WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

खगेन्द्र खिलाफी 
जती सक्छौ मेरो दिल ,घरी घरी तोडे हुन्छ ।
जिन्दगीका मिठा मिठा नाता अन्तै जोडे हुन्छ।।
सगै हुँदा तिमीलाई ,दर्द पिडा हुन्छ भने ,
मेरो साथ छोडि अब ,अन्तै बाटो मोडे हुन्छ।।
किन गर्छौ ब्यथै तिमी ,मेरो चिन्ता पिर अब ,
मरितुल्य पारी एक्लै ,बेबारिसे छोडे हुन्छ ।।
साचो सत्य चोखो माया ,गर्न छाडे मान्छेहरु ,
झुठ्ठो माया रोपी यहाँ ,झुठ्ठो माया गोडे हुन्छ।।
मेरो कुनै रोक छैन ,तिमी खुशी हुन्छौ भने,
हासी हासी पराइको ,घुम्टो अब ओडे हुन्छ ।। 
खगेन्द्र खिलाफी 
रेगिस्तान ।

0 प्रतिकृया: