्न रुचाउने अमरेशले थारु समुदायले हतियार उठाएर पहाडीलाई तराईबाट लखेट्नुपर्ने बताए ।
थारु समुदायलाई उस्काउँदै कांग्रेस नेता सिंहले मिलेर बसेका समुदायलाई साम्प्रादायिक द्धन्द्धमा जान प्रेरित गरे । उनले खुलेरै भने-‘अब थारु समुदायले हतियार उठाउनुपर्छ । तब मात्र थारुहरुले अधिकार प्राप्त गर्नेछन ।’ उनले यति मात्र भनेनन् बाहुन र क्षेत्रीलाई खसबादीको संज्ञा दिए ।
सदियौं देखी मिलेर बसेको समुदायलाई पहाडिया बाहुन र पहाडिया क्षेत्री भएको भन्दै उनीहरुलाई हतियार देखाएर भएपनि पहाडमै धपाउनुपर्छ भन्ने अभिव्यक्ति समेत उनले दिए । उनको यस्तो अभिव्यक्तिपछि सुदूरपश्चिमका नागरिक राजनीतिक दलहरुले सदियौं देखी मिलेर बसेका थारु समुदायलाई उक्साएर हिंसात्मक आन्दोलन गर्न प्रेरित गरेको भन्दै कारवाहीको माग गरेका छन् ।
http://newkantipuraaja.blogspot.com

हाम्रो रेडियो को लोगो

हामि ले संचालन मा ल्याएको अनलाइन रेडियो को यो लोगो। यस को बारे मा हजुर लाइ केहि भन्नु छ?

खगेन्द्र संग्रौलालाई खुल्ला पत्र ! / सन्तोस चिमरिया

प्रिय् खगेनदाई !
नमस्ते तपाईंलाई नपच्ला, त्यसैले आयातीत लाल अभिबादन !
दाइ र मेरो सम्बन्ध त्यस्तै हो जस्तो एउटा लेखक र पाठकको हुन्छ । दाइ आफ्ना सृजना मार्फत ढकमक्क फुल्ने म रोमाञ्चित भएर हेर्ने । दाइ निराशा र अन्धकारमय दिनहरुमा धिपिक्क बल्ने म पुतली जस्तो बत्तीको वरिपरि झुम्मिने । दाइ बोल्ने , म सुन्ने । दाइ लेख्ने, म पढ्ने । दाईका अक्षरहरु संगै म दुई दारीको पछि लागेर पर्बतका दलित गाउँ पुगेको छु । जिरी दमिनिका दुखहरु देखेको छु । आईतेका सपनाहरुसंग साक्षत्कार भएको छु । कुन्साङ काकासंग उभिएर सकेको प्रतिरोध गरेको छु । मार्टिन चौतारीमा दाईले बोल्दा थप्प्डी मारेको छु ।  इतिहासको कठघरामा उभिएर दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी जस्तो भएर दाजुले दिएको बयान पत्याएको छु ।

यी भए हिजोअस्ती, पोहोर परारका कुरा ! आज चाहिँ आफ्ना केही कुरा सुनाउन र दाईलाई पाठक बनाउने उदेश्यले आएको छु । सुदामाका घरमा श्रीकृष्ण आएर कनिका भान्सा गरेजस्तो यी दरिद्र शब्दहरू तपाईं शब्दबिरका अगाडी मलाई पस्किन अतिनै अफ्ट्यारो लागिरहेको छ । आशा गर्छु सुदामाका कनिका श्रीकृष्णले खाईदिए जस्तै तपाईंले एकपटक अबस्य पढिदिनु हुनेछ ।

दाइ म यता खाडीमा छु । खाडीमा भनेपछि तपाईंले कुरा बुझ्नुभयो होला । अस्तिन्ताका यहाँ खाडीको युएई भन्ने देशका राजाले एउटा नयाँ कानुन जारी गरे । तिनको नाम खलिफा हो । अगाडी लाग्ने सेख श्री ५ जस्तै हो । पछिल्लो बिन जायद भनेको जायदको छोरा हो । अल नयन भनेको तिनको कबिलाको नाम हो । पूरा नाम  सेख खलिफा बिन जायद अल नयन । ती खलिफा जो जायदका छोरा हुन र अल नयन कबिलाका सदस्य हुन तिनले  एउटा नयाँ कानुन जारी गर्दै हेट स्पिचलाई थप दण्डनिय बनाए । नयाँ कानुन अनुसार धर्म ,जात, समुदाय,देश लक्षित गरि घृणा फैलाउने अभिव्यक्ति दिएमा ३-१० बर्ष कैद र ५००००० हजार सम्मको जरिवानाको ब्यबास्था भयो । कसैको आस्था र पुजा गर्ने स्थान विरुद्ध बोल्नु दन्डनिय मानिएको छ । प्रत्येक्ष, अप्रत्यक्ष , अनलाइन , छापा कुनैपनी मंचबाट दिईने यस्ता घृणा फैलाउने अभिव्यक्ति अपराध नै हुनेछ भनेर किटान गरिएको छ ।

दाई ! यहाँनेर म आफ्नै उदाहरण दिएर प्रस्ट पार्न चहान्छु । म राष्ट्रियताले नेपाली , जातले ब्राह्मण, धर्मले हिन्दु , महादेशीय दृष्टिकोणले एसियायी , बर्णले कालो, कदले होचो । अब कसैले पनि मेरो राष्ट्रियता, जात,धर्म,वर्ण र पृष्ठभुमिलाई लिएर मेरो अथवा मेरा तत पहिचान विरुद्ध घृणा फैलाउने उदेश्यले अभिव्यक्ति दिन्छ भने त्यो स्थानीय कानुन अनुसार अपराध ठहर हुनेछ । अपराध प्रमाणित भए अपराधीले ३-१० बर्ष जेल र ५०,००० दिराम (करिब १४ लाख ) रुपैयाँ जरिवाना तिर्नु पर्ने छ । यसै प्रसंगमा  भर्खरै युएई आउनुभएका र यतै रहदा बस्दा पनि नयाँ कानुनी ब्यबस्था बारे अनबिज्ञ रहनु भएका सबै मित्रहरूलाई के भन्दी हालौं भने सामाजिक संजालहरुमा लेख्दा स्थानिय कानुनको हेक्का राख्दै संचेत रहनु होला ।

बिषयन्तर भएकोमा क्षमा गर्नुहोला दाजु ! पहिले नै भनिहाले म सुदामा लेखक हुं मेरो दरिद्रतालाई क्षमा गर्नुहोला ।
दाइ ! केही समय अघि झापाका एकजना प्रणामी संप्रदायका पुजारीले १४ बर्षिय किशोरीलाई लामो समयदेखि बलात्कार गर्दै गरेको समाचार सार्बजनिक भयो । तपाईंले पनि पढ्नु नै भयो होला । त्यसको अलिपछि झापा काकडभिट्टा कै एक लिम्बु थरका नातीले हजुरआमाको हत्या गरे । त्यो पनि पढ्नु भएकै होला । भर्खरै आएको अर्को एउटा समाचारमा एकजना राई थरका बाउले आफ्नै १८ बर्षे छोराको छुरा प्रहार गरी हत्या गरे । अझ ताजा ताजा समाचार त नवलपरासीमा एक दलितले अर्का दलित नाबालक कै मानव बली दिएर आफ्नो छोरा निको पार्न खोजे ।

मलाई थाहा छ दाइ दलितका हितैसी हुनुहुन्छ । दलित आन्दोलनको अगुवागिरी गरेर हिड्ने अभियान्ताको हैसियतले धेरथोर नैतिक दाईत्व लिएर यस्ता बीभत्स कुरिती र अन्धबिश्वास विरुद्ध दाइ दरै गरि झाक्री बस्नुहोला भन्ने लागेको थियो । तर यो पटक म चुंके कि दाइ चुक्नु भयो कुन्नी त्यसो भएन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको  धर्म निरपेक्ष अन्तरिम संबिधानलाई चुनौती दिदै उसैको आँखै अगाडी नाबालक रेटियो । नहुनु पर्ने दुर्भाग्य भयो । तर प्रश्न के भने दाइ यो नरबलीको राजनीतिक र नैतिक दाईत्व कस्को काँधमा? चिहानमा सुतेको मुर्दा हिन्दुराज्यको कि जिउँदो जाग्दो धर्म निरपेक्ष राज्यको काँधमा  ? ०४७ को मृत संबिधानको काँधमा कि धर्म निरपेक्ष ०६३ को अन्तरिम संबिधानको काँधमा दाइ ?

दाइले स्टाट्स बनाएर भकाभक दाईत्व मुर्दाका नाममा नामसारी गरिरहदा म तीन छक्क परेको छु । साधारणतय कुनैपनी कुराको नामसारी मरेकाहरुबाट जिउदाँ हरुमा हुनेगर्छ यो उल्टो यात्रा किन दाइ ?  यसको दाईत्व त तपाईंहरु जस्ता संबिधानमा चार अक्षर ,निरपेक्ष लेख्दा अग्रगामी छालाङ हानिन्छ भन्ने लेख्दै र व्याख्या गर्दै हिड्ने छालाङेहरुले लिनुपर्ने हैन र दाइ ? दाईले प्रश्न गर्नुभएको छ – तिमीहरुको माग ( हिन्दुराज्यको माग) पूरा भयो भने कतिजना बली चडाईने हुन ? म तपाईंलाई प्रश्न गर्छु दाइ धर्म निरपेक्ष राज्यले किन रोक्न सकेन नरबली  ? किन १७००० को बली दिईसकेपछी समाजमा नरबली अझैसम्म यथावत छ ? अब शाहबंश सरापेर सुईकुच्चा ठोक्ने दिन गए दाइ ! अब जवाफ दिने पालो तपाईंको पनि हो ।

खैर चुरो कुरो त्यो हैन दाइ । कुन्ठा , आक्रोश र अन्धबिश्वासले यी दु:खद घट्नाहरु घटे । ब्रम्हचार्य महापुरुष देखिनु पर्ने मनोबैज्ञानिक दबाब र सामाजिक/धार्मिक अपेक्षामा खरो उत्रन जबर्जस्त लुकाईएको पुजारीको योनकुण्ठा बिकृत तरिकाले बिस्फोट भयो । मलाई कता कता त्यो पुजारीको महापुरुष देखिनु पर्ने बाध्यत्मक परिबन्ध र दाईले उग्र क्रान्तिकारी देखिनु पर्ने बाध्यता उस्तै उस्तै लाग्छ । त्यसैले पुजारीको दमित कुण्ठित योनाबेग बिकृत तरिकाले बिस्फोट भएजस्तै उग्र क्रान्तिकारी देखिने दाईको मनोबैज्ञानिक दबाब र लालच हिजो स्टाटको रूपमा सामाजिक रुपमा अस्वीकार्य बाटोबाट निस्कियो ।

प्रिय् खगेन दाइ ! तपाईंको ब्याक्तीगत तहमा ओर्लिएर बिरोध गर्नु मेरो चिठीको उदेश्य हैन। म तपाईंलाई सामाजिक दर्पणमा एउटा डरलाग्दो दृश्य देखाउन चहान्छु । अब बाकी घट्ना तिर लागौं । लिम्बु युबकको दलित युबतीसंगको विवाह हजुरामालाई स्वीकार भएन । तब उनले बिरोध गरिन युबकले चिर्पटले हानेर ८० नाघेकी हजुरामाको हत्या गरे । यता राईले १८ बर्षे लाउलाउ खाउखाउ को किशोर छोराको हत्या गर्नुमा जाँड प्रमुख कारण भएर आईदियो । भने उता नरबली दिएर बालकको बीभत्स हत्यामा अन्धबिश्वास र तान्त्रिक अभ्यासको परम्परा रहेको पुष्टि भैसकेको छ ।

दाइ ! यी ज्यादै दु:खद घट्नाहरु हुन । दोषीलाई नयाँ संबिधानमा मृत्युदण्डको ब्यबस्था गरि झुन्ड्याईनु पर्छ भन्ने मेरो ब्याक्तीगत माग हो । तर त्यतिनै दु:खद र गैर जिम्मेवारी तरिकाले ती घट्नाहरुको साम्प्रदायिक करण गरि निश्चित जात , धर्म र समुदायका भावना , संबेदना र आत्मासम्मानमा प्रहार गर्ने निचताको हद निर्लज्जसंग सामाजिक संजालहरुबाट सार्बजनिक भए । यस्ता दु:खद घट्नाको घोडा चडेर  आफ्ना आफ्ना तुस, घृणा र एजेन्डाहरु छ्ताछुल्लसंग सामाजिक संजालमा पोखिए ।  घटनालाई आफुले घृणा गर्ने जात, धर्म र समुदायप्रति आक्रमण गर्ने अबसरको रुपमा दुरुपयोग गरियो ।

मलाई याद छ , हजुरआमा मार्ने युवकको समाचार मुनि कमेन्ट गर्दै एकजना मैनाली थरका पाठकले सजिलोसँग ” लिम्बुको बुद्धि ! ” भनेर लेखिदिए । मैले प्रोफाईल पल्टाएर हेरे त्रिभुवन बिश्वबिद्धालयबाट स्नातकोत्तर रहेछ्न । फेक आईडी पनि हैन । पुर्बान्चंलका ती मैनालीका थुप्रै लिम्बू साथीहरु पनि थिए । तिनले आफ्ना संजालका साथीहरूको भावना र आत्मासंम्मानको त ख्याल गरेनन् गरेनन् सिंगै सामाजिक सद्भाव विरुद्ध बोलीरहदा पनि पटक्कै जिम्मेवारी बोध गरेनन् ।
त्यस्तै एउटा पुजारीको घृणित दुश्कर्मलाई बहाना बनाएर थुप्रैले त्यो प्रणामी संप्रदाय विरुद्ध बिषबमन गरे । एक चाम्लिङ थरका पाठकले “यी सबै काँचो मासु खान पल्केको रैछ र पो पाकेको मासु नखाने रैछ भनेर प्वाक्क बोले । ”
उनी परिपक्व र भद्र जस्ता देखिन्थे । आफ्ना वालहरुमा छोरीलाई मर्मिक अर्तिहरु लेखेर छोडेका पनि थिए । उनले बलात्कार जस्तो संबेदनसिल घट्नामा पीडित बालिकाप्रती एकरत्ति सहानुभूति नदेखाई यो समाचारलाई कुनै निश्चित समुदायप्रति रहेको आफ्नो पुर्बाग्रह र घृणा ओकल्ने अबसरको रुपमा दुरुपयोग गरे ।

यी दुई जना सामाजिक संजालमा अहोरात्र साप्रदाईक घृणा फैलाउन कस्सिएर लागेका हजारौं प्रयोगकर्ताहरुका प्रतिनिधि पात्र हुन । नाक, जात, धर्म, वर्ण, भेषभुषा,भाषा, लिङ, स्थान विशेषका आधारमा आफू भन्दा इतरकालाई अपमानित गर्न चुच्के , थेप्चे, लिडे,कन्दने, सुंगुरे, काठा, टपरे, चिम्से, धोती, टोपी जस्ता न्वारान गरेर सिंगो समुदायलाई अपमानित गरिने अभ्यासले हाम्रो नजरमा अभिव्यक्ति स्वतन्त्रको दर्जा पाएको छ । तर यस्ता कुरा सभ्य र संबेदनसिल मुलुकमा हुने हो भने त्यो सामाजिक अपराधको रुपमा दण्निय हुनेथियो ।
यी उशृखल, अराजक र संबेदनाहिन प्रयोगकर्ताको कुरा छोडौ दाइ । तपाईं जस्तो ब्याक्तित्व पनि तिनीहरु भिडमा सामेल हुँदा यो आङ सिरिङ भएको छ । तपाईं सामाजिक उत्तरदाईत्व बोकेको मानिस । म लगायत धेरैले रोल मोडेलको रुपमा  स्वीकार गरेका लोकपि्रय स्तभकार । तपाईं यस्तो पुर्बाग्रही , उशृखल र साम्प्रदायिक हुन मिल्ला र दाजु ?

हामी खाडीले हानेको अग्रगामी छलाङ देखेर चकित पर्छौ दाइ ! यो पनि इस्लाम सापेक्ष देश हो । भर्खरै जुन कानुन ल्याईएको छ त्यो यहाँ अल्पसंख्यक समुदायको हितमा ल्याईएको कानुन हो । मेरो देश धर्म निरपेक्ष छ ,जहाँ नरबलीको दिइएको समाचारले हामी यहाँ लज्जित छौं । तर निरपेक्षताको वकालत गरेर कहिले नथाक्ने तपाईंमा लेसमात्रै पनि लज्जा देखिएन दाई । बरु उल्टै तपाईंले काँधको नैतिक जिम्मेवारी हुँदै नभएको हिन्दुराज्यलाई थमाएर पानी माथिको ओभानो हुने कोसिस गर्नुभयो । जुन सारै नै दुर्भाग्यपूर्ण छ दाइ ।
यति भन्दी कलम बन्द गरे दाइ ! बेल्चा समाउने हातले भाँती पुर्याएर लेख्न नजानेको भए क्षमाप्रार्थी छु ।

मैले नेपाली हुन अरु के गरौं ? - शेखर गोल्छा

आज अत्यन्त खेदका साथ यो लेख लेख्दैछु र सोच्दैछु– यदि आज मैले यो लेखिनँ भने मेरो हजुरबुबा रामलाल गोल्छा– जसले यो देशमा पहिलो उद्योग खोलेर रोजगारी सिर्जना गर्दै औद्योगिक क्रान्तिको शुभारम्भ गर्नमात्र नभएर राणाकालीन नेपालमा प्रजातन्त्रको जग बसाल्न पनि त्यत्तिकै ठूलो योगदान गर्नुभएको थियो– उहाँले मलाई माथिबाट धिक्कार्नु हुनेछ ।

मलाई सधैं नेपाली हुनुमा गर्व छ र रहिरहनेछ । रातो चन्द्र–सूर्य आफ्नो छातीमा राख्न पाउँदा मलाई गर्व लाग्छ । विदेश भ्रमणमा जाँदा हरियो पासपोर्ट देखेर हेयको दृष्टिले हेरिंँदा मेरो पनि मन पोल्छ । गत मंगलबार साँझ राजधानीको एउटा रेस्टुरेन्टमा साथीहरूसँग भलाकुसारी गर्दैगर्दा भोगेको एउटा घटनाले भने अहिले मलाई भित्रभित्रै पोलिरहेको छ । त्यहाँ जब मैले अत्यन्तै सम्मान गर्ने एकजना वरिष्ठ व्यवसायी हामी बसेको टेबलतिर आइरहेको देखेंँ, म उहाँको सम्मानमा आफू बसेको कुर्सीबाट उठेँ र स्वागत गरेँ । तत्पश्चात उहाँले केही दिनअघि नेपाल उद्योग वाणिज्य महासंघमार्फत हामीले गरेको मुम्बई (भारत) को उच्चस्तरीय व्यापारिक भ्रमणबारे कुरा गर्दै भन्नुभयो, ‘मैले त हाम्रो राजदूतलाई भनिदिएँ– त्यस्तो भ्रमणमा नेपालीलाई पनि लगेको भए हुन्थ्यो ।’ 

मेरो मनमा चिसो पस्यो । तुरन्तै सोधें, ‘दाइ, त्यो भ्रमणमा त म पनि गएको थिएँ । के हामी नेपाली होइन र ?’ उहाँले सिधै जवाफ दिनुभयो, ‘मैले रगत नेपाली भनेको ।’ त्यो सुनेपछि मैले आजसम्म त्यत्रो इज्जत गरेको व्यक्तिप्रतिको सम्मानमा मात्र आँच आएन, मेरो मनमस्तिष्कमा एउटा प्रश्नसमेत तेर्सियो– यति सम्मानित व्यक्तिको मनमा त यस्तो भावना रहेछ भने अरुले पनि त यस्तै सोच्दा होलान् । त्यो घटनाले उब्जाएको सोचले गर्दा नै आज म आफ्नो जीवनको पहिलो लेख लेख्दैछु ।

काठमाडौंको गणबहालमा जन्मेको मैले आफ्नो बाल्यकाल सधैं वरिपरि छिमेकमा रहेका साथीहरूसँग बिताएँ । सानो हुँदा नै नेवार साथीहरूसँग नेवारी बोल्न सिक्ने प्रयास गरेंँ । प्राय: बोल्न खोज्दा साथीहरू हाँस्थे, तर तिनका बुबाहरूले स्याबास भन्दै पाँच पैसामा पाइने पीपी दिनुहुन्थ्यो । त्यो उपलब्धिसँगै मैले सो समुदायमा आफ्नो परिचय पाएको थिएँ ।

बुबा हुलासचन्द गोल्छा, जो नेपाली साहित्यमा अत्यन्तै रुचि राख्ने लेखक एवं कवि हुनुहुन्थ्यो, हामी सबै छोराछोरीले नेपालकै विद्यालयमा पढुन् र आफ्नो देशलाई अझै नजिकबाट चिनुन् भन्ने चाहनुहुन्थ्यो । त्यसैले मैले ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलमा पढ्ने मौका पाएँ र त्यहींबाट एसएलसी उत्तीर्ण भएँ । उक्त स्कुलमा मैले थुप्रै साथीहरू पनि पाएँ । मलाई अझै सम्झना छ, कहिले म नेवार समुदायको साथीको घरमा गएर म्ह:पूजा गर्थें त कहिले कुनै बाहुन साथीको घरमा सेलरोटी चियामा चोबेर खान्थेँ । मैले जहिले पनि सबै स्थानमा आफ्नो अस्तित्व पाएँ । सबैले उत्तिकै माया र स्नेह दिए । आज पनि ती साथीहरू भेट्दा उत्तिकै खुसी लाग्छ र एकआपसमा झल्कने आत्मीयताले आफ्नोपनको आभास दिन्छ ।

युवावस्थामा उच्चशिक्षा हासिल गर्ने क्रममा भारतको नयाँदिल्लीमा पहिलोपटक आफ्नी जीवन संगिनीलाई भेटेंँ । प्रेममा पर्दैगर्दा कसैले पनि जात र देश सोधेर मनपराउँदो रहेनछ, मेरो पनि त्यस्तै भयो । अझै सम्झना छ मलाई, एकअर्कालाई मनपराएर हामी विवाह बन्धनमा गाँसियौं र नेपाल फर्केपछि मैले उनीलाई भनेको थिएँ, ‘अब तिमीले पनि यतैको नागरिकता लिनुपर्छ, उताको नागरिकता त्याग्नुपर्छ ।’ यो सुनेर उनी हाँसेकी थिइन् र पहिलो सातामै उनले आफूलाई सहर्ष नेपाली नागरिकमा परिणत गरेकी थिइन् ।

मैले थुप्रैपटक कसैले मेरो देशबारे नराम्रो शब्द प्रयोग गर्दा पाखुरा निमोठेर उससँग जोरी खोजेको छु । नेपाल घुम्नुपर्छ भन्दै हरेक वर्ष साथीहरूसँग ट्रेकिङ गर्ने बहानामा विभिन्न स्थानहरू पुगेको छु । देशमा रोजगारी सिर्जना गर्नसके विदेश पलायन हुँदै गरेका थुप्रै युवाहरूलाई आफ्नै देशमा मिहिनेत गरेर पसिना बगाउन प्रेरित गर्न सकिन्छ भन्ने मेरो बुबाको सोचलाई आत्मसात गरेर आज पनि रोजगारी सिर्जना गर्न लागिपरेको छु । आज मलाई नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना, जुन निजी क्षेत्रको तर्फबाट सबैभन्दा बढी (१८,००० भन्दा बढी व्यक्तिलाई) रोजगारी दिने संस्था हो, त्यसको सदस्य हुँ भन्न पाउँदा गर्व लाग्छ ।

मंगलबारको उक्त घटनापश्चात भोलिपल्टको पत्रिकामा देशको सबैभन्दा बढी कर तिर्ने संस्थाहरूमा आफ्ना तीन संस्थाहरूको नाम देख्दा मलाई हर्षका साथै सायद ती वरिष्ठ व्यवसायी दाइले पनि यो खबर पढ्नुभयो होला भन्ने विस्मात पनि एकैसाथ भएको थियो । विगत सय वर्षभन्दा बढीको इतिहास बोकेको व्यापारिक घरानाको सदस्य भएर देशकै ठूलो आँखा अस्पताल सञ्चालन गरिरहँदा मलाई आज ‘के हामीले नेपाली हुन अझै केही गर्नुपर्छ र’ भन्ने प्रश्नले पिरोलेको छ ।

केही दिनअघि मात्रै एसएलसीको परिणाम आउँदा हामीले आर्थिक सहयोग गरिरहेको सामाजिक अभियान ‘टिच फर नेपाल’ काशिशिर खनाल भाइले फोनमा ‘दाइ, हामीले पढाएको सरकारी स्कुलका विद्यार्थी पहिलोपटक ७८ प्रतिशत पास भएका छन्, हामी सबै नेपालीलाई बधाई छ’ भन्दै गर्दा भित्रैबाट खुसी भएर धन्यवाद भनेको पनि सम्झना आइरहेको छ । सोच्दैछु– शिशिर भाइले बधाई दिएका ती नेपालीहरूभित्र मचाहिँं परेंँ कि परिनँ !

अस्तिको घटनाले मलाई झकझक्याएको छ, नेपाली क्रिकेट खेलाडीले विश्वकप खेल्दै गर्दा मैले लगाएको त्यो नेपाली टिमको टिसर्ट फगत नाटकमात्रै हो भन्नेहरू पनि छन् कि भन्ने निकृष्ट सोच ममा पलाएको छ । देशमा भूकम्प जाँदा राहतको लागि के गर्न सकिन्छ भनेर दोस्रो दिनदेखि लागिपरेको पनि ढोंँग नै पो गरेको रहेछु कि भन्ने प्रश्न आफैंलाई तेर्साएको छु । सहयोग जुटाउने क्रममा आफ्नो व्यापारिक सम्बन्ध प्रयोग गर्दै बजाज अटोका मालिकलाई फोनमार्फत ‘हाम्रो देशलाई सहयोगको खाँचो छ, तपाईंहरूले सहयोग गर्नुपर्‍यो’ भनेर अनुरोध गर्दा उनले १६ करोड रुपैयाँ सहयोग गर्छु भन्दा खुसी भएको सम्झना अझै ताजा छ ।

यदि हामी सबैले आ–आफ्नो स्थानबाट एकअर्कालाई सम्मान र समभावले हेर्न र व्यवहार गर्न नसक्ने हो भने नयाँ संविधानको मस्यौदामा सामाजिक सद्भाव अनि नागरिकको समान हक–हितको कुरा गर्नु व्यर्थ हुनेछ । भूकम्प लगत्तै म बस्ने सीतापाइला, रामकोट क्षेत्रको भ्रमण गर्दा देखेको भयावह र दयनीय अवस्थाले मेरो मुटु पनि रोएको थियो । त्यहाँका स्थानीयहरूले हात जोडेर सहयोग माग्दा उनीहरूको हात समाएर मैले ‘नरुनुस्, सक्नेजति म गर्नेछु’ भनेर आफ्नो भान्छाबाट खाना पकाएर गाउँमा शिविर चलाउँदा कहिल्यै मानवताभन्दा अरु केही देखिनँ । मैले भूकम्पको बेला सिकेको पाठ भनेकै जोसुकै भए पनि, जति नै सम्पन्न वा विपन्न भए पनि, विपद्को बेला सबै एकै छानोमुनि अटाउनुपर्दो रहेछ । सबैभन्दा महत्त्वपूर्ण भनेको एकअर्काबीच रहेको सद्भाव नै रहेछ ।

मैले सानैदेखि रेडियो नेपालमा सुनेको र असाध्यै मनपराएको मबीबीशाहको गीत आज फेरि सम्झँदैछु :

‘म मरे पनि मलाई मेरो देशको माया छ,

यो छातीभरि मुरीका मुरी नेपालको माया छ,

म जन्मे जहाँ, म हुर्कें जहाँ त्यही आँगन 

प्यारो छ ।’

यो गीत सम्झँदै गर्दा मलाई यो पनि लागेको छ कि मेरो आफ्नो देशप्रति रहेको सम्मानभाव र प्रेमलाई एउटा सानो घटनाले विचलित बनाउन सक्दैन । म हिजो पनि आफ्नो कर्म गर्दै देशप्रतिको धर्म निर्वाह गर्दै अगाडि बढिरहेको थिएँ, भोलि पनि अगाडि बढी नै रहनेछु । तर त्यो दिन मेरा अग्रजले भनेको त्यो कुरा मजस्ता थुप्रैको संवेदनासँग गाँसिएकाले फेरि पनि सोध्न चाहन्छु, ‘मैले नेपाली हुन अरु के गर्नु पर्नेछ ?’

बालमैत्री अभियानमा जीतपुर उमावि

जुनसुकै दिवस वा समारोहमा विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम सफल बनाउने र कक्षा कोठामा शिक्षकको एकाधिकार कायम राख्ने परम्पराले विद्यालयमा विद्यार्थीहरुले अपनत्व बोध गर्दैनन् । यस्तो क्रियाकलापले विद्यार्थीहरुमा कक्षा छाड्ने र अनुशासनमा समेत ह«ास आउने गरेको छ । यस्तो गलत परम्परालाई तोड्न र विद्यालयलाई बालमैत्री बनाउन इलाममा विद्यालयका गतिविधिलाई पनि बालमैत्री बनाउन थालिएको छ ।
पश्चिमी इलामको जीतपुर उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुले नै विद्यालयका सम्पूर्ण गतिविधि आफैँ सञ्चालन गर्न थालेका छन् । कक्षा कोठाको साँचो आफैँ लिने र समयमा विद्यालय खोल्नेदेखि लिएर, कक्षा कोठा सफा गर्ने र प्रत्येक दिनको प्रतिवेदन  आलोपालो तयार गर्नेसमेत गरेका छन् । गोजि तालिका तयार पारि कक्षा कोठामा प्रत्येक दिन आफ्नो जिम्मेवारी बाँडफाँडले जिम्मेवारी बोध हुने प्रधानाध्यापक खडानन्द अधिकारी बताउँछन् ।
नियमित विद्यालय आउने, विद्यालय आउँदा पोशाक अनिवार्य लगाउने, कक्षामा मोवाइल नल्याउने, कक्षाभित्र खानेकुरा नखाने जस्ता नियम विद्यार्थी आफैँले बनाएर पालना गर्ने गरेका छन् । विद्यार्थीहरुलाई यस्तो जिम्मेवारी दिँदा समयमै विद्यालय आउने, कक्षा छाड्ने क्रम रोकिने र अनुशासन पालना हुन थालेको अधिकारीको भनाई छ ।
नेपाल शिक्षक युनियन इलामका अध्यक्ष पूर्णप्रसाद गौतमले विद्यालयमा सरोकारवाला, शिक्षक, अभिभावक, विद्यार्थी सबैले आफ्नो दायित्व बोध हुने कार्यक्रम विभिन्न शैक्षिक अभियानमार्फत सञ्चालन भएको जानकारी दिए । इलामका बरबोटे, चुलाचुली लगायतका विद्यालयमा बालमैत्री बनाउने कार्य भएको छ । शैक्षिक जागरण, उत्तरदायित्व पहिचान जस्ता अभियानमार्फत गतिविधि सञ्चालन गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयले यस्तै अभियानलाई बढावा दिन विद्यार्थी भर्ना अभियान र विद्यार्थी स्वागत कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विद्यालय शान्ति क्षेत्र घोषणा अभियान, विभिन्न तालिम गोष्ठिमा पनि बालमैत्री विद्यालयका कुरा उठाइने गरेको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताए । कक्षामा शिक्षकले लौरो बोकेर जाने पारिपाटि अन्त्य हुनै लागेको उनले बताए ।
इलाम जिल्लामा नीजि र सामुदायिक विद्यालयमा कक्षा छाड्ने दर समेत घटेको उनले जानकारी दिए । विद्यालय नआउने विद्यार्थी करिब साढे तीन प्रतिशतको हाराहारीमा रहेको उनको भनाई छ । 

मलेसियाको रोजाइमा नेपाली कामदार/नेपाली दलाल हरु हेरेका हेर्यै भए

क्वालालम्पुर, श्रावण २१ - मलेसियाली रोजगारदाता कम्पनीहरुले नेपाल सरकारको पछिल्लो निर्णयअनुसार 'फ्रि भिसा फ्रि टिकट' मा नेपाली कामदार लिने प्रक्रिया अघि बढाएका छन् । मलेसियाका रोजगारदाता कम्पनीहरुले नेपाली कामदार ल्याउन नेपाली दुतावासमा मागपत्र प्रमाणीकरणका लागि धमाधम पेश गर्न थालेका हुन् । यहाँस्थित नेपाली दुतावासका अनुसार विभिन्न १७ कम्पनीले फ्रि भिसा फ्रि टिकट दिएर ४ सय ७० नेपाली कामदार ल्याउनका लागि प्रमाणीकरण गर्न कागजात दुतावासमा पेश गरेको यहां स्थित नेपाली दुतावासले जनाएको छ ।
दुतावासले बिहीबार एक विज्ञप्ती प्रकाशन गर्दै १० महिला र ४ सय ६० पुरुष कामदारको मागपत्र उपर छानवीन गरि ती कम्पनीहरुको निरिक्षणपछि मागपत्र स्विकृत गरि पठाउने प्रक्रियामा रहेको जनाएको छ । सरकारले गत असार २१ गते 'फ्रि भिसा फ्रि टिकट'मा मात्र कामदार खाडी र मलेसिया पठाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपाली कामदारको माग घट्न सक्ने चिन्ता र चासो भइरहंदा मलेसियाली रोजगारदाताले आफुहरुलाई नेपाली कामदारको अभाव भएको भन्दै कामदार ल्याउन धमाधम नेपाली दुतावासमार्फत प्रक्रिया थालेका हुन् ।
'पछिल्लो १ हप्तामा विभिन्न १७ वटा कम्पनीबाट ती संख्यामा मागपत्र प्रमाणिकरणका लागि प्राप्त भएको छ ।' दुतावासका एकजना अधिकारीले कान्तिपुरसित भने 'अब हामी ती कम्पनीको निरक्षिण गरि मागपत्र प्रमाणिकरण गर्नतर्फ लाग्छौं । अन्य कम्पनीहरुबाट पनि प्रक्रियाबारे बुझ्न आउने क्रम छ ।' दुतावासका अनुसार हाल दैनिकजसो 'फ्रि भिसा र फ्रि टिकट' मा कामदार ल्याउने प्रक्रियाबारे विस्तृतमा बुझ्न रोजगारदाताहरु आउने गरेका छन् । स्रोतका अनुसार हाल आएका मागपत्रमध्ये सेवाअन्तर्गत सहायक क्षेत्र 'क्लिनिङ' मा एकै कम्पनीबाट एकसय जनाको माग आएको छ भने केही कम्पनीबाट ५० जनाका दरले सुरक्षागार्ड माग आएको छ ।
सरकारले 'फ्रि भिसा फ्रि टिकट' निर्णय गरेको करिब दुई सातापछि मलेसियाले ३ बर्षभित्र करिब १५ लाख कामदार बंगलादेशबाट लिने घोषणा गरेको थियो । तर ति कामदार धेरैजसो प्लानटेशन र कृषि लगायत क्षेत्रका लागि ल्याउने भएकाले नेपालीको मागमा खासै प्रभाव नपर्ने कतिपय व्यवसायीहरु बताउँछन् । 'तर सार्वजनिक भएअनुसार ती कामदार प्लानटेशन र कृषि क्षेत्रका लागि हो भन्ने छ ।' एकजना नेपाली व्यवसायीले भने 'फेरि नेपाली कामदार अन्य कामदारको तुलनामा मेहनती र इमान्दार भएकाले साथै मलेसियाको सामाजिक अवस्थामा कुनै नराम्रो खोट नभएकाले पनि बढी रुचाइन्छन् ।' उनले थपे 'अब बहुराष्ट्रिय र ठूला ठूला कम्पनीले नेपाली कामदार मलेसिया ल्याउन थाल्छन् ।'
दुतावासका श्रम सहचारी बुद्धिनाथ भट्राईले पनि मलेसियामा नेपाली कामदारको माग नघट्ने बताए । उनका अनुसार हाल आएका मागपत्रमध्ये अधिकांश सेवा क्षेत्रका छन् । 'सेवा क्षेत्रअन्तर्गत सुरक्षागार्ड, क्लिनिङ लगायत बढी छन् ।' भट्राईले भने 'तीबाहेक केही प्लान्टेसन र कन्स्ट्रक्सन लगायत क्षेत्रका छन् ।' श्रम सहचारी भट्टराईका अनुसार मलेसियाली रोजगारदाताले नोटरी पब्लिकमार्फत समेत मागपत्र प्रमाणिकरण गराउने हुंदा माग खास मागसंख्या थाहा हुंदैन । तर नोटरी पब्लिक मार्फत् म्यानुफ्याक्चरिङ क्षेत्रका लागि पुरुष कामदारका मागपत्र मात्र प्रमाणिकरण हुन्छ । म्यानुफ्याक्चरिङ क्षेत्रमा महिला कामदारको र सेवा क्षेत्रका सबै मागपत्र दुतावासबाट मात्रै प्रमाणिकरण गर्ने गरिएको उनले बताए ।

लाईसेन्स नभएका १९ मास्टर को जागिर चट

 पटकपटक शिक्षक अध्यापन अनुमति पत्रका लागि परीक्षा सञ्चालन भएपनि उक्त पीरक्षामा सामेल नभइकन अनुमति पत्र बेगर नै पढाइरहेका जिल्लाका १९ जनाको म्याद अब विद्यालयले नथप्ने भएका छन् । अध्यापन अनुमति पत्र वा लाइसेन्स नभएका शिक्षकलाई असार मसान्त सम्मको तलब खुवाएर साउन १ देखि बिदा दिने शिक्षा विभागको सर्कुलरपछि उनीहरुको जागिर समाप्त हुने भएको हो ।
जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले हालसम्म विद्यालयमा कार्यरत १९ शिक्षकको लाइसेन्स नभएको पाइएको छ । उनीहरुमध्ये १३ जना विभिन्न विद्यालयमा गणित र विज्ञान विषय पढाउने आइएस्सी रहेका छन् । यस्तै अन्य ६ जना प्राथमिक तहमा कार्यरत अस्थायी शिक्षक हुन् । सबैलाई म्याद समाप्त भएको पत्र थमाइएको छ ।
शिक्षा विभागले लाइसेन्स बिना शिक्षक नै नहुने परिपत्र यस अगाडि गरेको थियो । आफ्ना विद्यालयमा लाइसेन्स नभएका शिक्षक भए उनीहरुलाई म्याद नथप्न र पछि त्यस्तो पाइएमा विद्यालय प्रशासन स्वयम् जिम्मेवार रहेने समेत शिक्षाले जनाएको छ । तर यो नियम लाइसेन्सको परीक्षा दिएका तर रिजल्ट आउन बाँकी शिक्षकका हकमा लागू नहुने भएको छ । लाइसेन्स नलिएका र अस्थायी लाइसेन्सको म्याद समाप्त भएकाहरुलाई लागू हुनेछ ।
२०५९ सालदेखि शिक्षकका लागि अध्यापन अनुमति पत्र अनिवार्य गरिएको थियोे । तर त्यसपछि पनि खुलेका १०–१५ परीक्षामा सामेल नभएर प्रतिष्पर्धा गर्न हिच्किचाउने शिक्षकहरुलाई अब हटाइने भएको हो ।