WHAT'S NEW?
Loading...

Chulachuli online Radio

कविता ।पारिजात।

पारिजात
चुँडालेर बन्धनबाट  आँप, बेल र पिपलको पातहरूका
एउटी विवश बेहुलीको चाहनाजस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको बिरुवा होइन मुक्ति
ज्युँदो मान्छेको मुटु ज्युँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्दैन
एउटाले अर्कोलाई मार्नैपर्छ यसो गर्नलाई
तथापि, होस् गर्नू– त्यो मुटु मृतकको मुटु हुनेछ ।

मण्डपभित्र मन्त्रहरूले कति दिन
छलाउन सक्छ मुक्तिलाई
के हो र मन्त्र मुक्तिको निम्ति ?
लात्ते भकुन्डो होइन मुक्ति
भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति
होस् गर्नुपर्छ यस्तो सोच्नलाई ।
मुक्ति साङ्लामा बाँधिइन सक्ने वस्तु होइन
आकाशभरि पहिलेबाटै
तैनाथ गरेर छरिता बाजाहरूको जमातमा
उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा
शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष
होस् गर्नू– विडम्बना हुनेछ लुम्बिनी र शान्तिक्षेत्र ।
काँक्रा र फर्सीका बीउजस्तो
पट्पट् फुटेर समयानुकूल माटो र ऋतुमा
झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर
मुक्तिका चाहनाहरू
चुँडालेर कथित् बलियो बन्धनबाट
आँप, बेल र पिपलका रंगीचंगी पातहरूको ।

होस् गर्नुपर्छ यतिखेर
निर्धाका मुटु निचोर्नेहरूले
शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन्
एकपछि अर्को लस्कर लागेर ।

कविता:''अभाव''


(एक)
आधारभूत आवश्यकताहरुले
जिन्दगीलाई
जवरजस्ती बलत्कार गरेपछि
गर्भिणी जिन्दगीले
जन्माउछ थुप्रै निरोगि अभावहरु
ओ 'कवि ज्यू'
ब्राण्डेट आभावहरु उत्पादन गर्ने
जिन्दगी मसिन हो?
दजनौ इच्छाहरु छोपेर
बषौ-बर्षदेखी झुण्डिरहेको अभावका जिर्ण पर्दाहरु
हँन अझै किन च्यातिदैनन् हँ?
सोध्न मन लागेकोछ
'बिल गेट्स' काकालाई
पैसाको अभाव कहिल्यै हुदैन हो?
जसरी मसँग अभावहरुको अभाव कहिल्यै हुदैन
तर जहिल्यै समयको अभाव हुन्छ
हामी दुवैलाई|
(दुई)
हौ लुङ्गा!
लु यस्को उपाय सिक बताईदिनु पर्यो
अगेनाको तातो आगो
भुल्टुङको चिसो पानीले
निभाईदिए जस्तै
शुन्दरीहरुको(बादरनी) घमण्डको आगो
के ले निभाउनु हौ?
शौन्दर्यले
यौटी रुपवती तरीणीको चेहेरा
जसरी बल्छ नि!
हो त्यसरी नै उसको मानसिकता
उभित्र घमण्ले
दनदनी बल्दोरहेछ
स्त्रीको शौन्दर्य बढाउछ?
नग्नताले
जसरी फूलको शौन्दर्य बढाउछ बासनाले
ओ 'सन्नी लिओन'
तिम्रो कामुकताको आगोले
मेरो मन
जति पोल्छ नि!
तिम्रो कृतिम शुन्दरताको आगोले
त्यतिनै किन पोल्दैन हँ?
तिम्रो छातीको उच्च पहाडहरु जस्तै
संसारभरी उच्च छ
तिम्रो ख्याती
तिमी कुनै भुसतिग्रेसँग लिन भैरहेको बेला
सेलफ़ोन-ल्पटपमा
दुनियाँ तिमीसँग लिन भैरहेको हुन्छ
तिमीसँग के पो छैन र!
बैश छ
प्रयाप्त ऍष छ
र थुप्रे भुसतिग्रेहरुलाई सन्तुष्ट पार्ने सामार्थ्य छ
तिमीसँग सबथोक छ
र पनि
तिमीसँग अलिकति लाजको कत्रो अभाव छ| 
सुवास राई राग 
चुलाचुली  - ७ इलाम 

कविता – म साँच्चै दया लाग्दो छु ?


म साँच्चै दया लाग्दो छु ?
मेरो साथीको नजरमा
त्यस्तो लाग्छु रे
‘भविष्य बन्छ त
आर्थिक सुध्रिन्छ त
यदि हुन्छ भने
तँ आफ्नै
लक्ष्यमा निरन्तरता दे
हैन् भने सोच
आवश्यकता पैसा नै हो ।
बाँकी उमेर
बाँकी समय संगै
जान लाग्यो
बैंशालु मन
बाँच्नको लागि
के छ ?
वैकल्पित पेशा ?
कि म सोच्दछु ,
तैले दया लाग्दो
जीवन बाचिरहको छस् ।’
पुनःम सोच्दछु
जीवन कस्तो हुनुपर्दछ ?
बाँच्नको लागि के–के किन गर्नु पर्दछ ?
तर

एउटै मात्र सोच्दछु
कि म किन मान्छे भइन ?
मान्छे ले त खानुको लागि परिश्रम गर्छ ।
धन्य श्वास मैले फेर्नु पदैन
साथी
त्यसैले

मान्छे हैन् मानिस हुँ !
श्वास र मस्तिष्कको समय अवधि भित्र
मन ले आदेश गरेको कर्म मात्र गर्छु
शब्द र अक्षरको सौन्दर्य आम्दानी दिने सा्रेत हैन
जहाँ म मज्जा संग जीवन खोज्न सक्दछु
यसमा
तिमले कसरी
देखेउ
कि
म दुःख र दया लाग्दो
जीवन बाँचिरहेको छु ?
– चेतन डर चुलाचुली - इलाम 

कविता -- म नारी हुँ


म नारी तिमी पुरुष
उही श्रृष्टिका रचना
तात्विक भिन्नता छैन
शाब्दिक भिन्नता पनि छैन
केही सोचका उपजहरु
हामी बीच बलिया पर्खाल भएका छन्
त्यसैले आऊ
बस अगाडि
हामी बीचको अस्पष्टता हटाऔं
सौन्दर्य कहाँ सीमामा बाँधिन्छन्
सुगन्ध कहाँ कैद हुन सक्छन्
समयको विस्तार कहाँ रोकिन्छन्
म सागर हुँ असीमित चौडा फैलावट
पानी पानी सिर्फ पानी
एक छेउबाट अर्को छेउ पुगेर
तिमी मेरा चौडाइलाई
सङकुचित परिभाषित गरिदिन खोज्छौ
लघुताभाष त मेरो मृत्यु हो !
आऊ, आउँदा
हत्केलामा कर्मका ठेला पारेर
तिमी श्रमका पसिना मग्मगाएर आऊ
सम्मानित पुरुषार्थ बनेर आऊ
आस्था विश्वासको धरोहर बनेर आऊ
तिम्रो आगमनमा
सम्मानले सहर्ष झुकुन यी नयन
आतुरिउन मेरा अभिलाषा
हतारिउन मेरा उत्कण्ठा
समर्पिउन मेरा अस्तित्व
एकाकार भएर
असीम तृप्तीका लागि, मोक्षका लागि
विभेद यहीँ छ
तिमी मात्र करणी चाहन्छौ
म समभोग
तिमी केवल तृप्ति चाहन्छौ
म मोक्ष
क्षणिक सहवासका लागि कसरी बिर्सुँ आफ्नो अस्तित्व
म शक्ति हुँ
म श्रृष्टि हुँ
म नारी हुँ ||

समा श्री
इजरायल