WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल


धर्मेन्द्र तिम्सिना क्षितिज 
कुन देशको संविधान बनेको छ चक्काजामले 
जनतालाई पीडा मात्र थपेको छ चक्काजामले
विहान बेलुका छाक टार्न ढिकी जाँतो गर्नेलाई 
दन्दिएर ज्वालाले झैं पोलेको छ चक्काजामले
गरिबका उत्साह अनि उमंगहरु सबै जलाएर 
कलंकको खोक्रो इतिहास बोकेको छ चक्काजामले
सन्तानले दुख पाएपछी आमाको आँखाबाट 
अविरल आँसु मात्र झारेको छ चक्काजामले
बन्द हड्तालहरु सबै रोकेर सहमती गर अब 
किनकी देश टुक्राउन आँटेको छ चक्काजामले
       अमेरिका

0 प्रतिकृया: