WHAT'S NEW?
Loading...
Chulachuli online Radio
गजल
सुरज गुरुङ |
जिन्दगीमा सधै भरी हिडीन्छ गन बोकेर
घर परिवार सम्झिएर चिसो मन बोकेर
घर परिवार सम्झिएर चिसो मन बोकेर
बस्ने खाने ठेगान हुन्न न दिन दुनीयाको
हिड्नु पर्छ ठाँटले यस्तो यो जिवन बोकेर
हिड्नु पर्छ ठाँटले यस्तो यो जिवन बोकेर
उता देखी बुढी आमा तार गर्नु हुन्छ जब
बोल्ने गर्छु सम्हालिदै टिल्पिल् नयन बोकेर
बोल्ने गर्छु सम्हालिदै टिल्पिल् नयन बोकेर
न खोला न नाला न हावा न हुरी भन्नु पर्छ
गिता छोई खाएको कसम र वचन बोकेर
गिता छोई खाएको कसम र वचन बोकेर
प्यारी भन्छिन् सपनमा देखे थें हजुरलाई
के थाह उस्लाई हिडेको छ रासन बोकेर
के थाह उस्लाई हिडेको छ रासन बोकेर
- सुरज गुरुङ
लामाजुङ हाल भारत
गजल
साबित्रा बास्कोटा |
दोधारे छन, दुइ खुट्टा दुइ तिरकै नाउ मा छन । ।
परिवर्तन गर्छौ भन्थे ठुला ठुला आशा देखाइ
उही पुराना सैलि हरु अनि हाउभाउ मा छन । ।
बिस्वास गरे जनता ले परिवर्तित नेतृत्व लाई
निरन्कुसता ढाल्छौ भन्थे कुसासन कै ठाँउ मा छन । ।
शान्ती न्याय स्वतन्त्रता ल्याउने कुरा गर्थे पहिले
अझै सोसक जालीझेली शहर अनि गाउ मा छन । ।
जुनै जोगी आए पनि कानै चिर्या भने जस्तो
भोका नाङा सर्वहारा अझै साहु कै पाउ मा छन । ।
सत्ता मोह रैछ सबलाई स्वार्थकै छ राजनिति
यसरि नै डुब्दै छ देस, जनता दुख्या घाउ मा छन
सबित्रा बस्कोटा
साब्लाखु ताप्लेजुङ
हाल- किर्तिपुर
एउटा मिठो लोक भाका
डाउनलोड गर्नुहोसगज़ल
Krishna Pyasi |
मन भित्रका भावहरु, गाउँछ गज़लले।
ओठ भरी मुस्कान, ल्याउँछ गज़लले।
फ़ुराऊँछ शब्दहरु, मन मुट भित्रै बाट,
कस्तो होला मन भनि, च्याउँछ गज़लले।
के-के बोल्छ भावनामा, भन्दै मन चोर्छ,
हात दिंदै साथ दिन, दाउँछ गज़लले।
ओकलाउँछ शब्दहरु, रुवाउँछ गज़लले,
खुसी बने भित्रै देखि, हसाउँछ गज़लले।
बेरि दिन्छ काफिया र, रदिफ़ले आँफै,
मिठास बन्न तखल्लुसमा, धाउँछ गज़लले।
महादेब भण्डारी प्रतिक का केहि मुक्तकहरु
१
अनायासै कसैको दिलमा, बाँस नगर !!
सुटुक्कै मन चोर्ने कसैको, साहस नगर !
मन सबैको एउटै हुन्छ, बुझ्न् पर्छ तिमिले
मनले मनलाइ धोका दिने, प्रयास नगर !!
सुटुक्कै मन चोर्ने कसैको, साहस नगर !
मन सबैको एउटै हुन्छ, बुझ्न् पर्छ तिमिले
मनले मनलाइ धोका दिने, प्रयास नगर !!
सतिप्रथामा आधारित कृष्ण धाराबासीको "झोला"
सहमतिको अन्तिम सूत्र
- अहिलेको राजनीतिक रस्साकसीबाट कोही चर्को दबाबमा छन् भने ती संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ हुन्। वास्तवमा नेम्वाङ दलीय टकराव र मेलमिलापको यस्तो पानीढलोमा उभिएका छन्, जहाँबाट थोरै मात्र विचलित भइदिँदा इतिहासको पाङ्ग्रा पुनः अस्थिरतातर्फ फर्काउने कारक बन्नेछन् उनी।
कल्पना गरौं, विपक्षी अवरोधका बाबजुद उनले आइतबार आफ्नै मुखबाट बहुमतीय प्रक्रियातिर जाने गरी समिति गठनको निर्णय सुनाइदिए भने? त्यस्तो अवस्थामा एमाओवादी र मधेसी मोर्चाबाट संविधानसभा बहिष्कार गर्नेसम्मको प्रतिक्रिया आउन सक्छ। निश्चय पनि त्यो उनीहरूको अर्को अतिवादी कदम हुनेछ, तापनि मानौं तिनले त्यही गरिदिए, अनि सभाध्यक्षको सहयोगमा सत्तापक्षले एकलौटी रूपमा 'प्रक्रिया' प्रारम्भ गर्यो भने के त्यसले संविधानसभालाई सार्थक गन्तव्यमा पुर्याउला?
गजल
खगेन्द्र खिलाफी |
जती सक्छौ मेरो दिल ,घरी घरी तोडे हुन्छ ।
जिन्दगीका मिठा मिठा नाता अन्तै जोडे हुन्छ।।
जिन्दगीका मिठा मिठा नाता अन्तै जोडे हुन्छ।।
सगै हुँदा तिमीलाई ,दर्द पिडा हुन्छ भने ,
मेरो साथ छोडि अब ,अन्तै बाटो मोडे हुन्छ।।
मेरो साथ छोडि अब ,अन्तै बाटो मोडे हुन्छ।।
किन गर्छौ ब्यथै तिमी ,मेरो चिन्ता पिर अब ,
मरितुल्य पारी एक्लै ,बेबारिसे छोडे हुन्छ ।।
मरितुल्य पारी एक्लै ,बेबारिसे छोडे हुन्छ ।।
साचो सत्य चोखो माया ,गर्न छाडे मान्छेहरु ,
झुठ्ठो माया रोपी यहाँ ,झुठ्ठो माया गोडे हुन्छ।।
झुठ्ठो माया रोपी यहाँ ,झुठ्ठो माया गोडे हुन्छ।।
मेरो कुनै रोक छैन ,तिमी खुशी हुन्छौ भने,
हासी हासी पराइको ,घुम्टो अब ओडे हुन्छ ।।
हासी हासी पराइको ,घुम्टो अब ओडे हुन्छ ।।
खगेन्द्र खिलाफी
रेगिस्तान ।
रेगिस्तान ।
गजल
संजय को सृजना |
मरुभूमि मा फूल को खोजी गर्दैछु म |
समुन्द्र मा पुल को खोजी गर्दै छु म ||
बादल ले छोपेको छ भन्छन आकाश |
अम्बर मा धुल को खोजी गर्दैछु म ||
पृथ्वी देखि हजारों लाखौं कोश टाडा |
मंगल मा मूल को खोजी गर्दै छु म ||
मन्दिर मस्जिद भन्दै मारिए कती |
आत्मा मा शुल को खोजी गर्दैछु म ||
किन लुटिन्छ अस्मिता चेली को |
कोठी मा कुल को खोजी गर्दैछु म ||
मरुभूमि मा फूल को खोजी गर्दैछु म |
समुन्द्र मा पुल को खोजी गर्दैछु म ||
लेखक- उमानाथ शर्मा\सुबेदी(संजय को सिर्जना)
चितवन पर्सा खैरहनी न.पा.-८
हाल-यु ए,ई अबुधाबी
एमाओवादीसहित ३० दलीय मोर्चाले गरेको आन्दोलनमा यसरी भयो प्रहरीद्वारा लाठी चार्ज
एमाओवादीसहित ३० दलीय मोर्चाले बिहीवार झापाको सदरमुकाम चन्द्रगडीमा आयोजना गरेको ¥यालीमा प्रहरीले दमन गरेको छ । दिउँसो १ बजे सुरु भएको ¥याली मालपोत कार्यालय अघि पुगेपछि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गर्दा दर्जनौं प्रदर्शनकारी र सर्वसाधारण घाइते भएका छन्
प्रहरीको लाठीचार्जपछि करिव दुई घण्टा सरकारी कार्यालय आशपासको क्षेत्र तनावग्रस्त भएको थियो । प्रहरीको लाठी चार्जवाट दमक १८ का राम लुईटेल, भद्रपुर –१ की गंगा रायमाझी, मालपोत अगाडी मकै पोल्ने दुर्गा कामती, भद्रपुर –१ का रामचन्द्र महतो, एमाओवादीका नेता गगन पुरी, हल्दिवारीका तुलसी ओली, शनिश्चरेका हरी दाहाल, विद्यार्थी नेता रवि वस्नेत, भक्त खेवाङ, दुर्गी मुखिया, सेहनाज रेयमान, सोनाम राई, मनान सेक, नगेन्द्र राई,
प्रहरीको लाठीचार्जपछि करिव दुई घण्टा सरकारी कार्यालय आशपासको क्षेत्र तनावग्रस्त भएको थियो । प्रहरीको लाठी चार्जवाट दमक १८ का राम लुईटेल, भद्रपुर –१ की गंगा रायमाझी, मालपोत अगाडी मकै पोल्ने दुर्गा कामती, भद्रपुर –१ का रामचन्द्र महतो, एमाओवादीका नेता गगन पुरी, हल्दिवारीका तुलसी ओली, शनिश्चरेका हरी दाहाल, विद्यार्थी नेता रवि वस्नेत, भक्त खेवाङ, दुर्गी मुखिया, सेहनाज रेयमान, सोनाम राई, मनान सेक, नगेन्द्र राई,
बाटो पुनर्निर्माण कार्य सुरु
यलम्बर चौक |
धर्म सन्देश
चुलाचुली
देस ले जे जस्तो गती लिएता पनि इलाम को चुलाचुली गाउ बिकास समिती मा भने निरन्तर बिकास निर्माण का कामहरु सुचारु रुप ले चली राखेका छन । सिमित श्रोत भएको यो गाउ बिकास समिती मा गा बि स को अनुदान देखी अरु कुनै पनि श्रोत छैन आम्दानिको ।जिल्ला बिकास समिती ले पनि त्यती किन हो कुन्नी सदर मुकाम देखी भौगोलिक दुरी मा टाढा भएर होकी यो क्षेत्र को बिकास निर्माण मा चासो दिदैन । तर खाने मुख लाई जुङा ले छेक्दैन भने झै
गजल
धर्मेन्द्र तिम्सिना क्षितिज |
कुन देशको संविधान बनेको छ चक्काजामले
जनतालाई पीडा मात्र थपेको छ चक्काजामले
जनतालाई पीडा मात्र थपेको छ चक्काजामले
विहान बेलुका छाक टार्न ढिकी जाँतो गर्नेलाई
दन्दिएर ज्वालाले झैं पोलेको छ चक्काजामले
दन्दिएर ज्वालाले झैं पोलेको छ चक्काजामले
गरिबका उत्साह अनि उमंगहरु सबै जलाएर
कलंकको खोक्रो इतिहास बोकेको छ चक्काजामले
कलंकको खोक्रो इतिहास बोकेको छ चक्काजामले
सन्तानले दुख पाएपछी आमाको आँखाबाट
अविरल आँसु मात्र झारेको छ चक्काजामले
अविरल आँसु मात्र झारेको छ चक्काजामले
बन्द हड्तालहरु सबै रोकेर सहमती गर अब
किनकी देश टुक्राउन आँटेको छ चक्काजामले
अमेरिकाकिनकी देश टुक्राउन आँटेको छ चक्काजामले
गजल
आदर्स दंगाल |
एकैनास हुन्न सधै,कैले नाफा कैले नोक्सान।
सुन्दा पनि लाजै मर्दो,किनिन्छ रे मान सम्मान।
सुन्दा पनि लाजै मर्दो,किनिन्छ रे मान सम्मान।
वीर गोर्खे सिमानामा,तैनाथ भई बस्दापनि।
किन?बेचिन्छिन् यहाँ,अाफ्नै घरकि जहान।
किन?बेचिन्छिन् यहाँ,अाफ्नै घरकि जहान।
चोक चोकका मन्दिर,नदेखाउ मलाई तिमी।
मैले पुज्ने मेरो अाफ्नै,हृदयमा छ भगवान।
मैले पुज्ने मेरो अाफ्नै,हृदयमा छ भगवान।
उस्ले मलाई सहजै ,भुल्न सक्छे हाँसि हासि।
तर मैले उसलाई , नभुल्ने लिए अडान।
तर मैले उसलाई , नभुल्ने लिए अडान।
आदर्स दंगाल
काठमाण्डौ
संघीयतामा सहमति भए, शासकीय स्वरुपमा फरकमत राखेर जान तयार: दाहाल
काठमाडौ, माघ ५ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयतामा सहमति भए शासकीय स्वरुपमा फरकमत राखेर संविधान जारी गर्न सकिने उल्लेख गरेका छन् । साथै उनले न्यायपालिका र निर्वाचन प्रणालीमा सहमतिको नजिक पुगेकोसमेत उल्लेख गरेका छन् ।
यसअघि एमाओवादीले प्रदेशहरुको मिश्रित नाम दिएर जाने भए छ प्रदेशसम्ममा सहमति गर्न सकिने र प्रदेशहरुको नामाकरण प्रदेश सभालाई दिने हो भने १० प्रदेश हुनुपर्ने अडान राखेको थियो । तर, काँग्रेस एमालेले भने सात प्रदेशको बनाउने र त्यसको नामाकरण प्रदेश सभालाई दिने अडान राख्दै आएको छ ।
एमाओवादीले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडानमा थियो । तर, संघियतामा सहमति भए त्यसमा आफ्नो फरकमत राख्ने र संविधान निर्माण प्रकृयामा अघि बढ्ने उसले भनेको छ ।
दाहालले सहमति भयो भनेर हल्ला फैलाउन गलत भएको पनि उल्लेख गरे । 'हामी अग्रगामी संविधान निर्माणकै लागि वार्ता र आन्दोलन दुवै तिर छौं' उनले भने, 'संविधानसभा र बाहिरबाट दवाव जारी छ ।' साथै उनले सहमतिको लागि अधिक्तम् प्रयास जारी राखेको पनि उल्लेख गरे ।
'जनतालाई आश्वस्त पार्न केही त सहमति गर्नुस्' सत्तारुढ र विपक्षी दलका नेतासँग राष्ट्रपतिको छलफल
काठमाडौ, माघ ३ -
राष्ट्रपति रावमरण यादवले सहमतिमै अघि बढ्न प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन । माघ ८ को मिति नजिकिदै गर्दा राष्ट्रपति यादवले शनिबार सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई शीतल निवास बोलाएर यस्तो आग्रह गरेका हुन् । राष्ट्रपति यादवले जनतालाई संविधान जारी हुने आश्वस्त पार्न माघ ८ सम्म केही न केही सहमति गर्न नेताहरुलाई दबाव दिएका छन । राष्ट्रपतिले सत्तापक्ष र प्रतिपक्षका नेताहरुसंग छुट्टाछुट्टै भेटबार्ता गरेका हुन ।
राष्ट्रपति रावमरण यादवले सहमतिमै अघि बढ्न प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन । माघ ८ को मिति नजिकिदै गर्दा राष्ट्रपति यादवले शनिबार सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई शीतल निवास बोलाएर यस्तो आग्रह गरेका हुन् । राष्ट्रपति यादवले जनतालाई संविधान जारी हुने आश्वस्त पार्न माघ ८ सम्म केही न केही सहमति गर्न नेताहरुलाई दबाव दिएका छन । राष्ट्रपतिले सत्तापक्ष र प्रतिपक्षका नेताहरुसंग छुट्टाछुट्टै भेटबार्ता गरेका हुन ।
समयले जन्माएको नया अनुहार
राम कुमार दिल्लगी
जब म आफ्नै खुट्टामा उभिएर
यो रंगिन दुनियाँ हेर्न खोजे
समयले मेरो कलम चलाउने हातमा
बन्दुक राखिदियो
आजभोली मलाइ कलम भन्दा बन्दुक प्यारो लाग्छ
यो चिसो पानी भन्दा तातो खून पिउनमा मज्जा लाग्छ
रात फ्यालेर खुनले धर्ति लिपेर जब ओर्लिन्छ बिहानी
मलाइ झन् झन् यो मानिसहरु
यो समाजहरु र यो देशले अपराधी र खुनी बनायो
यो रंगिन दुनियाँ हेर्न खोजे
समयले मेरो कलम चलाउने हातमा
बन्दुक राखिदियो
आजभोली मलाइ कलम भन्दा बन्दुक प्यारो लाग्छ
यो चिसो पानी भन्दा तातो खून पिउनमा मज्जा लाग्छ
रात फ्यालेर खुनले धर्ति लिपेर जब ओर्लिन्छ बिहानी
मलाइ झन् झन् यो मानिसहरु
यो समाजहरु र यो देशले अपराधी र खुनी बनायो
यो लामो पक्कि सडक
जहाँ मेरो बुवा र मेरो बुवा जस्तै हजारौं मजदुरहरुले
खुन पसिना बगाएर बनाएका थिए
अहिले हेर्दा खाल्डो खाल्डो बनेछ
खाल्डो भरि पानी जमेर घिसिङ्ग बाजेको असि बर्षे
चाउरी परेको गाला जस्तो कुरुप बनेछ
यो खेत बारीहरु
जहाँ मेरो आमा र मेरो आमा जस्तै हजारौं आमाहरुले
जहाँ मेरो बुवा र मेरो बुवा जस्तै हजारौं मजदुरहरुले
खुन पसिना बगाएर बनाएका थिए
अहिले हेर्दा खाल्डो खाल्डो बनेछ
खाल्डो भरि पानी जमेर घिसिङ्ग बाजेको असि बर्षे
चाउरी परेको गाला जस्तो कुरुप बनेछ
यो खेत बारीहरु
जहाँ मेरो आमा र मेरो आमा जस्तै हजारौं आमाहरुले
गजल
▬ सहयात्री ढकाल
बिग्रियौ तिमी त्यो मनमा सरे पछि बिग्रियौ।
मलाई वारी राखेर पारी तरे पछि बिग्रियौ।
मलाई वारी राखेर पारी तरे पछि बिग्रियौ।
पहाडमा त तिमी ईमानदार र सोझी थियौ,
तर बसाइँ सरेर तराई झरे पछि बिग्रियौ।
तर बसाइँ सरेर तराई झरे पछि बिग्रियौ।
स्कुलमा त सबैले जेहेन्दार बिद्यार्थी भन्थे,
किन हो यश यल सि पास गरे पछि बिग्रियौ।
किन हो यश यल सि पास गरे पछि बिग्रियौ।
मैले माया गरुन्जेल त तिमी ठिकै थियौ,
तर उसको मायाजालमा परे पछि बिग्रियौ।
तर उसको मायाजालमा परे पछि बिग्रियौ।
गजल
बा आमा गर्नु हुन्छ पीर ,म के गरुँ ?
परदेशिनु रहेछ तक्दिर , म के गरुँ ?
परदेशिनु रहेछ तक्दिर , म के गरुँ ?
हरदिन आँखामा राख्छु त भन्छौ नि
भाग्यमा छ यस्तै जागिर, म के गरुँ ?
भाग्यमा छ यस्तै जागिर, म के गरुँ ?
विकाश बोकेर कारमा आउँछु भन्छौ
महाशय!बाटो भरि छ भीर ,म के गरुँ ?
महाशय!बाटो भरि छ भीर ,म के गरुँ ?
सरकार बाढी बाट जोगिनू भन्छ
आँगनमै छ नदिको तीर,म के गरुँ ।
आँगनमै छ नदिको तीर,म के गरुँ ।
तिमीले त च्यातेर फाली सक्यौ रे
म सँगको तिम्रो तश्बिर, म के गरुँ ?
म सँगको तिम्रो तश्बिर, म के गरुँ ?
बिर्तामोड झापा
अचेल मलेशिया । ▬ राज अबिरल यात्री
अचेल मलेशिया । ▬ राज अबिरल यात्री
कविता '' देश मृत्यु ''
▬ सुनिता राई सुब्बा
बर्षौं भैसक्यो देशलाई निमोनिया भएको
बर्षौं भैसक्यो देशलाई निमोनिया भएको
मृत्यु घोषित सैयामा कहिले पुर्याउछौं ?
(सुन ए असफल अस्थिपन्जर हो !)२
तिमीहरुले नै असफल बनाएको
देशको मृत्यु अब कुनैपनि बेला हुनेछ
चेतनाहरु जगाई राख, तिमीहरुकै
(सग्ला)२ करङ्ग बालि दहन हुनेछ अनि ती अपवित्र माँसपिण्ड लुक्षेर
छिमेक तिर भाग बण्डालगाइनेछ
जस्ले तिमीहरुलाई सुझाबको पाल्किमा
स्वार्थको फूल उनि सजाएर पठाएका थिए !
सायद तिमीहरुलाई स्मरण नहोला
कतिऔं पटक देशको हत्या गरेउ
!?!
सगरमाथा साक्षी राखी बलात्कार गरेउ !
मेची, महाकाली दुखाएर हस्ताक्षर गरेउ
न्ययाघर नाङ्गो बनाइ निशाफ गरेउ
यति ठुलो कर्तब्य गर्ने दुस्साहसको
प्रसंसा र पुरस्कार तिमीहरुले पाउनु पर्छ !