WHAT'S NEW?
Loading...
Chulachuli online Radio
Showing posts with label अन्तराष्ट्रीय. Show all posts
Showing posts with label अन्तराष्ट्रीय. Show all posts
0 0 0 New
सुनसरी २ माघ । धन कमाउने सपना बोकी बैदेशिक रोजगारीका लागि कतार पुगेका सुन्दर दुलारी नगरपालीका अन्तरगत मोरङ्गको गछिया निवासी सुवास राई कम्पनीका आफनै सहकर्मीमाथी छुरा प्रहार गरेको अभियोगमा बिगत १४ महिना देखी त्यहाको जेलमा रहेका छन ।
लामोसमय सम्म फोन सम्पर्क हुन नसकेपछि खोजविन सुरु गर्दा सुवास बिगत १४ महिना देखी कतारको जेलमा सजाय भोगीरहेको परिवारहरुले पत्ता लगाएपछि उन्को रिहाइको लागि अपिल गरीएको छ । आफनो दाई बिगत १४ महिना सम्म सम्पर्क बिहीन बनीएपछि कतारकै एक नेपालीले फोन मार्फत सुवास आफनै सहकर्मीमाथी छुरा प्रहार गरेको अभियोगमा थुनामा परेको खबर प्राप्त भएको सुवासका भाई मोरङ्ग गछियाका पारसमणी राईले बताए ।
आफनो दाईको सकुसल उद्धारका लागि नेपाल वैदेशिक राजगार बिभाग , श्रम मन्त्रालय र कतार स्थित नेपाली दुतावासमा जानकारी गराएपनि कुनै निकायले चासो नराखेको सुवासका भाई पारसमणीले बताए ।
purbeli times