WHAT'S NEW?
Loading...

Chulachuli online Radio

चुलाचुली पल्टीमारी प्रवासी संजाल को पौरखी बस्ति बाट प्रवास मा हुने साथि हरु को हामि लाइ प्राप्त नामावली

चुलाचुली पेल्टीमारी प्रवासी संजाल ले संचालन गरेरको चुलाचुली ७ नम्बर  बाट प्रवास मा हुने हाम्रा दाजु भाइ दिदि बहिनि हरु को नामावली संकलन गर्ने काम लाइ अझै सजिलो र छरितो होस भनेर यो वडा को माथिल्लो भाग लाइ पौरखी बस्ति नामाकरण गरेको छ।  पदम चौतारा देखि दमक जाने बाटो को पुर्बी भाग अनि आइतबारे बजार मास्तिर बाट यलम्बर चोक हुदै ५ नम्बर को मंगलसिद्धि बजार जाने बाटो को माथिल्लो भाग लाइ सिमाङ्कन गरि प्रवासी साथि हरु को नाम संकलन गर्ने काम लाइ साथ दिदै धर्म अधिकारि ले निम्न साथि हरु को नाम हामि लाइ उपलब्ध गराउनु भएको छ।


१ - धर्म अधिकारि - साउदी अरब 
२ - बिष्णू भट्टराई - कतार
३ - सन्त  योङ्ग हाङ्ग - मलेसिया
४ - मिलन आङ थुपो  - यु ए इ
५ - सुरेश हिङ माङ्ग  - साउदी अरब 
६ - दिपक हिङ माङ्ग - मलेसिया
७ - अस्बिन  देवान  -  यु ए इ
८ -  मातृ  थुलुङ्ग - मलेसिया
९ - इश्वरी खतिवडा - साउदी अरब 
१० -  दिलिप राइ  - साउदी अरब 
११ - मन तामाङ्ग  - साउदी अरब

यस्तो छ भारतले पठाएको ७ बुँदे संशोधन प्रस्तावः

काठमाडौं, ६ असोज । नेपालमा घोषणा भएको संविधान आफूले चाहेको जस्तो नभएपछि असन्तुष्टि जनाइरहेको भारतले बुधबार अर्काे कदम चालेको छ ।
मंगलबार सीमा नाका तेलका ट्याकंर रोकेर तथा नेपालीलाई चेकजाँचमा कडाई गरेर दुःख दिएको भारतले बुधबार नेपालका शीर्ष नेतालाई तोकेरै पत्र पठाएको हो । भारतको एक चर्चित पत्रिका ‘इण्डियन एक्सप्रेस’ले लेखेको समाचार अनुसार असोज ३ गते घोषणा भएको नेपालको संविधानमा असन्तुष्टि जनाउँदै संशोधन गर्न ७ बुँदे प्रस्ताव पठाएको हो ।
विश्वभरीका देशले नेपालको संविधानको स्वागत गरिरहँदा भारतले भने अहिलेसम्म स्वागत गरेको छैन् । समाचार अनुसार नेपालका लागि भारतीय राजदूत रणजीत रायसँगको दुई दिने परामर्शपछि भारतीय बिदेश मन्त्रालयले संविधानमा गर्नुपर्ने सातबुँदे संशोधन सुझाव तयार पारेर नेपाल पठाएको हो ।

यस्तो छ भारतले पठाएको ७ बुँदे संशोधन प्रस्तावः

१) संविधानको धारा ११ (६) मा नेपाली पुरुषसित विवाह गर्ने विदेशी महिलाले संघीय कानूनअनुसार नेपालको अंगिकृत नागरिकता प्राप्त गर्ने व्यवस्था छ । मधेसी पार्टीहरू अंगीकृत नागरिकता स्वतः पाउनुपर्छ भन्ने अडानमा छन् । त्यो मागलाई पुरा गर्नुपर्छ ।
२) अन्तरिम संविधानको धारा २१ मा विभिन्न समुहहरूलाई समानुपातिक समावेशीताको सिद्धान्तका आधारमा राज्यका निकायहरूमा प्रतिनिधित्व गर्ने अधिकार दिइएको छ । तर, नयाँ संविधानको धारा ४२ मा समानुपातिक भन्ने शब्द निकालिएको छ, जसलाई फेरि राख्नुपर्छ।
३) संविधानको संशोधित मस्यौदाको धारा २८३ मा वंशजको आधारमा देशको नागरिक हुनेहरू मात्रै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, संसदको सभामुख, राष्ट्रिय सभाको सभाध्यक्ष, प्रान्तको प्रमुख, मुख्यमन्त्री, प्रान्तीय सभाको सभामुख र सुरक्षा अंगहरूको प्रमुख हुन सक्ने व्यवस्था छ । यसले भारतबाट आएर नेपालको अंगिकृत नागरिकता लिएका थुप्रै मधेसीहरू अन्यायमा पर्छन् । त्यसैले यसलाई हटाउनुपर्छ ।
४) सीमांकनमा विवादित पाँच जिल्लाहरू कैलाली, कञ्चनपुर, झापा, मोरङ र सुनसरीलाई जनसंख्याको बहुमतका आधारमा पुरै जिल्ला वा जिल्लाका केही भागहरू छिमेकी मधेस प्रान्तमा समावेश गर्नुपर्छ ।
५) अन्तरिम संविधानको धारा १५४ मा प्रत्येक १० वर्षमा निर्वाचन क्षेत्र पुनरावलोकन गर्ने उल्लेख थियो । नयाँ संविधानमा यो अवधि बढाएर २० वर्ष पुर्याइएको छ । यसमा पुरानै व्यवस्था कायम गरिनुपर्छ ।
६) नयाँ संविधानको धारा ८६ मा राष्ट्रिय सभामा प्रत्येक ७ राज्यबाट आठ÷आठ जना र ३ मनोनित सदस्यहरू रहने व्यवस्था छ । यसलाई संशोधन गरेर प्रदेशको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुने बनाउनुपर्छ ।
७) अन्तरिम संविधानको धारा ६३ (३) मा निर्वाचन क्षेत्र जनसंख्या, भूगोल र अन्य विशेषताका आधारमा हुनेछन् भनिएको छ । यसमा लेखिएको छ, ‘र, मधेसको हकमा जनसंख्याको प्रतिशतका आधारमा हुनेछ ।’ यो प्रावधानले देशको ५० प्रतिशत जनसंख्या रहेको मधेसमा संसदमा ५० प्रतिशत सिटको प्रत्याभूति गर्छ । नयाँ संविधानको धारा ८४ मा पछिल्लो वाक्यांश हटाइएको छ । यसलाई फेरि समावेश गरेर जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।
यी सुझाव तथा प्रस्तावहरु संशोधन भएमात्रै नेपालको संविधानलाई स्वागत गर्न सकिने अन्यथा जस्तोसुकै कदम चाल्न भारत पछि नपर्ने धम्किसहितको समाचार ‘इण्डियन एक्सप्रेस’मा प्रकाशित छ ।

कविता - कला अनुरागी

 अर्ति 

आफ्नै हृदयको मसीले
आफ्नो हक लेख्न
संविधानसभामा पुगेपछि
गर्वले कोटको खल्तीमाथि खिलेको
सभासद्को फुली झर्ने गरी
जब सोठ्यायो सत्ताको लौरोले
छिनमै रिसले फुल्दै
छिनमै निराशाले खुम्चदै
डेरा फर्केको सभासद् नातिलाई
हजुरबा लालविर विश्वकर्माले काँधमा थपथपाए
र, भने–
‘हेर् नाति !
यिनीहरुको खप्परभित्र
जुन सिनो गिदी छ
त्यसको कुहिगन्ध मैलेजति
कसले सहेको होला र ?

दिनदिनै बढिरहेको दुःखको घारी
उस्सै छोडेर
हामी जिन्दगीभर हिड्यौं
सालघारीमा गोल पोल्न
र, सुकाएर आफ्नो रगत गोलको रापमा
पगालीरह्यौं यिनीहरुकै हृदयजत्तिकै कठोर फलाम
बजारिरह्यौं घन
र, बनाइदियौं यिनीहरुकै लागि हतियार
आफ्नै भविष्यको धार भुत्ते छोडेर
अर्चापिरह्यौं तिनै हतियार ।

हतियारको बलमा भए शक्तिशाली
र, घन बजारीरहेछन् हाम्रो टाउकोमा,
हतियारकै धारले धारिला भए
र, रेटिरहेका छन् मानवताको घाँटी ।

राम्ररी थाहा छ यिनीहरुलाई
हामीले छोएपछि पानी
कसरी पाइन बनेर चढ्छ हतियारमा
र, बन्छ धारिलो
त्यसैले दिदैनन् पानी छुन ।

यिनीहरुले देखेका छन्
हामीले चलाएपछि खलाँती
कसरी पाउँछ कोइलाले आगोको जीवन
पग्लन्छ फलाम,
र, बन्छ हतियार
जसलाई चलाउने पहिलो शिल्पी
हामी नै हौं
हामीसँगमात्रै छ त्यसलाई चलाउने अब्बल सीप
त्यसैले पस्न नदिएका हुन्
हतियार लुकाइएका यिनका चोटाकोठा ।

तेरो बा बुझ्दै थियो यो कुरा
तर, के सहन्थे
सिध्याइदिए उसलाई हामीले नै बनाएको हतियारले
अब तैंले कुरा बुझेको
पटक्कै चित्त परेको छैन यिनीहरुलाई
अझ तेरो कुरा दुनियाँले बुझेको त
किन पो सहन्थे र ?
होस गर्नुपर्छ है नाति
हामीले अब खुब होस गर्नुपर्छ ।

तँलाई हुर्काउन मलाई
कम्ति सकस परेन
अब त तैंले पनि हुर्काउनुपर्नेछ
एउटा कलिलो भविष्यलाई ।

पुरानो आरन
जिजुबाजेकै पालादेखिको छँदैछ
जसले गालिहाल्छ फलाम
नयाँ आरन
तैंले आर्जेको छँदैछस्
जसले बालिहाल्छ विचारको आगो ।

सुन् नाति,
हामीले हाम्रै लागि हतियार बनाउने बेला भइसक्यो
अब त अबेर पो भइसक्यो’

हजुरबाको अर्ति सुनेको भोलिपल्टैदेखि
नाति सडकमा कोट फुकालेर आएको छ
हजुरबा आरनमा व्यस्त छन् ।

 कला अनुरागी 

मुक्तक - आचार्य प्रभा, झापा।

मुक्तक

नेपालीको मन मन्दिरमा खुशी दियो बल्यो।
अबिश्वास र बैमष्यता अब भने ढल्यो।
जनताले चाहेजस्तो संबिधानले दिन सके,
सोंचे हुन्छ देशद्रोही र स्वार्थीको नौ/नारि गल्यो। 

♥ आचार्य प्रभा, झापा। 

नेपालको संविधान २०७२ अनलाईन पढ्नुहोस।




निरन्तर पोस्टर कविता

 राजनीतिक नारा पोतिने सहरका भित्तामा यति बेला कविता पढ्न पाइन्छ । कविताको भाव अनुसारका कलात्मक स्केचसहित ।
हरेक दिन कोणसभाजस्तै कविहरू सडकका चोक र गल्लीहरूमा भेला भएर कविता सुनाइरहेका हुन्छन् ।
साहित्यिक समूह ‘उन्मुक्त पुस्ता’ ले थालेको ‘पोस्टर कविता अभियान’ ले एक महिना पूरा गरेको छ । संविधानमा दलित, जनजाति, महिला, मधेसीका साथै विभिन्न सीमान्तकृत समुदायको अधिकार सुरक्षित गर्न सिर्जनात्मक दबाब स्वरूप समूहले साउन ३० देखि अभियान सुरु गरेको थियो ।
‘हुन त साहित्य सधैं शक्तिको प्रतिपक्षमा हुन्छ भन्ने मान्यता छ,’ उन्मुक्त पुस्ताका कवि केशव सिलवालले भने, ‘हामीले साहित्यमार्फत शक्तिको पहुँचमा कहिल्यै पुग्न नसकेका र सीमान्तकृतको आवाज उठाउन खोजेका हौं ।’ हालै राजधानीमा ३० औं शृंखला मनाएको यो अभियानलाई निरन्तरता दिने पनि उनले जनाए ।
अभियानका क्रममा राजधानीका चोक–चोकमा पुगेर कविहरूले कविता वाचनसहित चित्र कविता समावेश पोस्टर टाँसेका थिए । अभियानले महिना दिन पूरा गरेपछि भने हरेक दिन पोस्टरिङ मात्रै गर्न थालिएको अर्का अभियन्ता कला अनुरागीले जनाए ।
अभियानको ३० औं शृंखलामा भूपाल राई, स्वप्निल स्मृति, निभा शाह, संगीतश्रोता, शकुन्तला जोशी, सविना सिन्धु, ज्वालामुखी लामिछाने, शोभा दुलाल, विना तामाङ सुनगाभा, लक्ष्मी रुम्बा, राजु स्याङ्तान, मोक्तान थेवासहित दुई दर्जन कविले रचना सुनाएका थिए । कवि आहुतिले युवा कविहरूले उत्पीडित र सीमान्तकृत समुदायका मुद्दालाई कविताको विषय बनाएर सुरु गरेको अभियानले नेपाली साहित्यिक आन्दोलनको इतिहासमा अर्थ राख्ने दाबी गरे ।
पुस्ताले अभियानका क्रममा दलित, जनजाति, महिला र मधेसी शृंखला एक–एक साता सञ्चालन गरेको थियो । शान्ति वाटिकाबाट सुरु भएको अभियान न्युरोड, सिफल, सुनधारा, कोटेश्वर, जाउलाखेल, स्वयम्भू, चाबहिल, मंगलबजार पाटन, सूर्यविनायक, चक्रपथ, सीतापाइला, बालाजु, वसुन्धरा, गौशाला, कालिमाटी लगायतका थलोमा सम्पन्न भइसकेको छ ।

चुलाचुलि ७ को उज्वल बस्ति को प्रवास मा हुने हरु को नामावली

चुलाचुली ७ नम्बर को आइतबारे बजार पूर्व अनि  मोतिहांग को घर को तेर्सो बाटो माथि र यलम्बर चोक को तेर्सो बाटो तल को भाग जसलाई हामि उज्वल बस्ति भनेर पनि  चिन्छौ  यो एरिया का दाजु भाइ हरु को को कता कता हुनुहुन्छ भनेर हामि ले खोजि गरेको थियो जस मा ख्याम बानिया ले धेरै ठुलो सहयोग गर्नु भएको छ। यो भाग का साथि हरु जो हामि संग  सिधा सम्पर्क मा हुनुनुन्छ वहा हरु को नामावली हामि ले प्रकासन गरेका छौ कोइ छुट्नु भएको छ भने हामि लाइ जानकारी गराउनु भयो भने हामि धेरै आभारी हुने थियौ।
१ - श्याम राइ  - कोरिया 
२ - राजु राना मगर  - कोरिया 
३ - दिपेन राना मगर  - कोरिया
४  - अनिल लावती - कतार 
५  - बिक्रम हंग्सुरुम्बा  - साउदी अरब 
६ - गुमान सि फियाक - कतार 
७  - सन्त सुहांग - यु ए इ  
८ - जगत फियाक - बहराइन 
९ - ख्याम बानिया -  यु ए इ 
१० - रुद्र  फियाक  - कतार
११ - दिल बहादुर बानिया  -  कुवैत 

ओराङफुङ जस्तै गायिका देशु सुहाङ

ओराङफुङ जस्तै गायिका देशु सुहाङ3 ओराङफुङ, गाउँको नाम भने नि फूलको नाम भने नि यो पाँचथरको सुभाङको वडा नम्बर-८ मा पर्ने फूल जस्तै सुन्दर गाउँको नाम हो । लिम्बूहरूको बाहुल्यता रहेको यो गाउँ लिम्बू सँस्कृति-सँस्कार र कलाको स्रोत हो । फूलै फूलको जस्तो जोवान कतिन्जेल फुल्छ र ओईली जान्छ कि म पनि कहाँ भेटुँ मनले भन्छ नि हे रुमाल सुकाई देऊ मायाको त्यो गाँठो मनले फुकाईदेऊ 'रुमाल सुकाई देऊ' एल्बमको यो चर्चित गीतको गायिका देशु सुहाङ आमा पदम माया सुहाङ र बुवा पदम बहादुर सुहाङको कोखमा २०३० सालमा यै सुन्दर ओराङफुङमा नै ओराङफुङ जस्तै भएर जन्मिएकी थिइन । यै गाउँले उनलाई गीत-सङ्गीतमा लाग्ने प्रेरणा दियो र कक्षा-६ पढ्दादेखि नै आफ्नो कला-स्वर सार्वजनिक गर्न थालेकी थिइन । काठमाडौमा पढाई तथा सङ्गीतकोलागि छिरेकी गायिका देशु सुहाङले २०५० सालमा रेडियो नेपालमा स्वर परिक्षा उतिर्ण गरेकी हुन् । जम्मा ४०० भन्दा धेरै गीत गाईसकेकी गायिकाका एल्बमहरू 'मनको बह' र 'रुमाल सुकाई देऊ' -लोकगीत एल्बम, 'छोपिइको जून'-आधुनिक गीतको एल्बम तथा 'आहिङमान' लिम्बू गीतको एल्बम प्रकाशित छन् । विशेष: लोकगीत नै लोकको गीत हुनसक्छ र गाउन सक्यो भने लोकगीत मै सन्तुष्टी, चर्चा र सफलता पाउन सकिन्छ भन्ने मान्यता राख्ने गायिकाले समय अनुसार राम्रो चर्चा र सफलता हाँसिल गर्दै गईन । नेविसंका केन्द्रीय उपादक्ष विध्यार्थी नेता टङ्क बिक्रम नेम्बाङसँग विवाह बन्धनमा बाँधिएर पनि उनको साङ्गीतिक यात्राले नियमितता पाईरह्यो । छोरी ईक्सा नेम्बाङ र छोरा मिङ्सो हाङ नेम्बाङको मातृ-ब्यस्तताले पनि उनलाई गायनमा वाधा गरेन । क्रमश: उनका राम्रा-राम्रा गीतहरू आईरहे । चर्चा बढिरह्यो । तर, विधीको विडम्बना पनि घातक भईदियो । २०६५ कार्तिक-१७ गते उनको जीवनको कालो दिनको रुपमा उभिएर आयो । आफ्ना ३५ बर्षे जवान श्रीमानलाई दुर्घटनाले टिपेर लगिदियो । यो दुर्घटनाले
गायिकाको गला मात्र रुकेन,जीवनको सहारा नै खोसिदियो । ओराङफुङकी ओराङफुङलाई भाग्यले धुजा-धुजा फटाईदियो । साथमा रहेका छोरी र छोराको मुहार हेरेर मन थामिन् । बाँकी जीवनलाई छोरा-छोरीको लागि चलाउन हिम्मत गरिन् । आफ्ना पीडा, दु:ख र समस्याका बाबजुद पनि उनीभित्रको गीत-सङ्गीतको मोह मर्न सकेन । केहि समय ब्यवशायीक रुपमा गीतहरू प्रकाशन गर्न नसकेपनि आफ्ना वेदना, एक्लोपन र पीडालाई लुकी-लुकी आँसु मिसाई मनमनै एक्लै-एक्लै गाईरहिन् । कलिला नानीहरूलाई एक्लै सम्हाल्दै जीवन चलाउँदै गईन । हुर्काउँदै गईन । उनीभित्र गायन सौख बिउँतिएर आयो । आफ्नो दु:खमा मन सम्हाल्न गायन नै उनको सहारा जस्तै बन्दै गयो । उनका गीतहरू फेरि रेकर्ड हुन थाले । नानीहरू पनि हुर्कँदै गए । नानीहरूको लालनपालनको लागि सानो जागिर पनि मिल्यो । गायिकाभित्र अझै आशा र हिम्मतको बिजारोपण भएर आयो । नयाँ-नयाँ गीतहरू पनि आउन थाल्यो । अब लोक दोहोरी तथा आधुनिक गीतहरूको रेकर्डको योजना बनाईरहेकी गायिकाले दैनिक जीवन निकै कठिनताका साथ दैनिकी गुजारिरहेकी छिन् । काठमाडौ जस्तो महँगीमा नानीहरूको पढाई र लालनपालन गर्न एक्लै सानो जागिर खाँदै सँघर्ष गरिरहेकी छिन् । नानीहरूलाई एसएलसी सम्म पढाउन पाए हुन्थ्यो भन्ने उनको चाहना छ । तर खाईरहेको जागिर खोस्न समेत मान्छेहरू लागी परेका बताउँछिन् । हुन पनि अरुको कमजोरीमा दाउ हान्ने मान्छेहरू प्रसस्त छन्, । राज्य र सम्बन्धित निकायले कलाकारहरूलाई हेर्ने वातावरण नेपालमा बनिसकेको छैन । तर पनि गायिका हिम्मतिला लाग्छन् । स्रोताहरूले माया गरुन्जेल र आफ्नो गलाले साथ दिउन्जेल गायन नछोड्ने प्रिवद्धताकासाथ ओराङफुङ ओइलिन सकेन र फेरि मग्मगाउन थालेको छ । पहिलेको जस्तो क्यासेट र सिडी बिक्दैन । पाइरेसीले गर्दा पैसा उठाउन गाह्रो छ । तर रेकर्डिङ खर्च बढेर गएको छ । अहिले अडियो मात्र पनि सुन्ने चलन हराउन थालेको छ । भिडियो बनाउन नि ठूलै रकम चाहिन्छ । यस्तो अवस्थामा राम्रो गायक-गायिकाहरूसित पैसा हुनु पर्यो कि त देश-बिदेश गीत गाउन जानकालागि राम्रो च्यानल मिलाउन जान्नु पर्यो । अन्यथा अरुण थापाको कहानी भोग्नु पर्छ । यस्तो अवस्थामा पनि 'निरन्तर गीत गाईरहन्छु ।' भन्ने गायिका आफैँमा गर्ब गर्न लायक प्रेरणाका स्रोत हुन् । स्थानीय तथा हङकङ पुगेर पनि उनले स्टेज कार्यक्रमहरूमा गीत गाईरहेकी छिन् । लोकगीतलाई आफ्नो प्रीय गीत सम्झिने गायिकाले आउँदो हप्ता गीतकार केशर माङयुङ सुब्बाको शब्द, खगेन्द्र पन्धाक लिम्बू सङ्गीतमा 'राम नवमी बजार आउनु है माया ..' गीतको दोहोरी गायक कृष्णभक्त राईसँग रेकर्ड गर्न तयारी गरिरहेकी छिन् । लिम्बू गीत गाएर लिम्बू स्रोताहरू माझ पनि आफ्नो विशिष्ट स्थान बनाएकी गायिकाले लिम्बू गीतहरू पनि साह्रै ठेट र मीठो गाउने गर्दछिन । गीत-सङ्गीत-गायनलाई आफ्नो जीवनको अभिन्न मान्ने मीठो स्वरकी धनी गायिका यानेकी ओराङफुङ कहिल्यै ओईलाउने छैनन् भन्ने हाम्रो विश्वास र कामना छ ।

चुलाचुली ७ पल्टीमारी बाट बैदेसिक रोजगारी मा गएका केहि युवा हरु को नामावली


हाम्रा आत्मिय सहयोगी मित्र मनिष राइ ले उपलब्ध गराउनु भएको यो नामावली जो आजकाल चुलाचुली सुदंधित माटो को सुगंध बाट टाढा हुनुनुन्छ।  वहा हरु सबै लाइ हाम्रो संगम को तर्फ बाट मिठो सम्झना अनि परदेस मा हुदा आफ्नो सरिर को ख्याल गर्नु होला स्वास्थ्य को पनि ख्याल गर्नु होला। 


१ - भुमि गिरि - साउदी अरब                          
२ - दिलिप राइ - मलेसिया 
३ - कमल राइ - मलेसिया 
४  - ज्ञान  बा. राई - कतार 
५ - सन्तोष बा. थुलुङ्ग - मलेसिया 
६ -  बिमला बोखिम  - साउदी अरब
७ - सुबास आङ्गथुपो -साउदी अरब
८ - सिव गिरि - कतार  
९ - दिनेस गिरि - कतार  
१० - कुमार गिरि - साउदी अरब 
११ - कमल भुजेल  - साउदी अरब 
१२ - बिक्रम तिरुवा - साउदी अरब
१३ - देब कुमार तिरुवा - कतार  
१४ - मुना राइ  - मलेसिया 
१५ - दिनेस राइ - मलेसिया 
१६ - सबिन राइ - यू ए इ 
१७ - गङ्गा लिम्बु  - कतार  
१८ - सचिन राइ - मलेसिया 
१९ - मनोज राइ - मलेसिया 
२० - राजेस राइ  - मलेसिया 
२१ - बिशाल राइ  - साउदी अरब 
२२ - जीवन राइ  -कतार 
२३ - मणि राइ  - कतार 
२४ - दुर्गा राइ  - मलेसिया 
२५ - गल्लिघरे आम्बु - मलेसिया
२६ - सुदिप राइ  - मलेसिया 
२७ -  दुर्गापौडेल  - मलेसिया
२८ - कृष्ण  खडका - मलेसिया
२९ - मदन राइ - साउदी अरब
३० - टंक खडका - साउदी अरब 
३१ - कुमार मगर -कतार  
३२ -  बसन्त राइ  - साउदी अरब 
३३ - जुद्ध राइ - कोरिया 
३४ -रोवर्ड राइ -  यू ए इ 
३५  - सुरज राइ  -साउदी अरब
३६ - बिसाल राइ  -साउदी अरब 
३७ - मनिष राइ  - साउदी अरब 
३८ - भेनस राइ  - साउदी अरब 
३९ -हरि नन्द राइ  - मलेसिया 
४०  - प्रताप राइ - कतार 
४१ - दिपेन राइ  - कतार 
४२  - बिशाल जबेगु   -  यू ए इ  
४३  - कृष्ण राइ  - मलेसिया 
४५ - देवेन्द्र पौडेल - साउदी अरब 
४६ - राजेस पौडेल - मलेसिया 
४७ - रोसन पौडेल - साउदी अरब
४८ - राज राइ - साउदी अरब


अब आउदै छ गजल ईन्द्रेणी

- दीप मिलनदोहा कतार-नेपाली भाषा साहित्यमा मोतिराम भट्टले भित्र्याएको साहित्यिक विधा गजल यतिबेला नेपाली साहित्य जगतको लोकप्रीय विधा हो। सामाजिक सञ्जाल देखि लिएर कृति प्रकाशनमा समेत अग्रणी स्थान ओगटेको गजल यतिबेला केही पृथकता सहित सँयुक्त कृतिको रुपमा आउने तयारीमा लागिरहेको छ।नेपाली साहित्यका तीन साहित्य प्रेमिहरु रोहित राना,सुमित्रा अधिकारी धिताल र दीप मिलनको सँयुक्त प्रकाशनमा गजल ईन्द्रेणी नामक सँयुक्त गजल सँग्रह आउने भएको छ। नेपालभरीका जम्मा जम्मी ९३ जना गजलकारहरुका उत्कृष्ट गजलहरुबाट छनौट गरि जम्मा २० जनाका ५/५ गजल समेटीने छन। यहि भाद्र २३ गते सार्वजनिक गरिएको नामहरुलाई समेटेर प्रकाशन गरीने पुस्तकको विमोचन अनुराग साहित्य समाज देवदहले आगामी कार्तिक महिनाको अन्तिम हप्ता गर्नेछ।-छनौटमा परेका सबै गजलकारहरुलाई हार्दीक बधाई सहित छनौट समितिमा रहेर निश्पक्ष छनौटकार्य सम्पन्न गर्नुहुने गुरुहरु प्रती हार्दीक आभार व्यक्त गर्दछौ, स्मस्ण रहोस उक्त सँग्रहमा सँग्रहित गजलकारहरुले जनही १५०० रुपैया पारीश्रमिक समेत पाउने छन जुन नेपाली साहित्यको जगतकै पहिलो कदम हुनेछ।-प्रकाशकगजल ईन्द्रेणी परीवार