WHAT'S NEW?
Loading...

Chulachuli online Radio

Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts
पारिजात
चुँडालेर बन्धनबाट  आँप, बेल र पिपलको पातहरूका
एउटी विवश बेहुलीको चाहनाजस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको बिरुवा होइन मुक्ति
ज्युँदो मान्छेको मुटु ज्युँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्दैन
एउटाले अर्कोलाई मार्नैपर्छ यसो गर्नलाई
तथापि, होस् गर्नू– त्यो मुटु मृतकको मुटु हुनेछ ।

मण्डपभित्र मन्त्रहरूले कति दिन
छलाउन सक्छ मुक्तिलाई
के हो र मन्त्र मुक्तिको निम्ति ?
लात्ते भकुन्डो होइन मुक्ति
भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति
होस् गर्नुपर्छ यस्तो सोच्नलाई ।
मुक्ति साङ्लामा बाँधिइन सक्ने वस्तु होइन
आकाशभरि पहिलेबाटै
तैनाथ गरेर छरिता बाजाहरूको जमातमा
उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा
शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष
होस् गर्नू– विडम्बना हुनेछ लुम्बिनी र शान्तिक्षेत्र ।
काँक्रा र फर्सीका बीउजस्तो
पट्पट् फुटेर समयानुकूल माटो र ऋतुमा
झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर
मुक्तिका चाहनाहरू
चुँडालेर कथित् बलियो बन्धनबाट
आँप, बेल र पिपलका रंगीचंगी पातहरूको ।

होस् गर्नुपर्छ यतिखेर
निर्धाका मुटु निचोर्नेहरूले
शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन्
एकपछि अर्को लस्कर लागेर ।

(एक)
आधारभूत आवश्यकताहरुले
जिन्दगीलाई
जवरजस्ती बलत्कार गरेपछि
गर्भिणी जिन्दगीले
जन्माउछ थुप्रै निरोगि अभावहरु
ओ 'कवि ज्यू'
ब्राण्डेट आभावहरु उत्पादन गर्ने
जिन्दगी मसिन हो?
दजनौ इच्छाहरु छोपेर
बषौ-बर्षदेखी झुण्डिरहेको अभावका जिर्ण पर्दाहरु
हँन अझै किन च्यातिदैनन् हँ?
सोध्न मन लागेकोछ
'बिल गेट्स' काकालाई
पैसाको अभाव कहिल्यै हुदैन हो?
जसरी मसँग अभावहरुको अभाव कहिल्यै हुदैन
तर जहिल्यै समयको अभाव हुन्छ
हामी दुवैलाई|
(दुई)
हौ लुङ्गा!
लु यस्को उपाय सिक बताईदिनु पर्यो
अगेनाको तातो आगो
भुल्टुङको चिसो पानीले
निभाईदिए जस्तै
शुन्दरीहरुको(बादरनी) घमण्डको आगो
के ले निभाउनु हौ?
शौन्दर्यले
यौटी रुपवती तरीणीको चेहेरा
जसरी बल्छ नि!
हो त्यसरी नै उसको मानसिकता
उभित्र घमण्ले
दनदनी बल्दोरहेछ
स्त्रीको शौन्दर्य बढाउछ?
नग्नताले
जसरी फूलको शौन्दर्य बढाउछ बासनाले
ओ 'सन्नी लिओन'
तिम्रो कामुकताको आगोले
मेरो मन
जति पोल्छ नि!
तिम्रो कृतिम शुन्दरताको आगोले
त्यतिनै किन पोल्दैन हँ?
तिम्रो छातीको उच्च पहाडहरु जस्तै
संसारभरी उच्च छ
तिम्रो ख्याती
तिमी कुनै भुसतिग्रेसँग लिन भैरहेको बेला
सेलफ़ोन-ल्पटपमा
दुनियाँ तिमीसँग लिन भैरहेको हुन्छ
तिमीसँग के पो छैन र!
बैश छ
प्रयाप्त ऍष छ
र थुप्रे भुसतिग्रेहरुलाई सन्तुष्ट पार्ने सामार्थ्य छ
तिमीसँग सबथोक छ
र पनि
तिमीसँग अलिकति लाजको कत्रो अभाव छ| 
सुवास राई राग 
चुलाचुली  - ७ इलाम 

म साँच्चै दया लाग्दो छु ?
मेरो साथीको नजरमा
त्यस्तो लाग्छु रे
‘भविष्य बन्छ त
आर्थिक सुध्रिन्छ त
यदि हुन्छ भने
तँ आफ्नै
लक्ष्यमा निरन्तरता दे
हैन् भने सोच
आवश्यकता पैसा नै हो ।
बाँकी उमेर
बाँकी समय संगै
जान लाग्यो
बैंशालु मन
बाँच्नको लागि
के छ ?
वैकल्पित पेशा ?
कि म सोच्दछु ,
तैले दया लाग्दो
जीवन बाचिरहको छस् ।’
पुनःम सोच्दछु
जीवन कस्तो हुनुपर्दछ ?
बाँच्नको लागि के–के किन गर्नु पर्दछ ?
तर

एउटै मात्र सोच्दछु
कि म किन मान्छे भइन ?
मान्छे ले त खानुको लागि परिश्रम गर्छ ।
धन्य श्वास मैले फेर्नु पदैन
साथी
त्यसैले

मान्छे हैन् मानिस हुँ !
श्वास र मस्तिष्कको समय अवधि भित्र
मन ले आदेश गरेको कर्म मात्र गर्छु
शब्द र अक्षरको सौन्दर्य आम्दानी दिने सा्रेत हैन
जहाँ म मज्जा संग जीवन खोज्न सक्दछु
यसमा
तिमले कसरी
देखेउ
कि
म दुःख र दया लाग्दो
जीवन बाँचिरहेको छु ?
– चेतन डर चुलाचुली - इलाम 

म नारी तिमी पुरुष
उही श्रृष्टिका रचना
तात्विक भिन्नता छैन
शाब्दिक भिन्नता पनि छैन
केही सोचका उपजहरु
हामी बीच बलिया पर्खाल भएका छन्
त्यसैले आऊ
बस अगाडि
हामी बीचको अस्पष्टता हटाऔं
सौन्दर्य कहाँ सीमामा बाँधिन्छन्
सुगन्ध कहाँ कैद हुन सक्छन्
समयको विस्तार कहाँ रोकिन्छन्
म सागर हुँ असीमित चौडा फैलावट
पानी पानी सिर्फ पानी
एक छेउबाट अर्को छेउ पुगेर
तिमी मेरा चौडाइलाई
सङकुचित परिभाषित गरिदिन खोज्छौ
लघुताभाष त मेरो मृत्यु हो !
आऊ, आउँदा
हत्केलामा कर्मका ठेला पारेर
तिमी श्रमका पसिना मग्मगाएर आऊ
सम्मानित पुरुषार्थ बनेर आऊ
आस्था विश्वासको धरोहर बनेर आऊ
तिम्रो आगमनमा
सम्मानले सहर्ष झुकुन यी नयन
आतुरिउन मेरा अभिलाषा
हतारिउन मेरा उत्कण्ठा
समर्पिउन मेरा अस्तित्व
एकाकार भएर
असीम तृप्तीका लागि, मोक्षका लागि
विभेद यहीँ छ
तिमी मात्र करणी चाहन्छौ
म समभोग
तिमी केवल तृप्ति चाहन्छौ
म मोक्ष
क्षणिक सहवासका लागि कसरी बिर्सुँ आफ्नो अस्तित्व
म शक्ति हुँ
म श्रृष्टि हुँ
म नारी हुँ ||

समा श्री
इजरायल
खल्ती भरि कार्यक्रमका VIP र VVIP टिकटहरु छन
सहयोगका रसिदहरु उतिनै छन्
बोलकबोलको भाखा नाघेको
महिनौं भइसक्यो
संघसंस्थाको बहिखातामा
थाहा छैन आफैलाई
कहिले सम्ममा फर्छौट गर्नु पर्ने हो
यो कंक्रिटको शहरको
उधारो जिन्दगी ।

झोला भरि
आफन्त कलाकारहरूले पठाएका कोशेली
सि.डि. एल्बमहरु छन्
कवि लेखकहरूले सम्झि पठाएका
पुस्तकहरूको थाक अझ बढदैछ
लेबिले ढाड खत्रक्कै भाचिसक्यो
थाहा छैन आफैलाई
कहिले सम्ममा चुक्ता गर्नु पर्ने हो
यो कंक्रिटको शहरको
उधारो जिन्दगी ।
घरमा श्रीमति र छोराछोरीको
आ–आफ्नै मागहरु छन्
नेपाल बस्ने बुढा आमा बाबाको
सपनाको रास त्यसै लडिरहेछन्
साथीभाईहरुको गुनासो
फेसबुक र भाइबरको म्यासेन्जरमा
त्यसै थाक लागिरहेछन्
थाहा छैन आफैलाई
कहिले सम्ममा सम्बोधन गर्नु पर्ने हो
यो कंक्रिटको शहरको
उधारो जिन्दगी ।

 अर्ति 

आफ्नै हृदयको मसीले
आफ्नो हक लेख्न
संविधानसभामा पुगेपछि
गर्वले कोटको खल्तीमाथि खिलेको
सभासद्को फुली झर्ने गरी
जब सोठ्यायो सत्ताको लौरोले
छिनमै रिसले फुल्दै
छिनमै निराशाले खुम्चदै
डेरा फर्केको सभासद् नातिलाई
हजुरबा लालविर विश्वकर्माले काँधमा थपथपाए
र, भने–
‘हेर् नाति !
यिनीहरुको खप्परभित्र
जुन सिनो गिदी छ
त्यसको कुहिगन्ध मैलेजति
कसले सहेको होला र ?

दिनदिनै बढिरहेको दुःखको घारी
उस्सै छोडेर
हामी जिन्दगीभर हिड्यौं
सालघारीमा गोल पोल्न
र, सुकाएर आफ्नो रगत गोलको रापमा
पगालीरह्यौं यिनीहरुकै हृदयजत्तिकै कठोर फलाम
बजारिरह्यौं घन
र, बनाइदियौं यिनीहरुकै लागि हतियार
आफ्नै भविष्यको धार भुत्ते छोडेर
अर्चापिरह्यौं तिनै हतियार ।

हतियारको बलमा भए शक्तिशाली
र, घन बजारीरहेछन् हाम्रो टाउकोमा,
हतियारकै धारले धारिला भए
र, रेटिरहेका छन् मानवताको घाँटी ।

राम्ररी थाहा छ यिनीहरुलाई
हामीले छोएपछि पानी
कसरी पाइन बनेर चढ्छ हतियारमा
र, बन्छ धारिलो
त्यसैले दिदैनन् पानी छुन ।

यिनीहरुले देखेका छन्
हामीले चलाएपछि खलाँती
कसरी पाउँछ कोइलाले आगोको जीवन
पग्लन्छ फलाम,
र, बन्छ हतियार
जसलाई चलाउने पहिलो शिल्पी
हामी नै हौं
हामीसँगमात्रै छ त्यसलाई चलाउने अब्बल सीप
त्यसैले पस्न नदिएका हुन्
हतियार लुकाइएका यिनका चोटाकोठा ।

तेरो बा बुझ्दै थियो यो कुरा
तर, के सहन्थे
सिध्याइदिए उसलाई हामीले नै बनाएको हतियारले
अब तैंले कुरा बुझेको
पटक्कै चित्त परेको छैन यिनीहरुलाई
अझ तेरो कुरा दुनियाँले बुझेको त
किन पो सहन्थे र ?
होस गर्नुपर्छ है नाति
हामीले अब खुब होस गर्नुपर्छ ।

तँलाई हुर्काउन मलाई
कम्ति सकस परेन
अब त तैंले पनि हुर्काउनुपर्नेछ
एउटा कलिलो भविष्यलाई ।

पुरानो आरन
जिजुबाजेकै पालादेखिको छँदैछ
जसले गालिहाल्छ फलाम
नयाँ आरन
तैंले आर्जेको छँदैछस्
जसले बालिहाल्छ विचारको आगो ।

सुन् नाति,
हामीले हाम्रै लागि हतियार बनाउने बेला भइसक्यो
अब त अबेर पो भइसक्यो’

हजुरबाको अर्ति सुनेको भोलिपल्टैदेखि
नाति सडकमा कोट फुकालेर आएको छ
हजुरबा आरनमा व्यस्त छन् ।

 कला अनुरागी 

जूनको एक टुक्राले
धरतीमा अवरण गरेपश्चात्
लुम्बिनीको बाटो गरेर
पछ्याइहिँडेको छु भेट्न
आफैँसँग अलिकति माटो र देश बोकेर
सगरमाथा चिनाउने लक्ष्यमा ।
गनघोर काँडाहरुको जंगलबाट
एउटा भव्य सुन्दर फूल मन्दिरको खोजीमा
निरन्तर–निरन्तर हिँडिरहेछ
सुनसान रातको अँध्यारो चिर्ने साहसका साथ
पिल्पीले बत्ती बालेर जुनकिरीले
फूललाई बाटो चिनाउने उद्देश्यमा छ
जसरी शरीरका नसाहरुमा
कर्णाली बगिहिँडोस् देश खोज्न
फर्काउन सुस्ता कालापानी ।
यी उज्यालो बाँढ्ने जुनकिरीहरु
किन संगठित बन्न सकेका छैनन् ?
एक हुल मान्छेहरु
शिकारको लालचामा फँसेर
आकाशमा दौडिरहेका परेवा
जमिनतिर झार्न लल्लिन छन्
जंगेपिल्लर हराउनुसँग कुनै पर्वाह छैन
बरु, रातारात
सिङ्गो नेपाल सिर्जना गर्ने
महान् शालिकहरु ढालेर
जबरजस्ती व्यक्तिवादी मनोवृत्ति रोप्न खोज्छन् ।
कहिले फूल चोर्छन्
त कहिले जून चोर्छन्
उज्यालो बाँढ्ने जुनकिरीका लासहरु
बेपर्वाह ढलिरहेछन् ।
साँझ भेट्न हिँडेको घामलाई
मूलबाटो छेकेर सोधेको छु–
दिनदहाडै किन छायाँहरु हराउन थालेका छन् ?
उड्दै गरेको बादललाई
एकक्षण उभ्याएर सोधेको छु–
के तिमीले देख्यौ,
फूललाई निचोरेर लगेको रगत पिउनेहरु ?
कसले भनेको छैन–
यी शासकहरुले
जुनकिरीको छातीमा परेड खेलेनन् भनेर ?
कविता - "ओ बाहुनी" 

ओ बाहुनी!
तेरो र मेरो जात मिल्दैन
ओ बाहुनी!
तेरो र मेरो धर्म मिल्दैन
रुपरङ्ग र कद पनि मिल्दैन
तर इ हेर त-
तेरो र मेरो मन कत्ती मिलेको?
इतिहासमा
तेरो इतिहासको चुच्चो नाकले
मेरो नेप्टो इतिहासलाइ घोच्यो होला
समयको पिरामिड अग्लिदै जादा
मेरो चिम्से आखाले
हामीलाई नसोध्नुहोस
आफन्त गुमाउँदाको पीडा कस्तो हुन्छ ?
आँखाबाट चस्मा उतार्नुहोस ।
यतिबेला–
हामी मरे–मरेजस्तो देखिन्छौं
हजुरको एसएलआर क्यामेराले कैद गर्नुहोस
हाम्रा मोटा मोटा आँसुहरू
सुन्नुहोस… !
रुँदारुँदै थाकेका आँखाले के भन्छन ?
तपाईंहरू–
छाप हानेका पाल ल्याउनुहोस
चाउचाउ, चिउरा र पानी
केही प्याकेट नुन, बिस्कुट
वा दुई मुठ्ठी काँटी
तर…..
राहत बाँडें भनेर हाम्रो तस्बिर नलिनुहोस है !
आहत बनाउँछ ।
मलाई थाहा छ
अब तपाईंले सोध्नुहुन्छ–
‘भूकम्पमा के–के पुरिए ?’
टिप्नुस–
–घर
–गोठ
–केही गाईभैंसी, बाख्रा र कुखुराहरू
–मेहनत, पसिना अनि जिन्दगीभरको कमाइ ।
क्यामेरा मैतिरै तेर्सिंदैछन
कसरी भनुँ ?
लोग्नेसँगै पुरियो सिन्दुर
बच्चासँगै ममता
आफन्तसँगै आफ्नोपन
कोही धरहरामा पुरिए
अब के भनुँ ?
‘खोइ मेरो किताब
खोइ मेरो पेन्सिल
स्कुल ब्याग, टिफीन बक्स ?
खोइ मेरो स्कुल ?’
यस्तै सोध्छ सानो छोरा
मध्यरातमा झस्कन्छ, ब्युँझेर फेरि सोध्छ–
‘आमा भुइँचालो आको हो ?’
त्यसैले उसलाई चाहिँ नसोध्नुहोस
‘बाबु ! भुइँचालो कस्तो लाग्यो ?’
ऊ परदेशीहरू आए ।
सायद आफ्नी आमालाई खोजेको हुनुपर्छ
राम ! राम !
उनीहरूले भेट्नेछन
आमाको बदलामा उनको रातो पछ्यौरी
मौका छोपेर सोध्नुहोस तिनलाई
रुदैं सुनाउनेछन
पछ्यौरीमा बुनिएका आमाका यादहरू
यो पीडाका दलदलमा फसेका बेला
तपाईं सोध्नुहुन्छ– साहस
उः त्यो नांगिएको रुख देख्नुहुन्छ ?
त्यसले गुमाएको छ हाँगा र पातहरू
हाँगामा गुँड लाएर बसेका
एक जोडी माउ चरा र बच्चाहरू
तैपनि, उभिएको छ त्यो अटल
हो, म त्यै रुख बन्छु ।
थाहा छैन….
यो समयले दिएको पीडागीतको बदलामा
कहिले फिर्ता होलान हाम्रा अमूल्य मुस्कान ?
यतिबेला–
छाती भर्भराएको छ
आँखा फर्फराएको छ
आँत सुकेको छ
सास रुकेको छ
कृपया अब नसोध्नुहोस–
‘तपाईंलाई कस्तो अनुभव भइरहेको छ ?’
दीपज्योति थापा 
कहाँ आयो र भुइँचालो ?
तिमी भन्छौ– आयो, आयो
भुइँचालो आयो !
खाटमा/निद्रामा
बाथरुममा/भान्सामा
अफिसमा/क्यान्टिनमा
तिमी निकै ठूलो भ्रम चिच्याइरहेछौ–
भुइँचालो आयो, भुइँचालो… !

ए ! बेवकुफ हल्लाहरू
कहाँ आयो र ! खोइ भुइँचालो ?
उः भत्केको छैन त विभेदको गौरीशङ्कर
ढलेको छैन शोषणको पहाड
अत्याचारको केन्द्र सग्लै छ– बेनाम दरबार
भ्रष्टाचारका कीर्ते धरहराहरू दुरुस्तै छन्
उसरी नै हाँसिरहेकै छ उपल्लो वर्गको सन्झ्याल !
हजारौं करङको राजमार्ग बनाएर
कुदिरहेका सत्ताका कार्गेडहरू रोकिएका छैनन्
नाराको हाइटेन्सन लाइन छोएर असन्तुलित
राजनीतिको निर्मम परेड बन्द भएको छैन
भुइँचालो आएको हुन्थ्यो त–
भत्किनुपर्थ्याे अमानवताका महलहरू
भग्नावशेष हुनुपर्थ्याे मक्किएको व्यवस्था
कतै पुरिनुपर्थ्याे कालो इतिहास
सोत्तर हुनुपर्थ्याे नागरिकका यातना–शिविरहरू !
(किन पहिरो गएन त–
आमाको उजाड दुःखको निधारमा
र किन थुनिएन उनको आँसुको कालीगण्डकी–मुहान ?
किन धरापमा परेन त–
बाबाको छातीमा गाढिएको ऐतिहासिक शूल
र किन रोकिएन त्यो हृदयको विषादको लय ?
किन अवरुद्ध भएन त–
मेरो दुर्भाग्यको अन्तर्राष्ट्रिय विमानस्थल
र किन रद्द भएन सपनाहरूको खाडी–उडान ?
किन पहिचान भएन त–
तेस्रो मुलुक बेचिएकी बैनीको फरिया
र, किन उद्वार भएन
भूगर्भजस्तो उनको पेटमा फसेको राष्ट्रियताको )
कतै चर्किएन त वर्णव्यवस्थाको कारागार
एकै बित्ता घटेन नाकथुम्के डाँडाको उचाइ
एकै मिटर उठेनन् चिम्सा भू–भागहरू
पृथ्वीनारायणको ‘इन्डेक्स औंला’ तीन मिटर दक्षिण पनि सरेन
मच्चिएन दमनकारी राज्यको फुँडो लिङ्गो
पछारिएन नर्कको उपत्यका छिर्ने द्वार
सुदूर जनताका सपनाका फराकिला फाँटहरूमा
खुसीको कम्पन महसुसै भएन
मेटिएनन् असमानताका जीपिएस केन्द्रहरू
तर, तिमी कसरी भन्छौ–
भुइँचालो आएकै हो ?
भुइँचालो आउँथ्यो त–
कुर्सी खरिद–बिक्रीको लाइसेन्स पाएको
त्यो पुरानो सत्ताको पसल धूलोमा मिसिनुपर्थ्याे
धमिराले गुँड बनाउने
त्यो संसद् सचिवालय खण्डहर हुनुपर्थ्याे
राहत बोकेर घन्टाघरको लङ्गडो समय
पर कतै
पूर्व–पश्चिम, उत्तर–दक्षिण पुगिसक्नुपर्थ्याे !
तर, हुनुपर्ने केही भएन
आठ/दश हजार गरिब मरे
दुई/चार हजार माटोका मालिक बस्ती शरणार्थी भए
दुई/चार लाख पौरखका घरहरू लडे
निरीहता हार्यो
इमान पछारियो
दुई/चार सय विषादका पराकम्पन
देशको मुटुभरि सलबलाए !
ढल्दै ढलेन त–
अकुत सम्पत्तिका गगनभिल्लाहरू
ठेकेदारका विलास–बङ्गालाहरू
अन्तर्राष्ट्रिय एजेन्टका चेम्बरहरू
पुँजीवादको अजङको होर्डिङबोर्ड उभिएको घर
हल्लिनसम्म हल्लिएन–
गरिबको रगत बिक्री हुने मदिरालय
मानवताको खुलेआम चिरहरण हुने वेश्यालय
निरीहमाथि लादिने संविधानको तासमहल !
अँह, अझै आइपुगेकै छैन
आउनुपर्ने भुइँचालो त !
ए ! बेवकुफ हल्लाहरू
अब तिमी टड्कारो भ्रम चिच्याउन बन्द गर !
|| राजेन्द्र तारकिणी ||

तिमीलाई सम्झेर कबिता लेख्नु को मज्जा नसोध
तिमीलाई कल्पेर गजल कोर्नुको मज्जा नसोध
नसोध तिमी कविताका भाब
नसोध गजलका शेरहरु
जो तिमीमा समर्पित छन
जो तिमीमा समाहित छन
जो तिमी द्वारा श्रिङ्गारिक छन
जो तिमि द्वारा पूर्ण छन
हो,मेरा हरेक रचनाहरु
मेरा हरेक सिर्जनाहरु
तिमि बाटै सुरु हुन्छन
तिमि बाटै अन्त्य पनि ………
जसरी लाखौ फूलहरुको सुगन्ध,
पवन बाट छुट्याउन सकिन्न
जसरी आकाश बाट ,
घाम जून हटाउन सकिन्न
जसरि खोला बाट बगर
लुकाउन सकिन्न
त्यसरी नै…………
हो,त्यसरी नै,
मेरा हरेक शब्दमा तिमी हुने गर्छौ
मेरा हरेक वाक्यमा तिमी हुने गर्छौ
मेरा हरेक कबितामा तिमी हुने गर्छु
मेरा हरेक शेरहरुमा तिमि हुने गर्छौ
मेरा हरेक प्रणील भावमा तिमि हुने गर्छौ
किन कि,………
हो,मेरा हरेक रचनाहरु
मेरा हरेक सिर्जनाहरु
तिमि बाटै सुरु हुन्छन
तिमि बाटै अन्त्य पनि ………
जसरी कमलका पत्रदलहरु
दह माथी तैरिरहेका हुन्छन
जसरि झरनाका अनियन्त्रि बेगहरु
चट्टान माथी खुशी-खुशी पोखीरहेका हुन्छन
जसरी मिर्मिरेमा हरेक दुबोका टुप्पाहरुले
प्रभातकालीन शीतका कणहरु बोकी रहेका हुन्छन
त्यसरी नै,
हो!त्यसरी नै ……
तिम्रा प्रेमिल बातहरु कवितामा तैरिरहेका हुन्छन
तिम्रा दुख पीडाहरु गजलका शेरहरुले बोकिरहेका हुन्छन
तिम्रा यादहरु शब्द-शब्दहरुले बोलि रहेका हुन्छन……
किन,कि………
हो,मेरा हरेक रचनाहरु
मेरा हरेक सिर्जनाहरु
तिमि बाटै सुरु हुन्छन
तिमि बाटै अन्त्य पनि ………
कल्पना राई"खुशी"
दोलखा, नेपाल
हाल : दक्षिण कोरिया


पढेको थिएँ इतिहास।
सुनेको थिएँ किंवदन्ती।
रचेका अनेक कथाहरू,
जाहाँ माटो जोडेर, गोडेर अनि सिन्चेर
साम्राज्य स्थापित गरेका थिए।
हो त्यही साम्राज्य बनेको माटो फूल्यो।
पुर्खाको नासो हो त्यो पश्चिम फाँटहरू।
कुनै इतिहासमा समेट्नु अगावै
टुक्रेका ति दिशाहरू, स्तुपाहरू,
कलकल बगेर भूमी त्याग्ने नदी नालाहरू
मलाई खास लाग्दैन।
टुक्रेर अजर अमर बन्न सक्दैन
त्यहाँ पुर्खाले पसिना दिएर गएका थिए
सायद त्यही पसिनाले सराप दिने छ।
त्यो काल ओगेल्ने छ
अनि आफ्नै साम्राज्य तहसनहस भएर
फेरी माटो फूल्ने छ।
अब त त्यो भूमी
मुखमा सियोले धागो
उनिएर छोड़े जस्तो लाग्छ
तर आँखाले हेर्न खोज्दा,
पाउहरूले टेक्न खोज्दा,
मलाई विदेशी भन्ने छ।
तब मेरो मन मुटुमा
भुईचालो नै जाँदो हो.....
अन्न फल्ने बारीमा
हिरा मोती त पक्कै फल्नेछैन
फले पनि बाँदर, दूम्सी, मृग, चौँरी आदी
जनावरको आहारा होला
तर मलिलो माटोमा
सुन्तला, अलैँची, अम्बा, अनारस,
आरू, काँक्रा, कोदो, धान, मकै.. धेरै लेख्दिन।
काहाँ फल्दो होला कठै!
गोठमा कराउने लैना गाईको ड्वाँ ड्वाँ मा
सुन्दैछु म - माटो फुल्यो रे।
होईन भन्नै सक्दिन बरू म पनि भन्छु
मेरो देशको - "माटो फुल्यो"

 हर्क राज गुरुङ भुटानि

 

मलार्इ माफ गर आमा
आउन सकिन म
तिम्रो आँसु पुछ्न
भत्किएको घर बनाउन
हो आमा
यहाँ कैयौं तिमिजस्तै आमाहरु
छोरा को पर्खाइमा छन्
म उनीहरुको आशा बन्दै छु
उठाउँदै छु भत्केका संचनाहरु
जोड्दैछु टुक्रीएका खुशीहरु
 तर मलार्इ माफ गर आमा
आउन सकिन म
तिम्रो आँसु पुछ्न
भत्किएको घर बनाउन
थाह छ आमा

जितेन्द्र तुलाधर

संसार जस्ताे सुकै हाेस्
मलाई मतलब छैन
म यस्तै छु
म जे छु
जस्ताे छु,
त्यहीँ मेराे संसार हाे
म अाफ्नै संसारमा रमाएकाे छु ।
हाँसेकाे छु, नाँचेकाे छु ।

कहिलेकाही खान नपाएर
खाली पेटसँग लडेको छु ।
कयाैं रात सुत्न नसकेर
उपियाहरूसँग कुस्ती खेलेकाे छु ।
मेराे कुरा सुन्ने काेही नपाएर
एक्लै एक्लै बर बराएकाे छु ।
तिमी खानका लागि बाँच्छाै ।
म बाँच्नका लागि खान्छु ।
संसार मलाई पागल भन्छ
म संसारलाई पागल देख्दछु ।

तिमी कपडा लगाएरै नांगिन्छाै
म नांगिनबाट बच्न कपडा बेर्छु ।
तिमी अरूकाे दुःखमा हाँस्छाै
र सुखमा उदास हुन्छाै ।
मेराे सुख र दुःख मापन गर्ने यन्त्र
तिम्रोभन्दा पृथक छ ।
हाे, संसार मलाई पागल भन्छ
तर म संसारलाई पागल देख्दछु ।
र त तिम्रो संसार अर्कै छ,
र मेराे अर्कै छ
तिम्रो जीवन अर्कै
र मेराे अर्कै ।

  मिश्र वैजयन्ती 

 पल्लो कुइनेटोमा छिन्
मेरी आमा
 थोरै देखिएको छ उनको अनुहार
मैले पुग्नु छ आमासम्म ।
 तिनै आमाको आधार पाएर
मैले आफूलाई यो धर्तीमा उभ्याएकी हुँ
मेरा दुई पाइतालामा गौरव गर्छु, 
 आमाको काखमै थिगिराउन सिकें जीउलाई
मेरो शिरको स्वाभिमानलाई अझ उजिल्याउँछु ।
 तुषारोले छ्याप्पै हानेको कर्मलाई छिमलेर
सधैं मझेरीमा घाम खसाल्थिन् उनी !
एक मुठी उज्यालो
आफ्नो आँचलमा च्यापेर
हाम्रा आँखामा रोप्थिन् उनी ।
 तर, भेटेकै रहेनछ मैले आमालाई
सधैं मेरी आमा
जादुजस्तो
सम्मोहनजस्तो
पल्लो कुइनेटोमा छिन् ।
 मदेखि आमासम्म पुग्न
दूरी कत्ति पनि छैन ।
कत्ति सजिलो छ आमासम्म पुग्न
हृदयको बाटो
तर, कत्ति पनि किन पुग्दिनँ म
जति पुगे पनि !
 पन्छाएर पहराहरू
पहराहरू अल्झाउने लहराहरू
र, आमासम्म पुगून् भनी पठाएका आवाजहरू
मैतिर फर्काउने पहाडहरू–
म आमासम्म पुग्नु छ ।
 हावाले हल्लाएको देख्छु
सारीको एक छेउ
फरफराएको देख्छु हावामै
हिउँजस्तो उनको कपाल पनि
भर्खरमात्र आमा हिँडेका पाइतालाका डोबहरू
यहीं छन्, हावाले पनि छुन नभ्याएका
मात्रै एउटा कुइनेटाले
मेरी आमाको जीउ छेकेको छ ।
 कति धारिला वाणीहरू
हिँडिरहे उनका मुटुलाई वारपार गर्दै
तर, उनका एकजोर आँखा
नानीतिरै अडिए ।
 साथीजस्तै हिँडिरहेको छ बाटो
मलाई आमा हिँडेको बाटो
आमाजत्तिकै प्रिय लाग्छ ।
 उनका सपनाहरूतिरै हिँड्छन्
मेरा सपनाहरू
  एकदमै नजिक छन् हाम्रा सपनाहरू
तर, खै ! मलाई पुग्नुमा किन अभाव छ !
आओ ए मेरा सन्तानहरू !
मेरो काखैमा आओ
भत्काओ न मलाई
बिथोल मलाई
भेट मलाई
र, पुग मसम्म
म आमासम्म पुग्नु छ ।
सुन्दर अल्पभाषी

जन्डिसले खाएको
पहेँलो घाम
तिनजुरे देउरालीमा
आत्महत्या गरेपछि
कति खुशी गुम्यो होला
कति दु:ख लुक्यो होला
कति हर्ष मौलायो होला
त्यो अन्धकारमा
उभार विहीन
हर्ष न विस्मातको 

फालेलुङले जून जन्माएपछि
अलैँचीको पातमा
आँशुको मोती नओवाउँदै
आएको छ नयाँ दिन
मुस्कुराउँदै

उही चोकमा
फेरिएको छ नयाँ क्यालेन्डर
पुरानै योजनामा 
फेरिएको छ आवरण

समीक्षा गर्नुछ अब
बुद्धु बन्नुको रहस्य
आउने हरेक शिशिर र वसन्तमा
पहिचान गर्नुछ  तिलष्मी रूप
नाप्नु छ तिम्रो उचाई
चाँपको फूलबाट

▬ बिरेन्द्र नेपाल

कविता

मन्दिरको भण्डारण भनेर चिनिने काठमाडौं
फोहोरको डङ्गुर बनिसकेको छ,
सभ्यताको केन्द्र भनेर मानिने काठमाडौं
अश्लीलताको प्रदर्शन गर्ने थलो बनिसकेको छ ।
संस्कृतिको धरोहर मानिने काठमाडौं
विदेशीहरुको ट्वाइलेट बनेको छ,
विश्व सम्पदाको सम्पत्ति मानिएको काठमाडौँ
हत्या, हिंशा र आतङ्क मच्चाउने स्थल भइसकेको छ ।
खै त त्यो काठमाडौं
जहाँ स्वयम्भूका आँखा चम्केका
जहाँ पशुपतिका त्रिनेत्रको ज्योति फैलिएको ।।

मेरो माथ झुकेर शुद्ध मनले यो पाउ तिम्रै चुमोस्
होस् दु:खै अझ धेर किन्तु मनमा श्रद्धा तिमीमै रहोस्
ईर्ष्या, लोभ नहोस कत्ति मनमा कुण्ठा कदाचित् नहोस्
मेरो यो तनका नशा, रगतमा नेपाल सग्लो बगोस् ।
तिम्रै गीत म गुन्गुनाउँ मनमा संगीत तिन्मै भरूँ
ब्यूँझाऊँ जग यो मधूर धुनले आशा तिमीमा छरूँ
कालो मेघ हटेर यो भुवनको बाटो जुनेली बनोस्
राखूँ पाउ जहाँ म जुन् जमिनमा नेपाल स्पर्श होस् ।
जीवन् फूल फुलुन् यहाँ, रहरमा कीरा नलागुन् कतै
छन् जो ती शठ, स्वाँठ, दुर्जनहरू उठ्नै नपाउन् कवै
यौटा दीप यहाँ झरेर निशिको कालो अँध्यारो हरोस्
यो मन् मन्दिरको हरेक नसमा नेपाल मेरो रहोस् ।
तिम्रै भक्ति गरूँ म नित्य दिनमा पूजा म तिम्रै गरूँ
तिम्रै खातिर देह यो दिनुपरे हाँसी खुशीले मरूँ
मेरो रक्त बगेर हेर जननी ! यो मट्टि तिम्रो सिँचोस्
यी घाम् जून छुँदै हिमाल जसरी नेपाल मेरो उठोस् ।
निर्मल निरास
छन्द - शार्दुलबिक्रिडित


लेन्डुपहरु

देशमा विभिषणहरु ज्यूदैं छन्
देशमा जालन्धरहरु पनि छन्
जे जति अर्जुनहरु छन्-
ती अव कुनै हालतमा,
कृष्णको वहकाउमा,
युद्ध लड्न चाहादैनन्
पश्चतापको भाषामा-
उल्टै सम्झाइरहेछन् कृष्णलाई,
फेरि अर्को युद्धको तयारी-
अव कसैगरी गर्नु हुन्न भनेर
अझै जिकिर कृपाचार्यको -
उनले चाहेका भए ,
विगतमा पनि -
युद्ध टल्न सकिन्थ्यो भनेर
निरीह धृतराष्टहरुले -
पहिला पनि कहाँ सिमाना देखेका थिए !
यर्सथ,
सञ्जयहरु पनि हड्तालमा जुटेका छन् -
उनीहरु अव,
कुनै अन्धाको पाउभक्तिमा,
आफ्नो समय उर्त्र्सग गर्नर् चँँाहादैनन्

चँँाहादैनन्-
पुत्र मोहको नाउँमा,
एउटा सिंगै सभ्यता नासियोस्
राम  कुमार दिल्लगी
जब म आफ्नै खुट्टामा उभिएर
यो रंगिन दुनियाँ हेर्न खोजे
समयले मेरो कलम चलाउने हातमा 
बन्दुक राखिदियो
आजभोली मलाइ कलम भन्दा बन्दुक प्यारो लाग्छ
यो चिसो पानी भन्दा तातो खून पिउनमा मज्जा लाग्छ
रात फ्यालेर खुनले धर्ति लिपेर जब ओर्लिन्छ बिहानी
मलाइ झन् झन् यो मानिसहरु
यो समाजहरु र यो देशले अपराधी र खुनी बनायो
यो लामो पक्कि सडक
जहाँ मेरो बुवा र मेरो बुवा जस्तै हजारौं मजदुरहरुले
खुन पसिना बगाएर बनाएका थिए
अहिले हेर्दा खाल्डो खाल्डो बनेछ
खाल्डो भरि पानी जमेर घिसिङ्ग बाजेको असि बर्षे
चाउरी परेको गाला जस्तो कुरुप बनेछ
यो खेत बारीहरु
जहाँ मेरो आमा र मेरो आमा जस्तै हजारौं आमाहरुले