WHAT'S NEW?
Loading...

Chulachuli online Radio

Showing posts with label साहित्य-सिर्जना. Show all posts
Showing posts with label साहित्य-सिर्जना. Show all posts
मुक्तक - इश्वरी दुलाल

तिमीले छिर्कि लाँउदैमा म हरेश खान्छु र !!
तिमीले फिर्कि लाँउदैमा म काँहा जान्छु र !!

भोटेको एक्का मै सँग भएको अबस्थामा !!
यो दुक्की तिर्की लाँउदैमा म हार मान्छु र !!
मातृ भूमि सँगै यो मन चिरा परेको छ
नेपालीको नयनबाट अाँशु झरेको छ

कस्को के नै लाग्दो रैछ दैव लागे पछि
प्रकोपले धन र जनको क्षति गरेको छ

लेखिदियो भाग्य पनि भाविले यो कस्तो
दुख कस्ट र अभावमा जीवन टरेको छ

बिपत्तिमा परेका ती पिडितका त कठै
हाँसो खुशी प्रकृतिले क्षणमै हरेको छ

भत्किगए झुप्रा सँगै गरिबका स्वप्न
कतिको त बाँच्ने पनि आशै मरेको छ

डिपीटी शर्मा
मोरङ

जितेन्द्र तुलाधर

संसार जस्ताे सुकै हाेस्
मलाई मतलब छैन
म यस्तै छु
म जे छु
जस्ताे छु,
त्यहीँ मेराे संसार हाे
म अाफ्नै संसारमा रमाएकाे छु ।
हाँसेकाे छु, नाँचेकाे छु ।

कहिलेकाही खान नपाएर
खाली पेटसँग लडेको छु ।
कयाैं रात सुत्न नसकेर
उपियाहरूसँग कुस्ती खेलेकाे छु ।
मेराे कुरा सुन्ने काेही नपाएर
एक्लै एक्लै बर बराएकाे छु ।
तिमी खानका लागि बाँच्छाै ।
म बाँच्नका लागि खान्छु ।
संसार मलाई पागल भन्छ
म संसारलाई पागल देख्दछु ।

तिमी कपडा लगाएरै नांगिन्छाै
म नांगिनबाट बच्न कपडा बेर्छु ।
तिमी अरूकाे दुःखमा हाँस्छाै
र सुखमा उदास हुन्छाै ।
मेराे सुख र दुःख मापन गर्ने यन्त्र
तिम्रोभन्दा पृथक छ ।
हाे, संसार मलाई पागल भन्छ
तर म संसारलाई पागल देख्दछु ।
र त तिम्रो संसार अर्कै छ,
र मेराे अर्कै छ
तिम्रो जीवन अर्कै
र मेराे अर्कै ।

  मिश्र वैजयन्ती 

 पल्लो कुइनेटोमा छिन्
मेरी आमा
 थोरै देखिएको छ उनको अनुहार
मैले पुग्नु छ आमासम्म ।
 तिनै आमाको आधार पाएर
मैले आफूलाई यो धर्तीमा उभ्याएकी हुँ
मेरा दुई पाइतालामा गौरव गर्छु, 
 आमाको काखमै थिगिराउन सिकें जीउलाई
मेरो शिरको स्वाभिमानलाई अझ उजिल्याउँछु ।
 तुषारोले छ्याप्पै हानेको कर्मलाई छिमलेर
सधैं मझेरीमा घाम खसाल्थिन् उनी !
एक मुठी उज्यालो
आफ्नो आँचलमा च्यापेर
हाम्रा आँखामा रोप्थिन् उनी ।
 तर, भेटेकै रहेनछ मैले आमालाई
सधैं मेरी आमा
जादुजस्तो
सम्मोहनजस्तो
पल्लो कुइनेटोमा छिन् ।
 मदेखि आमासम्म पुग्न
दूरी कत्ति पनि छैन ।
कत्ति सजिलो छ आमासम्म पुग्न
हृदयको बाटो
तर, कत्ति पनि किन पुग्दिनँ म
जति पुगे पनि !
 पन्छाएर पहराहरू
पहराहरू अल्झाउने लहराहरू
र, आमासम्म पुगून् भनी पठाएका आवाजहरू
मैतिर फर्काउने पहाडहरू–
म आमासम्म पुग्नु छ ।
 हावाले हल्लाएको देख्छु
सारीको एक छेउ
फरफराएको देख्छु हावामै
हिउँजस्तो उनको कपाल पनि
भर्खरमात्र आमा हिँडेका पाइतालाका डोबहरू
यहीं छन्, हावाले पनि छुन नभ्याएका
मात्रै एउटा कुइनेटाले
मेरी आमाको जीउ छेकेको छ ।
 कति धारिला वाणीहरू
हिँडिरहे उनका मुटुलाई वारपार गर्दै
तर, उनका एकजोर आँखा
नानीतिरै अडिए ।
 साथीजस्तै हिँडिरहेको छ बाटो
मलाई आमा हिँडेको बाटो
आमाजत्तिकै प्रिय लाग्छ ।
 उनका सपनाहरूतिरै हिँड्छन्
मेरा सपनाहरू
  एकदमै नजिक छन् हाम्रा सपनाहरू
तर, खै ! मलाई पुग्नुमा किन अभाव छ !
आओ ए मेरा सन्तानहरू !
मेरो काखैमा आओ
भत्काओ न मलाई
बिथोल मलाई
भेट मलाई
र, पुग मसम्म
म आमासम्म पुग्नु छ ।
इस्वरी दुलाल


शिर झुकाउनु भन्दैछन म के गरौं ??
 पाउ दबाउनु भन्दैछन म के गरौं ??

 प्रलोभनको जाल मै माथि फ्याँकेर ।।
 आगो लगाउनु भन्दैछन म के गरौं ??

 बिबश बनाई मान्छे मार्न लगाएर ।। 
धर्म बचाउनु भन्दैछन म के गरौं ??

 सर को मन बहलाऊन कमीशन ।। 
लिएर आउनु भन्दैछन म के गरौं ??

 झूटो बयान दिएन भने सई साब ।।
 धुलो चटाउनु भन्दैछन म के गरौं ??