WHAT'S NEW?
Loading...

Chulachuli online Radio

मेचि राजमार्ग को सिमा निर्धारण

prayas limbu taplejung- मेची राजमार्गको सीमा झापाको केचनादेखि पूर्वी नेपालको उत्तर–दक्षिण सीमा घरिल्लासम्म कायम भएको छ । अहिलेसम्म झापाको बिर्तामोडदेखि ताप्लेजुङको सुकेटार सम्मलाई मेची राजमार्ग भन्ने गएिको थियो ।
मेचि राजमार्ग मा पर्ने इलाम बजारप्रबेस गेट

मेची राजमार्गको सीमा कहाँसम्म हो भन्ने अन्योलता रहेका बेला र सडक डिभिजन कार्यालयले समेत स्पष्ट सीमारेखा दिन नसकेको अवस्थामा स्थानीय विकास मन्त्रालयले करिव दुई वर्ष अघि नै भएको मन्त्री परिषद्को निर्णयसहित राजमार्गको उक्त सीमा क्षेत्रभित्र कामकाज गर्न भनी सम्बन्धित निकायलाई परिपत्र गरेको छ । मन्त्रालयको परिपत्रअनुसार मेची राजमार्ग अब झापाको केचनादेखि पूर्वी नेपालको उत्तर–दक्षिण सीमा–नाका घरिल्लासम्म देखिएको छ ।
घरिल्ला उत्तरमा चीन, दक्षिणमा भारत तथा पूर्वमा नेपालको सीमा जोडिएको त्रि–देशीय नाका हो । नेपाल सरकारद्वारा भर्खरै मात्र घोषणा भई कार्यान्वयनमा आएको ताप्लेजुङ नगरपालिकालाई स्थानीय विकास मन्त्रालयले पठाएको परिपत्रमा नेपालकै सबैभन्दा होचो स्थानले चिनिएको झापाको केचनादेखि इलाम–पाँचथर फिदिम–काबेली–हुँदै ताप्लेजुङको फुङ्लिङ–सुकेटार–तापेथोक भएर घरिल्ला सम्मको मार्गलाई मेची राजमार्ग तोकिएको छ ।


पछिल्लो समय सडक डिभिजन कार्यालय इलामले राजमार्गको क्षेत्रधिकार ३० मिटर तोकेपछि एकाएक राजमार्गको दूरीका बारेमा चर्चा चुलिएको थियो । हाल सञ्चालनमा रहेको सडकको दायाँ–बायाँ १५÷१५ मिटर क्षेत्रफल खाली गरी सडक डिभिजन कार्यालयले मेची राजमार्ग कायम गर्ने जनाएपछि सडक आसपास क्षेत्रका बासिन्दाले आपूmहरु विस्थापित भइने भन्दै दूरी र राजमार्गका विषयमा चर्चा चुलिएको हो ।
यता मेची राजमार्गको दूरीका बारेमा स्थानीय विकास मन्त्रालयको परिपत्रपछि मात्र स्पष्ट भएको ताप्लेजुङ नगरपालिकाका कार्यकारी अधिकृत जयराम उप्रेतीले बताउनुभयो । उप्रेतीअनुसार मन्त्रालयले गरेको परिपत्रमा झापाको केचना हुँदै उत्तर–दक्षिण मार्गको त्रि–देशीय सीमा नाका घरिल्ला सम्मको भागलाई मेची राजमार्ग ठहर्ने निर्णय तत्कालीन मन्त्री परिषद्को २०६९ साल जेठ १२ गतेको बैठकले गरेको हो ।
नगर अधिकृत उप्रेतीले मेची राजमार्गको केचनादेखि घरिल्लासम्मको दूरी भित्र सडकको क्षेत्राधिकार दायाँ–बायाँ ३० मिटर तथा थप पाँच मिटर कजवे समेत गरी कुल ३५ मिटर हुने जानकारी दिनुभयो उप्रेतीले भन्नुभयो– ‘धेरैलाई कजवे समेतको क्षेत्रफल छोड्नुपर्छ भन्ने थाहा छैन ।’ उहाँका अनुसार मेची राजमार्ग कायम हुने स्थानमा कजवे समेतको थप पाँच मिटरसहित सडकको दायाँ–बायाँ १५÷१५ मिटर छोड्नु अनिवार्य हुन्छ ।
यसरी मेची राजमार्गमा पर्ने झापाको केचना देखि ताप्लेजुङ हुँदै उत्तर–दक्षिणको त्रिदेशिय सीमा नाका घरिल्लासम्मको भागको दायाँबायाँ साढे १७ मिटर क्षेत्रफल नछोड्दा सडकको क्षेत्राधिकार मिचिन्छ । दायाँ साढे १७ र बायाँ साढे १७ मिटर भू–क्षेत्रफल नछाडि बनाइएका संरचनाहरुलाई सडक बिभागले मापदण्ड बिपरित ठह¥याई भत्काउन सक्नेसमेत नगर प्रमुख उप्रेतीले जानकारी दिनुभयो ।
यता सरकारले लागू गरेको यो मापदण्डलाई कार्यान्वयन गर्ने हो भने मेची अन्तर्गत झापाको आधा भाग र इलाम, पाँचथर तथा ताप्लेजुङका बजारहरुमा बनेका अधिकतम् संरचनाहरु भत्काउनुपर्ने हुन्छ । यसैबीच सरकारको यो नियम लागू गर्दा आपूmहरु घरबार बिहीन भन्दै मेची राजमार्ग आसपासका बासिन्दाले १५ मिटर मात्र कायम गर्न दवाब दिने भएका छन् ।
खासगरी ताप्लेजुङ, पाँचथरको काबेली, सिंहपुर, गणेशचौक, फिदिमबजार, राँके, इलामको नेपालटार, बिप्ल्याँटे लगायतका बजार क्षेत्रका बासिन्दाले यो मापदण्ड लागू नगर्न माग गर्दै आएका छन् । ताप्लेजुङका सडक प्रभावित क्षेत्रका बासिन्दाले उक्त मापदण्ड कायम नगर्न भनी यसअघि नै सरकारलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

- by sandakpur dainik

0 प्रतिकृया: