WHAT'S NEW?
Loading...

Chulachuli online Radio

चुलाचुली/ इलामको दक्षिणी गाविस चुलाचुलीवासी र झापाको उत्तरी गाविस लखनपुर सिमलेवासीले रतुवा खाेलामा पक्कि पुल निमार्ण सुरूभएपछि बर्षियाै देखि खेप्दै अाएकाे सकसबाट मुक्त हुने दिन नजिकन्दैछ ।

चेतन आङथुपो

चुलाचुली । विद्यालय छुटाएर बाटो खन्न सहभागि भएका कक्षा– ५ मा अध्यनन गर्दै गरेका मनिस विकले भने, ‘घण्टौ लाएर उकालो आरालो हुँदै खोल्सा–खोल्सीको बाटो विद्यालय जानु पर्ने हुँदा ठूलो बाटो राम्रो बाटो बनाउनको लागि हरेक शुक्रबार विद्यालय छुटाउँदै आएको छु ।’  
अर्का कक्षा–८ विद्यार्थी रोशन राईको सपना पनि उस्तै छ, ‘विद्यालय जाँदा डेड घण्टा आउँदा २ घण्टा लाग्छ हाम्रो गाउँमा पनि साइकल कुद्ने बाटो भए हुन्थ्यो ।’ यस्ता दर्जन विद्यार्थीसहित शुक्रबारको दिन गोठचोक, अंजिगारे र साघुरीका स्थानीय, युवालगायतको आधा घण्टाको पैदल हिडेर जम्मजम्मी ६० जनाको भेला हुने गर्छन् । 
२०३८ सालमा साँघुरो घोरेटो खनिएको बाटोलाई इलामको दक्षिण गाविस बाँझो–२ को साँघुरी बस्तीका गाउँलेहरु २०७२ सालको असोज १५ गते शुक्रबारबाट बाटो स्तरान्नेतीमा निरन्तर दिँदै आइरहेका छन् । कुनै पनि निकाय, संघ÷संस्थाको सहयोग बिनै गाउँलेहरुले ५ फिट चौडाई रहेको बाटोको स्तरान्नेती लगभक ४ किमी खनिसकेका छ्न । चुलाचुलीको ठुलो मुहान विधूवादेखि सुरु भएको बाटो अमले, गोठचोक, साँघुरी, अंजिङगारे हुँदै सिमल्टारको बुद केन्द्रसम्म पुर्याउने लक्ष्य रहेको छ । 
स्थानीयहरु भन्छन्, ‘बाटो ठूलो र राम्रो भए बिरामी पर्दा पनि स्ट्रेचरमा बोकेर लैजान सहज हुँदो रहेछ, पहिले डोकामा, पिठ्युमा बोकेर खोल्साखोल्सीको बाटो बर्खामा झनै गाह्रो हुने गर्दथ्यो गाउँले जुटेकाछौं कतै सरकारले हेरी दिए हाम्रो गाउँले पनि विकास पाउँथ्यो की ?’
युवाको भेलाले तारामर्णी कोयू राईको अध्यक्षत्वमा साँघुरी टोल विकास समिति नामको संस्था गठन गरिएको छ । उक्त समूहको नेतृत्वले ल्याएको काम नै दुई पुस्तापछि विकास प्रतिको पहिलो सोच हो । समितिका अध्यक्ष तारामर्णी कोयू राईले भने, ‘विकास आफै आउँदैन हामी हिड्ने बाटो हामी आफैले खन्नुपर्छ अनि सरकारले कसो नहेर्ला भनेर विकासकै लागी गाउँले श्रमदानमा जुटेका हौं ।’ 
समितिका सचिव राजन राइले भने, ‘बाटो फराकिलो बनाउन सकेको कारण यहाँका गाउँलेहरुले उत्पादन गरेका अदुवा, कुचा, भकारीलगायत हिजोका दिनमा पिठ्युमा बोकिन्दै आए पनि आज साइकलबाट लैजान सजिलो भएको छ ।’ उनले थपे, ‘विकासको सुरुवात नै बाटो हो, गाउँलाई बाटो चाहियो हामीलाई पनि विकास चाहियो भनेर गाविस, जिविससम्म हाम्रो समस्या पुर्याउन नसक्नु भनेको अशिक्षा, गाउँलेहरुले चासो नदिनु, आर्थिक विपन्नताले पनि हो तर आज केही पढेलेखेका युवाले गाउँलेलाई जुटाएकाछौ हिड्नकै लागि सुविधा होस् पछि सरकारले हेरिहाल्यो भने मोटर कुदने सम्मको बाटो बन्लाकी भन्ने आशा लिएर गाउँलेको बलकुताले कामलाई निरन्तरता दिइएकाछौ ।’
तराई पनि पहाड पनि भन्न नमिल्ने दुग्रम भूगोल भएकाले साँघुरी बस्तीका गाउँलेको संयुक्त समस्या भने एउटै रहेको छ, ‘जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, सामाजिक भता, नागरिकतालगायतका सिफारिस लिनु परेमा गाविस कार्यालय पुग्न ९ घण्टा लाग्छ, त्यसमा गाविस सचिव कार्यालयमा नभेट्नाले सकस खेप्नु परेको छ । 
राई जातिको बाहुल्यता भएको यस गाउँमा राजनीतिदलका प्रतिनिधिसमेत नरहेका र राजनीति पार्टी प्रति पनि कसैको समर्थन नभएको युवा रतन राई बताउछन् । उनी भन्छन्, ‘नेताहरु भोट माग्न कहिलेकाही हात जोड्न आइपुग्छन्, तर यहाँका थोरै जनताले भोग्नु परेको सास्ती प्रति फर्केर हेर्दैनन्  ।’ दुर्गम भूगोल, गरिबी र आर्थिक विपन्नकै कारण यहाँका युवाले भनेजस्तो शिक्षा लिन नसक्नु, पढेलेखेका मानिसहरु नभएका कारण प्रशासनिक निकायसम्म पौवज पुर्याउन नसक्नु अर्को विडम्बना हो । 
लारुम्बा, महमाई, इलाम सदरमुकाम जान सक्ने बाटोको यो निरन्तरतालाई बाँझो–२ मार्चेबुङ सडक समितिहरुले जिविसमा योजनाको प्रस्तवना कागजात पेश गरिएको स्थानीयहरुको भनाई छ । १७ घरधुरी रहेको साँघुरी बस्तीको जनसंख्या एक सय हारहारीमा छ भने अंजिङगारेसहित तीन सय हारहारी जनसंख्या रहेका गाउँलेहरुको वर्षेनी समस्या भनेको खानेपानी रहेको छ । चारैतिर भीर र खोलाखोल्सी रहेकाले विधुत, बाटो, स्वास्थ्या चौकी, पसल केहीको पनि सुविधा नरहेकाले साँघुरी बस्तीको सामूहिक सपना भनेको मोटर बाटो बनाउने रहेको छ । 
यो गाउँ यतिबेला दयालु दातृसंस्था र अनुदानको पर्खाइमा रहेको छ । रमाइलो, घुमाउरो डाँडा हँुदै चुलाचुली गाविस बाट १ घण्टा उकालो पैदल हिडेपछि साँघुरी बस्ती पुग्न सकिन्छ । उक्त बस्तीका मोनमोहक डाँडाहरुबाट छर्लङ्ग चुलाचुली, मधुमलासँगै झापाका मुख्य ठाउँहरुको रमाइलो दृश्य हेर्न सकिन्छ ।
पारिजात
चुँडालेर बन्धनबाट  आँप, बेल र पिपलको पातहरूका
एउटी विवश बेहुलीको चाहनाजस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको बिरुवा होइन मुक्ति
ज्युँदो मान्छेको मुटु ज्युँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्दैन
एउटाले अर्कोलाई मार्नैपर्छ यसो गर्नलाई
तथापि, होस् गर्नू– त्यो मुटु मृतकको मुटु हुनेछ ।

मण्डपभित्र मन्त्रहरूले कति दिन
छलाउन सक्छ मुक्तिलाई
के हो र मन्त्र मुक्तिको निम्ति ?
लात्ते भकुन्डो होइन मुक्ति
भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति
होस् गर्नुपर्छ यस्तो सोच्नलाई ।
मुक्ति साङ्लामा बाँधिइन सक्ने वस्तु होइन
आकाशभरि पहिलेबाटै
तैनाथ गरेर छरिता बाजाहरूको जमातमा
उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा
शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष
होस् गर्नू– विडम्बना हुनेछ लुम्बिनी र शान्तिक्षेत्र ।
काँक्रा र फर्सीका बीउजस्तो
पट्पट् फुटेर समयानुकूल माटो र ऋतुमा
झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर
मुक्तिका चाहनाहरू
चुँडालेर कथित् बलियो बन्धनबाट
आँप, बेल र पिपलका रंगीचंगी पातहरूको ।

होस् गर्नुपर्छ यतिखेर
निर्धाका मुटु निचोर्नेहरूले
शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन्
एकपछि अर्को लस्कर लागेर ।

(एक)
आधारभूत आवश्यकताहरुले
जिन्दगीलाई
जवरजस्ती बलत्कार गरेपछि
गर्भिणी जिन्दगीले
जन्माउछ थुप्रै निरोगि अभावहरु
ओ 'कवि ज्यू'
ब्राण्डेट आभावहरु उत्पादन गर्ने
जिन्दगी मसिन हो?
दजनौ इच्छाहरु छोपेर
बषौ-बर्षदेखी झुण्डिरहेको अभावका जिर्ण पर्दाहरु
हँन अझै किन च्यातिदैनन् हँ?
सोध्न मन लागेकोछ
'बिल गेट्स' काकालाई
पैसाको अभाव कहिल्यै हुदैन हो?
जसरी मसँग अभावहरुको अभाव कहिल्यै हुदैन
तर जहिल्यै समयको अभाव हुन्छ
हामी दुवैलाई|
(दुई)
हौ लुङ्गा!
लु यस्को उपाय सिक बताईदिनु पर्यो
अगेनाको तातो आगो
भुल्टुङको चिसो पानीले
निभाईदिए जस्तै
शुन्दरीहरुको(बादरनी) घमण्डको आगो
के ले निभाउनु हौ?
शौन्दर्यले
यौटी रुपवती तरीणीको चेहेरा
जसरी बल्छ नि!
हो त्यसरी नै उसको मानसिकता
उभित्र घमण्ले
दनदनी बल्दोरहेछ
स्त्रीको शौन्दर्य बढाउछ?
नग्नताले
जसरी फूलको शौन्दर्य बढाउछ बासनाले
ओ 'सन्नी लिओन'
तिम्रो कामुकताको आगोले
मेरो मन
जति पोल्छ नि!
तिम्रो कृतिम शुन्दरताको आगोले
त्यतिनै किन पोल्दैन हँ?
तिम्रो छातीको उच्च पहाडहरु जस्तै
संसारभरी उच्च छ
तिम्रो ख्याती
तिमी कुनै भुसतिग्रेसँग लिन भैरहेको बेला
सेलफ़ोन-ल्पटपमा
दुनियाँ तिमीसँग लिन भैरहेको हुन्छ
तिमीसँग के पो छैन र!
बैश छ
प्रयाप्त ऍष छ
र थुप्रे भुसतिग्रेहरुलाई सन्तुष्ट पार्ने सामार्थ्य छ
तिमीसँग सबथोक छ
र पनि
तिमीसँग अलिकति लाजको कत्रो अभाव छ| 
सुवास राई राग 
चुलाचुली  - ७ इलाम 

म साँच्चै दया लाग्दो छु ?
मेरो साथीको नजरमा
त्यस्तो लाग्छु रे
‘भविष्य बन्छ त
आर्थिक सुध्रिन्छ त
यदि हुन्छ भने
तँ आफ्नै
लक्ष्यमा निरन्तरता दे
हैन् भने सोच
आवश्यकता पैसा नै हो ।
बाँकी उमेर
बाँकी समय संगै
जान लाग्यो
बैंशालु मन
बाँच्नको लागि
के छ ?
वैकल्पित पेशा ?
कि म सोच्दछु ,
तैले दया लाग्दो
जीवन बाचिरहको छस् ।’
पुनःम सोच्दछु
जीवन कस्तो हुनुपर्दछ ?
बाँच्नको लागि के–के किन गर्नु पर्दछ ?
तर

एउटै मात्र सोच्दछु
कि म किन मान्छे भइन ?
मान्छे ले त खानुको लागि परिश्रम गर्छ ।
धन्य श्वास मैले फेर्नु पदैन
साथी
त्यसैले

मान्छे हैन् मानिस हुँ !
श्वास र मस्तिष्कको समय अवधि भित्र
मन ले आदेश गरेको कर्म मात्र गर्छु
शब्द र अक्षरको सौन्दर्य आम्दानी दिने सा्रेत हैन
जहाँ म मज्जा संग जीवन खोज्न सक्दछु
यसमा
तिमले कसरी
देखेउ
कि
म दुःख र दया लाग्दो
जीवन बाँचिरहेको छु ?
– चेतन डर चुलाचुली - इलाम 

म नारी तिमी पुरुष
उही श्रृष्टिका रचना
तात्विक भिन्नता छैन
शाब्दिक भिन्नता पनि छैन
केही सोचका उपजहरु
हामी बीच बलिया पर्खाल भएका छन्
त्यसैले आऊ
बस अगाडि
हामी बीचको अस्पष्टता हटाऔं
सौन्दर्य कहाँ सीमामा बाँधिन्छन्
सुगन्ध कहाँ कैद हुन सक्छन्
समयको विस्तार कहाँ रोकिन्छन्
म सागर हुँ असीमित चौडा फैलावट
पानी पानी सिर्फ पानी
एक छेउबाट अर्को छेउ पुगेर
तिमी मेरा चौडाइलाई
सङकुचित परिभाषित गरिदिन खोज्छौ
लघुताभाष त मेरो मृत्यु हो !
आऊ, आउँदा
हत्केलामा कर्मका ठेला पारेर
तिमी श्रमका पसिना मग्मगाएर आऊ
सम्मानित पुरुषार्थ बनेर आऊ
आस्था विश्वासको धरोहर बनेर आऊ
तिम्रो आगमनमा
सम्मानले सहर्ष झुकुन यी नयन
आतुरिउन मेरा अभिलाषा
हतारिउन मेरा उत्कण्ठा
समर्पिउन मेरा अस्तित्व
एकाकार भएर
असीम तृप्तीका लागि, मोक्षका लागि
विभेद यहीँ छ
तिमी मात्र करणी चाहन्छौ
म समभोग
तिमी केवल तृप्ति चाहन्छौ
म मोक्ष
क्षणिक सहवासका लागि कसरी बिर्सुँ आफ्नो अस्तित्व
म शक्ति हुँ
म श्रृष्टि हुँ
म नारी हुँ ||

समा श्री
इजरायल
खल्ती भरि कार्यक्रमका VIP र VVIP टिकटहरु छन
सहयोगका रसिदहरु उतिनै छन्
बोलकबोलको भाखा नाघेको
महिनौं भइसक्यो
संघसंस्थाको बहिखातामा
थाहा छैन आफैलाई
कहिले सम्ममा फर्छौट गर्नु पर्ने हो
यो कंक्रिटको शहरको
उधारो जिन्दगी ।

झोला भरि
आफन्त कलाकारहरूले पठाएका कोशेली
सि.डि. एल्बमहरु छन्
कवि लेखकहरूले सम्झि पठाएका
पुस्तकहरूको थाक अझ बढदैछ
लेबिले ढाड खत्रक्कै भाचिसक्यो
थाहा छैन आफैलाई
कहिले सम्ममा चुक्ता गर्नु पर्ने हो
यो कंक्रिटको शहरको
उधारो जिन्दगी ।
घरमा श्रीमति र छोराछोरीको
आ–आफ्नै मागहरु छन्
नेपाल बस्ने बुढा आमा बाबाको
सपनाको रास त्यसै लडिरहेछन्
साथीभाईहरुको गुनासो
फेसबुक र भाइबरको म्यासेन्जरमा
त्यसै थाक लागिरहेछन्
थाहा छैन आफैलाई
कहिले सम्ममा सम्बोधन गर्नु पर्ने हो
यो कंक्रिटको शहरको
उधारो जिन्दगी ।
चुलाचुली पेल्टीमारी प्रवासी संजाल ले संचालन गरेरको चुलाचुली ७ नम्बर  बाट प्रवास मा हुने हाम्रा दाजु भाइ दिदि बहिनि हरु को नामावली संकलन गर्ने काम लाइ अझै सजिलो र छरितो होस भनेर यो वडा को माथिल्लो भाग लाइ पौरखी बस्ति नामाकरण गरेको छ।  पदम चौतारा देखि दमक जाने बाटो को पुर्बी भाग अनि आइतबारे बजार मास्तिर बाट यलम्बर चोक हुदै ५ नम्बर को मंगलसिद्धि बजार जाने बाटो को माथिल्लो भाग लाइ सिमाङ्कन गरि प्रवासी साथि हरु को नाम संकलन गर्ने काम लाइ साथ दिदै धर्म अधिकारि ले निम्न साथि हरु को नाम हामि लाइ उपलब्ध गराउनु भएको छ।


१ - धर्म अधिकारि - साउदी अरब 
२ - बिष्णू भट्टराई - कतार
३ - सन्त  योङ्ग हाङ्ग - मलेसिया
४ - मिलन आङ थुपो  - यु ए इ
५ - सुरेश हिङ माङ्ग  - साउदी अरब 
६ - दिपक हिङ माङ्ग - मलेसिया
७ - अस्बिन  देवान  -  यु ए इ
८ -  मातृ  थुलुङ्ग - मलेसिया
९ - इश्वरी खतिवडा - साउदी अरब 
१० -  दिलिप राइ  - साउदी अरब 
११ - मन तामाङ्ग  - साउदी अरब

काठमाडौं, ६ असोज । नेपालमा घोषणा भएको संविधान आफूले चाहेको जस्तो नभएपछि असन्तुष्टि जनाइरहेको भारतले बुधबार अर्काे कदम चालेको छ ।
मंगलबार सीमा नाका तेलका ट्याकंर रोकेर तथा नेपालीलाई चेकजाँचमा कडाई गरेर दुःख दिएको भारतले बुधबार नेपालका शीर्ष नेतालाई तोकेरै पत्र पठाएको हो । भारतको एक चर्चित पत्रिका ‘इण्डियन एक्सप्रेस’ले लेखेको समाचार अनुसार असोज ३ गते घोषणा भएको नेपालको संविधानमा असन्तुष्टि जनाउँदै संशोधन गर्न ७ बुँदे प्रस्ताव पठाएको हो ।
विश्वभरीका देशले नेपालको संविधानको स्वागत गरिरहँदा भारतले भने अहिलेसम्म स्वागत गरेको छैन् । समाचार अनुसार नेपालका लागि भारतीय राजदूत रणजीत रायसँगको दुई दिने परामर्शपछि भारतीय बिदेश मन्त्रालयले संविधानमा गर्नुपर्ने सातबुँदे संशोधन सुझाव तयार पारेर नेपाल पठाएको हो ।

यस्तो छ भारतले पठाएको ७ बुँदे संशोधन प्रस्तावः

१) संविधानको धारा ११ (६) मा नेपाली पुरुषसित विवाह गर्ने विदेशी महिलाले संघीय कानूनअनुसार नेपालको अंगिकृत नागरिकता प्राप्त गर्ने व्यवस्था छ । मधेसी पार्टीहरू अंगीकृत नागरिकता स्वतः पाउनुपर्छ भन्ने अडानमा छन् । त्यो मागलाई पुरा गर्नुपर्छ ।
२) अन्तरिम संविधानको धारा २१ मा विभिन्न समुहहरूलाई समानुपातिक समावेशीताको सिद्धान्तका आधारमा राज्यका निकायहरूमा प्रतिनिधित्व गर्ने अधिकार दिइएको छ । तर, नयाँ संविधानको धारा ४२ मा समानुपातिक भन्ने शब्द निकालिएको छ, जसलाई फेरि राख्नुपर्छ।
३) संविधानको संशोधित मस्यौदाको धारा २८३ मा वंशजको आधारमा देशको नागरिक हुनेहरू मात्रै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, संसदको सभामुख, राष्ट्रिय सभाको सभाध्यक्ष, प्रान्तको प्रमुख, मुख्यमन्त्री, प्रान्तीय सभाको सभामुख र सुरक्षा अंगहरूको प्रमुख हुन सक्ने व्यवस्था छ । यसले भारतबाट आएर नेपालको अंगिकृत नागरिकता लिएका थुप्रै मधेसीहरू अन्यायमा पर्छन् । त्यसैले यसलाई हटाउनुपर्छ ।
४) सीमांकनमा विवादित पाँच जिल्लाहरू कैलाली, कञ्चनपुर, झापा, मोरङ र सुनसरीलाई जनसंख्याको बहुमतका आधारमा पुरै जिल्ला वा जिल्लाका केही भागहरू छिमेकी मधेस प्रान्तमा समावेश गर्नुपर्छ ।
५) अन्तरिम संविधानको धारा १५४ मा प्रत्येक १० वर्षमा निर्वाचन क्षेत्र पुनरावलोकन गर्ने उल्लेख थियो । नयाँ संविधानमा यो अवधि बढाएर २० वर्ष पुर्याइएको छ । यसमा पुरानै व्यवस्था कायम गरिनुपर्छ ।
६) नयाँ संविधानको धारा ८६ मा राष्ट्रिय सभामा प्रत्येक ७ राज्यबाट आठ÷आठ जना र ३ मनोनित सदस्यहरू रहने व्यवस्था छ । यसलाई संशोधन गरेर प्रदेशको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुने बनाउनुपर्छ ।
७) अन्तरिम संविधानको धारा ६३ (३) मा निर्वाचन क्षेत्र जनसंख्या, भूगोल र अन्य विशेषताका आधारमा हुनेछन् भनिएको छ । यसमा लेखिएको छ, ‘र, मधेसको हकमा जनसंख्याको प्रतिशतका आधारमा हुनेछ ।’ यो प्रावधानले देशको ५० प्रतिशत जनसंख्या रहेको मधेसमा संसदमा ५० प्रतिशत सिटको प्रत्याभूति गर्छ । नयाँ संविधानको धारा ८४ मा पछिल्लो वाक्यांश हटाइएको छ । यसलाई फेरि समावेश गरेर जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।
यी सुझाव तथा प्रस्तावहरु संशोधन भएमात्रै नेपालको संविधानलाई स्वागत गर्न सकिने अन्यथा जस्तोसुकै कदम चाल्न भारत पछि नपर्ने धम्किसहितको समाचार ‘इण्डियन एक्सप्रेस’मा प्रकाशित छ ।

 अर्ति 

आफ्नै हृदयको मसीले
आफ्नो हक लेख्न
संविधानसभामा पुगेपछि
गर्वले कोटको खल्तीमाथि खिलेको
सभासद्को फुली झर्ने गरी
जब सोठ्यायो सत्ताको लौरोले
छिनमै रिसले फुल्दै
छिनमै निराशाले खुम्चदै
डेरा फर्केको सभासद् नातिलाई
हजुरबा लालविर विश्वकर्माले काँधमा थपथपाए
र, भने–
‘हेर् नाति !
यिनीहरुको खप्परभित्र
जुन सिनो गिदी छ
त्यसको कुहिगन्ध मैलेजति
कसले सहेको होला र ?

दिनदिनै बढिरहेको दुःखको घारी
उस्सै छोडेर
हामी जिन्दगीभर हिड्यौं
सालघारीमा गोल पोल्न
र, सुकाएर आफ्नो रगत गोलको रापमा
पगालीरह्यौं यिनीहरुकै हृदयजत्तिकै कठोर फलाम
बजारिरह्यौं घन
र, बनाइदियौं यिनीहरुकै लागि हतियार
आफ्नै भविष्यको धार भुत्ते छोडेर
अर्चापिरह्यौं तिनै हतियार ।

हतियारको बलमा भए शक्तिशाली
र, घन बजारीरहेछन् हाम्रो टाउकोमा,
हतियारकै धारले धारिला भए
र, रेटिरहेका छन् मानवताको घाँटी ।

राम्ररी थाहा छ यिनीहरुलाई
हामीले छोएपछि पानी
कसरी पाइन बनेर चढ्छ हतियारमा
र, बन्छ धारिलो
त्यसैले दिदैनन् पानी छुन ।

यिनीहरुले देखेका छन्
हामीले चलाएपछि खलाँती
कसरी पाउँछ कोइलाले आगोको जीवन
पग्लन्छ फलाम,
र, बन्छ हतियार
जसलाई चलाउने पहिलो शिल्पी
हामी नै हौं
हामीसँगमात्रै छ त्यसलाई चलाउने अब्बल सीप
त्यसैले पस्न नदिएका हुन्
हतियार लुकाइएका यिनका चोटाकोठा ।

तेरो बा बुझ्दै थियो यो कुरा
तर, के सहन्थे
सिध्याइदिए उसलाई हामीले नै बनाएको हतियारले
अब तैंले कुरा बुझेको
पटक्कै चित्त परेको छैन यिनीहरुलाई
अझ तेरो कुरा दुनियाँले बुझेको त
किन पो सहन्थे र ?
होस गर्नुपर्छ है नाति
हामीले अब खुब होस गर्नुपर्छ ।

तँलाई हुर्काउन मलाई
कम्ति सकस परेन
अब त तैंले पनि हुर्काउनुपर्नेछ
एउटा कलिलो भविष्यलाई ।

पुरानो आरन
जिजुबाजेकै पालादेखिको छँदैछ
जसले गालिहाल्छ फलाम
नयाँ आरन
तैंले आर्जेको छँदैछस्
जसले बालिहाल्छ विचारको आगो ।

सुन् नाति,
हामीले हाम्रै लागि हतियार बनाउने बेला भइसक्यो
अब त अबेर पो भइसक्यो’

हजुरबाको अर्ति सुनेको भोलिपल्टैदेखि
नाति सडकमा कोट फुकालेर आएको छ
हजुरबा आरनमा व्यस्त छन् ।

 कला अनुरागी 
मुक्तक

नेपालीको मन मन्दिरमा खुशी दियो बल्यो।
अबिश्वास र बैमष्यता अब भने ढल्यो।
जनताले चाहेजस्तो संबिधानले दिन सके,
सोंचे हुन्छ देशद्रोही र स्वार्थीको नौ/नारि गल्यो। 

♥ आचार्य प्रभा, झापा। 



 राजनीतिक नारा पोतिने सहरका भित्तामा यति बेला कविता पढ्न पाइन्छ । कविताको भाव अनुसारका कलात्मक स्केचसहित ।
हरेक दिन कोणसभाजस्तै कविहरू सडकका चोक र गल्लीहरूमा भेला भएर कविता सुनाइरहेका हुन्छन् ।
साहित्यिक समूह ‘उन्मुक्त पुस्ता’ ले थालेको ‘पोस्टर कविता अभियान’ ले एक महिना पूरा गरेको छ । संविधानमा दलित, जनजाति, महिला, मधेसीका साथै विभिन्न सीमान्तकृत समुदायको अधिकार सुरक्षित गर्न सिर्जनात्मक दबाब स्वरूप समूहले साउन ३० देखि अभियान सुरु गरेको थियो ।
‘हुन त साहित्य सधैं शक्तिको प्रतिपक्षमा हुन्छ भन्ने मान्यता छ,’ उन्मुक्त पुस्ताका कवि केशव सिलवालले भने, ‘हामीले साहित्यमार्फत शक्तिको पहुँचमा कहिल्यै पुग्न नसकेका र सीमान्तकृतको आवाज उठाउन खोजेका हौं ।’ हालै राजधानीमा ३० औं शृंखला मनाएको यो अभियानलाई निरन्तरता दिने पनि उनले जनाए ।
अभियानका क्रममा राजधानीका चोक–चोकमा पुगेर कविहरूले कविता वाचनसहित चित्र कविता समावेश पोस्टर टाँसेका थिए । अभियानले महिना दिन पूरा गरेपछि भने हरेक दिन पोस्टरिङ मात्रै गर्न थालिएको अर्का अभियन्ता कला अनुरागीले जनाए ।
अभियानको ३० औं शृंखलामा भूपाल राई, स्वप्निल स्मृति, निभा शाह, संगीतश्रोता, शकुन्तला जोशी, सविना सिन्धु, ज्वालामुखी लामिछाने, शोभा दुलाल, विना तामाङ सुनगाभा, लक्ष्मी रुम्बा, राजु स्याङ्तान, मोक्तान थेवासहित दुई दर्जन कविले रचना सुनाएका थिए । कवि आहुतिले युवा कविहरूले उत्पीडित र सीमान्तकृत समुदायका मुद्दालाई कविताको विषय बनाएर सुरु गरेको अभियानले नेपाली साहित्यिक आन्दोलनको इतिहासमा अर्थ राख्ने दाबी गरे ।
पुस्ताले अभियानका क्रममा दलित, जनजाति, महिला र मधेसी शृंखला एक–एक साता सञ्चालन गरेको थियो । शान्ति वाटिकाबाट सुरु भएको अभियान न्युरोड, सिफल, सुनधारा, कोटेश्वर, जाउलाखेल, स्वयम्भू, चाबहिल, मंगलबजार पाटन, सूर्यविनायक, चक्रपथ, सीतापाइला, बालाजु, वसुन्धरा, गौशाला, कालिमाटी लगायतका थलोमा सम्पन्न भइसकेको छ ।
चुलाचुली ७ नम्बर को आइतबारे बजार पूर्व अनि  मोतिहांग को घर को तेर्सो बाटो माथि र यलम्बर चोक को तेर्सो बाटो तल को भाग जसलाई हामि उज्वल बस्ति भनेर पनि  चिन्छौ  यो एरिया का दाजु भाइ हरु को को कता कता हुनुहुन्छ भनेर हामि ले खोजि गरेको थियो जस मा ख्याम बानिया ले धेरै ठुलो सहयोग गर्नु भएको छ। यो भाग का साथि हरु जो हामि संग  सिधा सम्पर्क मा हुनुनुन्छ वहा हरु को नामावली हामि ले प्रकासन गरेका छौ कोइ छुट्नु भएको छ भने हामि लाइ जानकारी गराउनु भयो भने हामि धेरै आभारी हुने थियौ।
१ - श्याम राइ  - कोरिया 
२ - राजु राना मगर  - कोरिया 
३ - दिपेन राना मगर  - कोरिया
४  - अनिल लावती - कतार 
५  - बिक्रम हंग्सुरुम्बा  - साउदी अरब 
६ - गुमान सि फियाक - कतार 
७  - सन्त सुहांग - यु ए इ  
८ - जगत फियाक - बहराइन 
९ - ख्याम बानिया -  यु ए इ 
१० - रुद्र  फियाक  - कतार
११ - दिल बहादुर बानिया  -  कुवैत 
ओराङफुङ जस्तै गायिका देशु सुहाङ3 ओराङफुङ, गाउँको नाम भने नि फूलको नाम भने नि यो पाँचथरको सुभाङको वडा नम्बर-८ मा पर्ने फूल जस्तै सुन्दर गाउँको नाम हो । लिम्बूहरूको बाहुल्यता रहेको यो गाउँ लिम्बू सँस्कृति-सँस्कार र कलाको स्रोत हो । फूलै फूलको जस्तो जोवान कतिन्जेल फुल्छ र ओईली जान्छ कि म पनि कहाँ भेटुँ मनले भन्छ नि हे रुमाल सुकाई देऊ मायाको त्यो गाँठो मनले फुकाईदेऊ 'रुमाल सुकाई देऊ' एल्बमको यो चर्चित गीतको गायिका देशु सुहाङ आमा पदम माया सुहाङ र बुवा पदम बहादुर सुहाङको कोखमा २०३० सालमा यै सुन्दर ओराङफुङमा नै ओराङफुङ जस्तै भएर जन्मिएकी थिइन । यै गाउँले उनलाई गीत-सङ्गीतमा लाग्ने प्रेरणा दियो र कक्षा-६ पढ्दादेखि नै आफ्नो कला-स्वर सार्वजनिक गर्न थालेकी थिइन । काठमाडौमा पढाई तथा सङ्गीतकोलागि छिरेकी गायिका देशु सुहाङले २०५० सालमा रेडियो नेपालमा स्वर परिक्षा उतिर्ण गरेकी हुन् । जम्मा ४०० भन्दा धेरै गीत गाईसकेकी गायिकाका एल्बमहरू 'मनको बह' र 'रुमाल सुकाई देऊ' -लोकगीत एल्बम, 'छोपिइको जून'-आधुनिक गीतको एल्बम तथा 'आहिङमान' लिम्बू गीतको एल्बम प्रकाशित छन् । विशेष: लोकगीत नै लोकको गीत हुनसक्छ र गाउन सक्यो भने लोकगीत मै सन्तुष्टी, चर्चा र सफलता पाउन सकिन्छ भन्ने मान्यता राख्ने गायिकाले समय अनुसार राम्रो चर्चा र सफलता हाँसिल गर्दै गईन । नेविसंका केन्द्रीय उपादक्ष विध्यार्थी नेता टङ्क बिक्रम नेम्बाङसँग विवाह बन्धनमा बाँधिएर पनि उनको साङ्गीतिक यात्राले नियमितता पाईरह्यो । छोरी ईक्सा नेम्बाङ र छोरा मिङ्सो हाङ नेम्बाङको मातृ-ब्यस्तताले पनि उनलाई गायनमा वाधा गरेन । क्रमश: उनका राम्रा-राम्रा गीतहरू आईरहे । चर्चा बढिरह्यो । तर, विधीको विडम्बना पनि घातक भईदियो । २०६५ कार्तिक-१७ गते उनको जीवनको कालो दिनको रुपमा उभिएर आयो । आफ्ना ३५ बर्षे जवान श्रीमानलाई दुर्घटनाले टिपेर लगिदियो । यो दुर्घटनाले
गायिकाको गला मात्र रुकेन,जीवनको सहारा नै खोसिदियो । ओराङफुङकी ओराङफुङलाई भाग्यले धुजा-धुजा फटाईदियो । साथमा रहेका छोरी र छोराको मुहार हेरेर मन थामिन् । बाँकी जीवनलाई छोरा-छोरीको लागि चलाउन हिम्मत गरिन् । आफ्ना पीडा, दु:ख र समस्याका बाबजुद पनि उनीभित्रको गीत-सङ्गीतको मोह मर्न सकेन । केहि समय ब्यवशायीक रुपमा गीतहरू प्रकाशन गर्न नसकेपनि आफ्ना वेदना, एक्लोपन र पीडालाई लुकी-लुकी आँसु मिसाई मनमनै एक्लै-एक्लै गाईरहिन् । कलिला नानीहरूलाई एक्लै सम्हाल्दै जीवन चलाउँदै गईन । हुर्काउँदै गईन । उनीभित्र गायन सौख बिउँतिएर आयो । आफ्नो दु:खमा मन सम्हाल्न गायन नै उनको सहारा जस्तै बन्दै गयो । उनका गीतहरू फेरि रेकर्ड हुन थाले । नानीहरू पनि हुर्कँदै गए । नानीहरूको लालनपालनको लागि सानो जागिर पनि मिल्यो । गायिकाभित्र अझै आशा र हिम्मतको बिजारोपण भएर आयो । नयाँ-नयाँ गीतहरू पनि आउन थाल्यो । अब लोक दोहोरी तथा आधुनिक गीतहरूको रेकर्डको योजना बनाईरहेकी गायिकाले दैनिक जीवन निकै कठिनताका साथ दैनिकी गुजारिरहेकी छिन् । काठमाडौ जस्तो महँगीमा नानीहरूको पढाई र लालनपालन गर्न एक्लै सानो जागिर खाँदै सँघर्ष गरिरहेकी छिन् । नानीहरूलाई एसएलसी सम्म पढाउन पाए हुन्थ्यो भन्ने उनको चाहना छ । तर खाईरहेको जागिर खोस्न समेत मान्छेहरू लागी परेका बताउँछिन् । हुन पनि अरुको कमजोरीमा दाउ हान्ने मान्छेहरू प्रसस्त छन्, । राज्य र सम्बन्धित निकायले कलाकारहरूलाई हेर्ने वातावरण नेपालमा बनिसकेको छैन । तर पनि गायिका हिम्मतिला लाग्छन् । स्रोताहरूले माया गरुन्जेल र आफ्नो गलाले साथ दिउन्जेल गायन नछोड्ने प्रिवद्धताकासाथ ओराङफुङ ओइलिन सकेन र फेरि मग्मगाउन थालेको छ । पहिलेको जस्तो क्यासेट र सिडी बिक्दैन । पाइरेसीले गर्दा पैसा उठाउन गाह्रो छ । तर रेकर्डिङ खर्च बढेर गएको छ । अहिले अडियो मात्र पनि सुन्ने चलन हराउन थालेको छ । भिडियो बनाउन नि ठूलै रकम चाहिन्छ । यस्तो अवस्थामा राम्रो गायक-गायिकाहरूसित पैसा हुनु पर्यो कि त देश-बिदेश गीत गाउन जानकालागि राम्रो च्यानल मिलाउन जान्नु पर्यो । अन्यथा अरुण थापाको कहानी भोग्नु पर्छ । यस्तो अवस्थामा पनि 'निरन्तर गीत गाईरहन्छु ।' भन्ने गायिका आफैँमा गर्ब गर्न लायक प्रेरणाका स्रोत हुन् । स्थानीय तथा हङकङ पुगेर पनि उनले स्टेज कार्यक्रमहरूमा गीत गाईरहेकी छिन् । लोकगीतलाई आफ्नो प्रीय गीत सम्झिने गायिकाले आउँदो हप्ता गीतकार केशर माङयुङ सुब्बाको शब्द, खगेन्द्र पन्धाक लिम्बू सङ्गीतमा 'राम नवमी बजार आउनु है माया ..' गीतको दोहोरी गायक कृष्णभक्त राईसँग रेकर्ड गर्न तयारी गरिरहेकी छिन् । लिम्बू गीत गाएर लिम्बू स्रोताहरू माझ पनि आफ्नो विशिष्ट स्थान बनाएकी गायिकाले लिम्बू गीतहरू पनि साह्रै ठेट र मीठो गाउने गर्दछिन । गीत-सङ्गीत-गायनलाई आफ्नो जीवनको अभिन्न मान्ने मीठो स्वरकी धनी गायिका यानेकी ओराङफुङ कहिल्यै ओईलाउने छैनन् भन्ने हाम्रो विश्वास र कामना छ ।

हाम्रा आत्मिय सहयोगी मित्र मनिष राइ ले उपलब्ध गराउनु भएको यो नामावली जो आजकाल चुलाचुली सुदंधित माटो को सुगंध बाट टाढा हुनुनुन्छ।  वहा हरु सबै लाइ हाम्रो संगम को तर्फ बाट मिठो सम्झना अनि परदेस मा हुदा आफ्नो सरिर को ख्याल गर्नु होला स्वास्थ्य को पनि ख्याल गर्नु होला। 


१ - भुमि गिरि - साउदी अरब                          
२ - दिलिप राइ - मलेसिया 
३ - कमल राइ - मलेसिया 
४  - ज्ञान  बा. राई - कतार 
५ - सन्तोष बा. थुलुङ्ग - मलेसिया 
६ -  बिमला बोखिम  - साउदी अरब
७ - सुबास आङ्गथुपो -साउदी अरब
८ - सिव गिरि - कतार  
९ - दिनेस गिरि - कतार  
१० - कुमार गिरि - साउदी अरब 
११ - कमल भुजेल  - साउदी अरब 
१२ - बिक्रम तिरुवा - साउदी अरब
१३ - देब कुमार तिरुवा - कतार  
१४ - मुना राइ  - मलेसिया 
१५ - दिनेस राइ - मलेसिया 
१६ - सबिन राइ - यू ए इ 
१७ - गङ्गा लिम्बु  - कतार  
१८ - सचिन राइ - मलेसिया 
१९ - मनोज राइ - मलेसिया 
२० - राजेस राइ  - मलेसिया 
२१ - बिशाल राइ  - साउदी अरब 
२२ - जीवन राइ  -कतार 
२३ - मणि राइ  - कतार 
२४ - दुर्गा राइ  - मलेसिया 
२५ - गल्लिघरे आम्बु - मलेसिया
२६ - सुदिप राइ  - मलेसिया 
२७ -  दुर्गापौडेल  - मलेसिया
२८ - कृष्ण  खडका - मलेसिया
२९ - मदन राइ - साउदी अरब
३० - टंक खडका - साउदी अरब 
३१ - कुमार मगर -कतार  
३२ -  बसन्त राइ  - साउदी अरब 
३३ - जुद्ध राइ - कोरिया 
३४ -रोवर्ड राइ -  यू ए इ 
३५  - सुरज राइ  -साउदी अरब
३६ - बिसाल राइ  -साउदी अरब 
३७ - मनिष राइ  - साउदी अरब 
३८ - भेनस राइ  - साउदी अरब 
३९ -हरि नन्द राइ  - मलेसिया 
४०  - प्रताप राइ - कतार 
४१ - दिपेन राइ  - कतार 
४२  - बिशाल जबेगु   -  यू ए इ  
४३  - कृष्ण राइ  - मलेसिया 
४५ - देवेन्द्र पौडेल - साउदी अरब 
४६ - राजेस पौडेल - मलेसिया 
४७ - रोसन पौडेल - साउदी अरब
४८ - राज राइ - साउदी अरब


- दीप मिलनदोहा कतार-नेपाली भाषा साहित्यमा मोतिराम भट्टले भित्र्याएको साहित्यिक विधा गजल यतिबेला नेपाली साहित्य जगतको लोकप्रीय विधा हो। सामाजिक सञ्जाल देखि लिएर कृति प्रकाशनमा समेत अग्रणी स्थान ओगटेको गजल यतिबेला केही पृथकता सहित सँयुक्त कृतिको रुपमा आउने तयारीमा लागिरहेको छ।नेपाली साहित्यका तीन साहित्य प्रेमिहरु रोहित राना,सुमित्रा अधिकारी धिताल र दीप मिलनको सँयुक्त प्रकाशनमा गजल ईन्द्रेणी नामक सँयुक्त गजल सँग्रह आउने भएको छ। नेपालभरीका जम्मा जम्मी ९३ जना गजलकारहरुका उत्कृष्ट गजलहरुबाट छनौट गरि जम्मा २० जनाका ५/५ गजल समेटीने छन। यहि भाद्र २३ गते सार्वजनिक गरिएको नामहरुलाई समेटेर प्रकाशन गरीने पुस्तकको विमोचन अनुराग साहित्य समाज देवदहले आगामी कार्तिक महिनाको अन्तिम हप्ता गर्नेछ।-छनौटमा परेका सबै गजलकारहरुलाई हार्दीक बधाई सहित छनौट समितिमा रहेर निश्पक्ष छनौटकार्य सम्पन्न गर्नुहुने गुरुहरु प्रती हार्दीक आभार व्यक्त गर्दछौ, स्मस्ण रहोस उक्त सँग्रहमा सँग्रहित गजलकारहरुले जनही १५०० रुपैया पारीश्रमिक समेत पाउने छन जुन नेपाली साहित्यको जगतकै पहिलो कदम हुनेछ।-प्रकाशकगजल ईन्द्रेणी परीवार
नहोला दौडिने मान्छेको मुलुकमा घर नहोला
खुट्टा काटिए पछाडि दौडिनु रहर नहोला  ।। 
म पागल हुनुको रहस्य थाहा पाइ राख्नुस
प्रिया स्वर्गीय भएको यता तिर खबर नहोला ।।
त्यत्ति खेर मलाई सम्झिनु यार मलाई सम्झिनु
हो। जतिखेर तलाई आफ्नाहरूको भर नहोला  ।। 
हार नखानु ए ईश्वर तैँले हार पक्कै नखानु
मन्दिरमा अचेल फुल नहोला पथ्रर नहोला  ।। 
आजसम्म मैले बुझ्न सकेको छैन के कारण हो 
भन्छन् कोही 'बाबु' लाई मारेपनी असर नहोला ।। 
बाबु देवकोटा

जूनको एक टुक्राले
धरतीमा अवरण गरेपश्चात्
लुम्बिनीको बाटो गरेर
पछ्याइहिँडेको छु भेट्न
आफैँसँग अलिकति माटो र देश बोकेर
सगरमाथा चिनाउने लक्ष्यमा ।
गनघोर काँडाहरुको जंगलबाट
एउटा भव्य सुन्दर फूल मन्दिरको खोजीमा
निरन्तर–निरन्तर हिँडिरहेछ
सुनसान रातको अँध्यारो चिर्ने साहसका साथ
पिल्पीले बत्ती बालेर जुनकिरीले
फूललाई बाटो चिनाउने उद्देश्यमा छ
जसरी शरीरका नसाहरुमा
कर्णाली बगिहिँडोस् देश खोज्न
फर्काउन सुस्ता कालापानी ।
यी उज्यालो बाँढ्ने जुनकिरीहरु
किन संगठित बन्न सकेका छैनन् ?
एक हुल मान्छेहरु
शिकारको लालचामा फँसेर
आकाशमा दौडिरहेका परेवा
जमिनतिर झार्न लल्लिन छन्
जंगेपिल्लर हराउनुसँग कुनै पर्वाह छैन
बरु, रातारात
सिङ्गो नेपाल सिर्जना गर्ने
महान् शालिकहरु ढालेर
जबरजस्ती व्यक्तिवादी मनोवृत्ति रोप्न खोज्छन् ।
कहिले फूल चोर्छन्
त कहिले जून चोर्छन्
उज्यालो बाँढ्ने जुनकिरीका लासहरु
बेपर्वाह ढलिरहेछन् ।
साँझ भेट्न हिँडेको घामलाई
मूलबाटो छेकेर सोधेको छु–
दिनदहाडै किन छायाँहरु हराउन थालेका छन् ?
उड्दै गरेको बादललाई
एकक्षण उभ्याएर सोधेको छु–
के तिमीले देख्यौ,
फूललाई निचोरेर लगेको रगत पिउनेहरु ?
कसले भनेको छैन–
यी शासकहरुले
जुनकिरीको छातीमा परेड खेलेनन् भनेर ?