WHAT'S NEW?
Loading...

Chulachuli online Radio

पुलकाे जग निमार्ण लगभग अन्त्यतिर

चुलाचुली/ इलामको दक्षिणी गाविस चुलाचुलीवासी र झापाको उत्तरी गाविस लखनपुर सिमलेवासीले रतुवा खाेलामा पक्कि पुल निमार्ण सुरूभएपछि बर्षियाै देखि खेप्दै अाएकाे सकसबाट मुक्त हुने दिन नजिकन्दैछ ।

०७३ मंसिर २८ गते निमार्ण सुरू भएकाे पुलकाे ५ वटा पिलरकाे जग निमार्ण सम्पन हुन लागेकाे सुपरभाइजर उद्व काेइरालाले बताएका छन । उनकै अनुसार, १३ कराेड ६५ लाखमा पुल निमार्णकाे काम पूरा गर्ने भएकाे छ ।
बजेट नराेकिने हाे, भने ताेकिएकै समय भित्र पुल निमार्ण सम्पन हुने ठेक्कादारकाे भनाई रहेकाे छ । रतुवामा पुल निमार्ण सुरू भए लगत्तै चुलाचुलीमा जग्गाको भाउ ह्वतै बढेकाे छ ।
चुलाचुलीवासिकाे लागि पुल बन्नु ठुलाे कुरा रहे पनि पुल निमार्णकाे लागि दिगो हुने गरि सामग्रीमा िसमेन्ट,बालुवा, गिट्टी र रडकाे काम के- कस्ताे र कसरी हुँदैछ भनेर स्थानिय बुद्धिजीवी तथा सराेकारवलाहरूले अनुगमन गर्नु पर्ने स्थानियहरूकाे भनाइ रहेकाे छ ।

0 प्रतिकृया: