WHAT'S NEW?
Loading...

Chulachuli online Radio

हजुरआमा हत्या गरेर फरार व्यक्ति इलाममा पक्राउ

फ्नै हजुरआमाको घाँटी थिचेर हत्या गरी फरार रहेका झापाको मेचीनगर–१० काँकडभिट्टा निवासी २३ वर्षीय रञ्जित लिम्बूलाई प्रहरीले आज इलामबाट पक्राउ गरेको छ ।
इलामको एक घरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिम्सिनाले जानकारी दिए । उनी गत जेठ १४ गते राति ८२ वर्षीया हजुरआमा रणमाया लिम्बूको हत्या गरेर फरार भएका थिए । प्रहरीले लिम्बूसँगै सोही ठाउँ निवासी १८ वर्षीया लक्ष्मी विकलाई पनि पक्राउ गरेको छ । उनी रञ्जितकी प्रेमिका हुन् ।
परिवारले अन्तर्जातीय प्रेम सम्बन्धलाई मान्यता नदिएपछि रञ्जितले हजुरआमाको हत्या गरी प्रेमिका लक्ष्मीलाई लिएर फरार भएका थिए । हत्यामा संलग्न दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । लामो समयदेखि लिम्बू र विकबीच प्रेम सम्बन्ध रहेको र त्यो सम्बन्धलाई बचाउन उनीहरुले हजुरआमाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुले १४ गते राति २ बजे वृद्धा महिलाको हत्या गरी कानमा लगाएको मुन्द्री, नाकको फूली, घाँटीको तिलहरी तथा थैलीमा रहेको नगद रु १० हजारसमेत लगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

चतरामा तयार भयो कोसी ब्यारेजको विकल्प / ९८ प्रतिशत निर्माण सकियो, जुन ३० बाट गाडी गुड्ने ,



  कोसी व्यारेजको विकल्प सप्तकोसीमा अर्को पक्की पुलको निर्माण गरिएको छ । सुनसरीको चतराघाट र उदयपुरको मैनामैनी जोड्ने पक्की पुलको निर्माण ९८ प्रतिशत पूरा भएको छ ।
तोकिएको समय आगामी जुन ३० मै पुल निर्माण पुरा गरी उद्घाटन गरिने जानकारी कम्पनी कालिका कन्ट्रक्सनले प्रालिले दिएको ।
चतरामा पुल बनेपछि सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहाक्षेत्र दर्शन गर्न आउने तीर्थालुलाईसमेत सहज हुने छ । पूर्व–पश्चिम राजमार्ग जोड्ने कोसी व्यारेजको विकल्पका रुपमा यो पुल बनाइएको हो ।
पुलको ९८ प्रतिशत निर्माण पूरा भएको कालिका कन्ट्रक्सनको सप्तकोसी पुल निर्माण परियोजना प्रमुख इन्जिनियर छत्र अर्यालले जानकारी दिए ।
२०६५ भदौ २ गते सप्तकोसी कटानका कारण पूर्व–पश्चिम राजमार्ग अबरुद्ध भएपछि सरकारले कोसी व्यारेजको विकल्पमा यो पुल निर्माण थालेको हो । सप्तकोसीमा पक्की पुल बनेपछि पूर्वी नेपालका सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभालगायतका बासिन्दालाई आवत जावतमा सहज हुने छ ।
नेपाल सरकारको ७९ करोड १४ लाख रुपैयाँमा निर्माण सुरु उक्त पक्की पुल २ सय ६१.३ मिटर लामो छ । पानीको सतहबाट २० मिटर मुनिबाट पिलर उठाएर निर्माण थालिएको पुलको उचाइ १७ मिटर अग्लो र चौडाई १० मिटर ५० सेन्टिमिटर रहेको इन्जिनियर अर्यालले जानकारी दिए ।
वारी र पारीको पिलरको आरसीसी पुरा गरी ९८ प्रतिशत निर्माण सम्पन्न भएको पुलमा ढलान गर्न मात्र बाँकी रहेको अर्यालले बताए ।
सप्तकोसीको वीचमा तीनवटा पिलरको आरसीसी गरी पुलमा स्टिलटच जडान गरिएको छ । क्यानडाबाट ल्याएको डिआर ४० फाइरिङ मेसिनको माध्यमबाट जमिनमुनिको भागको काम सम्पन्न गरिएको अर्यालले बताए ।
सुनसरीको बराहक्षेत्र र उदयपुरको मैनामैनी जोडने यो पुल तयार भएपछि सुनसरीको धरान, धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभावासीलाई बर्दिवास, सिन्धुली हुँदै काडमाडौं आवतजावत गर्न सहज हुने चतराका स्थानीय तिर्थ सिग्देलले बताए ।
पुल निर्माण पूरा हुनै लाग्दा सुनसरीको चतरा, उदयपुरको मैनामैनी, रामपुर ठोक्सिला, बसाहा, फत्तेपुर लगायतका स्थानमा घरजग्गाको भाउ समेत बढ्न थालेको छ ।
यो पुलले सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्रमा पर्यटक तथा तीर्थालुलाई आवत जावतमा सहज हुने भएको छ ।

गजल

नौ जवान युवाहरू जुट्नु पर्छ अब |
खोसिएको अधिकार लुट्नु पर्छ अब ||

कति बस्ने ईन्डियाको ज्याजती सहेर |
भारतीय धोतिहरुलाइ चुट्नु पर्छ अब ||

सिमानाका किल्लाहरु धेरै भाची सके |
बरु चाहिदैन सम्बन्ध टुट्नु पर्छ अब ||

सरकारको काम छैन नेताको नाम छैन |
हातहतियार देउ मकै झै भुट्नु पर्छ अब |
|
 अभियान लिबाङ
  ताप्लेजुङ

फिक्कलका महिलाहरु पत्रकारिता तालिममा आकर्षित

कमला थापा
  घर भित्रको चुल्हो चौको चियाको बुटा र कुटो कुदालोमा रमाउने इलाम इलामका महिलाहरु यतिवेला पत्रकारिता सिक्नमा व्यस्थ छन । प्रविधिको विकाससंगै उनीहरु यतिवेला चिया र कुटोकोदालोलाई केहीसमय थाँती राखेर पत्रकारिता तालिममा सहभागी हुन थालेका हुन । महिलाहरुका लागि कमै अवसर हुँदा प्रविधिसंग अपरिचित महिलाहरु यस पटक देखी आमसञ्चारको ज्ञान लिन भेला भएका छन ।
अन्र्तरपार्टी महिला सञ्जाल तथा महिला समन्वय समिति र सूर्योदयनगरपालिका फिक्कलद्धारा संयुक्त रुपमा सञ्चालित आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण सम्वन्धी पाँचदिने तालिममा महिलाहरुलाई अवसर दिलाइएको हो । पाँचदिने पत्रकारिता तालिममा सुर्योदयनगरपालिकाका ३० जना युवा महिलाहरुको सहभागीता रहेको छ । तालिममा सहभागी स्थानीय कलिका राईले पत्रकारिता तालिम सिक्ने मौका आफूलाई मिलेकोमा खुसी व्यक्त गदै उहाँले यस तालिमले समाजमा खुलेर आफ्ना कुरा राख्न सक्ने तथा समाजसुधारमा लाग्ने आशा लिएको बताउनुभएको छ ।
यस्तै अर्की सहभागी गीता राईले पत्रकारिता सिक्ने इच्छा पहिलादेखी नै भएपनि अहिले सम्म नपाएको अवसर यस पटक यो संस्थाले आफूलाई दिलाएको भन्दै खुसी व्यक्त गनुभयो । अन्य महिला दिदिबहिनीहरुले पनि आफूहरुले यस तालिमबाट ठूलो उपलब्धी मिल्ने बताउँदै भविष्यमा रेडियोमै कार्यक्रम उद्घोषक बनेर समाजमा नाम राखने पनि रहर रहेको बताएका छन ।
घरायसी कामकाजमा मात्र ब्यस्त हुने दिदी बहीनिहरुलाई यस पटक पत्रकारिता सम्बन्धि ज्ञानको सीप पनि दिलाउदै समाजको विकासमा समेत अग्रणी भूमिका निर्वाह गराउन तालिमको आयोजना गरिएको अन्र्तरपार्टी महिला सञ्जाल सुर्योदयनगरपालिकाकी अध्यक्ष चित्रकला बराईलीले बताउनु भयो । पाँच दिने तालिमलाई नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष तथा रेडियो फिक्कलका राजकुमार दहाल र प्रशिक्षक बिनु राईले प्रशिक्षण दिइरहनु भएको छ । भने टेक्निकल तर्फ रेडियो फिक्कलका प्राविधिक जय राईले सहजिकरण गरिरहनुभएको छ ।
आधारभुत पत्रकारिता रेडियो उद्घोषण सगै नेतृत्व बिकासमा महिलाहरुको क्षमता अभिवृद्धि गराउने लक्ष्य राखेको समेत प्रशिक्षक दहालो भनाई छ । महिला समन्वय समितिकी अध्यक्ष मुक्ता शर्माको अध्यक्षता तथा सू न पा का कार्यकारी अधिकृत गोपाल लिम्बुको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी दुर्गा बराल, मनकामना सहकारी सस्थाकी अध्यक्ष अनिता श्रेष्ठ, स्थानीय हेम माया प्रधान, गिता राई लगायतले शभकामना मन्तब्य राख्नु भएको थियो । सूर्योदयनगरपालिका फिक्कलको सहयोगमा भएको तालिम ५ दिने सम्म तालिम सञ्चालन हुने छ ।

माटो फुल्यो


पढेको थिएँ इतिहास।
सुनेको थिएँ किंवदन्ती।
रचेका अनेक कथाहरू,
जाहाँ माटो जोडेर, गोडेर अनि सिन्चेर
साम्राज्य स्थापित गरेका थिए।
हो त्यही साम्राज्य बनेको माटो फूल्यो।
पुर्खाको नासो हो त्यो पश्चिम फाँटहरू।
कुनै इतिहासमा समेट्नु अगावै
टुक्रेका ति दिशाहरू, स्तुपाहरू,
कलकल बगेर भूमी त्याग्ने नदी नालाहरू
मलाई खास लाग्दैन।
टुक्रेर अजर अमर बन्न सक्दैन
त्यहाँ पुर्खाले पसिना दिएर गएका थिए
सायद त्यही पसिनाले सराप दिने छ।
त्यो काल ओगेल्ने छ
अनि आफ्नै साम्राज्य तहसनहस भएर
फेरी माटो फूल्ने छ।
अब त त्यो भूमी
मुखमा सियोले धागो
उनिएर छोड़े जस्तो लाग्छ
तर आँखाले हेर्न खोज्दा,
पाउहरूले टेक्न खोज्दा,
मलाई विदेशी भन्ने छ।
तब मेरो मन मुटुमा
भुईचालो नै जाँदो हो.....
अन्न फल्ने बारीमा
हिरा मोती त पक्कै फल्नेछैन
फले पनि बाँदर, दूम्सी, मृग, चौँरी आदी
जनावरको आहारा होला
तर मलिलो माटोमा
सुन्तला, अलैँची, अम्बा, अनारस,
आरू, काँक्रा, कोदो, धान, मकै.. धेरै लेख्दिन।
काहाँ फल्दो होला कठै!
गोठमा कराउने लैना गाईको ड्वाँ ड्वाँ मा
सुन्दैछु म - माटो फुल्यो रे।
होईन भन्नै सक्दिन बरू म पनि भन्छु
मेरो देशको - "माटो फुल्यो"

 हर्क राज गुरुङ भुटानि

म्याग्दीमा पहिरोले पाँच घर भत्किए

शुक्रबार बिहान ४ बजे झरेको पहिरोले म्याग्दीको भगतवती गाविस, २ बैंसरीका पाँच घर भत्काएको छ ।
पहिरोले लालबहादुर खोरजा, राजन केसी, सोमबहादुर गुरुङ र प्रेमबहादुर पुनको घर भत्किएको हो । पुनकै अर्को घरको भने छाना भत्किएको छ । पहिरोबाट बैसरी वारिपारीका गरी २५ घर उच्च जोखिममा छन् । जोखिममा रहेका मध्ये १५ परिवार विस्थापित भएका छन् ।
राम्चे गाविस, ९ महभीरको डिल भत्केर करिब एक किलोमिटर तल झर्दा कालीगण्डकी पारीपट्टीको वस्तीमा क्षति पुर्‍याएको हो । पहिरोको अधिकांश माटो कालीगण्डकी नदीमा खसेको थियो । पहिरो बढेको खण्डकमा कालीगण्डकी नदी थुनिने खतरा बढेको छ ।
‘हामी घरमै थियौं । राति ठूलो आवाजसहित पहिरो झरेपछि काखे नानी च्यापेर बाहिर भागें तर धुलोको मुस्लोले छोप्यो । आँखा देखिएन, नाकमुखमा धुलो पसेपछि सास रोकियो, बाटोमा घोप्टो पर्‍यौ,ं’ स्थानिय विनिता केसीले भनिन्, ‘पहिरोमा पुरियौं भन्ने थियो । बिहान हेर्दा थोरै भागमात्र यतापट्टी आएको रहेछ ।’
स–साना पहिरो झर्न नरोकिएकोले स्थानीय त्रसित छन् । बिहीबार दिउँसोदेखि नै ढुंगाहरु झर्न थालेकोले स्थानीयले राति नै घर छोडेकाले मानवीय क्षति भएन । पहिरोको धुलोले बैंसरी बजार पुरै छोपेको छ ।
रेडक्रसले घरविहिन पाँच परिवारलाई त्रिपाल उपलब्ध गराएको छ ।
भुकम्पको कारणले पहाडहरु धाँजा फाटेकोले बर्खा सुरु नहुँदै सुख्खा पहिरो चल्न थालेको अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीसमेत सुरक्षा अधिकारी घटनास्थल पुगेर जोखिमको अध्ययन गरेका छन् । ‘बैंसरी वस्ती उच्च जोखिममा छ । कम्तीमा यो बर्खासम्म स्थानान्तरण आवश्यक छ ।

कैलाश क्षेत्रलाई विश्व सम्पदामा राख्न अध्ययन

कैलाश क्षेत्र' लाई विश्व सम्पदा सूचीमा राख्ने अध्ययनका लागि युनेस्कोको उच्चस्तरीय टोली काठमाडौं आएको छ। नेपालको दार्चुला, हुम्ला, बझाङ र बैतडीका हिमाली भागसहित चीन र भारतमा फैलिएको 'कैलाश पवित्र भू-परिधि क्षेत्र' को अध्ययन गर्न डा. इडवन मार्सल बर्नबाउमको टोली यसै साता  काठमाडौं आएको हो।
नेपाल, चीन र भारतको ३१ हजार २ सय ५२ वर्ग किलोमिटर क्षेत्रमा दुई वर्षदेखि 'कैलाश पवित्र भू-परिधि संरक्षण तथा विकास पहल' नाम दिएर संयुक्त रूपमा कार्यक्रम सञ्चालन भइरहेको छ। तीनवटै देशका परियोजनाले उक्त क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न आग्रह गरेपछि युनेस्कोले अध्ययन थालेको हो।
पर्वतीय र हिमाली क्षेत्रको जैविक विविधता तथा त्यस क्षेत्रका बासिन्दाको जनजीवन र जीविकोपार्जनमा काम गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को पहलमा आएको टोलीले बिहीबार वन मन्त्रालयका अधिकारीका साथै अन्य सरोकारवाला निकायसँग कैलाश पवित्र भू-परिधि क्षेत्रलाई विश्व सम्पदा  सूचीमा सूचीकृत गर्नेबारे छलफल गर्दै छ ।
वन मन्त्रालयको वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख तथा कैलाश कार्यक्रम हेर्ने विश्वनाथ ओलीका अनुसार पहिलो चरणमा काठमाडौंमा छलफलपछि टोलीले स्थलगत अध्ययनसमेत गर्नेछ। 'डा. इडविनले हुम्लासहित अन्य जिल्लाका स्थानीय बासिन्दा र सरोकारवाला निकायसँग छलफल गरी राय लिने कार्यक्रम  छ,' ओलीले मंगलबार कान्तिपुरसित भने, 'छलफल र अध्ययनपछि टोलीले विश्व सम्पदामा सूचीकृत गर्न नेपाल सरकारमार्फत सुझाव दिनेछ।'
नेपालमा पर्ने कैलाश क्षेत्रको अध्ययन र छलफलपछि डा. इडविन नेतृत्वको टोलीले भारत र चीनका अधिकारी र सरोकारवाला निकायसँग पनि छलफल गर्नेछ। विश्व सम्पदा सूचीमा समेट्न खोजिएको क्षेत्रमा सांस्कृतिक हिसाबले विख्यात कैलाश पर्वतसमेत पर्छ। नेपालमा यस क्षेत्रको उत्तरी सिमाना चीनसँग र पश्चिमी  सिमाना भारतसँग जोडिएको छ। विश्व सम्पदामा सूचीकृत भए तीनवटै देशमा पर्ने उक्त क्षेत्रको सांस्कृतिक सम्पदाको संरक्षणका साथै संस्कृति, भेषभूषा, परम्परा, रीतिरिवाजलगायतले अन्तर्राष्ट्रिय ख्याति पाउने जानकारहरू बताउँछन्। डा. इडविनको टोलीको सम्भाव्यता अध्ययनपछि सूचीकृत गर्न तीनवटै देशका  सरकारलाई अलगअलग सुझाव दिनेछ। सूचीमा समेट्न सम्बन्धित मुलुकहरूले आफैं युनेस्कोसमक्ष प्रस्ताव लैजानुपर्ने हुन्छ।
विशेषज्ञहरूका अनुसार विश्व सम्पदामा सूचीकृत भएपछि विकास निर्माण र ठूला संरचना निर्माणमा छेकबार लाग्न सक्छ। 'हरेक संरचना निर्माण गर्नुअघि युनेस्कोको अनुमति लिनुपर्ने भएकाले हामीजस्ता विकासशील मुलुकलाई समस्या पनि पर्न सक्छ', वन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले भने, 'विकास निर्माण  गर्दा समस्या नहुने क्षेत्र पहिचान गरेर मात्रै सूचीकरण लागि सिफारिस गर्नु उत्तम हुन्छ।'
हुम्ला, बझाङ, दार्चुला र बैतडीमा सडकसहित विद्युत् र अन्य थुप्रै संरचना बनाउन बाँकी नै रहेकाले त्यसमा असर हुन नहुने जानकारहरूको सुझाव छ। युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न अध्ययन गर्न लागिएको कैलाश भूपरिधि क्षेत्र ।

जुट अब नेपालि युवाहरु

हुनै पर्छ अब बिकाश
हाम्रो नेपालको
आउ अनि जुट  युवा हो
खुन पसिना आफ्नै देशमा
बगाउ ....!!

सबै मिलि जुटौ युवा हो
पालो आयो तिमीहरुको
आफ्नै देश निर्माण  को
फर्क खाडी बाट
फर्क परदेश बाट
सिंगार आफ्नै धर्तिलाई !!

सग्लो थियो घर पहिल्यै
केहि छैन अहिल्यै
लालाबाला तिम्रा होलान

 बस्या होलान बाहिरै
 आयो पालो आउ युवा हो ..
नया नेपाल, नया निर्माण को
आफ्नै देशमा जुट युवा हो !!

यत्रतत्र लड़ेकोछ देशको चिनारी
मठ मन्दिर भत्केको छ मनै छिनाली
सडक अनि मन्दिरमा छन

 जनता बिचल्ली
फर्क अब परदेश बाट
बिचार बाटुल ..सिकेको सिपले
देशलाई सिंगार ...!!

काठमाण्डू को सान बोकी
उभेथ्यो धरहरा
अर्को भिमसेन आई अब
कहिले बनाउला ??
परदेश जान छाड युवा हो
आफ्नै देशमा जुट युवा हो !!

आउ युबा देश बनाओ
खुन पसिना आफ्नै देशमा
चुहाओ ...आवो युवा हो
पालो आयो नया नेपाल को
पालो आयो नया निर्माण को
आफ्नै देशमा जुट युवा हो !!


जानु काम्बांग लिङ्ग्देन
ताप्लेजुङ हाल-युके

चन्द्र शमशेरले २ करोडमा सरकारलाई बेचेको सिंहदरबार

वि.स. १९५८ असार १० गते बुधबारका दिन चन्द्र शमशेर सत्तामा आए। सत्तामा आउनासाथ उनले आफ्ना निमित्त एक दरबारको आवश्यकता महसुस गरे अनि वीर शमशेरले निर्माण गराएको लालदरबार र सेतोदरबारहरू खरिद गर्ने इच्छा गरे।
सो दरबारहरु खरिद गर्ने प्रस्ताव स्वयम् आफैँ राख्न उनले अप्ठेरो माने। तसर्थ, त्यस कार्यको जिम्मेवारी उनले आफ्ना विश्वासीहरू माहिला पण्डित काशीनाथ आचार्य दीक्षित र डिल्ली शमशेर थापाहरुलाई सुम्पे।
उनीहरू गएर चन्द्र शमशेरको प्रस्ताव सर्वप्रथम तेज शमशेरसमक्ष राखे। तेज शमशेरले आफ्नो लालदरबारका विषयमा जवाफ दिँदै–महाराजलाई मेरो घर ‘लालदरबार’ को आवश्यकता भएको छ भने टक्राउँछु, तर मुमा (तोपकुमारी देवी) लाई मैले कहाँ राखुँ? भनी प्रश्न गरी पठाए।

त्यसैगरी गेहेन्द्र शमशेरले पनि आफ्नो सेतोदरबारका विषयमा जबर्जस्त जवाफ दिएर पठाए, जसमा ‘मैले मागेको मोल के महाराजबाट बक्सन सकि बक्सिन्छ? पहिले यसको जवाफ बुझेर मात्र तिमीहरु मकहाँ आउनु’ भनी ती दुवैलाई फर्काए।
यसरी लालदरबार र सेतो दरबारका धनीहरुको प्रश्न लिएर ती दुवै दूतहरु चन्द्र शमशेरसमक्ष फिर्ता गए र दुवैको कुराहरु सुनाए।
चन्द्र शमशेरले ती दुवैको जवाफ दिन नसक्नुका साथै ती दरबारहरु खरिद गर्ने आँट गर्न सकेनन्। त्यसपछि उनले जीत शमशेरको लाजिम्पाट दरबार र रुद्र शमशेरको चाबुर्जा दरबारलाई ६/६ लाख रूपैयाँमा खरिद गर्न सहमत भए। यसरी यी दुई दरबारहरु किन्न लागेका बेलामा तत्कालीन इन्जिनियर कुमार नरसिंह राणा र इन्जिनियर किशोर नरसिंह राणाहरुले चन्द्र शमशेरसँग ‘महाराज यी सोझाहरुको चित्त किन दुखाइबक्सिन्छ, वर्ष दिनमै महाराजका लागि लायकको नयाँ दरबार निर्माण गरी तयार पारीदिन हामी सक्छौं भनेकाले उपरोक्त दरबारहरु खरिद गर्ने इच्छा परित्याग गरी सिंहदरबार निर्माण गर्ने प्रबन्धमा लागे।
त्यस निर्माणका लागि उनले प्रति रोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे। निर्माण कार्य सुरू भयो। सुरूमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए। तर, बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। जेजत्रो दरबार बने पनि खर्च चाहिँ तत्काल ५० लाख रुपैयाँभन्दा बढी चन्द्र शमशेरको त्यस दरबारको निर्माणमा खर्च भएन किनकि त्यसमा प्रयोग भएका सम्पूर्ण काठ माठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरियो र ढुवानीको काम पनि बेगारीद्वारा गराउँदथे, जसलाई पेटभरि ढिडो र नुन खर्चमात्र दिनु पर्दथ्यो। सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा, तथा कैदीहरुद्वारा गराउँथे।
ज्यालामा जसलाई काम लगाइयो। तिनलाई पनि दैनिक चार पैसादेखि छ पैसा भन्दा बढी दिइएको थिएन। बीचबीचमा राँगो खानेलाई राँगो, खसी खानेलाई खसी काटेर भोज भने अवश्य खुवाउने गरिन्थ्यो। चन्द्र शमशमशेरको लागेको खर्च भनेकै किला, काँटा रेलिङ, पाइप, फलाम आदिमा भयो जुन सोझै भारतबाट किन्नुपर्थ्यो।
ती सम्पूर्ण सामानको भन्सार पनि उनलाई तिर्नु पर्दैनथ्यो। ‘झलारी’ द्वारा ढुवानी गराउँदथे जसलाई बेगारीलाई झैं पेटभरि ढिडो र नुन खर्चमा दिनुपर्दथ्यो। त्यसकारण सिंहदरबारको निमार्णमा चन्द्रशमशेरको जम्मा ५० लाख रूपियाँभन्दा बढी पैसा खर्च भएको छैन, भनेर त्यतिबेलाका बुढापाका भन्ने गर्दथे।
सिंहदरबार निमार्ण भइसकेपछि एक दिन चन्द्र शमशेरले आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगे। त्यहाँबाट बाघदरबार देखियो। चन्द्र शमशेरले भने, ‘ऊ बाघदरबार’ भन्दै हातले औल्याएर बालकुमारी देवीलाई देखाए। बालकुमारी देवीले, ‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला?’ भनिन्। उनको प्रस्ताव चन्द्र शमशेरलाई उचित लाग्यो र नवनिर्मित दरबारको नाम ‘सिंहदरबार’ राखियो।
सिंहदरबार निमार्ण कार्य सम्पन्न भएपछि चन्द्र शमशेरले एकदिन ‘भारदारी सभा’ गठन गरी सबै समक्ष प्रस्ताव राख्दै भने कि-आज उप्रान्त श्री ३ महाराज, प्रधानमन्त्री जो हुन्छ, उनी यसै दरबारमा बस्नेछन्। तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ।
चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट २ करोड रूपैयाँ झिके। यसरी चन्द्र शमशेरलाई सिंहदरबार निर्माण गरी बिक्री गर्दा डेढ करोड नाफा भयो। जंगबहादुरले वि.स. १९२५ मा भाइ, छोरा, भतिजा, भारदार जंगी, निजामती, गुरु, पुरोहित, सन्त, महन्त, साहस–महाजन, शिक्षक, भलाद्मी, रैती, दुनियाँ सकललाई जम्मा गराउनका लागि ठाउँ ठाउँमा सूचना टाँस गरे, इस्तिहार जारी गरे, ढ्याङ्ग्रो पिटाए र टुँडिखेलको त्यो ऐतिहासिक खरीको रुखको चौतारामुनि ठूलो भेला गराए। उक्त जनभेलालाई सम्बोधन गर्दै जंगबहादुरले भनेका थिए, ‘देशमा संकटकालीन अवस्था आई परेमा, दैवी प्रकोप परेमा मात्र राष्ट्रको ढुकुटीको प्रयोग गर्नु अन्यथा नगर्नू, बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानू। मैले आजका मितिमा यो ढुकुटीमा जम्मा ११ करोड रूपैयाँ राखिदिएको छु भन्दै सार्वजनिक घोषणा गरे।
त्यतिबेला त्यो ढुकुटीलाई (कौसी तोखाखाना) भनिन्थ्यो। त्यसै कौसी तोखाखानाबाट चन्द्र शमशेरले २ करोड रुपैयाँ झिकेका थिए।
चन्द्र शमशेरको २९ वर्षे शासनकालमा २८ वर्ष सिंहदरबारमै बित्यो र वि.स. १९८६ मंसिर ३० गते सोमबार उनको मृत्यु सिंहदरबारमै भयो। त्यसपछि भीम शमशेर प्रधानमन्त्री भएर उनी टंगालदरबारबाट सिंहदरबारमा सरे। वि.स. १९८९ भाद्र ११ गते भीम शमशेरको पनि सिंहदरबारमै मृत्यु भएपछि जुद्ध शमशेर प्रधानमन्त्री भएर पाटन, जाउलाखेल दरबारबाट सिंहदरबार सरे।
यसै दरबारबाट जुद्ध शमशेरले दशरथचन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालको मुद्दाको सुनुवाइका लागि विशेष अदालत गठन गरी उनीहरुको मृत्युदण्डको फैसला गरेको थियो। पछि उनीहरुलाई मृत्युदण्ड दिइएको थियो।
वि.स. २००२ मंसिर १४ गते जुद्ध शमशेर आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर नियमानुसार सिंहदरबार सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागे। उनी भारततर्फ हुँदा याने वि.स. २००५ वैशाख १ गतेका दिन मोहन शमशेर प्रधानमन्त्री हुनु अगावै याने ‘मुख्तियारी’ कै पदमा उनी सिंहदरबार सरे।
वि.स. १९६० मा मोहन शमशेरकै बुवा चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गर्दा जो श्री ३  महाराज तथा प्रधानमन्त्री हुन्छ ऊ सिंहदरबारमा बस्न पाउनेछ भन्ने नियम बनाएका थिए तर त्यो नियम चन्द्र शमशेरकै पुत्र मोहन शमशेरले तोडे। उनी महाराज तथा प्रधानमन्त्री नबन्दै मुख्तियारी पदमा हुँदै पद्म शमशेर भारततर्फ औषधि उपचारमा गएको मौका छोपी उनी जबरजस्ती महाराजगञ्जस्थित आफ्नो निवासबाट सिंहदरबार सरे।
वि.स. २००५ वैशाख १६ गते पद्म शमशेरले भारतको राँचीबाट राजीनामा गरी पठाए। पछिमात्र मोहन शमशेर सिंहदरबारका वैद्य उत्तराधिकारी भए।
वि.स. २००९ फागुन ७ गतेपछि सिंहदरबार तत्कालीन ‘श्री ५ को सरकार’को स्वामित्वमा आयो र मोहन शमशेरलाई शीघ्राति शीघ्र सिंहदरबार छाड्नुपर्ने आदेश दिइयो। त्यसपछि मोहन शमशेर आफ्नै महाराजगञ्जस्थित लक्ष्मी निवासमा फिर्ता गए। त्यतिबेलादेखि सिंहदरबार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो। वि.स. २०३० असार २५ गते सोमबारका दिन सिंहदरबारमा आगो लाग्यो।
आगलागीबाट बचाउनका लागि भगीरथ प्रयास गरिए पनि त्यो प्रयास सफल भएन। त्यसपछि अगाडिको भागमात्रै भएपनि बचाउनका लागि तोप हानीहानी पछाडिको भाग भत्काए अगाडिको भाग जोगाए, बाँकी सिंहदरबार जलेर खरानी भयो। अगाडिको भागसँगै जोडेर अलिकति पछि निमार्ण कार्य गरियो। आजकाल त्यसमा सचिवालय तथा केही मन्त्रालय राखिएको छ।
राणाकालीन इतिहासका ज्ञाता पुरुषोत्तम शमशेर राणाद्वारा लेखिएको ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’को सम्पादित अंश ।

मलार्इ माफ गर आमा

 

मलार्इ माफ गर आमा
आउन सकिन म
तिम्रो आँसु पुछ्न
भत्किएको घर बनाउन
हो आमा
यहाँ कैयौं तिमिजस्तै आमाहरु
छोरा को पर्खाइमा छन्
म उनीहरुको आशा बन्दै छु
उठाउँदै छु भत्केका संचनाहरु
जोड्दैछु टुक्रीएका खुशीहरु
 तर मलार्इ माफ गर आमा
आउन सकिन म
तिम्रो आँसु पुछ्न
भत्किएको घर बनाउन
थाह छ आमा

जनकपुरमा रहेको भगवान परशुरामको मूर्ति ढल्यो

जनकपुरको परशुराम तलाउमा केही दिन पहिला मात्र निर्माण गरिएको परशुराम भगवानको मूर्ति ढलेको छ । हिजोको भूकम्पमा ढलेको सो मूर्ति हेर्न स्थानीयवासीको भीड लागेको छ । ५५ फिट ठूलो सो मूर्तिलाई एक महिना पहिला मात्र प्राण प्रतिष्ठा दिइएको थियो । त्रेता युगमा सीता स्वयम्बरको बेला परशुराम भगवान सोही तलावको किनारामा तपस्या गरिरहेका थिए । परशुरामको डिह भनेर चिनिने सो स्थल पर्यटकको आकर्षणका केन्द्र मानिन्छ । स्थानीयवासीको सहयोगमा ३१ लाखमा मूर्ति बनाइएको थियो । मूर्ति निर्माण पछि निकै संख्यामा मानिसहरु परशुराम तलाव पुग्ने गर्थे ।

गजल

मातृ भूमि सँगै यो मन चिरा परेको छ
नेपालीको नयनबाट अाँशु झरेको छ

कस्को के नै लाग्दो रैछ दैव लागे पछि
प्रकोपले धन र जनको क्षति गरेको छ

लेखिदियो भाग्य पनि भाविले यो कस्तो
दुख कस्ट र अभावमा जीवन टरेको छ

बिपत्तिमा परेका ती पिडितका त कठै
हाँसो खुशी प्रकृतिले क्षणमै हरेको छ

भत्किगए झुप्रा सँगै गरिबका स्वप्न
कतिको त बाँच्ने पनि आशै मरेको छ

डिपीटी शर्मा
मोरङ

भूकम्पबाट इलाममा तीन सय घर पूर्णरूपमा ध्वस्त

एक साताअघि गएको विनाशकारी भूकम्पमा इलाममा ३०० घर पूर्णरूपमा ध्वस्त भएका छन् । भूकम्पबाट एक हजार ८९३ घरमा आंशिक क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताए ।
यस्तैगरी ६६ वटा पक्की, दुई हजार १२१ कच्ची घरमा भूकम्पले क्षति पु¥याएको छ । जिल्लाका तीन नगरपालिका र ३८ गाविसमा भूकम्पले करोडौँको क्षति पु¥याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पीडितलाई राहत वितरणका लागि नेपाल रेडक्रस सोसाइटी र जिल्ला प्रशासन कार्यालयको अगुवाइमा क्षतिको अनुगमन सुरु गरिएको छ । अनुगमनपछि वास्तविक विस्थापित र पीडितलाई मात्र राहत प्रदान गर्न सहजता होस् भनेर अनुगमन गरिएको र बुधबारदेखि राहत वितरण गरिने रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति देवीप्रसाद गौतमले बताए।

ओस्प्रे विमान पहिलोपटक नेपालमा

 सैनिकहरुले समुन्द्र र हवाई लडाइमा अत्याधिक प्रयोग गर्ने चार वटा भी–२२ ओस्प्रे विमान पहिलोपटक नेपालमा भुकम्पनको उद्धारकालागी आइपुगेका छन् ।
छोटो दुरीको रनवे (स्टल) र भर्टीकल अवतरण गर्ने क्षमताका यी जहाज ६ बजे काठमाडौंमा आइपुगेका हुन् । यी जहाजमा आकासमै ‘एयर–टू–एयर फिउलिङ्ग’ गर्न मिल्छ ।  
आज बैंककबाट आएका यी हेलिकप्टर अमेरिकी सेनाले अमेरिकाबाट ल्याएका हुन् । त्रिभुवन विमानस्थलका कामु प्रवन्धक विरेन्द्र प्रसाद श्रेष्ठका अनुसार, आइतबार आएका यी हेलिकप्टर भुकम्प प्रभावित जिल्लाहरुमा उद्धारकालागी परिचालन हुनेछन् । आज आइपुगेका यी हेलिकप्टरले राहत सामाग्री ल्याएर आएका हुन् । अमेरिकी सैनिकहरुले यसअघि हरकुलस विमानमा सामान ल्याउदै आएको थियो ।
बोइङ्ग कम्पनीले उत्पादन गर्ने यो जहाज परम्परागत हेलिकप्टरको दाजोमा उपयोगी मानिन्छन् ।  एकै स्थानमा लामो समय स्थीर हुन पनि सक्ने विमानमा दुइ जना चालकले उडाउछन् । व्यवसायिक भन्दा विशेष गरी सैनिक अपरेशनमा यो प्रयोग हुदै आएको छ । यो अति कम उचाइदेखी २५ हजार फिट सम्म उड्न सक्ने  एडभान्स विमान हो । यस्मा २४ देखी ३२ जना सैनिक अटाउने क्षमता हुन्छ । यस्को गती प्रति घन्टा ५ सय किलोमिटर हुने गरेको बोइङ्गले आफ्नो वेवसाइटमा लेखेको छ । पानी जहाजमा टेकअप र ल्यान्डिङ्ग गर्ने क्षमताको यी हेलिकप्टरको पंखा ‘रोटेड’ र ‘फोल्ड’ गर्न मिल्छन् ।
यसैबीच, भारतीय सेनाका १२ वटा हेलिकप्टर भूकम्प पीडितको उद्दार र राहतका लागि परिचालित छन् । सोमबार चिनियाँ सैनिक पनि हेलिकप्टरसहित आउँदैछन् ।

सिन्धुपाल्चोक घुम्थाङ गाबिसमा मृत्यु भएकाहरुको दाहासंस्कार गर्न नसकिएपछि सामुहिक चिहानमा लाश गाड्दै ।


युवा नेता गगन थापाले १ वर्षको तलब पिडितलाई दिने ।

काठमान्डौ क्षेत्र नम्बर ४ बाट निर्वाचित नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले १ वर्ष बराबरको तलब भुकम्प पिडितलाई सहयोग गर्ने बताएका छन । यस आगि सबै सभासदहरुले १ महिनाको तलब पिडितलाई दिने भनीएको थियो । उनले बिज्ञप्ति निकाल्दै चाडो भन्दा चाडो पिडितलाई गास, बास, र कपास को व्यवस्था गरोस भनेका थिए । उनको १ वर्षको तलव रु ७ लाख ७ हजार ६१६ हुन्छ ।

भात अड्केर एक जनाको ज्यान गयो

खाँदै गरेको भात अड्केर पाँचथरमा एक जनाएको ज्यान गएको छ । स्याङजा घर भई अहिले फिदिम स्थित तल्लो हेवाखोला जलविद्युत आयोजनामा हाइड्रो मेकानिकको रुपमा कार्यरत ५० वर्षका बुद्ध थापाको शुक्रबार बेलुका भात अड्केर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रविराज थपलियाले बताउनुभयो ।
भात खाँदाखाँदै अड्किएर ढलेका थापालाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको हो ।

भारतीय पत्रकारले नेपाली सुरक्षाकर्मीलाई भने, हमे रोक्ने वाला तु कौन हे ?

निबार बिहान पोखरा विमानस्थलमा अचम्मको दृष्य देखियो, जुन दृष्य आम नेपालीका लागि अपाच्यनै थियो । दुई जना भारतीय सञ्चारकर्मीहरुले नेपालका सुरक्षाकर्मीमाथि धावा बोले । भारतीय सञ्चारकर्मिहरुले उनीहरुमाथि शक्ति प्रदर्शन गर्दा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलका जवानहरु मुकदर्शक मात्रै बनिरहे ।
‘भारतीय सञ्चार माध्यममा काम गर्छौ’ भन्ने दुई जना पत्रकार शनिबार विहान ८ बजे पोखरा विमानस्थलको भित्रि गेटबाट प्रवेश गर्न खोज्दा उनीहरुलाई नेपाली सुरक्षाकर्मिले रोके । ‘आज शनिबार हो, कुनै आदेश विना सञ्चाकर्मिहरुलाई भित्र प्रवेश गर्न नदिनु भन्ने आदेश छ’ भन्दै नेपाल प्रहरीका एक जवानले उनीहरुलाई त्यहाँ रोकेका थिए ।

उनले ति सञ्चारकर्मिहरुलाई यति मात्रै के भनेका थिए, उनीहरुले एकाएक ति प्रहरी जवानमाथि हातपात गर्दै ‘हमे रोक्ने वाला तु कौन हे ?’ भन्दै थर्काए । उनीहरुले विभिन्न धम्कि दिदै थर्काएपनि ति जवान भने पछि हटेनन् । उनले तिनिहरुलाई प्रवेशमा रोक लगाइरहे ।
डिउटीमा रहेका आफ्ना जवानमाथि हातपात भएको देखेपछि गेटको जिम्मेवारी सम्हालेका सई आइपुगे । भारतीयहरुले गरेको ज्यादती देखेर उनको रगत तातिसकेको थियो । उनले ति दुवैजना भारतीय सञ्चारकर्मिहरुलाई पछाडी हट्न आदेश दिए ।
तर उनीहरु मानेनन् । र उनलाई पनि औला ठड्याँउदै भने– ‘तु हमे पहेचानता नहि, हमारा पहुँच उपर तक हे । हम चाहे तो यहाँ कुछ भि कर सकते हे, हमे रोकने वाला तु भला कौन हे ?’ उनीहरुको यस्तो कुराले डिउटी इन्चार्ज सइको पनि रिसको सिमा रहेन । उनले पनि भारतीयहरुलाई उनीहरुकै भाषामा जवाफ दिए ‘ ए हमारा नेपाल हे, यहाँका सुरक्षा जिम्मा हमारा हे, तुम भारतिय बर्दि वाला पुलिसको हातपात करहे हो और हमे हि धम्कि दे ते हो रु तुम वापस जाओ’ भन्दै पछाडी धकेले ।
उनले तिनिहरुलाई धकेलेपछि भने बल्ल नेपाली सेना र सशस्त्र प्रहरीका जवानपनि अगाडी आए र उनीहरुलाई गेटै सम्म पुर्याए । नेपालका सुरक्षाकर्मिहरुले भित्र जानका लागि अनुमति छैन भन्दै बल्ल बल्ल बाहिर निकालेका भारतिय सञ्चारकर्मिहरु एकै फोन कलमा भित्र पुगे । उनीहरुलाई लिन गेटमै उनीहरुका मान्छे आए । त्यतिबेला केहि नेपाली सञ्चारकर्मिहरुपनि भित्र प्रवेशका लागि गेटमै थिए ।
नेपाली सञ्चारकर्मिहरुले भित्र प्रवेश पाएनन् तर उनीहरुकै अगाडी भारतियहरु हेलिकोप्टरमा उडिहाले । उनीहरु काठमाण्डौ जान लागेको बताउँदै थिए । तर पोखरा विमानस्थलबाट हेलिकोप्टरहरु गोरखाका लागि उडिरहेका छन् । ‘या त उनीहरु गोरखा गएको हुन पर्यो नत्र गोरखामा राहत पुर्याएपछि त्यो हेलिकोप्टर काठमाण्डौ पुग्न पर्यो’ पोखरा विमानस्थलमा भेटिएका एक सञ्चारकर्मिको यस्तो अनुमान रहेको थियो ।
विशेषगरि गोरखामा राहत तथा उद्धारका लागि पोखरा विमानस्थलमा अहिले दुई ठूला सहित पाँचवटा भारतिय सेनाका हेलिकोप्टरहरुले राहत तथा उद्धारको काम गरिरहेका छन् । उद्धारका लागि भन्दै पोखरा विमानस्थलभित्र छिरेका उनीहरुको व्यवहारले पुरै विमानस्थलनै आफुहरुले कब्जा गरिसकेको जस्तो देखाउँछन् ।
नेपालमा महाशक्तिशालि भुकम्प गएपछि भारतले उदार मन देखाउँदै नेपाललाई आर्थिक तथा अन्य सहयोग गरेको छ । ‘नेपाल और भारतका विच रोटी बेटिका सम्बन्ध हे, बडे भाई होनेका नाता ए सहयोग बन्ते हे’ भन्दै भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीले सहयोगको बाढि नै बगाइदिए । तर यहाँ उद्धारका लागि आएकाहरुको आरचण तथा समाचार सम्प्रेशणका लागि आएका भारतिय सञ्चारमाध्यमहरुले सम्प्रेशण गरेका समाचार हर्दा उनीहरुको नियतमा शंका गर्नुपर्ने अवस्था देखिएको छ ।