WHAT'S NEW?
Loading...

Chulachuli online Radio

माघे सक्रान्ती को शुभकामना

एकातिर आफू यहाँ साहुको काममा कच कच सहनु परेको परिस्थिति ,अर्को तिर फोन गरेर माघेसङ्ग्रग्रान्ति कसरी मानिदै छ त भनेर सोधपुछ गर्दा त जवाफ यस्तो पो आउँछ ......! आफुले नि रोप्न सकिएन,रोप्दा नि भनेको बेला पानी झर्दैन आकाश बाट ,तरुल फलाउन सकिएन ! तेहि भएर तरुल खोज्न बन जङ्गलमा गएको जङ्ल त सबै डडेलोले खाएको रहेछ
,बोट बिरुवा रुख पात केही छैन रहेछ अनि कसरी भेट्नु र तरुल लिएर खानु ?भन्ने खबर आउँछ। होईन बजार हाट गएर किनेर लिएर खाओ न त भन्दा नि .....बजार हाट त कति दिन देखि हडताल ,बन्द पो छ त ! झन कसरी किन्ने ,कहा किन्ने तरुल ? भन्ने खबर आउँछ । लु अब एकातिर आफ्नै टेन्सन अर्को तिर अर्कै टेन्सन ! सकिगोनी ..! मोड अफ माथी मोड अफ ! तै पनि लोक को अगाडी मन अमिलो पार्दै भएनी शुभकामना लिने दिने त गर्नै पर्यो ।तपाईं हरुको जस्तो भए नि मेरो चै तेस्तै भो तै पनि शुभकामना छ है सबै लाई ।
जनक महरा 
चुलाचुली इलाम 

आजकाल- मलेसिया 

0 प्रतिकृया: