WHAT'S NEW?
Loading...

Chulachuli online Radio

Showing posts with label साहित्य-सिर्जना ». Show all posts
Showing posts with label साहित्य-सिर्जना ». Show all posts
दिपक ढुङाना "दियालो" 
             १  
ग्रह-दशा उल्टो सुल्टो चलेपछि के लाग्छ र l
समय अनि नियतिले छलेपछी के लाग्छ र ll
बाध्यतामा कैले काहीँ रोक्नु पर्दो रैछ यात्रा l
हिड्दा हिड्दै पाइलाहरु गलेपछी के लाग्छ र ll

                   २
सुख हुँदा नाता जोड्ने कति हुन्छन कति l
दु:ख पर्दा साथ छोड्ने कति हुन्छन कति ll
अजम्बरी पिरतिको नाता टुटाएर l
पराईको घुम्टो ओड्ने कति हुन्छन कति ll
               ३
शोषित पिडित जनताको सम्मान हुनुपर्छ l
दबिएका जनजातको उत्थान हुनुपर्छ ll
बर्सौं भयो न्याय निसाफ हराएको देशमा l
अब देशमा न्याय दिने सम्बिधान हुनुपर्छ ll
दिपक ढुङाना "दियालो" 
पथरि मोरङ
सुरज गुरुङ 
जिन्दगीमा सधै भरी हिडीन्छ गन बोकेर
घर परिवार सम्झिएर चिसो मन बोकेर
बस्ने खाने ठेगान हुन्न न दिन दुनीयाको
हिड्नु पर्छ ठाँटले यस्तो यो जिवन बोकेर
उता देखी बुढी आमा तार गर्नु हुन्छ जब
बोल्ने गर्छु सम्हालिदै टिल्पिल् नयन बोकेर
न खोला न नाला न हावा न हुरी भन्नु पर्छ
गिता छोई खाएको कसम र वचन बोकेर
प्यारी भन्छिन् सपनमा देखे थें हजुरलाई
के थाह उस्लाई हिडेको छ रासन बोकेर
- सुरज गुरुङ
लामाजुङ हाल भारत
साबित्रा बास्कोटा
यो देस का नेताहरु  जनता छल्ने दाउ मा छन
दोधारे छन, दुइ खुट्टा दुइ तिरकै नाउ मा छन । ।
परिवर्तन गर्छौ भन्थे ठुला ठुला आशा देखाइ
उही पुराना सैलि हरु अनि हाउभाउ मा छन । ।
बिस्वास गरे जनता ले परिवर्तित नेतृत्व लाई
निरन्कुसता ढाल्छौ भन्थे कुसासन कै ठाँउ मा छन । ।
शान्ती न्याय स्वतन्त्रता ल्याउने कुरा गर्थे पहिले
अझै सोसक जालीझेली शहर अनि गाउ मा छन । ।
जुनै जोगी आए पनि कानै चिर्या भने जस्तो
भोका नाङा सर्वहारा अझै साहु कै पाउ मा छन । ।
सत्ता मोह रैछ सबलाई स्वार्थकै छ राजनिति
यसरि नै डुब्दै छ देस, जनता दुख्या घाउ मा छन

सबित्रा बस्कोटा
साब्लाखु ताप्लेजुङ
हाल- किर्तिपुर
           १
अनायासै कसैको दिलमा, बाँस नगर !!
सुटुक्कै मन चोर्ने कसैको, साहस नगर !
मन सबैको एउटै हुन्छ, बुझ्न् पर्छ तिमिले
मनले मनलाइ धोका दिने, प्रयास नगर !!