WHAT'S NEW?
Loading...

Chulachuli online Radio

Showing posts with label अनुभब र अनुभुति. Show all posts
Showing posts with label अनुभब र अनुभुति. Show all posts
 ऊ वैदेशिक रोजगारमा गयो । त्यसको केही महिनामै छिमेकी ठिटो उसको घरमा बारबार छिर्न थाल्यो । सानो-सानो बहानामा पुग्ने त्यसले उसकी श्रीमतीलाई फकाउने प्रयास गर्‍यो । ती महिला निस्किन लागेको थाहा पाएपछि गेटअघि मोटरसाइकलमा आइपुग्थ्यो । अनि भन्थ्यो, 'कता जाने भाउजू ? बस्नुहोस् म छोडिदिन्छु ।'
ती महिलाले उसको ननिको चाला बेलैमा बुझिसकेकी थिइन् । भन्थिन्, 'पर्दैन, पल्लो घरसम्म मात्र हो ।'
तैपनि कहिले के, कहिले के बहानामा सहयोग गर्न चाहन्थ्यो । सँगै लान खोज्थ्यो । उनी तर्किन्थिन् ।
एकदिन झमक्क साँझ परेको थियो । उनी बजारबाट र्फकंदै थिइन् । घर नजिकको गल्लीमा ऊ ढुकिरहेको रहेछ । देख्नासाथ उनी छड्किन खोजिन् ।
'भाउजू, कता पुगेर हौ यति ढिला ?' उसले सोध्यो ।
'कतै होइन', उनी हतार-हतार अघि बढ्न खोजिन् ।
'आज साँच्चै च्वाँक देखिनुभएको छ नि भाउजू ?' ऊ इत्रियो ।
उनी चुपचाप हिँडिन् ।
कट्न लाग्दा उसले हातमा च्याप्प समात्यो । र आफूतिर तान्न खोज्यो । फनक्क फर्किएर उनले अर्को हातले गालामा झाप्पु लाइन् । र भनिन्, 'आइन्दा बाटो ढुकिस् भने पुलिस बोलाएर पठाइदिन्छु ।'
गालो छाम्दै उसले कुलेलम ठोक्यो । उनी पनि घरतिर लागिन् ।
छ वर्षकी छोरी र तीन वर्षको छोरो थिए, उनका घरका साथी । त्यही रात कसैले झ्यालमा ढुंगा
हान्यो । डराई-डराई हेरिन्, केही देखिएन ।
भोलिपल्ट साँझ कतारबाट लोग्नेले फोन गर्‍यो, 'के हो, खुब नाठा खेलाउँछेस् रे नि ?'
'कसले भन्यो ?' उनी झ्वाँक्किइन् ।
दाम्पत्य झगडा गहिरियो । कारण- एउटा अज्ञात नामबाट उनको लोग्नलाई इमेल गएको रहेछ, 'म तपाईंको शुभचिन्तक हुँ । तपाईंकी श्रीमती अर्कैसँग दिनभरि घुम्छे । अब त राति पनि त्यही केटालाई ल्याएर घरमै सुताउन थालेकी छे । साँचो कुरा सुनाएकामा माफ गर्नुहोला ।'
'भन्, को हो त्यो ?' इमेलै सुनाएर एक दिन लोग्नेले सोधेछ ।
उनी छाँगाबाट खसेझैं भइन् । 'झूठो हो' भनेर प्रस्टीकरण दिँदा पनि लोग्नेले पत्याएन । फोनबाट तनाव दिन पनि छाडेन ।
केही दिनपछि मध्यराति पारेर ऊ कतारबाट
आयो । गेट नाघेर भित्र छिर्‍यो । श्रीमतीलाई परपुरुषसँग पक्रने सोचेर सिधै ढोका घचघच्याउन पुग्यो । तर उनी त बालबच्चासँग मात्र थिइन् । एउटा परीक्षामा हार्‍यो ऊ । तर शंका हटाउन सकेन । अर्को दिन श्रीमती नभएको मौकामा छोरा-छोरीलाई कोही मान्छे घर आउने/नआउनेबारे सोध्यो । उनीहरूको उत्तरले पनि उसले खोजेको चिज पाउन सकेन । र आफैं रन्थनिँदै गयो । झोक्राउन थाल्यो ।
उसले र मैले क्याम्पस सँगै पढेका थियौं । स्नातक पास गरेको ऊ देशमा जागिर नपाएपछि विदेश उडेको थियो । सहपाठीको घनिष्टता उपयोग गर्दै गत बिहीबार उसले आपmनो समस्या अप्ठ्यारो मानी-मानी मलाई सुनायो ।
'तिम्रो इमेल एड्रेस कतिलाई थाहा थियो ?' मैले सोधेँ ।
उसले सीमित संख्या सम्झ्यो, तर मलाई नाम भनेन ।
मैले सल्लाह दिएँ, 'पहिला इमेल पठाउने मान्छे पत्ता लगाऊ ।'
ऊ राजी भयो । मैले एक प्रहरी अधिकृतसँग कुरा गरइदिएँ । इन्टरनेटको आईपी एड्रेसबाट एक घन्टामै पत्ता लाग्यो, 'इमेल त्यही छिमेकी घरबाट गएको रहेछ ।'
अनि पो श्रीमतीले उसको कुकृत्य प्रयास र आफूले झाप्पु लाएको घटना सुनाइछिन् । उनीहरूको सम्बन्ध पुनः सुमधुर भयो ।
'त्यसलाई के गरौं ?' उसले शुक्रबार सोध्यो ।
'साइबर अपराधमा मुद्दा लाइदेऊ', मैले भनेंँ ।
ऊ अनकनायो, 'यो कुरो बाहिर आउँदा कतै हाम्रै बेइज्जत त हुने होइन ?'
अन्योलग्रस्त उसले हिजो पनि फोन गर्‍यो, 'यार, म के गरुँ ?'
उसले जे गरोस् । मलाईचाहिँ लाग्यो- समस्या यो सानो होइन । वैदेशिक रोजगारको बढ्दो लर्कोसँगै हाम्रो देशमा विभिन्न खाले सामाजिक समस्या उब्जिएका
छन् । तीमध्ये मुख्य बनिरहेको छ- पारिवारिक खटपट । कति विदेशमै घरजम गरेर अड्किएका छन् । कतिका परिवार यता भत्किएका छन् । कतिमा मनोवैज्ञानिक समस्या छ । दुवैतर्फ शंकैशंकामा दिनहरू बित्दा छन् । त्यही बहानामा झगडा बढेका छन् । कटुता थपिएका छन् । सुमधुर वैवाविक सम्बन्ध धराशायी हुँदाछन् ।
समाजमा खोज्दै जानुभयो भने यस्ता पात्रसमेत अचेल पाउनुहुनेछ, जो एक्लै बसेका महिलाका पछि लागिरहेका हुन्छन् । त्यस्तैका खोजीमा भौँतारिइरहेका हुन्छन् । बाटा-बाटामा बोलाइदिन्छन् । सार्वजनिक ठाउँमा गफ गर्न खोज्छन् । त्यही दृश्य ती महिलाका नन्द/आमाजू, देउरानी/जेठानी आदिले सुराकी गरिरहेका हुन्छन् । तत्काल डायल गरेर विदेशमा सुनाइदिन्छन् । ठूलो कारणै चाहिँदैन- सम्बन्ध सकेसम्म सकिन्छ । नभए धराप अवश्य हुन्छ ।
खासमा भन्नुपर्दा वैदेशिक रोजगारका सबैभन्दा पीडित महिला भइरहेका छन् । छोडेर हिँड्नेका उदाहरण दिएर इमानदारहरूमाथि प्रश्न उठाउने पतिहरू प्रशस्त छन्, अचेल । पुरुष पलायन हुँदा पनि घरमा महिला छन् र घर चलेका छन् । समाज बँचेका छन् । जिन्दगीमा नछोएको हलो महिलाले जोत्नुपर्ने दिन आएको छ । परम्पराले नजाऊ भनेको मलाममा अब महिलैमात्र हुनथालेका छन् । मेला-पर्व उनीहरूले नै धानेका छन् । हाट-बजार भ्याएका छन् । गाउँका भेला र कचहरीमा उनीहरू नै अघि सरेका छन् । ती सारा भार काँधमा बोकेर हिँडडुल गर्दा लोग्नेले उल्टै सोधिदिन्छन्, 'दिनभरि कोसँग कहाँ गएकी थिइस् ?'
शंका र गडबडीका स्रोतचाहिँ पुरुषहरू हुन् । किनकि श्रीमतीको भर्भराउँदो बैंस छाडेर उनीहरू नै परदेशिएका छन् !

   निन्छ ‘प्रेरणाले गर्दा सफलता पाउन सकिन्छ । प्रेरणाले जिन्दगीलाई नै सार्थक बनाई दिन्छ ।’ यसलाई सवैले मान्न सक्यो भने सफलता अवश्य हात पर्छ । यसैको उदाहरण बनेका छन इलामका अशोक वान्तवा । माध्यमिक तहसम्मको शिक्षा गाउँमा पूरा गरेर उच्च शिक्षा हासिल गर्न २०५७ सालमा इलाम सदरमुकाम छिरेका इलाम जिर्मले ५ स्थित रम्भ्याङ्ग गाउँका अशोक बान्तवा हाल सरकारी सेवामा प्रवेश गरेका छन । निजामती सेवामा प्रवेशअघि उनले धेरै क्षेत्रमा कामहरु गरे, राज्यको चौथो अंग भनिने पत्रकारितामार्फत समेत संघर्ष गरे । उच्च शिक्षा अध्ययन गर्न सदरमुकाम आएपछि अध्ययनसँगै केही काम गर्ने रहर उनमा जाग्यो । गाउँभन्दा अलि फराकिलो वातावरण पाएपछि २०५७ सालमा स्थानीय सूत्रधारश्री साप्ताहिक पत्रिकाबाट पत्रकारिता थाले उनले । पत्रकारिता, अध्ययन र साथीसंगतबाट अन्य जिम्मेवारी पनि पाउँदै गए ।

विले कविता लेख्छन् । गीतकारले गीत रचना गर्छन् । यो
सामान्य कुरा हो । तर मेरो जीवनमा उल्टोपनि भएको छ । मेरा कविता र गीतले मलाई लेखेका छन् । मेरो जीवनको दिशानिर्देश गरेका छन् । मेरा माता–पिता खेती र कृषिजन्य ब्यापारको सिलसिलामा विराटनगर बस्नुहुन्थ्यो । अध्ययनका लागि मलाई धरान पठाइयो । त्यसैले छुट्टीमा
आक्कल–झुक्कल बाबु–आमासित भेट भएपनि मेरो अधिकाँश बाल्यकाल धरानमै बित्यो । बाबु-आमासित छुट्टिएर बस्नुपरेकाले मेरो स्वभाव अलि एकोहोरो र भावुक हुँदै गयो ।

तिनताका जातपात, छुवाछुत ब्याप्त थियो । ‘तल्लो वर्ग’का गरिबहरु विभिन्न प्रकारको शोषण, उत्पीडन र अन्याय सहन बाध्य थिए । नारी जाति चर्को बुहार्तन, भेदभाव र बन्धनमा जकडिएका थिए । आफूपनि अपहेलित र उपेक्षित अनुभव गरिरहेको मेरो बालमस्तिष्कमा यसको प्रभाव पर्नु स्वभाविकै थियो । फेरि धरान त्यसबेला बामपन्थीहरुको गढ मानिन्थ्यो । स्कुलमा पढ्ने विद्यार्थीहरुलाई बामपन्थी कार्यकर्ताहरु भूमिगतरुपमा प्रगतिशील शिक्षा र तालिम दिने गर्दथे । केही समय मैले पनि यस्ता तालिमहरुमा भाग लिएको थिएँ ।

सुरुदेखि आजसम्मका मेरा रचनाहरुको विश्लेषण गर्ने हो भने आममान्छेको भोगाइ, अनुभूति र जीवनलाई नै मैले वाणी दिने प्रयास गर्दै आएको स्पष्ट हुन्छ । आममान्छेको सुख–दुःखलाई आममान्छेले बोल्ने भाषामा अभिव्यक्त गर्दै आएको छु । समाजमा विद्यमान बेथिति–विकृतिमाथि प्रहार गर्दै आएको छु ।

तिनताका काठमाडौंबाहिरका विद्यार्थीहरु उच्च शिक्षाका लागि भारत जाने गर्दथे । हाम्रो परिवारमा धेरै पुस्तादेखि ‘काशीबास’ गर्ने परम्परा भएकाले मेरा काका र दाई सबैले बनारसबाटै उच्च शिक्षा हासिल गरेका थिए ।

सानो छँदा आमाको मुखबाट सुनेका कविताका सर्जकहरुको दर्शन गर्ने उत्कृट अभिलाशा मेरो मनमा भएकाले २०१३ सालमा एसएलसी पास गरेपछि अग्रजहरुको दबाबविरुद्ध निकै ठूलो संघर्ष गरेर म उच्च अध्ययनका लागि काठमाडौं आएँ । कविताले मलाई काठमाडौं ल्यायो । वास्तवमा त्यसबेला मेरो मनमा रेडियोमा गीत गाउँछु भन्ने थियो । धोको पनि ।

त्यसबेलाका चर्चित गीतकार माधवखनाल‘भावुक’को सिफारिसपत्र बोकेर आएको थिएँ । तर काठमाडौंका गोष्ठीहरुमा लेखनाथ, देवकोटा, सम, सिद्धिचरणदेखि लिएर विजय मल्ल, भूपी शेरचन, भीमदर्शन रोकाजस्ता कविहरुको कविता सुनेपछि म मन्त्रमुग्ध भएँ । गीत गाउने, लेख्ने कुरालाई चटक्क छोडेर म कविता लेखनमा केन्द्रित भएँ ।

त्रिचन्द्र कलेजबाट निस्कने ज्योति पत्रिकाको आयोजनामा २०१४ सालमा भएको अन्तर कलेज साहित्य प्रतियोगितामा मेरो ‘मायाको प्रदेश’कविता पुरस्कृत भयो । मैले पहिलोपटक राजा महेन्द्रको हातबाट पदक तथा प्रमाणपत्र प्राप्त गरें । त्यसपछि मेरा कविताहरुले काठमाडौंका पत्रपत्रिकामा स्थान पाउन थाले । गोष्ठीहरुमा मलाई पनि बोलाउन थालियो ।

त्रिचन्द्र कलेजबाट वाणिज्य शास्त्रमा स्नातक गरेपछि मैले बनारस विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए पास गरेँ । यसैबीच, २०१९ सालमा मेरो पहिलो कवितासंग्रह ‘ज्वारभाटा’ बनारसबाट प्रकाशित भयो । परीक्षापास गरेर बसेकै बेला मैले नेपाल साहित्य संस्थानको तत्वावधानमा २०२० सालमा काठमाडौंमा हुन लागेको बृहत राष्ट्रव्यापी साहित्य सम्मेलनमा कोशी अञ्चलबाट भाग लिने मौका पाएँ । सम्मेलनको समापनमा राष्ट्रिय नाचघरमा भएको कविगोष्ठीमा मैले सुनाएको ‘मान्छेहरु भन्छन्’कविता निकै चर्चित भयो ।

बालकृष्ण सम, माधव घिमिरे, विजय मल्ललगायत अन्य कविहरुका साथ मैले पनि तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति राजा महेन्द्रबाट एकेडेमी पदक प्राप्त गरें । अन्य पुरस्कृत कविहरुका साथ मैलेपनि पहिलोपल्ट ‘बेलायती बैठक’मा राजा महेन्द्रसित प्रत्यक्ष रुपमा कुरा गर्ने अवसर पाएँ ।

‘मायाको प्रदेश’ र ‘मान्छेहरु भन्छन्’ यी दुबै कविता मेरो पहिलो कवितासंग्रह ‘ज्वारभाटा’मा संग्रहित छन् ।