WHAT'S NEW?
Loading...

Chulachuli online Radio

साँघुरी बस्तीको सपना सरकारको आशामा

चेतन आङथुपो

चुलाचुली । विद्यालय छुटाएर बाटो खन्न सहभागि भएका कक्षा– ५ मा अध्यनन गर्दै गरेका मनिस विकले भने, ‘घण्टौ लाएर उकालो आरालो हुँदै खोल्सा–खोल्सीको बाटो विद्यालय जानु पर्ने हुँदा ठूलो बाटो राम्रो बाटो बनाउनको लागि हरेक शुक्रबार विद्यालय छुटाउँदै आएको छु ।’  
अर्का कक्षा–८ विद्यार्थी रोशन राईको सपना पनि उस्तै छ, ‘विद्यालय जाँदा डेड घण्टा आउँदा २ घण्टा लाग्छ हाम्रो गाउँमा पनि साइकल कुद्ने बाटो भए हुन्थ्यो ।’ यस्ता दर्जन विद्यार्थीसहित शुक्रबारको दिन गोठचोक, अंजिगारे र साघुरीका स्थानीय, युवालगायतको आधा घण्टाको पैदल हिडेर जम्मजम्मी ६० जनाको भेला हुने गर्छन् । 
२०३८ सालमा साँघुरो घोरेटो खनिएको बाटोलाई इलामको दक्षिण गाविस बाँझो–२ को साँघुरी बस्तीका गाउँलेहरु २०७२ सालको असोज १५ गते शुक्रबारबाट बाटो स्तरान्नेतीमा निरन्तर दिँदै आइरहेका छन् । कुनै पनि निकाय, संघ÷संस्थाको सहयोग बिनै गाउँलेहरुले ५ फिट चौडाई रहेको बाटोको स्तरान्नेती लगभक ४ किमी खनिसकेका छ्न । चुलाचुलीको ठुलो मुहान विधूवादेखि सुरु भएको बाटो अमले, गोठचोक, साँघुरी, अंजिङगारे हुँदै सिमल्टारको बुद केन्द्रसम्म पुर्याउने लक्ष्य रहेको छ । 
स्थानीयहरु भन्छन्, ‘बाटो ठूलो र राम्रो भए बिरामी पर्दा पनि स्ट्रेचरमा बोकेर लैजान सहज हुँदो रहेछ, पहिले डोकामा, पिठ्युमा बोकेर खोल्साखोल्सीको बाटो बर्खामा झनै गाह्रो हुने गर्दथ्यो गाउँले जुटेकाछौं कतै सरकारले हेरी दिए हाम्रो गाउँले पनि विकास पाउँथ्यो की ?’
युवाको भेलाले तारामर्णी कोयू राईको अध्यक्षत्वमा साँघुरी टोल विकास समिति नामको संस्था गठन गरिएको छ । उक्त समूहको नेतृत्वले ल्याएको काम नै दुई पुस्तापछि विकास प्रतिको पहिलो सोच हो । समितिका अध्यक्ष तारामर्णी कोयू राईले भने, ‘विकास आफै आउँदैन हामी हिड्ने बाटो हामी आफैले खन्नुपर्छ अनि सरकारले कसो नहेर्ला भनेर विकासकै लागी गाउँले श्रमदानमा जुटेका हौं ।’ 
समितिका सचिव राजन राइले भने, ‘बाटो फराकिलो बनाउन सकेको कारण यहाँका गाउँलेहरुले उत्पादन गरेका अदुवा, कुचा, भकारीलगायत हिजोका दिनमा पिठ्युमा बोकिन्दै आए पनि आज साइकलबाट लैजान सजिलो भएको छ ।’ उनले थपे, ‘विकासको सुरुवात नै बाटो हो, गाउँलाई बाटो चाहियो हामीलाई पनि विकास चाहियो भनेर गाविस, जिविससम्म हाम्रो समस्या पुर्याउन नसक्नु भनेको अशिक्षा, गाउँलेहरुले चासो नदिनु, आर्थिक विपन्नताले पनि हो तर आज केही पढेलेखेका युवाले गाउँलेलाई जुटाएकाछौ हिड्नकै लागि सुविधा होस् पछि सरकारले हेरिहाल्यो भने मोटर कुदने सम्मको बाटो बन्लाकी भन्ने आशा लिएर गाउँलेको बलकुताले कामलाई निरन्तरता दिइएकाछौ ।’
तराई पनि पहाड पनि भन्न नमिल्ने दुग्रम भूगोल भएकाले साँघुरी बस्तीका गाउँलेको संयुक्त समस्या भने एउटै रहेको छ, ‘जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, सामाजिक भता, नागरिकतालगायतका सिफारिस लिनु परेमा गाविस कार्यालय पुग्न ९ घण्टा लाग्छ, त्यसमा गाविस सचिव कार्यालयमा नभेट्नाले सकस खेप्नु परेको छ । 
राई जातिको बाहुल्यता भएको यस गाउँमा राजनीतिदलका प्रतिनिधिसमेत नरहेका र राजनीति पार्टी प्रति पनि कसैको समर्थन नभएको युवा रतन राई बताउछन् । उनी भन्छन्, ‘नेताहरु भोट माग्न कहिलेकाही हात जोड्न आइपुग्छन्, तर यहाँका थोरै जनताले भोग्नु परेको सास्ती प्रति फर्केर हेर्दैनन्  ।’ दुर्गम भूगोल, गरिबी र आर्थिक विपन्नकै कारण यहाँका युवाले भनेजस्तो शिक्षा लिन नसक्नु, पढेलेखेका मानिसहरु नभएका कारण प्रशासनिक निकायसम्म पौवज पुर्याउन नसक्नु अर्को विडम्बना हो । 
लारुम्बा, महमाई, इलाम सदरमुकाम जान सक्ने बाटोको यो निरन्तरतालाई बाँझो–२ मार्चेबुङ सडक समितिहरुले जिविसमा योजनाको प्रस्तवना कागजात पेश गरिएको स्थानीयहरुको भनाई छ । १७ घरधुरी रहेको साँघुरी बस्तीको जनसंख्या एक सय हारहारीमा छ भने अंजिङगारेसहित तीन सय हारहारी जनसंख्या रहेका गाउँलेहरुको वर्षेनी समस्या भनेको खानेपानी रहेको छ । चारैतिर भीर र खोलाखोल्सी रहेकाले विधुत, बाटो, स्वास्थ्या चौकी, पसल केहीको पनि सुविधा नरहेकाले साँघुरी बस्तीको सामूहिक सपना भनेको मोटर बाटो बनाउने रहेको छ । 
यो गाउँ यतिबेला दयालु दातृसंस्था र अनुदानको पर्खाइमा रहेको छ । रमाइलो, घुमाउरो डाँडा हँुदै चुलाचुली गाविस बाट १ घण्टा उकालो पैदल हिडेपछि साँघुरी बस्ती पुग्न सकिन्छ । उक्त बस्तीका मोनमोहक डाँडाहरुबाट छर्लङ्ग चुलाचुली, मधुमलासँगै झापाका मुख्य ठाउँहरुको रमाइलो दृश्य हेर्न सकिन्छ ।

0 प्रतिकृया: