WHAT'S NEW?
Loading...

Chulachuli online Radio

Showing posts with label राष्ट्रीय. Show all posts
Showing posts with label राष्ट्रीय. Show all posts


 फिल्म हेर्दाहेर्दै धेरैको आँखा रसाए । गहभरि आँसु बोकेर हलबाट बाहिरिने पनि देखिए । कसैले पहिलोपटक हेरे, कसैले पटक–पटक ।

विहीबार राजधानीको कमलपोखरीस्थित कुमारी सिनेमा हलमा थुप्रै परिचित-अपरिचित अनुहारहरुको उपस्थिति थियो । वर्ष २०७० को ‘हिट’ नेपाली चलचित्र ‘झोला’ उनीहरुले एकसाथ हेरे ।

चलचित्र युनिटले गरेको ‘विशेष सो’मा चलचित्रकर्मीसँगै साहित्य, संगीत, राजनीति, न्यायालयलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको जमघट भएको हो । सार्वजनिक प्रदर्शन, प्रिमियर र च्यारिटीहरुमा दर्शकको मन जितिसकेको ‘झोला’ले यहाँ पनि सबैबाट प्रशंसा बटुल्यो ।

चलचित्र हेरिसकेपछि सभासद बालकृष्ण खाँडले ‘नेपालको इतिहास झल्काएको तथा महिला हिंसाविरुद्ध आवाज बुलन्द गरेको चलचित्र उत्कृष्ट रहेको’ धारणा राखे । गहभरि आँसु बोकेर हलबाट बाहिरिएका वरिष्ठ संगीतकार बुलु मुकारुङले सन्चारकर्मीलाई प्रतिक्रियासमेत दिन सकेनन् ।

कलाकार रबी अधिकारीले नेपालीपन बोकेको ‘झोला’ले नेपाली संस्कृति, रितिरिवाजलाई उजागर गर्न सघाएको भन्दै नहेरेका दर्शकहरुलाई एकपटक हलसम्म आएर हेर्न आग्रह गरे । 

‘झोला’ दोसोपटक हेरेका निर्माता तथा वितरक गोपाल कायस्थले एकसय वर्ष पहिलेको नेपाली समाजको यथार्थकथा बोकेको यो चलचित्र प्राविधिकरुपमा पनि निकै उत्कृष्ट रहेको चलचित्र हेर्नैपर्ने बताए ।

‘चलचित्र हेरिसक्दा सबैको आँखामा आँसु भेटें–‘कायस्थले भने–‘एकपटक हेरिसकेका दर्शकले पनि यो चलचित्र पुनः हेर्दा केही घाटा छैन, नहेरेकाहरुलाई एकपटक हलसम्म आएर नेपाली समाजको इतिहास बुझ्न अनुरोध गर्दछु ।’

‘डेब्यु’मा नै सफल चलचित्र निर्देशकको दर्जा पाएका ‘झोला’ निर्देशक यादवकुमार भट्टराईले धेरै दर्शकको मागअनुसार नै चलचित्र पुनः प्रदर्शन गर्न लागिएको जनाए ।

उनले सति प्रथाको कथा उठान गरेको झोला जस्तै विभिन्न ऐतिहासिक  पाटोमा चलचित्र निर्माण गर्न अग्रसरताका लागि पनि चलचित्र पुनः प्रदर्शनमा दर्शकको साथ आवश्यक रहेको बताए ।

‘हाम्रो सिनेमासँगै प्रतिस्पर्धी सिनेमा पनि चल्नुपर्छ भन्ने मेरो मान्यता हो’–भट्टराईले थपे–‘राम्रा चलचित्रका बीचमा प्रतिस्पर्धा हुँदा नै सिनेमा घरमा दर्शकको बाक्लो उपस्थिति हुन्छ र नेपाली चलचित्रप्रति आमदर्शकको दृष्टिकोणमा पनि परिवर्तन आउँछ ।’

झोला’ शुक्रबारदेखि पुनः सार्वजनिक प्रदर्शनमा आएको छ । साहित्यकार कृष्ण धराबासीको कथामा आधारित ‘झोला’मा गरिमा पन्त, दीपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी, देशभक्त खनाललगायतको अभिनय रहेको छ ।

उत्तमकुमार श्रेष्ठको प्रस्तुतिमा तयार चलचित्रमा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशील शाहको लगानी छ ।

देश–विदेशमा सम्पन्न विभिन्न अवार्ड तथा चलचित्र महोत्सवमा सहभागी तथा पुरस्कृत यो चलचित्रबाट नायिका गरिमा पन्तले वर्ष २०१४ को सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।
teriya magar
केही समयअघि नेपालकै सान राखेकी रुपन्देहीकी तेरिया मगर अहिले के गर्दैछिन् ? यो सबैको चासोको विषय बनेको छ ।
उनले के गर्दैछिन् भन्ने जान्न उत्सुक भएपनि उनको खबर पाउन सकिरहेका छैनन् । आखिर कहाँ छिन् तेरिया ?
जिन्दगी नै कोरियोग्राफर बनेर बिताउने लक्ष्य लिएकी तेरियालाई अहिले भ्याई नभ्याई छ । नृत्यकै लागि विभिन्न देशबाट आएको निम्तो स्वीकार्दै उनी फरक फरक मुलुकमा पुगेकी हुन् । अहिलेसम्म तेरियाले धेरै मुलुकमा पुगेर आफ्नो प्रस्तुति दिइसकेकी छिन् । कोरिया, हङकङ, मलेसिया, कतार, दुवई, अष्ट्रेलिया, बेलायतलगायतका १० देशमा गरी दर्जनौं सो अहिलेसम्म भइसकेका छन् । उनको व्यस्तता यति धेरै छ कि एकछिनसम्म फुर्सद भएको छैन ।
 एमाओवादीसहित ३० दलीय मोर्चाले बिहीवार झापाको सदरमुकाम चन्द्रगडीमा आयोजना गरेको ¥यालीमा प्रहरीले दमन गरेको छ । दिउँसो १ बजे सुरु भएको ¥याली मालपोत कार्यालय अघि पुगेपछि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गर्दा दर्जनौं प्रदर्शनकारी र सर्वसाधारण घाइते भएका छन्
 प्रहरीको लाठीचार्जपछि करिव दुई घण्टा सरकारी कार्यालय आशपासको क्षेत्र तनावग्रस्त भएको थियो ।  प्रहरीको लाठी चार्जवाट दमक १८ का राम लुईटेल, भद्रपुर –१ की गंगा रायमाझी, मालपोत अगाडी मकै पोल्ने दुर्गा कामती, भद्रपुर –१ का रामचन्द्र महतो, एमाओवादीका नेता गगन पुरी, हल्दिवारीका तुलसी ओली, शनिश्चरेका हरी दाहाल, विद्यार्थी नेता रवि वस्नेत, भक्त खेवाङ, दुर्गी मुखिया, सेहनाज रेयमान, सोनाम राई, मनान सेक, नगेन्द्र राई,
काठमाडौ, माघ ५ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयतामा सहमति भए शासकीय स्वरुपमा फरकमत राखेर संविधान जारी गर्न सकिने उल्लेख गरेका छन् । साथै उनले न्यायपालिका र निर्वाचन प्रणालीमा सहमतिको नजिक पुगेकोसमेत उल्लेख गरेका छन् । 
यसअघि एमाओवादीले प्रदेशहरुको मिश्रित नाम दिएर जाने भए छ प्रदेशसम्ममा सहमति गर्न सकिने र प्रदेशहरुको नामाकरण प्रदेश सभालाई दिने हो भने १० प्रदेश हुनुपर्ने अडान राखेको थियो । तर, काँग्रेस एमालेले भने सात प्रदेशको बनाउने र त्यसको नामाकरण प्रदेश सभालाई दिने अडान राख्दै आएको छ । 
एमाओवादीले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडानमा थियो । तर, संघियतामा सहमति भए त्यसमा आफ्नो फरकमत राख्ने र संविधान निर्माण प्रकृयामा अघि बढ्ने उसले भनेको छ । 
दाहालले सहमति भयो भनेर हल्ला फैलाउन गलत भएको पनि उल्लेख गरे । 'हामी अग्रगामी संविधान निर्माणकै लागि वार्ता र आन्दोलन दुवै तिर छौं' उनले भने, 'संविधानसभा र बाहिरबाट दवाव जारी छ ।' साथै उनले सहमतिको लागि अधिक्तम् प्रयास जारी राखेको पनि उल्लेख गरे । 

काठमाडौ, माघ ३ -
राष्ट्रपति रावमरण यादवले सहमतिमै अघि बढ्न प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन । माघ ८ को मिति नजिकिदै गर्दा राष्ट्रपति यादवले शनिबार सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई शीतल निवास बोलाएर यस्तो आग्रह गरेका हुन् । राष्ट्रपति यादवले जनतालाई संविधान जारी हुने आश्वस्त पार्न माघ ८ सम्म केही न केही सहमति गर्न नेताहरुलाई दबाव दिएका छन । राष्ट्रपतिले सत्तापक्ष र प्रतिपक्षका नेताहरुसंग छुट्टाछुट्टै भेटबार्ता गरेका हुन ।
काठमाडौ, माघ २ - सहमति नभए प्रक्रियामै गएर पनि माघ ८ मै संबिधान जारी गर्नुपर्ने माग गर्दै संबिधानसभाका ४१३ सभासदले सभामुख सुबास नेम्वाङलाई हस्ताक्षर बुझाएका छन् । आज संबिधानसभामा सभासद चित्रबहादुर केसीले सभामुख नेम्वाङलाई ४१३ हस्ताक्षर बुझाएका हुन् ।
हस्ताक्षर संकलनको नेतृत्व सभासद प्रकाश ज्वालाले गरेका हुन् । हस्ताक्षर बुझ्दै सभासद सुबास नेम्वाङले दलका नेताहरुले दुई घण्टामा सहमति गर्छु भनेपनि सहमति गर्न नचाहेको बताए ।
'दलका नेताहरुले नचाहेर सहमति नभएको हो', हस्ताक्षर बुझ्दै नेम्वाङले भने,'बिषयवस्तु र प्रक्रियामा सहमति भए अझैं पनि माघ ८ मा संबिधान आउछ नत्र गाह्रो छ ।'
सत्तारुढ दल कांग्रेस र एमाले सहमति नभए प्रक्रियामै गएर संबिधान जारी गर्नुपर्ने पक्षमा भए पनि प्रतिपक्ष एमाओवादीसहितको ३० दलीय मोर्चाले प्रक्रियामा गएर संबिधान बनाए आन्दोलन गर्ने चेतावनी  दिएको छ ।
काठमाडौ, माघ २ - एमाओवादी र मधेशीसहितका विपक्षी दलहरुले आफ्नो सहमतिबिना संविधान निर्माण प्रक्रिया अघि बढ्न नसक्ने भन्दै त्यसो गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । उनीहरुले कांग्रेस, एमालेसहितको सत्तापक्षले बिना सहमति प्रक्रिया अघि बढाउन गरेको तयारी संविधानसभा नियमावली बिपरित हुने दावी गरेका छन् ।