WHAT'S NEW?
Loading...

Chulachuli online Radio

दिपक ढुङाना "दियालो" का मुक्तक हरु

दिपक ढुङाना "दियालो" 
             १  
ग्रह-दशा उल्टो सुल्टो चलेपछि के लाग्छ र l
समय अनि नियतिले छलेपछी के लाग्छ र ll
बाध्यतामा कैले काहीँ रोक्नु पर्दो रैछ यात्रा l
हिड्दा हिड्दै पाइलाहरु गलेपछी के लाग्छ र ll

                   २
सुख हुँदा नाता जोड्ने कति हुन्छन कति l
दु:ख पर्दा साथ छोड्ने कति हुन्छन कति ll
अजम्बरी पिरतिको नाता टुटाएर l
पराईको घुम्टो ओड्ने कति हुन्छन कति ll
               ३
शोषित पिडित जनताको सम्मान हुनुपर्छ l
दबिएका जनजातको उत्थान हुनुपर्छ ll
बर्सौं भयो न्याय निसाफ हराएको देशमा l
अब देशमा न्याय दिने सम्बिधान हुनुपर्छ ll
दिपक ढुङाना "दियालो" 
पथरि मोरङ

0 प्रतिकृया: