WHAT'S NEW?
Loading...

Chulachuli online Radio

क्यान्सर जितेर नयाँ जीवन

लाम चुलाचुली–४, मोराङेझोडाका २२ वर्षीय यमलाल तामाङलाई एक वर्षअघिसम्म आफू मृत्युशऒ्ढ...यामा छुजस्तो लाग्थ्यो। रक्तक्यान्सरले बाँच्ने–नबाँच्ने दोसाँधमा बिपी कोइराला क्यान्सर अस्पताल चितवनको बेडमा एकोहोरो टोलाइरहन्थे उनी।
चुलाचुली–४, इलामका यमलाल तामाङ एक  रक्तक्यान्सर निको भएपछि हालै बिहे गरेका तामाङ दुलहीसाथ।

गत वर्ष वैदेशिक रोजगारीका लागि मलेसिया गएका बेला उनलाई रक्तक्यान्सर भएको पत्ता लागेको थियो। तर, उनले हरेस खाएनन्। क्यान्सरसँग लडे। र, जिते।

यो एक वर्षको अन्तरालमा उनले नयाँ जीवन मात्र होइन, आफैंले रोजेको जीवनसाथी पनि पाएका छन्।
'मर्छु कि बाँच्छु थाहा थिएन तर अहिले निकै खुसी छु,' तामाङले नागरिकसँग भने, 'रोग थाहा पाएपछि घरै नगई अस्पताल आएको थिएँ।' सुरुआती अवस्थामै उपचार पाएकाले ज्यान जोगिएको उनले बताए।
उनलाई एक्युट माइलोइड ल्युकेमिया (रक्तक्यान्सर) भएको थियो। यो रोग प्रतिरोधात्मक क्षमता घटाउने सेतो रक्तकोषमा हुने क्यान्सर हो। 'यो रोगको उपचार ढिलो भए दुई महिनामै ज्यान जान सक्छ,' क्यान्सर रोग विशेषज्ञ जया श्रेष्ठ भन्छन्। विदेशमा ५० प्रतिशत रोग निको हुने भए पनि नेपालमा भने ४० देखि ४५ प्रतिशतमात्रै निको हुने उनले बताए।
२०६६ सालमा मलेसिया गएका यमलाललाई चार वर्षपछि २०७० सुरुमा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र ढाड दुख्ने भयो। उनले उतै स्वास्थ्य परीक्षण गराउँदा क्यान्सर भएको पत्ता लाग्यो। मलेसियामा उपचार महँगो पर्ने भएकाले चिकित्सकले नेपाल गएर तत्कालै उपचार थाल्न सुझाव दिए। लगत्तै नेपाल फर्किएका उनी सोझै क्यान्सर अस्पताल पुगे। यही हतारोले उनको ज्यान जोगियो। घर गएर केही दिन आलटाल गरेको भए उपचार कठिन हुने चिकित्सकले बताएका थिए।
त्यतिबेला गाउँकै जुनु तामाङसँग प्रेममा गाँसिएका उनी रोगले च्यापेपछि निकै आत्तिएका थिए। उनीमात्रै होइन, जुनुको पनि होसहवास उडेको थियो। तर, दुवैले धैर्य छाडेनन्। उनीहरूको साँचो मायाले साथ छाडेन। एकवर्षमै निको भएपछि घरपरिवारको मन्जुरीबिनै उनीहरूले विवाह गरेका छन्।
'विदेशमा बस्दा रोग लाग्यो भनेको थियो, मैले पत्याइनँ तर रक्तक्यान्सर नै भएको थाहा पाएपछि निकै आत्तिएँ,' जुनुले सम्भि्कइन्, 'कक्षा १२ को परीक्षा पनि बिग्रियो, जीवन नै खेर गएझैं लागेको थियो।'
बिस्तारै सम्हालिँदै गएका उनीहरू अहिले भने निकै खुसी छन्। 'हामी खुसीं छौं,' अन्तिम फलोअपका लागि अस्पताल आएका दुवैले हाँस्दै भने, 'सुरुमै उपचार गरे क्यान्सर निको हुने रहेछ।'
मानिसको शरीरमा सेतो रक्तकोषिका ४ देखि ११ हजार प्रतिक्युबिक मिलिमिटर हुनुपर्छ तर उनको शरीरमा एक लाखभन्दा बढी थियो। 'उनको कोषमा ९० प्रतिशत क्यान्सर सेल थियो,' डा. श्रेष्ठ भन्छन्, 'त्यसलाई पूरै मारेर नयाँ सेल हाली उनलाई बचाइएको हो।' यो अन्य रक्तक्यान्सरभन्दा निकै फरक र जटिल भएको उनले बताए। उनका अनुसार प्लेटलेट्सको मात्रा २० हजार पनि थिएन जबकि सामान्य मान्छेमा डेढदेखि ४ लाख हुनुपर्छ। सात महिना लामो उपचारपछि तामाङ पूर्ण रूपमा निको भएको श्रेष्ठले बताए।
२०७० माघ २१ मा भरतपुर क्यान्सर अस्पताल आएर उपचार थालेका तामाङले रोग पत्ता लगाउन मलेसियामा १० हजार रिंगेट (करिब ३ लाख) खर्च भएको बताए। 'सबै गरेर करिब १५ लाख खर्च भयो होला,' उनले भने, 'एक लाख क्यान्सर अस्पतालले दियो। अरू आफैंले कमाएको र ऋण खोजेको।' उपचार क्रममा जग्गासमेत बेचेको र अहिले पनि चार लाख ऋण रहेको उनले बताए।
'महिनामा ६ पटकसम्म केमो गराउँदा अब बाँच्दिनँ भनेर भाग्न खोजेको थिएँ,' अस्पतालका पीडादायी दिन सम्भि्कँदै उनले भने, 'रगतमात्रै ५ सय पोकाभन्दा बढी दिइयो, दिनमै दर्जनौं पिन्ट चढाउनुपर्थ्यो।'
अरू क्यान्सर उपचारक्रममा केमो लिएर घर जान सकिए पनि यो क्यान्सरका लागि लगातार विशेष कक्षमा बस्नुपर्ने डा. श्रेष्ठ बताउँछन्। तामाङले पनि सात महिनासम्म क्यान्सर अस्पतालको बेड छाडेनन्।
श्रेष्ठले हालसम्म यस्तै खालका ४० जना रक्त क्यान्सरका बिरामीको उपचार गराए। दस वर्षको अन्तरालमा उपचार गराएका ४० जनै बिरामीको प्रोफाइल उनले राखेका छन्। बेला–बेला बिरामीलाई फोन गरेर सन्चो–बिसन्चो सोध्ने गर्छन्। र, समयमा फलोअपका लागि आउनसमेत आग्रह गर्छन्।

नेपालमा रक्तक्यान्सरका रोगीको संख्या १० हजार हाराहारी रहेको अस्पतालले जनाएको छ। चुरोट, मदिरा सेवन, सूर्य वा त्यस्तै चम्किलो प्रकाशका विकिरणको असर, अव्यवस्थित खानपान र रहनसहनका कारण यो रोग लाग्ने गर्छ।

0 प्रतिकृया: