हस्ताक्षर संकलनको नेतृत्व सभासद प्रकाश ज्वालाले गरेका हुन् । हस्ताक्षर बुझ्दै सभासद सुबास नेम्वाङले दलका नेताहरुले दुई घण्टामा सहमति गर्छु भनेपनि सहमति गर्न नचाहेको बताए ।WHAT'S NEW?
Loading...
Chulachuli online Radio
प्रक्रियामा गएरै पनि संबिधान जारी गर्न ४१३ सभासद्को माग सभासदले बुझाए सभामुखलाई हस्ताक्षर
काठमाडौ, माघ २ - सहमति नभए प्रक्रियामै गएर पनि माघ ८ मै संबिधान जारी गर्नुपर्ने माग गर्दै संबिधानसभाका ४१३ सभासदले सभामुख सुबास नेम्वाङलाई हस्ताक्षर बुझाएका छन् । आज संबिधानसभामा सभासद चित्रबहादुर केसीले सभामुख नेम्वाङलाई ४१३ हस्ताक्षर बुझाएका हुन् ।
हस्ताक्षर संकलनको नेतृत्व सभासद प्रकाश ज्वालाले गरेका हुन् । हस्ताक्षर बुझ्दै सभासद सुबास नेम्वाङले दलका नेताहरुले दुई घण्टामा सहमति गर्छु भनेपनि सहमति गर्न नचाहेको बताए ।
'दलका नेताहरुले नचाहेर सहमति नभएको हो', हस्ताक्षर बुझ्दै नेम्वाङले भने,'बिषयवस्तु र प्रक्रियामा सहमति भए अझैं पनि माघ ८ मा संबिधान आउछ नत्र गाह्रो छ ।'
सत्तारुढ दल कांग्रेस र एमाले सहमति नभए प्रक्रियामै गएर संबिधान जारी गर्नुपर्ने पक्षमा भए पनि प्रतिपक्ष एमाओवादीसहितको ३० दलीय मोर्चाले प्रक्रियामा गएर संबिधान बनाए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

0 प्रतिकृया:
Post a Comment