WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

पुजेको पत्थर भन्दा बरु लोहोरो काम लाग्छ
परदेश जाने भन्दा यैं मर्ने छोरो काम लाग्छ
खेतबारी जोत्छ उस्ले बाआमाका गोडा नि मिच्छ
मेला पर्म सुख दुखमा त्यही मोरो काम लाग्छ

जननी ती आमालाई कुल्चेर हिंड्ने नेता भन्दा
आफ्नैगाउँको गोठालो त्यो कालो गोरो काम लाग्छ
प्यास नराख महलका 'कप प्लेट' र ढर्राको
तिर्खा मेट्न त्यै करूवा आम्खोरो काम लाग्छ
न लोभिनु लाखौं मोलका हिरामोती उपहारमा
आपसमा दिल बाँध्न मायाँको डोरो काम लाग्छ ||

0 प्रतिकृया: