WHAT'S NEW?
Loading...

Chulachuli online Radio

पत्रकारिता देखि प्रसाशक सम्म


   निन्छ ‘प्रेरणाले गर्दा सफलता पाउन सकिन्छ । प्रेरणाले जिन्दगीलाई नै सार्थक बनाई दिन्छ ।’ यसलाई सवैले मान्न सक्यो भने सफलता अवश्य हात पर्छ । यसैको उदाहरण बनेका छन इलामका अशोक वान्तवा । माध्यमिक तहसम्मको शिक्षा गाउँमा पूरा गरेर उच्च शिक्षा हासिल गर्न २०५७ सालमा इलाम सदरमुकाम छिरेका इलाम जिर्मले ५ स्थित रम्भ्याङ्ग गाउँका अशोक बान्तवा हाल सरकारी सेवामा प्रवेश गरेका छन । निजामती सेवामा प्रवेशअघि उनले धेरै क्षेत्रमा कामहरु गरे, राज्यको चौथो अंग भनिने पत्रकारितामार्फत समेत संघर्ष गरे । उच्च शिक्षा अध्ययन गर्न सदरमुकाम आएपछि अध्ययनसँगै केही काम गर्ने रहर उनमा जाग्यो । गाउँभन्दा अलि फराकिलो वातावरण पाएपछि २०५७ सालमा स्थानीय सूत्रधारश्री साप्ताहिक पत्रिकाबाट पत्रकारिता थाले उनले । पत्रकारिता, अध्ययन र साथीसंगतबाट अन्य जिम्मेवारी पनि पाउँदै गए ।

   बान्तवाले राजधानीबाट प्रकाशन हुने पत्रिका देशान्तर साप्ताहिक र झापाको पाथिभरा एफ.एम.मा सम्वाददाता, इलामबाटै प्रकाशित हुने आँखा साप्ताहिकमा उपसम्पादक, इलाम एफ.एम.मा कार्यक्रम प्रस्तोताको रुपमा काम गरे । नेपाल पत्रकार महासंघ इलाम शाखामा कार्यसमिति सदस्य, सचिव हुँदै केन्द्रीय सभासदसमेत भएर जिम्मेवारी निभाए । उनी २०६७ सालमा किरात राई पत्रकार मञ्चको केन्द्रीय सदस्य समेत हुन पुगे । १० बर्ष पत्रकारिता गरेका उनले घरमा बुवा आमालाई सहयोग गर्न अनि भाईलाई पनि उच्चशिक्षा पढाउने चुनौतिका बिच नयाँ संघर्षको अध्याय सुरु गरे । दिनप्रतिदिन बढ्दो महगी, कहिले बन्द हड्तालबीच गुजार्नुपर्ने पेशा हो पत्रकारिता । यी सवै जटिलताहरुसँग जुध्नुपर्ने बाध्यता नै बनिसकेको थियो उनको दैनिकीमा पनि । सुन्दा पत्रकारिता सफा, सजिलो र सालीन पेशा हो तर व्यवहारिक रुपमा भने जोखिम पनि हुन्छ नै ।
   यस्तै चुनौतीहरुमाझ आर्थिक अवस्था राम्रो बनाउन विकल्प खोज्न थालेका उनले एक दशकसम्म गरेको पत्रकारिता पेशा परिवर्तन गर्ने वा नगर्ने दोधारमा धेरै समय बिताए । कार्यरत आमसञ्चार गृहबाट तोकिएको न्युनतम पारिश्रमीक समेत नपाउदाको तितो अनुभव उनमा ताजै छ ।  पत्रकारितासंगै अध्ययनमा पनि निरन्तरता दिएका उनले २०६४ सालबाट इलाममा इन्सेक प्रतिनिधि भएर ५ बर्ष काम गरे । उनी इन्सेकद्धारा पूर्वाञ्चलमा उत्कृष्ठ मानवअधिकार रक्षकको रुपमा २०६७ मा पुरस्कृत पनि भए । मानवअधिकार मञ्च नेपाल इलाममा बोर्ड मेम्बर तथा कार्यक्रम संयोजक, लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था (डिफ्री), काठमाडौंमा तीन वर्ष महासचिवको रुपमा आबद्ध भएर मानवअधिकारका विषय र अवस्थाका बारेमा केही अध्ययन र अनुभव गर्न पाएको उनले बताए ।

सामाजिक क्षेत्रमामा नजिक भएर काम गर्न इच्छुक उनी विभिन्न सामाजिक संस्थाहरुका अतिरिक्त साहित्यिक तथा सांगितिक क्षेत्रमा पनि उत्तिकै रुचि राख्छन् । साहित्यतर्फ गीत, गजल र कविता लेखनमा विषेश रुचि रहेको उनले बताए । २०५७ बाट केही वर्ष इशारा साहित्यिक परिवार इलाममा कृष्ण राई सचित राई लगायतको समकालीनहरुवीच थुप्रै साहित्यिक गोष्ठी तथा कार्यक्रमहरुमा सक्रिय थिए उनी । इलाम गजल मञ्चको पूर्व अध्यक्ष उनले ‘आँखाको भाषा’ नामक गीत तथा गजल संग्रह २०६७ मा प्रकाशित गरिसकेका छन् । यसवीचमा इशारा हवाई मासिक, पारुहाङ्ग म्यागेजिन, जनजागृति भित्ते पत्रिका रम्भ्याङ्ग लगायतमा सम्पादकको भूमिका समेत निर्वाह गरेका छन् ।
 ‘मानिसलाई अवसर र चुनौति जीवन भोगाईमा संगसंगै गाँसिएर आउँदो रहेछ’ बान्तवा भन्छन् ‘सामाजिक क्षेत्रमा काम गर्दा प्राप्त हुने इष्टमित्र, इज्जत र आत्मसन्तुष्टि नै हो । यो नै जीवनभरीको सम्पति पनि हो ।’ तर, सम्भावना र अवसर दुवै भएको पत्रकारिता, मानवअधिकार जस्तो महत्वपूर्ण क्षेत्रलाई छोडने अवस्था आयो उनलाई । जुन उनको केही रहर र केही बाध्यता पनि थियो ।

यही मेसोमा उनले देशको चौथो अंग मानिने पत्रकारिताबाट स्थायी सरकार मानिने निजामती प्रशासनिक सेवामा प्रवेश गर्ने निर्णय गरे । २०६८ सालमा बैवाहिक बन्धनमा बाँधिएका उनले पत्नी सम्झना देवानको प्रेरणा र पारिवारिक वातावरणका कारण लोकसेवा आयोगको परीक्षामा सामेल भए । करिव एक वर्षको कडा मेहनतपछि नेपाल सरकारको शाखा अधिकृत पदमा उत्तिर्ण भएका उनको दरवन्दी सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंमा रहेको छ । यही अवधिमा काठमाडौं जिल्लाबाट प्राथमिक शिक्षक उत्तीर्ण भई २०७१ असोज देखि मंसीर १५ सम्म शिक्षण पेशामा आवद्ध भएका उनी नेपाल नागरिक उड्डयन प्राधिकरणमा २०७१ मा छैटौं तहको अधिकृत उत्तीर्ण भएका थिए ।  जिल्ला सदरमुकाममै एक दशक संघर्षका दिनहरु विताएका उनी हाल नेपाल सरकारको शाखा अधिकृत भएका छन् । २०७१ मंसीर १६ मा नियुक्ति पाएपछि उनी हाल स्टाफ कलेज, जावलाखेलमा छ महिने व्याट तालिम अन्तर्गत जिल्ला प्रशासन कार्यालय पर्सा वीरगंजमा इन्टर्नसीप गर्दैछन् । जनप्रशासनतर्फ अध्ययन अगाडि बढाउने सोचमा रहेका उनले साहित्य संगीत सिर्जना र सामाजिक काममा समेत निरन्तर लागिरहने चाहना रहेको बताए । 


 कमला थापा

0 प्रतिकृया: