WHAT'S NEW?
Loading...
Chulachuli online Radio
चुलाचुली ७ नम्बर को आइतबारे बजार पूर्व अनि मोतिहांग को घर को तेर्सो बाटो माथि र यलम्बर चोक को तेर्सो बाटो तल को भाग जसलाई हामि उज्वल बस्ति भनेर पनि चिन्छौ यो एरिया का दाजु भाइ हरु को को कता कता हुनुहुन्छ भनेर हामि ले खोजि गरेको थियो जस मा ख्याम बानिया ले धेरै ठुलो सहयोग गर्नु भएको छ। यो भाग का साथि हरु जो हामि संग सिधा सम्पर्क मा हुनुनुन्छ वहा हरु को नामावली हामि ले प्रकासन गरेका छौ कोइ छुट्नु भएको छ भने हामि लाइ जानकारी गराउनु भयो भने हामि धेरै आभारी हुने थियौ।
१ - श्याम राइ - कोरिया
३ - दिपेन राना मगर - कोरिया
४ - अनिल लावती - कतार
५ - बिक्रम हंग्सुरुम्बा - साउदी अरब
६ - गुमान सि फियाक - कतार
७ - सन्त सुहांग - यु ए इ
८ - जगत फियाक - बहराइन
९ - ख्याम बानिया - यु ए इ
१० - रुद्र फियाक - कतार
११ - दिल बहादुर बानिया - कुवैत
ओराङफुङ जस्तै गायिका देशु सुहाङ3
ओराङफुङ, गाउँको नाम भने नि फूलको नाम भने नि यो पाँचथरको सुभाङको वडा नम्बर-८ मा पर्ने
फूल जस्तै सुन्दर गाउँको नाम हो । लिम्बूहरूको बाहुल्यता रहेको यो गाउँ
लिम्बू सँस्कृति-सँस्कार र
कलाको स्रोत हो ।
फूलै फूलको जस्तो जोवान कतिन्जेल फुल्छ र ओईली जान्छ कि म पनि कहाँ भेटुँ
मनले भन्छ नि
हे रुमाल सुकाई देऊ मायाको त्यो गाँठो मनले फुकाईदेऊ 'रुमाल सुकाई देऊ'
एल्बमको यो चर्चित
गीतको गायिका देशु सुहाङ आमा पदम माया सुहाङ र बुवा पदम बहादुर सुहाङको
कोखमा २०३० सालमा
यै सुन्दर ओराङफुङमा नै ओराङफुङ जस्तै भएर जन्मिएकी थिइन ।
यै गाउँले उनलाई गीत-सङ्गीतमा लाग्ने प्रेरणा दियो र कक्षा-६ पढ्दादेखि नै
आफ्नो कला-स्वर सार्वजनिक गर्न थालेकी थिइन । काठमाडौमा पढाई तथा
सङ्गीतकोलागि छिरेकी गायिका देशु सुहाङले २०५० सालमा रेडियो नेपालमा स्वर
परिक्षा उतिर्ण गरेकी हुन् । जम्मा ४०० भन्दा धेरै गीत गाईसकेकी गायिकाका
एल्बमहरू 'मनको बह' र 'रुमाल सुकाई देऊ' -लोकगीत एल्बम, 'छोपिइको
जून'-आधुनिक गीतको एल्बम तथा 'आहिङमान' लिम्बू गीतको एल्बम प्रकाशित छन् ।
विशेष: लोकगीत नै लोकको गीत हुनसक्छ र गाउन सक्यो भने लोकगीत मै सन्तुष्टी,
चर्चा र सफलता पाउन सकिन्छ भन्ने मान्यता राख्ने गायिकाले समय अनुसार
राम्रो चर्चा र सफलता हाँसिल गर्दै गईन । नेविसंका केन्द्रीय उपादक्ष
विध्यार्थी नेता टङ्क बिक्रम नेम्बाङसँग विवाह बन्धनमा बाँधिएर पनि उनको
साङ्गीतिक यात्राले नियमितता पाईरह्यो । छोरी ईक्सा नेम्बाङ र छोरा मिङ्सो
हाङ नेम्बाङको मातृ-ब्यस्तताले पनि उनलाई गायनमा वाधा गरेन । क्रमश: उनका
राम्रा-राम्रा गीतहरू आईरहे । चर्चा बढिरह्यो । तर, विधीको विडम्बना पनि
घातक भईदियो ।
२०६५ कार्तिक-१७ गते उनको जीवनको कालो दिनको रुपमा उभिएर आयो । आफ्ना ३५
बर्षे जवान श्रीमानलाई दुर्घटनाले टिपेर लगिदियो । यो दुर्घटनाले
गायिकाको
गला मात्र रुकेन,जीवनको सहारा नै खोसिदियो । ओराङफुङकी ओराङफुङलाई भाग्यले
धुजा-धुजा फटाईदियो । साथमा रहेका छोरी र छोराको मुहार हेरेर मन थामिन् ।
बाँकी जीवनलाई छोरा-छोरीको लागि चलाउन हिम्मत गरिन् । आफ्ना पीडा, दु:ख र
समस्याका बाबजुद पनि उनीभित्रको गीत-सङ्गीतको मोह मर्न सकेन । केहि समय
ब्यवशायीक रुपमा गीतहरू प्रकाशन गर्न नसकेपनि आफ्ना वेदना, एक्लोपन र
पीडालाई लुकी-लुकी आँसु मिसाई मनमनै एक्लै-एक्लै गाईरहिन् । कलिला
नानीहरूलाई एक्लै सम्हाल्दै जीवन चलाउँदै गईन । हुर्काउँदै गईन । उनीभित्र
गायन सौख बिउँतिएर आयो । आफ्नो दु:खमा मन सम्हाल्न गायन नै उनको सहारा
जस्तै बन्दै गयो । उनका गीतहरू फेरि रेकर्ड हुन थाले । नानीहरू पनि
हुर्कँदै गए । नानीहरूको लालनपालनको लागि सानो जागिर पनि मिल्यो ।
गायिकाभित्र अझै आशा र हिम्मतको बिजारोपण भएर आयो । नयाँ-नयाँ गीतहरू पनि
आउन थाल्यो । अब लोक दोहोरी तथा आधुनिक गीतहरूको रेकर्डको योजना बनाईरहेकी
गायिकाले दैनिक जीवन निकै कठिनताका साथ दैनिकी गुजारिरहेकी छिन् । काठमाडौ
जस्तो महँगीमा नानीहरूको पढाई र लालनपालन गर्न एक्लै सानो जागिर खाँदै
सँघर्ष गरिरहेकी छिन् । नानीहरूलाई एसएलसी सम्म पढाउन पाए हुन्थ्यो भन्ने
उनको चाहना छ । तर खाईरहेको जागिर खोस्न समेत मान्छेहरू लागी परेका
बताउँछिन् । हुन पनि अरुको कमजोरीमा दाउ हान्ने मान्छेहरू प्रसस्त छन्, ।
राज्य र सम्बन्धित निकायले कलाकारहरूलाई हेर्ने वातावरण नेपालमा बनिसकेको
छैन । तर पनि गायिका हिम्मतिला लाग्छन् । स्रोताहरूले माया गरुन्जेल र
आफ्नो गलाले साथ दिउन्जेल गायन नछोड्ने प्रिवद्धताकासाथ ओराङफुङ ओइलिन सकेन
र फेरि मग्मगाउन थालेको छ । पहिलेको जस्तो क्यासेट र सिडी बिक्दैन ।
पाइरेसीले गर्दा पैसा उठाउन गाह्रो छ । तर रेकर्डिङ खर्च बढेर गएको छ ।
अहिले अडियो मात्र पनि सुन्ने चलन हराउन थालेको छ । भिडियो बनाउन नि ठूलै
रकम चाहिन्छ । यस्तो अवस्थामा राम्रो गायक-गायिकाहरूसित पैसा हुनु पर्यो कि
त देश-बिदेश गीत गाउन जानकालागि राम्रो च्यानल मिलाउन जान्नु पर्यो ।
अन्यथा अरुण थापाको कहानी भोग्नु पर्छ । यस्तो अवस्थामा पनि 'निरन्तर गीत
गाईरहन्छु ।' भन्ने गायिका आफैँमा गर्ब गर्न लायक प्रेरणाका स्रोत हुन् ।
स्थानीय तथा हङकङ पुगेर पनि उनले स्टेज कार्यक्रमहरूमा गीत गाईरहेकी छिन् ।
लोकगीतलाई आफ्नो प्रीय गीत सम्झिने गायिकाले आउँदो हप्ता गीतकार केशर
माङयुङ सुब्बाको शब्द, खगेन्द्र पन्धाक लिम्बू सङ्गीतमा 'राम नवमी बजार
आउनु है माया ..' गीतको दोहोरी गायक कृष्णभक्त राईसँग रेकर्ड गर्न तयारी
गरिरहेकी छिन् । लिम्बू गीत गाएर लिम्बू स्रोताहरू माझ पनि आफ्नो विशिष्ट
स्थान बनाएकी गायिकाले लिम्बू गीतहरू पनि साह्रै ठेट र मीठो गाउने गर्दछिन ।
गीत-सङ्गीत-गायनलाई आफ्नो जीवनको अभिन्न मान्ने मीठो स्वरकी धनी गायिका
यानेकी ओराङफुङ कहिल्यै ओईलाउने छैनन् भन्ने हाम्रो विश्वास र कामना छ ।
हाम्रा आत्मिय सहयोगी मित्र मनिष राइ ले उपलब्ध गराउनु भएको यो नामावली जो आजकाल चुलाचुली सुदंधित माटो को सुगंध बाट टाढा हुनुनुन्छ। वहा हरु सबै लाइ हाम्रो संगम को तर्फ बाट मिठो सम्झना अनि परदेस मा हुदा आफ्नो सरिर को ख्याल गर्नु होला स्वास्थ्य को पनि ख्याल गर्नु होला।
१ - भुमि गिरि - साउदी अरब
२ - दिलिप राइ - मलेसिया
३ - कमल राइ - मलेसिया
४ - ज्ञान बा. राई - कतार
५ - सन्तोष बा. थुलुङ्ग - मलेसिया
६ - बिमला बोखिम - साउदी अरब
७ - सुबास आङ्गथुपो -साउदी अरब
८ - सिव गिरि - कतार
९ - दिनेस गिरि - कतार
१० - कुमार गिरि - साउदी अरब
११ - कमल भुजेल - साउदी अरब
१२ - बिक्रम तिरुवा - साउदी अरब
१३ - देब कुमार तिरुवा - कतार
१४ - मुना राइ - मलेसिया
१५ - दिनेस राइ - मलेसिया
१६ - सबिन राइ - यू ए इ
१७ - गङ्गा लिम्बु - कतार
१८ - सचिन राइ - मलेसिया
१९ - मनोज राइ - मलेसिया
२० - राजेस राइ - मलेसिया
२१ - बिशाल राइ - साउदी अरब
२२ - जीवन राइ -कतार
२३ - मणि राइ - कतार
२४ - दुर्गा राइ - मलेसिया
२५ - गल्लिघरे आम्बु - मलेसिया
२६ - सुदिप राइ - मलेसिया
२७ - दुर्गापौडेल - मलेसिया
२८ - कृष्ण खडका - मलेसिया
२९ - मदन राइ - साउदी अरब
३० - टंक खडका - साउदी अरब
३१ - कुमार मगर -कतार
३२ - बसन्त राइ - साउदी अरब
३३ - जुद्ध राइ - कोरिया
३४ -रोवर्ड राइ - यू ए इ
३५ - सुरज राइ -साउदी अरब
३६ - बिसाल राइ -साउदी अरब
३७ - मनिष राइ - साउदी अरब
३८ - भेनस राइ - साउदी अरब
३९ -हरि नन्द राइ - मलेसिया
४० - प्रताप राइ - कतार
४१ - दिपेन राइ - कतार
४२ - बिशाल जबेगु - यू ए इ
४३ - कृष्ण राइ - मलेसिया
४५ - देवेन्द्र पौडेल - साउदी अरब
४६ - राजेस पौडेल - मलेसिया
४७ - रोसन पौडेल - साउदी अरब
४८ - राज राइ - साउदी अरब
- दीप मिलनदोहा कतार-नेपाली भाषा साहित्यमा मोतिराम भट्टले भित्र्याएको साहित्यिक विधा गजल यतिबेला नेपाली साहित्य जगतको लोकप्रीय विधा हो। सामाजिक सञ्जाल देखि लिएर कृति प्रकाशनमा समेत अग्रणी स्थान ओगटेको गजल यतिबेला केही पृथकता सहित सँयुक्त कृतिको रुपमा आउने तयारीमा लागिरहेको छ।नेपाली साहित्यका तीन साहित्य प्रेमिहरु रोहित राना,सुमित्रा अधिकारी धिताल र दीप मिलनको सँयुक्त प्रकाशनमा गजल ईन्द्रेणी नामक सँयुक्त गजल सँग्रह आउने भएको छ। नेपालभरीका जम्मा जम्मी ९३ जना गजलकारहरुका उत्कृष्ट गजलहरुबाट छनौट गरि जम्मा २० जनाका ५/५ गजल समेटीने छन। यहि भाद्र २३ गते सार्वजनिक गरिएको नामहरुलाई समेटेर प्रकाशन गरीने पुस्तकको विमोचन अनुराग साहित्य समाज देवदहले आगामी कार्तिक महिनाको अन्तिम हप्ता गर्नेछ।-छनौटमा परेका सबै गजलकारहरुलाई हार्दीक बधाई सहित छनौट समितिमा रहेर निश्पक्ष छनौटकार्य सम्पन्न गर्नुहुने गुरुहरु प्रती हार्दीक आभार व्यक्त गर्दछौ, स्मस्ण रहोस उक्त सँग्रहमा सँग्रहित गजलकारहरुले जनही १५०० रुपैया पारीश्रमिक समेत पाउने छन जुन नेपाली साहित्यको जगतकै पहिलो कदम हुनेछ।-प्रकाशकगजल ईन्द्रेणी परीवार
नहोला दौडिने मान्छेको मुलुकमा घर नहोला
खुट्टा काटिए पछाडि दौडिनु रहर नहोला ।।
खुट्टा काटिए पछाडि दौडिनु रहर नहोला ।।
म पागल हुनुको रहस्य थाहा पाइ राख्नुस
प्रिया स्वर्गीय भएको यता तिर खबर नहोला ।।
प्रिया स्वर्गीय भएको यता तिर खबर नहोला ।।
त्यत्ति खेर मलाई सम्झिनु यार मलाई सम्झिनु
हो। जतिखेर तलाई आफ्नाहरूको भर नहोला ।।
हो। जतिखेर तलाई आफ्नाहरूको भर नहोला ।।
हार नखानु ए ईश्वर तैँले हार पक्कै नखानु
मन्दिरमा अचेल फुल नहोला पथ्रर नहोला ।।
मन्दिरमा अचेल फुल नहोला पथ्रर नहोला ।।
आजसम्म मैले बुझ्न सकेको छैन के कारण हो
भन्छन् कोही 'बाबु' लाई मारेपनी असर नहोला ।।
बाबु देवकोटा
जूनको एक टुक्राले
धरतीमा अवरण गरेपश्चात्
लुम्बिनीको बाटो गरेर
पछ्याइहिँडेको छु भेट्न
आफैँसँग अलिकति माटो र देश बोकेर
सगरमाथा चिनाउने लक्ष्यमा ।
धरतीमा अवरण गरेपश्चात्
लुम्बिनीको बाटो गरेर
पछ्याइहिँडेको छु भेट्न
आफैँसँग अलिकति माटो र देश बोकेर
सगरमाथा चिनाउने लक्ष्यमा ।
गनघोर काँडाहरुको जंगलबाट
एउटा भव्य सुन्दर फूल मन्दिरको खोजीमा
निरन्तर–निरन्तर हिँडिरहेछ
सुनसान रातको अँध्यारो चिर्ने साहसका साथ
पिल्पीले बत्ती बालेर जुनकिरीले
फूललाई बाटो चिनाउने उद्देश्यमा छ
जसरी शरीरका नसाहरुमा
कर्णाली बगिहिँडोस् देश खोज्न
फर्काउन सुस्ता कालापानी ।
एउटा भव्य सुन्दर फूल मन्दिरको खोजीमा
निरन्तर–निरन्तर हिँडिरहेछ
सुनसान रातको अँध्यारो चिर्ने साहसका साथ
पिल्पीले बत्ती बालेर जुनकिरीले
फूललाई बाटो चिनाउने उद्देश्यमा छ
जसरी शरीरका नसाहरुमा
कर्णाली बगिहिँडोस् देश खोज्न
फर्काउन सुस्ता कालापानी ।
यी उज्यालो बाँढ्ने जुनकिरीहरु
किन संगठित बन्न सकेका छैनन् ?
किन संगठित बन्न सकेका छैनन् ?
एक हुल मान्छेहरु
शिकारको लालचामा फँसेर
आकाशमा दौडिरहेका परेवा
जमिनतिर झार्न लल्लिन छन्
जंगेपिल्लर हराउनुसँग कुनै पर्वाह छैन
बरु, रातारात
सिङ्गो नेपाल सिर्जना गर्ने
महान् शालिकहरु ढालेर
जबरजस्ती व्यक्तिवादी मनोवृत्ति रोप्न खोज्छन् ।

कहिले फूल चोर्छन्
त कहिले जून चोर्छन्
उज्यालो बाँढ्ने जुनकिरीका लासहरु
बेपर्वाह ढलिरहेछन् ।
त कहिले जून चोर्छन्
उज्यालो बाँढ्ने जुनकिरीका लासहरु
बेपर्वाह ढलिरहेछन् ।
साँझ भेट्न हिँडेको घामलाई
मूलबाटो छेकेर सोधेको छु–
दिनदहाडै किन छायाँहरु हराउन थालेका छन् ?
उड्दै गरेको बादललाई
एकक्षण उभ्याएर सोधेको छु–
के तिमीले देख्यौ,
फूललाई निचोरेर लगेको रगत पिउनेहरु ?
मूलबाटो छेकेर सोधेको छु–
दिनदहाडै किन छायाँहरु हराउन थालेका छन् ?
उड्दै गरेको बादललाई
एकक्षण उभ्याएर सोधेको छु–
के तिमीले देख्यौ,
फूललाई निचोरेर लगेको रगत पिउनेहरु ?
कसले भनेको छैन–
यी शासकहरुले
जुनकिरीको छातीमा परेड खेलेनन् भनेर ?
यी शासकहरुले
जुनकिरीको छातीमा परेड खेलेनन् भनेर ?
ओ बाहुनी!
तेरो र मेरो जात मिल्दैन
ओ बाहुनी!
तेरो र मेरो धर्म मिल्दैन
रुपरङ्ग र कद पनि मिल्दैन
तर इ हेर त-
तेरो र मेरो मन कत्ती मिलेको?
तेरो र मेरो जात मिल्दैन
ओ बाहुनी!
तेरो र मेरो धर्म मिल्दैन
रुपरङ्ग र कद पनि मिल्दैन
तर इ हेर त-
तेरो र मेरो मन कत्ती मिलेको?
इतिहासमा
तेरो इतिहासको चुच्चो नाकले
मेरो नेप्टो इतिहासलाइ घोच्यो होला
समयको पिरामिड अग्लिदै जादा
मेरो चिम्से आखाले
तेरो इतिहासको चुच्चो नाकले
मेरो नेप्टो इतिहासलाइ घोच्यो होला
समयको पिरामिड अग्लिदै जादा
मेरो चिम्से आखाले
5.सबैभन्दा बढि धान फल्ने जिल्ला कुन हो ?
- झापा
6.पर्यटन बर्स कहिले मनाईयाे?
6.पर्यटन बर्स कहिले मनाईयाे?
- सन 2011
7.१३अौ योजनाको अार्थिक बृदिदरको लक्ष्य कति छ?
- 6 प्रतिशत
8.हिन्दु धर्ममा कति बेद छ ?
- ४
9.कुन जातिलाई "उराव"भनिन्छ ?
- किसान
10.पाल्पाको अन्तिम राजाको ?
10.पाल्पाको अन्तिम राजाको ?
- पृथिविपाल सेन
11.अौधाेगिक क्रान्ति सुरु कुन देशबाट भएको हो ?
-बेलायत
12.८५००m भन्दा अग्लो हिमाल नेपालमा कति वटा
छन् ?
-३ वटा
13."टेनिन"तत्व केमा पाईन्छ?
- चिया
14 .USB को अर्को नाम के ?
14 .USB को अर्को नाम के ?
- pen drive
15.वजन तह केसले बनेको हुन्छ ?
15.वजन तह केसले बनेको हुन्छ ?
- oxygen
16.नेपालमा कति पर्कारका लालिगुरास पाइन्छ ?
16.नेपालमा कति पर्कारका लालिगुरास पाइन्छ ?
-३२
17.साफ्टा अनुमाेदन गर्ने अन्तिम देश कुन हो ?
-बगलादेश
18.क्षत्रफलको हिसाबले तेस्रो महादेश कुन हो ?
-अमेरिका
17.साफ्टा अनुमाेदन गर्ने अन्तिम देश कुन हो ?
-बगलादेश
18.क्षत्रफलको हिसाबले तेस्रो महादेश कुन हो ?
-अमेरिका
21.२००७पहले दौत्य सम्बन्ध कायम नभएको देश
- china
22.२0१३काे साफ गेम कुन देशले जितेको थियो ?
-अफ्गानिस्तान
23.बिश्वको सबैइ भन्दा ठुलो भुपरिबेस्ठित् रास्ट्र
कुन हो?
-ताजकिस्तान
24.८ग्रह मध्ये सबैभन्दा तातो र चम्किलो ग्रह कुन हो ?
-शुक्र
25.कुन ग्रह "प्रेम र सुन्दरताको" प्रतिक हो ?
-शुक्र
26.अभिभावक को मन्जुरी बिना बिबाह गर्ने उमेर कुनहो ?
- २० वर्ष
27 .सम्बिधानसभामा सरकारले मनाेनित गर्ने सभासद कति ?
-२६
28.पुर्वाञ्चलको क्षत्रफल सानो भएको जिल्ला कुन
- तेह्रथुम
29.चुरे पर्वतको सबैभन्दा अग्लो चुचुरो कुन हो?
- गार्वा कैलालि
30.जोडी मिलाउने आबिस्कारका पिता -थोमस अल्बा एडिसन
टेलिफोन =ग्रम्बेल
बिधुत्का पिता=माइकल फाराडे
सापेक्षिकबादका सिद्धान्त =अल्बर्ट अाईन्सटाइन!

नेपाली कला क्षेत्रमा पढेर भन्दा परेर आउनेहरु धेरै छन् भन्ने गरिन्छ । त्यसो त विगतमा कलाकारलाई नौटङ्की भन्ने पनि गरिन्थ्यो । फलस्वरुप पढेलेखेकाहरु कमै मात्र यो क्षेत्रमा प्रवेश गर्थे । तर, समयसँगै मानीसको सोचाईमा व्यापक परिर्वतन आएको छ । अहिले नेपाली कला क्षेत्रमा पढेकाहरुको पनि कमी छैन । डिग्री गरेका केहि चर्चित नेपाली सेलिब्रेटीहरु यस्ता छन् ।
प्रियंका कार्की
टेलिभिजन प्रस्तोता र मोडलीङबाट अभिनयमा आएकी अहिलेकी सफल अभिनेत्री प्रियंका कार्की जति राम्रो अभिनय गर्छिन त्यो भन्दा पनि राम्रो पढ्छीन । उनले फिल्म मेकीङको डिग्री हाँसिल गरिसकेकी छन् । साथसाथै उनी अभिनेत्रीहरु मध्येकी प्रतिभासाली र पढेकी अभिनेत्रीको रुपमा पनि चिनिन्छीन । उनका सफल फिल्महरुमा नाई नभन्नु ल, थ्री लवर्स, सुन्तलीलगायत हुन् । उनको अर्को फिल्म वडा नम्बर ६ असोज १ गतेदेखि प्रर्दशनमा आउँदै छ ।
त्यस्तै हास्य कलाकार निर्मल शर्मा गैंडा , दिपक राज गिरी,सदिंप क्षेत्री, नायक तथा निर्देशक दिनेस डि सि पनि नेपाली सेलिब्रेटिहरुमा पढेका सेलिब्रेटीहरुमा गनिन्छन् ।
केकी अधिकारी
केकी अधिकारी मोडलिङबाट अभिनयमा आएकी अभिनेत्री हुन्, केकी अधिकारी । काठमाण्डौको जोरपाटीमा जन्मेकी केकी हाल २५ बर्ष भईन् । मोडलिङमा राम्रो छाप छाडेकी केकीले सानै उमेरमा नै आफ्ना पढाई पुरा गरिसकेकी छन् । उनी हाल कमर्स बिषयमा मास्टर सकेर बसेकी छन् । चलचित्र आई एम सरी, बितेका पल,मसान, श्री पाँच अम्बरे, मेरो बेस्ट फ्रेन्ड लगाएत दर्जनौ चलचित्रमा उनले गतिलो अभिनय गरेकी छन् । उनी अहिले अमेरिकामा छिन् ।राजेश हमाल
नायक राजेश हमाल अभिनयमा त अब्बल छन् नै यसको साथमा उनको पढाई पनि कम छैन । उनले भारतको पञ्जाव स्थीत चन्डीगढ विश्वविद्यालयबा अग्रं्रेजी विषयमामा मास्टर गरेका छन् । राजेश हमाल नायका साथसाथै टेलिभिजन प्रस्तोता पनि हुन् । उनले कान्तिपुर टेलिभिजनमा क्वीज कार्यक्रम पनि प्रस्तुत गर्थे । उमेरले ५० नाघेका राजेश हमाल अहिले सामाजिक कामको साथमा पारिवारीक काममा व्यस्त छन् ।
शिरिष देवकोटा
पाल्पामा जन्मेका शिरिष देवकोटा नेपाली संगीत क्षेत्रमा रोईला गायकको रुपमा चिनिन्छन् । यति मात्रै हैन उनी लोक गायकहरुमा धेरै पढ्ने गायक हुन् । शिरिषले बजार व्यवस्थापन विषय लिएर पहिलो श्रेणीमा मास्टर पुरा गरिसकेका छन् । उनले गाएका गीतहरुमा मत आउने थिन, नजरैको भर, आयो है आयो साईला दाई निकै नै चर्चित छन् ।
प्रमोद खरेल
प्रमोद खरेल नेपाली सुगम संगीतका तारा प्रमोद खरेल म बिना कसैकसैलाई मुस्कील छ पोखरामा गितबाट चर्चामा आए । झापामा जन्मेका प्रमोदका दर्जनौ गित लोकप्रीय बनेका छन् । उनको स्टेज कार्यक्रममा पनि उत्तिकै माग हुने गरेको छ । उनी नेपाली सेलिब्रेटीहरुमा धेरै पढ्ने र प्रतिभाशालीमध्येमा पर्छन । उनले बिज्ञान बिषयमा मास्टर गरेका छन् ।
प्रियंका कार्की
टेलिभिजन प्रस्तोता र मोडलीङबाट अभिनयमा आएकी अहिलेकी सफल अभिनेत्री प्रियंका कार्की जति राम्रो अभिनय गर्छिन त्यो भन्दा पनि राम्रो पढ्छीन । उनले फिल्म मेकीङको डिग्री हाँसिल गरिसकेकी छन् । साथसाथै उनी अभिनेत्रीहरु मध्येकी प्रतिभासाली र पढेकी अभिनेत्रीको रुपमा पनि चिनिन्छीन । उनका सफल फिल्महरुमा नाई नभन्नु ल, थ्री लवर्स, सुन्तलीलगायत हुन् । उनको अर्को फिल्म वडा नम्बर ६ असोज १ गतेदेखि प्रर्दशनमा आउँदै छ ।
त्यस्तै हास्य कलाकार निर्मल शर्मा गैंडा , दिपक राज गिरी,सदिंप क्षेत्री, नायक तथा निर्देशक दिनेस डि सि पनि नेपाली सेलिब्रेटिहरुमा पढेका सेलिब्रेटीहरुमा गनिन्छन् ।
नेपाली कांग्रेसका नेता अमरेश सिंहले सुदूरपश्चिम पुगेर सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका छन् ।
कैलाली क्षेत्र न १,२ र ३ का थारु समुदायको सहभागितामा भएको विरोध सभामा विहीबार बोल्दै आफूलाई मधेशी मुलको हस्ती भन्न रुचाउने अमरेशले थारु समुदायले हतियार उठाएर पहाडीलाई तराईबाट लखेट्नुपर्ने बताए ।
थारु समुदायलाई उस्काउँदै कांग्रेस नेता सिंहले मिलेर बसेका समुदायलाई साम्प्रादायिक द्धन्द्धमा जान प्रेरित गरे । उनले खुलेरै भने-‘अब थारु समुदायले हतियार उठाउनुपर्छ । तब मात्र थारुहरुले अधिकार प्राप्त गर्नेछन ।’ उनले यति मात्र भनेनन् बाहुन र क्षेत्रीलाई खसबादीको संज्ञा दिए ।
सदियौं देखी मिलेर बसेको समुदायलाई पहाडिया बाहुन र पहाडिया क्षेत्री भएको भन्दै उनीहरुलाई हतियार देखाएर भएपनि पहाडमै धपाउनुपर्छ भन्ने अभिव्यक्ति समेत उनले दिए । उनको यस्तो अभिव्यक्तिपछि सुदूरपश्चिमका नागरिक राजनीतिक दलहरुले सदियौं देखी मिलेर बसेका थारु समुदायलाई उक्साएर हिंसात्मक आन्दोलन गर्न प्रेरित गरेको भन्दै कारवाहीको माग गरेका छन् ।
http://newkantipuraaja.blogspot.com

नमस्ते तपाईंलाई नपच्ला, त्यसैले आयातीत लाल अभिबादन !
दाइ र मेरो सम्बन्ध त्यस्तै हो जस्तो एउटा लेखक र पाठकको हुन्छ । दाइ आफ्ना सृजना मार्फत ढकमक्क फुल्ने म रोमाञ्चित भएर हेर्ने । दाइ निराशा र अन्धकारमय दिनहरुमा धिपिक्क बल्ने म पुतली जस्तो बत्तीको वरिपरि झुम्मिने । दाइ बोल्ने , म सुन्ने । दाइ लेख्ने, म पढ्ने । दाईका अक्षरहरु संगै म दुई दारीको पछि लागेर पर्बतका दलित गाउँ पुगेको छु । जिरी दमिनिका दुखहरु देखेको छु । आईतेका सपनाहरुसंग साक्षत्कार भएको छु । कुन्साङ काकासंग उभिएर सकेको प्रतिरोध गरेको छु । मार्टिन चौतारीमा दाईले बोल्दा थप्प्डी मारेको छु । इतिहासको कठघरामा उभिएर दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी जस्तो भएर दाजुले दिएको बयान पत्याएको छु ।

यी भए हिजोअस्ती, पोहोर परारका कुरा ! आज चाहिँ आफ्ना केही कुरा सुनाउन र दाईलाई पाठक बनाउने उदेश्यले आएको छु । सुदामाका घरमा श्रीकृष्ण आएर कनिका भान्सा गरेजस्तो यी दरिद्र शब्दहरू तपाईं शब्दबिरका अगाडी मलाई पस्किन अतिनै अफ्ट्यारो लागिरहेको छ । आशा गर्छु सुदामाका कनिका श्रीकृष्णले खाईदिए जस्तै तपाईंले एकपटक अबस्य पढिदिनु हुनेछ ।
दाइ म यता खाडीमा छु । खाडीमा भनेपछि तपाईंले कुरा बुझ्नुभयो होला । अस्तिन्ताका यहाँ खाडीको युएई भन्ने देशका राजाले एउटा नयाँ कानुन जारी गरे । तिनको नाम खलिफा हो । अगाडी लाग्ने सेख श्री ५ जस्तै हो । पछिल्लो बिन जायद भनेको जायदको छोरा हो । अल नयन भनेको तिनको कबिलाको नाम हो । पूरा नाम सेख खलिफा बिन जायद अल नयन । ती खलिफा जो जायदका छोरा हुन र अल नयन कबिलाका सदस्य हुन तिनले एउटा नयाँ कानुन जारी गर्दै हेट स्पिचलाई थप दण्डनिय बनाए । नयाँ कानुन अनुसार धर्म ,जात, समुदाय,देश लक्षित गरि घृणा फैलाउने अभिव्यक्ति दिएमा ३-१० बर्ष कैद र ५००००० हजार सम्मको जरिवानाको ब्यबास्था भयो । कसैको आस्था र पुजा गर्ने स्थान विरुद्ध बोल्नु दन्डनिय मानिएको छ । प्रत्येक्ष, अप्रत्यक्ष , अनलाइन , छापा कुनैपनी मंचबाट दिईने यस्ता घृणा फैलाउने अभिव्यक्ति अपराध नै हुनेछ भनेर किटान गरिएको छ ।
दाई ! यहाँनेर म आफ्नै उदाहरण दिएर प्रस्ट पार्न चहान्छु । म राष्ट्रियताले नेपाली , जातले ब्राह्मण, धर्मले हिन्दु , महादेशीय दृष्टिकोणले एसियायी , बर्णले कालो, कदले होचो । अब कसैले पनि मेरो राष्ट्रियता, जात,धर्म,वर्ण र पृष्ठभुमिलाई लिएर मेरो अथवा मेरा तत पहिचान विरुद्ध घृणा फैलाउने उदेश्यले अभिव्यक्ति दिन्छ भने त्यो स्थानीय कानुन अनुसार अपराध ठहर हुनेछ । अपराध प्रमाणित भए अपराधीले ३-१० बर्ष जेल र ५०,००० दिराम (करिब १४ लाख ) रुपैयाँ जरिवाना तिर्नु पर्ने छ । यसै प्रसंगमा भर्खरै युएई आउनुभएका र यतै रहदा बस्दा पनि नयाँ कानुनी ब्यबस्था बारे अनबिज्ञ रहनु भएका सबै मित्रहरूलाई के भन्दी हालौं भने सामाजिक संजालहरुमा लेख्दा स्थानिय कानुनको हेक्का राख्दै संचेत रहनु होला ।
बिषयन्तर भएकोमा क्षमा गर्नुहोला दाजु ! पहिले नै भनिहाले म सुदामा लेखक हुं मेरो दरिद्रतालाई क्षमा गर्नुहोला ।
दाइ ! केही समय अघि झापाका एकजना प्रणामी संप्रदायका पुजारीले १४ बर्षिय किशोरीलाई लामो समयदेखि बलात्कार गर्दै गरेको समाचार सार्बजनिक भयो । तपाईंले पनि पढ्नु नै भयो होला । त्यसको अलिपछि झापा काकडभिट्टा कै एक लिम्बु थरका नातीले हजुरआमाको हत्या गरे । त्यो पनि पढ्नु भएकै होला । भर्खरै आएको अर्को एउटा समाचारमा एकजना राई थरका बाउले आफ्नै १८ बर्षे छोराको छुरा प्रहार गरी हत्या गरे । अझ ताजा ताजा समाचार त नवलपरासीमा एक दलितले अर्का दलित नाबालक कै मानव बली दिएर आफ्नो छोरा निको पार्न खोजे ।
मलाई थाहा छ दाइ दलितका हितैसी हुनुहुन्छ । दलित आन्दोलनको अगुवागिरी गरेर हिड्ने अभियान्ताको हैसियतले धेरथोर नैतिक दाईत्व लिएर यस्ता बीभत्स कुरिती र अन्धबिश्वास विरुद्ध दाइ दरै गरि झाक्री बस्नुहोला भन्ने लागेको थियो । तर यो पटक म चुंके कि दाइ चुक्नु भयो कुन्नी त्यसो भएन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको धर्म निरपेक्ष अन्तरिम संबिधानलाई चुनौती दिदै उसैको आँखै अगाडी नाबालक रेटियो । नहुनु पर्ने दुर्भाग्य भयो । तर प्रश्न के भने दाइ यो नरबलीको राजनीतिक र नैतिक दाईत्व कस्को काँधमा? चिहानमा सुतेको मुर्दा हिन्दुराज्यको कि जिउँदो जाग्दो धर्म निरपेक्ष राज्यको काँधमा ? ०४७ को मृत संबिधानको काँधमा कि धर्म निरपेक्ष ०६३ को अन्तरिम संबिधानको काँधमा दाइ ?
दाइले स्टाट्स बनाएर भकाभक दाईत्व मुर्दाका नाममा नामसारी गरिरहदा म तीन छक्क परेको छु । साधारणतय कुनैपनी कुराको नामसारी मरेकाहरुबाट जिउदाँ हरुमा हुनेगर्छ यो उल्टो यात्रा किन दाइ ? यसको दाईत्व त तपाईंहरु जस्ता संबिधानमा चार अक्षर ,निरपेक्ष लेख्दा अग्रगामी छालाङ हानिन्छ भन्ने लेख्दै र व्याख्या गर्दै हिड्ने छालाङेहरुले लिनुपर्ने हैन र दाइ ? दाईले प्रश्न गर्नुभएको छ – तिमीहरुको माग ( हिन्दुराज्यको माग) पूरा भयो भने कतिजना बली चडाईने हुन ? म तपाईंलाई प्रश्न गर्छु दाइ धर्म निरपेक्ष राज्यले किन रोक्न सकेन नरबली ? किन १७००० को बली दिईसकेपछी समाजमा नरबली अझैसम्म यथावत छ ? अब शाहबंश सरापेर सुईकुच्चा ठोक्ने दिन गए दाइ ! अब जवाफ दिने पालो तपाईंको पनि हो ।
खैर चुरो कुरो त्यो हैन दाइ । कुन्ठा , आक्रोश र अन्धबिश्वासले यी दु:खद घट्नाहरु घटे । ब्रम्हचार्य महापुरुष देखिनु पर्ने मनोबैज्ञानिक दबाब र सामाजिक/धार्मिक अपेक्षामा खरो उत्रन जबर्जस्त लुकाईएको पुजारीको योनकुण्ठा बिकृत तरिकाले बिस्फोट भयो । मलाई कता कता त्यो पुजारीको महापुरुष देखिनु पर्ने बाध्यत्मक परिबन्ध र दाईले उग्र क्रान्तिकारी देखिनु पर्ने बाध्यता उस्तै उस्तै लाग्छ । त्यसैले पुजारीको दमित कुण्ठित योनाबेग बिकृत तरिकाले बिस्फोट भएजस्तै उग्र क्रान्तिकारी देखिने दाईको मनोबैज्ञानिक दबाब र लालच हिजो स्टाटको रूपमा सामाजिक रुपमा अस्वीकार्य बाटोबाट निस्कियो ।
प्रिय् खगेन दाइ ! तपाईंको ब्याक्तीगत तहमा ओर्लिएर बिरोध गर्नु मेरो चिठीको उदेश्य हैन। म तपाईंलाई सामाजिक दर्पणमा एउटा डरलाग्दो दृश्य देखाउन चहान्छु । अब बाकी घट्ना तिर लागौं । लिम्बु युबकको दलित युबतीसंगको विवाह हजुरामालाई स्वीकार भएन । तब उनले बिरोध गरिन युबकले चिर्पटले हानेर ८० नाघेकी हजुरामाको हत्या गरे । यता राईले १८ बर्षे लाउलाउ खाउखाउ को किशोर छोराको हत्या गर्नुमा जाँड प्रमुख कारण भएर आईदियो । भने उता नरबली दिएर बालकको बीभत्स हत्यामा अन्धबिश्वास र तान्त्रिक अभ्यासको परम्परा रहेको पुष्टि भैसकेको छ ।
दाइ ! यी ज्यादै दु:खद घट्नाहरु हुन । दोषीलाई नयाँ संबिधानमा मृत्युदण्डको ब्यबस्था गरि झुन्ड्याईनु पर्छ भन्ने मेरो ब्याक्तीगत माग हो । तर त्यतिनै दु:खद र गैर जिम्मेवारी तरिकाले ती घट्नाहरुको साम्प्रदायिक करण गरि निश्चित जात , धर्म र समुदायका भावना , संबेदना र आत्मासम्मानमा प्रहार गर्ने निचताको हद निर्लज्जसंग सामाजिक संजालहरुबाट सार्बजनिक भए । यस्ता दु:खद घट्नाको घोडा चडेर आफ्ना आफ्ना तुस, घृणा र एजेन्डाहरु छ्ताछुल्लसंग सामाजिक संजालमा पोखिए । घटनालाई आफुले घृणा गर्ने जात, धर्म र समुदायप्रति आक्रमण गर्ने अबसरको रुपमा दुरुपयोग गरियो ।
मलाई याद छ , हजुरआमा मार्ने युवकको समाचार मुनि कमेन्ट गर्दै एकजना मैनाली थरका पाठकले सजिलोसँग ” लिम्बुको बुद्धि ! ” भनेर लेखिदिए । मैले प्रोफाईल पल्टाएर हेरे त्रिभुवन बिश्वबिद्धालयबाट स्नातकोत्तर रहेछ्न । फेक आईडी पनि हैन । पुर्बान्चंलका ती मैनालीका थुप्रै लिम्बू साथीहरु पनि थिए । तिनले आफ्ना संजालका साथीहरूको भावना र आत्मासंम्मानको त ख्याल गरेनन् गरेनन् सिंगै सामाजिक सद्भाव विरुद्ध बोलीरहदा पनि पटक्कै जिम्मेवारी बोध गरेनन् ।
त्यस्तै एउटा पुजारीको घृणित दुश्कर्मलाई बहाना बनाएर थुप्रैले त्यो प्रणामी संप्रदाय विरुद्ध बिषबमन गरे । एक चाम्लिङ थरका पाठकले “यी सबै काँचो मासु खान पल्केको रैछ र पो पाकेको मासु नखाने रैछ भनेर प्वाक्क बोले । ”
उनी परिपक्व र भद्र जस्ता देखिन्थे । आफ्ना वालहरुमा छोरीलाई मर्मिक अर्तिहरु लेखेर छोडेका पनि थिए । उनले बलात्कार जस्तो संबेदनसिल घट्नामा पीडित बालिकाप्रती एकरत्ति सहानुभूति नदेखाई यो समाचारलाई कुनै निश्चित समुदायप्रति रहेको आफ्नो पुर्बाग्रह र घृणा ओकल्ने अबसरको रुपमा दुरुपयोग गरे ।
यी दुई जना सामाजिक संजालमा अहोरात्र साप्रदाईक घृणा फैलाउन कस्सिएर लागेका हजारौं प्रयोगकर्ताहरुका प्रतिनिधि पात्र हुन । नाक, जात, धर्म, वर्ण, भेषभुषा,भाषा, लिङ, स्थान विशेषका आधारमा आफू भन्दा इतरकालाई अपमानित गर्न चुच्के , थेप्चे, लिडे,कन्दने, सुंगुरे, काठा, टपरे, चिम्से, धोती, टोपी जस्ता न्वारान गरेर सिंगो समुदायलाई अपमानित गरिने अभ्यासले हाम्रो नजरमा अभिव्यक्ति स्वतन्त्रको दर्जा पाएको छ । तर यस्ता कुरा सभ्य र संबेदनसिल मुलुकमा हुने हो भने त्यो सामाजिक अपराधको रुपमा दण्निय हुनेथियो ।
यी उशृखल, अराजक र संबेदनाहिन प्रयोगकर्ताको कुरा छोडौ दाइ । तपाईं जस्तो ब्याक्तित्व पनि तिनीहरु भिडमा सामेल हुँदा यो आङ सिरिङ भएको छ । तपाईं सामाजिक उत्तरदाईत्व बोकेको मानिस । म लगायत धेरैले रोल मोडेलको रुपमा स्वीकार गरेका लोकपि्रय स्तभकार । तपाईं यस्तो पुर्बाग्रही , उशृखल र साम्प्रदायिक हुन मिल्ला र दाजु ?
हामी खाडीले हानेको अग्रगामी छलाङ देखेर चकित पर्छौ दाइ ! यो पनि इस्लाम सापेक्ष देश हो । भर्खरै जुन कानुन ल्याईएको छ त्यो यहाँ अल्पसंख्यक समुदायको हितमा ल्याईएको कानुन हो । मेरो देश धर्म निरपेक्ष छ ,जहाँ नरबलीको दिइएको समाचारले हामी यहाँ लज्जित छौं । तर निरपेक्षताको वकालत गरेर कहिले नथाक्ने तपाईंमा लेसमात्रै पनि लज्जा देखिएन दाई । बरु उल्टै तपाईंले काँधको नैतिक जिम्मेवारी हुँदै नभएको हिन्दुराज्यलाई थमाएर पानी माथिको ओभानो हुने कोसिस गर्नुभयो । जुन सारै नै दुर्भाग्यपूर्ण छ दाइ ।
यति भन्दी कलम बन्द गरे दाइ ! बेल्चा समाउने हातले भाँती पुर्याएर लेख्न नजानेको भए क्षमाप्रार्थी छु ।
आज अत्यन्त खेदका साथ यो लेख लेख्दैछु र सोच्दैछु– यदि आज मैले यो लेखिनँ भने मेरो हजुरबुबा रामलाल गोल्छा– जसले यो देशमा पहिलो उद्योग खोलेर रोजगारी सिर्जना गर्दै औद्योगिक क्रान्तिको शुभारम्भ गर्नमात्र नभएर राणाकालीन नेपालमा प्रजातन्त्रको जग बसाल्न पनि त्यत्तिकै ठूलो योगदान गर्नुभएको थियो– उहाँले मलाई माथिबाट धिक्कार्नु हुनेछ ।
मलाई सधैं नेपाली हुनुमा गर्व छ र रहिरहनेछ । रातो चन्द्र–सूर्य आफ्नो छातीमा राख्न पाउँदा मलाई गर्व लाग्छ । विदेश भ्रमणमा जाँदा हरियो पासपोर्ट देखेर हेयको दृष्टिले हेरिंँदा मेरो पनि मन पोल्छ । गत मंगलबार साँझ राजधानीको एउटा रेस्टुरेन्टमा साथीहरूसँग भलाकुसारी गर्दैगर्दा भोगेको एउटा घटनाले भने अहिले मलाई भित्रभित्रै पोलिरहेको छ । त्यहाँ जब मैले अत्यन्तै सम्मान गर्ने एकजना वरिष्ठ व्यवसायी हामी बसेको टेबलतिर आइरहेको देखेंँ, म उहाँको सम्मानमा आफू बसेको कुर्सीबाट उठेँ र स्वागत गरेँ । तत्पश्चात उहाँले केही दिनअघि नेपाल उद्योग वाणिज्य महासंघमार्फत हामीले गरेको मुम्बई (भारत) को उच्चस्तरीय व्यापारिक भ्रमणबारे कुरा गर्दै भन्नुभयो, ‘मैले त हाम्रो राजदूतलाई भनिदिएँ– त्यस्तो भ्रमणमा नेपालीलाई पनि लगेको भए हुन्थ्यो ।’
मेरो मनमा चिसो पस्यो । तुरन्तै सोधें, ‘दाइ, त्यो भ्रमणमा त म पनि गएको थिएँ । के हामी नेपाली होइन र ?’ उहाँले सिधै जवाफ दिनुभयो, ‘मैले रगत नेपाली भनेको ।’ त्यो सुनेपछि मैले आजसम्म त्यत्रो इज्जत गरेको व्यक्तिप्रतिको सम्मानमा मात्र आँच आएन, मेरो मनमस्तिष्कमा एउटा प्रश्नसमेत तेर्सियो– यति सम्मानित व्यक्तिको मनमा त यस्तो भावना रहेछ भने अरुले पनि त यस्तै सोच्दा होलान् । त्यो घटनाले उब्जाएको सोचले गर्दा नै आज म आफ्नो जीवनको पहिलो लेख लेख्दैछु ।
काठमाडौंको गणबहालमा जन्मेको मैले आफ्नो बाल्यकाल सधैं वरिपरि छिमेकमा रहेका साथीहरूसँग बिताएँ । सानो हुँदा नै नेवार साथीहरूसँग नेवारी बोल्न सिक्ने प्रयास गरेंँ । प्राय: बोल्न खोज्दा साथीहरू हाँस्थे, तर तिनका बुबाहरूले स्याबास भन्दै पाँच पैसामा पाइने पीपी दिनुहुन्थ्यो । त्यो उपलब्धिसँगै मैले सो समुदायमा आफ्नो परिचय पाएको थिएँ ।
बुबा हुलासचन्द गोल्छा, जो नेपाली साहित्यमा अत्यन्तै रुचि राख्ने लेखक एवं कवि हुनुहुन्थ्यो, हामी सबै छोराछोरीले नेपालकै विद्यालयमा पढुन् र आफ्नो देशलाई अझै नजिकबाट चिनुन् भन्ने चाहनुहुन्थ्यो । त्यसैले मैले ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलमा पढ्ने मौका पाएँ र त्यहींबाट एसएलसी उत्तीर्ण भएँ । उक्त स्कुलमा मैले थुप्रै साथीहरू पनि पाएँ । मलाई अझै सम्झना छ, कहिले म नेवार समुदायको साथीको घरमा गएर म्ह:पूजा गर्थें त कहिले कुनै बाहुन साथीको घरमा सेलरोटी चियामा चोबेर खान्थेँ । मैले जहिले पनि सबै स्थानमा आफ्नो अस्तित्व पाएँ । सबैले उत्तिकै माया र स्नेह दिए । आज पनि ती साथीहरू भेट्दा उत्तिकै खुसी लाग्छ र एकआपसमा झल्कने आत्मीयताले आफ्नोपनको आभास दिन्छ ।
युवावस्थामा उच्चशिक्षा हासिल गर्ने क्रममा भारतको नयाँदिल्लीमा पहिलोपटक आफ्नी जीवन संगिनीलाई भेटेंँ । प्रेममा पर्दैगर्दा कसैले पनि जात र देश सोधेर मनपराउँदो रहेनछ, मेरो पनि त्यस्तै भयो । अझै सम्झना छ मलाई, एकअर्कालाई मनपराएर हामी विवाह बन्धनमा गाँसियौं र नेपाल फर्केपछि मैले उनीलाई भनेको थिएँ, ‘अब तिमीले पनि यतैको नागरिकता लिनुपर्छ, उताको नागरिकता त्याग्नुपर्छ ।’ यो सुनेर उनी हाँसेकी थिइन् र पहिलो सातामै उनले आफूलाई सहर्ष नेपाली नागरिकमा परिणत गरेकी थिइन् ।
मैले थुप्रैपटक कसैले मेरो देशबारे नराम्रो शब्द प्रयोग गर्दा पाखुरा निमोठेर उससँग जोरी खोजेको छु । नेपाल घुम्नुपर्छ भन्दै हरेक वर्ष साथीहरूसँग ट्रेकिङ गर्ने बहानामा विभिन्न स्थानहरू पुगेको छु । देशमा रोजगारी सिर्जना गर्नसके विदेश पलायन हुँदै गरेका थुप्रै युवाहरूलाई आफ्नै देशमा मिहिनेत गरेर पसिना बगाउन प्रेरित गर्न सकिन्छ भन्ने मेरो बुबाको सोचलाई आत्मसात गरेर आज पनि रोजगारी सिर्जना गर्न लागिपरेको छु । आज मलाई नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना, जुन निजी क्षेत्रको तर्फबाट सबैभन्दा बढी (१८,००० भन्दा बढी व्यक्तिलाई) रोजगारी दिने संस्था हो, त्यसको सदस्य हुँ भन्न पाउँदा गर्व लाग्छ ।
मंगलबारको उक्त घटनापश्चात भोलिपल्टको पत्रिकामा देशको सबैभन्दा बढी कर तिर्ने संस्थाहरूमा आफ्ना तीन संस्थाहरूको नाम देख्दा मलाई हर्षका साथै सायद ती वरिष्ठ व्यवसायी दाइले पनि यो खबर पढ्नुभयो होला भन्ने विस्मात पनि एकैसाथ भएको थियो । विगत सय वर्षभन्दा बढीको इतिहास बोकेको व्यापारिक घरानाको सदस्य भएर देशकै ठूलो आँखा अस्पताल सञ्चालन गरिरहँदा मलाई आज ‘के हामीले नेपाली हुन अझै केही गर्नुपर्छ र’ भन्ने प्रश्नले पिरोलेको छ ।
केही दिनअघि मात्रै एसएलसीको परिणाम आउँदा हामीले आर्थिक सहयोग गरिरहेको सामाजिक अभियान ‘टिच फर नेपाल’ काशिशिर खनाल भाइले फोनमा ‘दाइ, हामीले पढाएको सरकारी स्कुलका विद्यार्थी पहिलोपटक ७८ प्रतिशत पास भएका छन्, हामी सबै नेपालीलाई बधाई छ’ भन्दै गर्दा भित्रैबाट खुसी भएर धन्यवाद भनेको पनि सम्झना आइरहेको छ । सोच्दैछु– शिशिर भाइले बधाई दिएका ती नेपालीहरूभित्र मचाहिँं परेंँ कि परिनँ !
अस्तिको घटनाले मलाई झकझक्याएको छ, नेपाली क्रिकेट खेलाडीले विश्वकप खेल्दै गर्दा मैले लगाएको त्यो नेपाली टिमको टिसर्ट फगत नाटकमात्रै हो भन्नेहरू पनि छन् कि भन्ने निकृष्ट सोच ममा पलाएको छ । देशमा भूकम्प जाँदा राहतको लागि के गर्न सकिन्छ भनेर दोस्रो दिनदेखि लागिपरेको पनि ढोंँग नै पो गरेको रहेछु कि भन्ने प्रश्न आफैंलाई तेर्साएको छु । सहयोग जुटाउने क्रममा आफ्नो व्यापारिक सम्बन्ध प्रयोग गर्दै बजाज अटोका मालिकलाई फोनमार्फत ‘हाम्रो देशलाई सहयोगको खाँचो छ, तपाईंहरूले सहयोग गर्नुपर्यो’ भनेर अनुरोध गर्दा उनले १६ करोड रुपैयाँ सहयोग गर्छु भन्दा खुसी भएको सम्झना अझै ताजा छ ।
यदि हामी सबैले आ–आफ्नो स्थानबाट एकअर्कालाई सम्मान र समभावले हेर्न र व्यवहार गर्न नसक्ने हो भने नयाँ संविधानको मस्यौदामा सामाजिक सद्भाव अनि नागरिकको समान हक–हितको कुरा गर्नु व्यर्थ हुनेछ । भूकम्प लगत्तै म बस्ने सीतापाइला, रामकोट क्षेत्रको भ्रमण गर्दा देखेको भयावह र दयनीय अवस्थाले मेरो मुटु पनि रोएको थियो । त्यहाँका स्थानीयहरूले हात जोडेर सहयोग माग्दा उनीहरूको हात समाएर मैले ‘नरुनुस्, सक्नेजति म गर्नेछु’ भनेर आफ्नो भान्छाबाट खाना पकाएर गाउँमा शिविर चलाउँदा कहिल्यै मानवताभन्दा अरु केही देखिनँ । मैले भूकम्पको बेला सिकेको पाठ भनेकै जोसुकै भए पनि, जति नै सम्पन्न वा विपन्न भए पनि, विपद्को बेला सबै एकै छानोमुनि अटाउनुपर्दो रहेछ । सबैभन्दा महत्त्वपूर्ण भनेको एकअर्काबीच रहेको सद्भाव नै रहेछ ।
मैले सानैदेखि रेडियो नेपालमा सुनेको र असाध्यै मनपराएको मबीबीशाहको गीत आज फेरि सम्झँदैछु :
‘म मरे पनि मलाई मेरो देशको माया छ,
यो छातीभरि मुरीका मुरी नेपालको माया छ,
म जन्मे जहाँ, म हुर्कें जहाँ त्यही आँगन
प्यारो छ ।’
यो गीत सम्झँदै गर्दा मलाई यो पनि लागेको छ कि मेरो आफ्नो देशप्रति रहेको सम्मानभाव र प्रेमलाई एउटा सानो घटनाले विचलित बनाउन सक्दैन । म हिजो पनि आफ्नो कर्म गर्दै देशप्रतिको धर्म निर्वाह गर्दै अगाडि बढिरहेको थिएँ, भोलि पनि अगाडि बढी नै रहनेछु । तर त्यो दिन मेरा अग्रजले भनेको त्यो कुरा मजस्ता थुप्रैको संवेदनासँग गाँसिएकाले फेरि पनि सोध्न चाहन्छु, ‘मैले नेपाली हुन अरु के गर्नु पर्नेछ ?’

जुनसुकै दिवस वा समारोहमा विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम सफल बनाउने र कक्षा कोठामा शिक्षकको एकाधिकार कायम राख्ने परम्पराले विद्यालयमा विद्यार्थीहरुले अपनत्व बोध गर्दैनन् । यस्तो क्रियाकलापले विद्यार्थीहरुमा कक्षा छाड्ने र अनुशासनमा समेत ह«ास आउने गरेको छ । यस्तो गलत परम्परालाई तोड्न र विद्यालयलाई बालमैत्री बनाउन इलाममा विद्यालयका गतिविधिलाई पनि बालमैत्री बनाउन थालिएको छ ।
पश्चिमी इलामको जीतपुर उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुले नै विद्यालयका सम्पूर्ण गतिविधि आफैँ सञ्चालन गर्न थालेका छन् । कक्षा कोठाको साँचो आफैँ लिने र समयमा विद्यालय खोल्नेदेखि लिएर, कक्षा कोठा सफा गर्ने र प्रत्येक दिनको प्रतिवेदन आलोपालो तयार गर्नेसमेत गरेका छन् । गोजि तालिका तयार पारि कक्षा कोठामा प्रत्येक दिन आफ्नो जिम्मेवारी बाँडफाँडले जिम्मेवारी बोध हुने प्रधानाध्यापक खडानन्द अधिकारी बताउँछन् ।
नियमित विद्यालय आउने, विद्यालय आउँदा पोशाक अनिवार्य लगाउने, कक्षामा मोवाइल नल्याउने, कक्षाभित्र खानेकुरा नखाने जस्ता नियम विद्यार्थी आफैँले बनाएर पालना गर्ने गरेका छन् । विद्यार्थीहरुलाई यस्तो जिम्मेवारी दिँदा समयमै विद्यालय आउने, कक्षा छाड्ने क्रम रोकिने र अनुशासन पालना हुन थालेको अधिकारीको भनाई छ ।
नेपाल शिक्षक युनियन इलामका अध्यक्ष पूर्णप्रसाद गौतमले विद्यालयमा सरोकारवाला, शिक्षक, अभिभावक, विद्यार्थी सबैले आफ्नो दायित्व बोध हुने कार्यक्रम विभिन्न शैक्षिक अभियानमार्फत सञ्चालन भएको जानकारी दिए । इलामका बरबोटे, चुलाचुली लगायतका विद्यालयमा बालमैत्री बनाउने कार्य भएको छ । शैक्षिक जागरण, उत्तरदायित्व पहिचान जस्ता अभियानमार्फत गतिविधि सञ्चालन गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयले यस्तै अभियानलाई बढावा दिन विद्यार्थी भर्ना अभियान र विद्यार्थी स्वागत कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विद्यालय शान्ति क्षेत्र घोषणा अभियान, विभिन्न तालिम गोष्ठिमा पनि बालमैत्री विद्यालयका कुरा उठाइने गरेको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताए । कक्षामा शिक्षकले लौरो बोकेर जाने पारिपाटि अन्त्य हुनै लागेको उनले बताए ।
इलाम जिल्लामा नीजि र सामुदायिक विद्यालयमा कक्षा छाड्ने दर समेत घटेको उनले जानकारी दिए । विद्यालय नआउने विद्यार्थी करिब साढे तीन प्रतिशतको हाराहारीमा रहेको उनको भनाई छ ।