WHAT'S NEW?
Loading...

Chulachuli online Radio

छन्दको तरङ्गमा बग्दा

केशव भट्टराई

फेशनका नाममा नेपाली संस्कृति र परम्परा हराउने पो हो कि भन्ने चिन्ता बढिरहेका बेला हामीले रातो माटो र कमेरामा छन्द लेख्न सकौं । डोको, नाम्लो
र खर्पनले झारेका पसिनामा छन्दको सुगन्ध छर्न सकौं । अनि त हाम्रा कला, संस्कृति छन्द, लय र भाकाहरु मीठा हुनेछन्, सरसिला हुनेछन् ।
प्रार्तराष्ट्रमुपास्य धार्मिक दिशः सायम च संवेदनाम्
नित्यं घोषयति स्वदेश सुभगां साहित्य संगीतिकाम्
वन्ध्याम् मानव संहिताम् निगदति श्री लोकतन्त्राम् पराम्
जङ्घा काचन कञ्चना विलसिता यो तुङ्ग सञ्चारिका
काव्यास्यात्मा ध्वनी मुखरितः काकली रागबद्धो
छन्दो भिर्याे बहु यति गणैर्अंकितो वेद जन्मा
सोमे सन्ध्या समयविहितो मुच्र्छनाभी समेतो
जङ्घा श्री कञ्चन जनहितो छन्दसोयम् तरंग ।
झापाली कवि रोहिणी विलास लुइटेलका यीनै दुई पंक्ति सिर्जनालाई थालनीको बिन्दु बनाएर पूर्वेली श्रोतामाझ कर्णप्रिय बनिरहेको एउटा रेडियो कार्यक्रम हो ‘छन्दको तरंग’ ।
छन्द – पूर्वीय सभ्यताको एउटा अनुपम चिनारी । पूर्वीय दर्शनका रुपमा प्रतिष्ठित वेदले आफ्नो अभिन्न अंगका रुपमा स्वीकारेको साहित्यको विधान (सूत्र) पनि हो छन्द । यसभित्रको मिठास, लालित्य र सौन्दर्य सधैं सुमधुर छ । छन्द सुत्रले सृजनालाई श्रुतिमधुर र सरसिलो बनाइदिएको छ ।
यही छन्द विधान भित्र रहेर नेपाली कविताको आदिकालदेखि वर्तमानसम्म सर्जकहरुले आ–आफ्ना सृजना पस्किरहेका छन् ।
छन्दको महिमा र गहिराई विशाल छ । यसका जानकार र विद्वत स्रष्टाहरुले भनेका छन् – यदि पूर्वीय दर्शन र साहित्यभित्र छन्द थिएन भने आज नेपाली समाजमा ती पुस्तकहरु बिलाएर जान्थे । जनजनमा–मनमनमा श्रीमद्भागवत गीता, महाभारत र रामायणका श्लोकहरु कण्ठस्थ हुँदैनथे । हाम्रा बा–आमाहरुले भाका हालेर कृष्ण चरित्र, गुणरत्न माला आदि इत्यादी लयबद्ध पस्किन सक्दैनथे । यसै महत्वलाई आत्मसात गरेर प्रबन्ध निर्देशक चन्द्र भण्डारीको परिकल्पनामा तयार गरिएको कञ्चनजङ्घा एफएम ९२.६ मेगाहर्जको एउटा साहित्यिक अभियान हो कार्यक्रम छन्दको तरगं ।
साहित्यभित्रका नवरससँगै छन्दका मीठा भाका र लयहरुमा सिर्जनाका तरगंहरु प्रस्फुटित भइरहदाँ नेपाली कवितालाई अझ भनौं छन्द संस्कृतिलाई मन पराउनहेरु प्रफुल्लित अनुहारमा देखेको छु । कार्यक्रम प्रसारणको अविछिन्न यो यात्रामा कहिले नेपाली लोकभाकाहरुसँग भेट भएको छ, कहिले आधुनिक पुस्ताका कविहरुसँग संगितको नजदिक पुगेर सृजनालाई साहित्यिक मनसँग गाँस्न पुगिएको छ ।
पुराना पुस्ताका स्थापित स्रष्टा हुन् या नविन पुस्ताका नवोदित सर्जकहरु हुन् । यी सबैलाई यो साहित्यिक अभियान भित्र राखेर लेख्नेहरुमा उर्जा र प्रेरणा भरिदिएको छ । सर्जक र स्रष्टाहरुप्रति अगाध श्रद्धा र प्रेम बढाउने प्रयत्न पनि गरिएको छ । विशेषत ः पूर्वेली स्रष्टाहरुकै बीचमा छन्द कविता खोजिरहँदा तिनका रचनाहरुमा हामीले विविधता पाएका छौं ।
भूगोल, रहनसहन र सांस्कृतिक विविधताको सुगन्ध हामीले तिनका सृजनाहरुमा पाएका छौं । यसरी लयवद्ध पस्किएका कवि–कवयित्रीका सिर्जनाहरुले पश्चिमका साहित्यिक मनहरुसँग साइनो जोडेका छन् ।
पूर्वेली स्रष्टाका कविताहरुले छन्दको तरंगहरुमार्फत सिमानापारिका नेपाली मनसँग मित्रताको सन्देश छरेका छन् ।
छन्दका यिनै तरंगहरुमा खोजि गर्ने हो भने कहिलेकहिले हामी पाउने गर्छाै राजधानि काठमाडौमा बसेर महाकाव्य लेख्दै गर्दा पूर्वमा पाेिखएको कवि नवराज लम्सालको मन –
एकै देश अनेक जात थरमा राई र लिम्बू म हूँ
साँच्चै धीर धिमाल वीर बलियो कोचे र मेचे म हूँ ।
राज्यै छैन र राजवंशी भनिने त्यै राजवंशी म हुँ
गन्गाई र सतार पूर्वतिरका पूर्वीय थारु म हूँ ।
चन्डी पालम गाउँदै रस भरे कोशी तरे पश्चिम
सेतो सोलु पुगेर सेब्रु धुनमा चाखे हिमाली रंग ।
तोङ्वा तान्न र टोक्न टक्क सुकुटी कैले सिके खै कुनी
सल्लेरी हिँउ फाटमा सगरको माथा उभेको उनी ।
(शार्दुलविक्रिडित)
२०६५ श्रावण ६ गते सोमबार साँझबाट प्रसारण प्रारम्भ भएको कायत्र्रmम छन्दको तरगंले यी यात्राहरुमा सधंै सधंै सर्जक र सिर्जनाहरुमा छन्द संस्कृतिलाई खोजी गरिरह्यो । साप्ताहिक प्रस्तुतिहरुमा भेटिने सरसिला शब्द कोसेलीहरु रसपान गरिरहँदा कहिल्यै थकान महसुस भएन ।
कविता यसै पनि मिठा साहित्यप्रेमीका लागि । त्यसमाथि कवि हृदयले प्राकृतिक सम्पदालाई सम्बोधन गरी छन्दमा, भाकामा र लयमा राखिदिँदा सुनमा सुगन्ध । कवि रामप्रसाद ज्ञवाली कवितालाई छन्दसगँ जोडेर नविन पुस्तामा यसरी ऊर्जा भरिदिन्छन् –
बग्छन् कलकल छन्दमै नदनदी झर्ना र खोलीहरु
मिल्छन् पलपल छन्दमै रहरिला भाका र बोलीहरु
लठ्ठिन्छन् युवती युवा प्रणयमा सौन्दर्य नाना विनी
बढ्दैछन् रस छन्दमा कविहरु लाग्दा मिठो मोहनी
उड्छन् फुर्फुर बाग भित्र पुतली यै छन्द बाँचीकन
भाच्छन् कम्मर फनफनी मुजुरले यै छन्द नाँचिकन ।
क्वैली गीत सुनाउछे रहरले यै छन्दलाई चुनी
बढ्दैछन् रस छन्दमा कविहरु लाग्दा मिठो मोहनी
राती छन्द सुनाउँदै टिलपिले ताराहरु खुल्दछन्
हाँस्छन् चन्द्र मुसुक्क यौवन छरी यै छन्दमा झुल्दछन् ।
प्रेमी सूर्य प्रभातमा प्रणयले लालिन्छ सज्जा बनी
बढ्दैछन् रस छन्दमा कविहरु लाग्दा मिठो मोहनी
साहित्यिक फूलबारीमा पूर्वको मेची कम उर्वर छैन – जसरी पूर्वेली भाका र लयहरु जीवन्त छन् । गन्ती गर्र्दा हातका आलौहरुमा रहन सक्ने यो भूगोलका केही सर्जकहरु कवि हुने रहरमा मात्रै कहिल्यै अल्झिएनन् ।
उनीहरुले पूर्वीय संस्कृति र परम्पराको पर्याय बनेको पद्यमाला अर्थात् छन्दोबद्ध सिर्जनाहरुलाई आफ्ना साधनाको सुन्दर फूलबारीमा सजाएका छन् । वार्णिक र मातृक छन्द विधानमा बाँधिएर उनीहरुले भाषिक भ्रष्टचारलाई प्रोत्साहन पनि दिएका छैनन् । बरु दिएका छन् भने नविन पुस्तामा छन्द संस्कृतिको महिमालाई सम्प्रेषण गरेका छन् । जिब्रोमा झुण्डिरहने लोकछन्दका भाका र लयहरुलाई सधैंसधैं जागृत गराइरहेका छन् ।
मेरो निम्ति इलाम नै जगतमा अत्यन्त नै प्रेम छ ।
मेरो निम्ति इलामकै बहुमुखी कल्याणमा श्रेय छ ।
मेरो निम्ति इलाम जीवनभरि आराध्य श्रद्धेय छ ।
प्यारो जन्मथलो समुन्नत बनोस् मेरो यही ध्येय छ ।
कविता सिर्जना गर्नेहरुमध्ये अञ्चलकै श्रेष्ठ कवि गनिएका श्यामकृष्ण श्रेष्ठले आफू जन्मे हुर्केको, सृजना फलेको फुलाएको, पवित्र र सुन्दर भूमिप्रति यसरी आदरभाव प्रकट गरेका छन् – सरसिलो छन्द प्रस्तुती मार्फत ।
सुन्दर पहाडी भूगोल इलामाको सन्दर्भ धेरै कवि गीतकारहरुका सृजनामा प्रतिबिम्बित भएका छन् । अनेकौं कोणहरुबाट इलामको वर्णन गरिएको छ । कसैले जन्मभूमिका रुपमा गरेका छन् त कसैले श्रंगार भावमा सजाएका छन् ।
इलाममै ससुराली बनाएका कवि पुरुषोत्तम सिग्देल छन्दसुत्र भित्र प्यारो इलामलाई सालिको उपमा दिएर यसरी सन्देश प्रवाह गरिरहेका छन् ।
पैयू र चाँप वनझप्प खुलेर फुल्दा
बुट्टा नयाँ कति खुल्यो सुरुवाल कुर्ता
छन रेसमी रङ्गमिही वनका हजार
थुम्की पुटुक्क स्तन कस्छ चिया जुहार
तिम्रो वनान्त छ सकुन्तल केश रासी
माई सरोवर सुरम्य निधार माथी
पाथिभरा शिखर तोरण के सजाउँ
देवी गजुरमुखी यही कुन मुर्ति ल्याउँ ?
सिन्दुर ल्याउन मिलेर दीदि रिसानी
चोखी इलाम बस माइत कै निसानी ।
तिम्रो मनोरम जवानी युगान्त छाओस्
आगन्तुका मुटुकुना तिर कुत्कुत्याओस् ।
श्रीअन्तुमा रवी झुलुक्क यहाँ उदाए
तिम्रो निधार अनि अंग खुले सुहाए
आफैं तिमी प्रकृति सिर्जित दिव्य खानी
नौलो मिलेर उपहार इलाम नानी ।
(
प्राकृतिक सौन्दर्यलाई यसरी कवि हृदयले चहकिलो बनाइदिएका छन् । प्राकृतिक सौन्दय र सम्पदा मात्र होइन कवि श्रष्टाहरुले जीवन र जगतको परिभाषा पनि यीनै कविताहरुमा, यीनै छन्दहरुमा कोरेका छन् ।
छन्दसुत्रमा बाँधिएर अभिव्यक्ति प्रस्फुटित हुन पाउँदैन भन्नेहरुलाई गतिलो झापड दिँदै कवि रोहिणी विलास लुइँटेल मनुष्यको परिभाषा पञ्चचामर छन्दमा यसरी अभिव्यक्त गछर्न् –
स्वभावमा उदारता प्रशान्त चित्त चारुता
छ धर्मको विशालता विलक्षण प्रगाढता
न भोक शोकमा वृथा छ दानवीय शक्तता
भए यिनै चरित्र हुन् शुशिलका मनुष्यका
विवेकको अनन्तता मनुष्य भित्र भेटियोस
मनुष्य भेटियो भने सबै थकान मेटियोस
मनुष्य जाति निम्ती जो सधैं छ मर्न उद्यत
दिएर रित्तिदैन जो उनी मनुष्य सास्वत
यही छ स्वर्ग गाउँमा मनुष्य सङ्लिदा सबै
छ धर्मराजको सभा वरत्रमै जताजतै
शिवत्वको बुटि भए मनुष्य जाति जातमा
धरा अवस्य स्वर्ग यो हुने थियो प्रभातमा ।
यसरी एउटा छन्दभित्र आउने लय र भाकाका विविधता भित्र कवि सर्जकहरुले देश प्रेमलाई उजिल्याएका छन् । सामाजिक विकृति र विसङ्गतिप्रति तिखो व्यायमा प्रहार गरेका छन् ।
प्रजातन्त्र आएको यतिका वर्ष वितिसक्दा पनि आमजनमानसले अनुभूति गर्न नपाउँदाको पीडालाई दक्षिणी झापाका कवि विरही अधिकारी शार्दुलविक्रिडित छन्दमा यसरी पोखिन्छन् –
नारा कागज संविधानहरुमा आयो प्रजातन्त्र रे
काला कानून दासताहरु सबै जस्ताको तस्तै रहे
कैले देश चिमोटिएर नदीको पानी धमिलो भयो
सन्धीरे मत सन्धी जान्दिन सखे पक्कै नदी बेचियो
खाने गाँस कपास बास नहुनु के को प्रजातन्त हो
शिक्षा, स्वास्थ्य विहिन देख्छु जनता भोको र नाङ्गो छ यो
नारी मुक्ति भनेर फुक्छन् सधैं संचारका साधन
दिदी बहिनी विदेशमा खुरुखुरु बेच्दैछ कस्ले किन ?
(शार्दुलाविक्रिडित)
कवि स्रष्टाहरु यसरी आफ्ना सिर्जनाभित्र छन्दलाई सजाएर जनआवाज मुखरित गरिरहेका छन् । समाजलाई चित्रण गर्दै साहित्यिक आन्दोलन छेिडरहेका छन् ।
सामाजिक परिवेशमा भिजेर लेख्दै गरेका कवी सर्जकहरु स्वभावत रसिक पनि हुने गर्छन् । छन्दको तरङ्गको यो यात्रामा मैले धेरै रसिक कविहरुसँग भेटघाट गरेको छु । रसिक ढंगले प्रस्तुती राख्दै एउटै छन्दभित्र लयको विविधता पस्कने, श्रृंगारिक भावभङ्गी ल्याउने कविहरुपनि रमाइरहेका पाइन्छन् यो साहित्यिक फाँटमा । बेग्लै किसिमको भाका र शैलीमा कविता प्रस्तुती राख्ने इलामेली स्रष्टा हुन् देवी गौतम ।
मिठा छन् कविता कथा सरलता मिठो छ रे गुञ्जन
मिठा छन् अनि गीत गायन कला मिठै छ त्यो जीवन
मीठा छन् सुरिला गलाहरु पनि मिठो छ त्यो लैवरी
मिठा छन् वनकुञ्ज तिर्तिर तिरी झंकार त्यो बाँसुरी ।
इलामको पश्चिमी पाटोलाई छन्दसँग नाता जोड्ने मंगलबारेका देवी गौतम बाहेक फुयँतप्पाका झाँक्रीखोले, खोलाघरे साइँलो, धुसेनीका नवराज बर्देवा, चेतन अन्जानहरु सशक्त कविका रुपमा परिचित छन् ।
खोलाघरे साइलोको ‘सानो छन्द वाटिका’ नामक पुस्तक यसै कार्यक्रमको प्रेरणा हो भनेर स्वयम् लेखकले उल्लेख गरेका छन् । जुन पुस्तामा अलग अलग २७ वटा छन्द कविता समेटिएका छन् । छन्दमा कोरिएका सिर्जनाहरु प्राकृतिक सौन्दर्य वर्णनमा मात्र सिमित छैनन् । यी सिर्जनाहरुमा खबरदारी गरिएका छन् । शहिदका सपना कोरिएका छन् । जनतालाई जागृत गराइएका छन् । देश निर्माणका क्रममा नेतृत्वमा पुगेकाहरुको हत्या गरिएको तर हत्याको रहस्य अहिलेसम्म नखोलिएका घटनाक्रमलाई केलाएर कवि झाक्रिखोले यसरी कविता लेख्छन् ।
ढालिन्छन् सतिसाल मुक्ति युगका षड्माफिया चङ्गुल
मारिन्छन् अमरत्व साधकहरु डढ्र्दै गयो जंगल ।
सोझै हुर्किन पाउदैन हरियो आकाश ताक्ने वन
जीउदा लासहरु भिरेर पगरी के गर्दछन् शासन ?
काजी अम्मर भीम माथवर सिंह राजेश्वरी राज्ञ श्री
मारिन्छन् किन कृष्णलाल् लखन थापा, वान्तवा रत्न श्री
फालिन्छन् जीवराज श्री मदन जी मारे विरेन्द्राजन
जीउदा लासहरु भिरेर पगरी के गर्दछन् शासन ?
वर्षैा वर्ष बिते तथापी यिनको खुल्दैन हत्या भने
यस्तै क्रुर प्रवन्चनी खलहरु सन्जाल जागे भने ।
हत्यारा र रहस्य लुक्तछ सधैं खोइ वर्ग आन्दोलन
जीउदा लासहरु भिरेर पगरी के गर्दछन् शासन ?
इलामेली साहित्यकारहरुकै चर्चा गरिरहँदा – जो कार्यक्रमको छन्दको तरङ्गसँग निकै नजिक हुन पुगे स्वर्गीय बुद्धि घिमिरे । जसले साहित्य र व्याकरणमा निक्कै दख्खल राखेका थिए । यस्तै इन्द्रनारायण सुवेदी, खतिवडा चन्द्र शेखरका सिर्जनाहरु पनि कम सशक्त छैनन् ।
साहित्य र संगीतका लागि मलिलो इलामेली भुगोलमा अरु धेरै कवि कवयित्रीहरु छन् जसले छन्दोबद्ध अभियानलाई आ–आफ्नै ठाउँ विशेषबाट उर्जा प्रदान गरिरहेका छन् । कार्यक्रमको छन्दको तरङ्गसँग जोडिइरहेका छन् ।
साहित्य सिजृनाको यो क्रममा अग्रज सृष्टाहरुले छन्द विधान भित्रै समेटेर नविन पुस्तालाई पनि जन्म दिएका छन् । नेपाली साहित्यिक फाँटमा आशलाग्दा नवोदित लेखनिलाई प्रेरणा भरेका छन् ।
झापाली साहित्यिक गतिविधि मै सम्मोहित भएर कवितामा अब्बल प्रस्तुति राख्ने युवा श्रष्टाहरु थुप्रै छन् । छन्दलाई माया गरेर आफ्ना सिर्जना पस्कन सिपालु युवामध्ये एक हुन् चन्दग्रढीका सौरभ पोखरेल –
मजेत्रोले छोपी मुख घरीघरी रुन्छ कविता
छ खोलो आँशुको धुरुधुरु यहाँ रुन्छ कविता
कहाँ आफ्नै रातो रगत पिउनै सक्छ कविता
विचल्ली यो छन्दै लतपत भयो आज कविता ।
न ता लालि पुोख्यो सजलकविताले जगतमा
न ता बेच्यो वैशै सरल कविताले पतितमा ।
कविका आत्माले बिचलित हुँदै रुन्छ कविता
कहाँ सामन्तिका पतित दिलले छुन्छ कविता ।
(शिखरिणी)
जीवन भोगाइलाई कलात्मक प्रस्तुती दिएर रचनाहरुमा सन्देश प्रवाह गर्ने कवि हृदयका श्रृजनाहरु साँच्चै श्रुतिमधुर छन् । त्यसबाहेक लोक जनजीवनसँग गहिरो सम्बन्ध गाँस्ने सङ्गिनी, शिलोक र सवाईहरुले छन्द संस्कृतिको महिमालाई अझ धेरै सम्वद्र्धन गरिरहेको पाइन्छ ।
हाम्रा मेलापात, घरधन्दा, बनपाखा, देउराली र भञ्ज्यागंहरुमा सुिनने लोक गीतहरु हनु ् या आमा दिदीबहिनीहरुले शिलोकका रुपमा पस्कने रामायण, कृष्णचरित्र र गुणरत्न मालाका अनेकौं नीतिश्लोकहरु हुन् अथवा हाम्रा मौलीक पर्व र संस्कृतिहरुसँग जोडिएका अघिल्लो पुस्ताले औधी रुचाएको लोकभाकाहरु नै किन नहुन् ? यी सबै नेपाली सभ्यतासँग जोडिएका सम्पति र पहिचान हुन् , जसले छन्द महिमाको प्रचार गर्न उल्लेख्य साथ दिएका छन् –
लसमा लस मसला पिन्नु लोहोरी भए पो
लोहोरी भए पो मेरो लै लै लोहोरी भए पो
एकोरी माया म कति लाउनु दोहोरी भए पो ...
यी लोकभागाहरुले आजका दिनमा सीता ढुंगाना, मिरा कडरिया जस्ता धेरै प्रतिभाहरुको, सुमधुर गलाका धनीहरुको साथ पाइरहँदा जीवन्त बनेको छ हाम्रो मौलिक संस्कृति । गायन र संगीतमा साथ दिने अनि सिर्जनामा रमाउने सयौं सर्जकहरुले प्राण भरेका छन् कार्यक्रम छन्दको तरगको ।
सर्जकहरु कहिले यो माटो र देशलाई सम्झिएर सिर्जना कोर्छन्, कहिले सामाजिक विकृति र विसंगतिप्रति तिखो व्यङ्गय प्रहार गरिरहेका हुन्छन् । देश दुखेको बेला होस् अथवा खुशी साट्ने माध्यमकै रुपमा किन नहोस् यी सबैमा सृजना छन् र ती सृजना भित्र छन्दोवद्ध भाका र लयहरु सँगसँगै छन् । ज्वलन्त समसामयिक विषयमा प्रश्न तेस्राउँदै यूवा श्रष्टा एकु घिमिरे बसन्ततिलका छन्दमा यसरी लैख्छन् ।
दुःखी किसानहरुको किन पेट रित्तै ?
जालि छलीहरु बने किन ठालु छिट्टै ?
जसले परिश्रम गरी पसिना बगायो
निभ्दै छ के कति भई उसकै दियालो ।
यो भाग्य हो यदी भने किन हुन्छ यस्तो
कोर्छे की भावी पनि घुष लिएर जस्तो ?
सम्पूर्ण जीवहरु सन्तती देवताका
यस्तो भए किन फरक ? भन हे विधाता ।
पञ्चै बाजाको मौलिक धुन पृुष्ठभूमिमा राखेर आफ्नो साप्ताहिक प्रस्तुतीहरुमा सृजनाका सुन्दर कोशेली खोजी गरिरहँदा कवि सृष्टाहरु भने यसै कार्यक्रमलाई शिर्षक बनाइदिन्छन् । आधा दशक लामो रेिडयो कायत्र्रmम प्रशारणको यो यात्रामा दर्जन भन्दा बढि पध्य माला छन्दको शिर्षकमै पाइएको छ । छन्दको तरगं लाई परिचित गराउदै मोहनप्रसाद घिमिरे –
संगीत भर्दै भ्रमर पनि ती गाउँदै छन् कि ऐले ?
सुन्दै कर्णप्रिय ध्वनि मृगै, धाउँदैछन् कि ऐले ?
वैलिएका कुसुम लतिका भर्दिदैछन् ती रंग
कञ्चनजंघाबीच सुमधुरो छन्दको यो तरंग ।
छागाबाटै झरर झरना ओर्लिदैछन् की अहिले
क्वैली मिठो स्वरझिकी सबै कुर्लिदैछन् कि अहिले
मेची कोशी जलपरिहरु सुन्दछन् ली उमंग
कञ्चनजंघाबीच सुमधुरो छन्दको यो तरंग ।
छन्दका सयौं नामहरुका बीचमा धेरैजसो प्रचलित छन्दहरु नै कवि स्रष्टाका सिर्जनामा दोहोरिएका छन् । जाने सुकेनै छन्दहरु भित्र हामीले तिनका सृजनालाई पाइरहेका छौं ।
कार्यक्रमलाई नै सम्बोधन गरी कोरिएको कवि लुइटेलको रचनाको अर्को एउटा टुक्र ।
म सोमबार साँझमा लिएर बत्ती आउँछु
र नित्य सोम शितका सुधा म काव्य प्याउँछु
असंख्य चेतना छरी झरी म पर्छु निर्झर
म छन्दको तरंग हुँ प्रभात लालीमा घर
नयाँ पुस्ताले छन्द सस्ंकृितलाई स्वीकार्न सकेन , छन्द परम्परा हराउद ै गयो भनरे पर्वूको साहित्यिक फाटँमा चर्चा चलिरहदाँ प्रसारणका माध्यमबाट आरम्भ भएको यो अभियान छन्दको तरङ्गले दुर दराजका गाउँले सृष्टाहरुलाई समेत सम्बोधन गर्ने प्रयन्त गरेको छ ।
यीनै गाउँले श्रष्टा मध्येकी एक हुन् पाँचथर सुभाङ्गकी विद्या निदोर्षी । जसले छन्द भित्र सृंगारलाई आकषक ढंगले सजाउने गर्छिन् । साहित्यका नवरस मध्ये श्रंगारमा चुर्लुम्म डुबेर लेख्ने विद्याको लेखनी मात्र होइन प्रस्तुती पनि श्रुतिमधुर छ ।
हृदय भरी छ माया आउ मेरी पियारी
नयन भरी छ छायाँ आउ मेरी पियारी
मुख मलिन लजालु भावमा झट्ट आउ
पीर कति छ र मेरो दोष के हो बताउ ।
दिनहरु अझ उस्तै रात उस्तै छ आउ
मन वचन दुरुस्तै गाथ उस्तै छ आउ
विपरित तिमी बन्नु मा छ के लाभ ल्याउ
पीर कति छ र मेरो दोष के हो बताउ ।
सलसल गरी कालो कुन्तलै झल्मलाई
मृगनयन दुबैले प्रेम गर्दै मलाई
तिमी नजिक हुँदाको याद बोकेर ल्याउ
नगर अहम रानी हात मेरो समाउ ।
तिमी विन म जिएको व्यर्थ ठान्छु पियारी
नजर गर खुला यो छाती दिन्छु उघारी
अधरअधर खाउ स्नेहले मग्मगाउ
दुईतन भई एकै शुन्यतामा हराउँ ।
(मालिनी)
गद्य कविता, मुक्तक, हाइकु जस्ता प्रस्तुतिले कविता भित्र छन्द विधान कहि कतै ओझेलमा परेको हो कि भन्दै गर्दा प्रसारण प्रारम्भ भएको छन्दको तरङ्ग यात्रा एउटा साहित्यिक अभियानका रुपमा स्थापित भइसकेको छ भन्दा अत्युक्ति नहोला ।
छन्द सृजनामा रम्ने र रमाउनेहरुका लागि एउटा साहित्यिक छहारी बन्दै गरेको यो अभियान भित्र प्रारम्भ देखिनै नजिक रहने पूर्वेली स्रष्टा र सर्जकहरुको भूमिका, प्रतिक्रिया र सहभागिता अहम छ । समय यात्राकै दौरानमा अग्रज कवि श्रष्टाकै परिचय दिलाउने छन्दोबद्ध सिर्जनाहरु प्रशस्त भेटिएका छ्न । अग्रज साहित्यकार चुडामणि रेग्मीका बारेमा कवि मित्रप्रसाद दाहाल यसरी कवितात्मक व्याख्या गर्दछन् । –
श्री चूडामणि पूर्वका अति ठूला विद्वान प्राध्यापक
मोतीराम बनेर सिर्जन कला सद्भाव छर्दै खुब
नेपालीहरुका पुगेर घरमा साहित्य सत्चेतना
भर्दै लेखन शक्ति बौद्धिक कला उत्साह उत्प्रेरणा
हाम्रो मनस भित्र मित्रवत भै सौहार्द उब्जाउन
डो¥याई सबका पसि हृदयमा बिउझाउँदै हर्दन ।
सारै खप्पिस देखिने छ चुमरे सृष्टा र द्रष्टा हुँदा
मान्छौं आज सबै प्रफुल्ल मनले हामी सदा सर्वदा ।।
कायत्र्रmम छन्दको तरगं नेपाली भूगोल मात्र होइन पद्यमाला र सृजनाहरु मार्फत मेची पारीको भुगोललाई पनि बारम्बार सम्बोधन गरीरहेको छ ।
सृष्टा र सजृकहरु सिमानापारी पुगेर काव्यिक साहित्यको सुगन्ध छरिरहेका छन् । सिमा पारी पट्टीपनि नेपाली भाषिहरु बीचबाट थुप्रै थुप्रै छन्दबद्ध सृजनाको कोशेलिहरु फुलिरहेका छन् ।
पश्चिम बंगाल, आसाम, दार्जेलिङ्ग र सिक्किमका छन्दवादी कविहरु जागृत भएका छन् । श्रृजना, संगीत र प्रस्तुतीको त्रिवेणी बनेर बग्ने यो साहित्यिक यात्रामा, अभियानमा आसामका छविलाल उपाध्याय, डा. शिव आचार्य, डा. खेमराज नेपाल, सिक्किमका चक्रपाणी भट्टराई सहित धेरै श्रष्टाहरुले श्रृजना संप्रेसण गरेर दर्बिलो प्रेरणा भरेका छन् ।
पश्चिम बंगाल शिलिगुढीमा रहेर छन्दमै कलम चलाईरहेका लोकनाथ उपाध्याय चापागाँई विसङ्गतिलाई कविता भित्र यसरी केलाउछन् ।
नता सम्यताले कुनै गीत गायो
नता भब्यताले कतै मीत लायो
नता कल्पनाको सुधा मग्मगायो
यहाँ शब्दको साधना धर्मरायो ।
कतै क्रुरताको कथा छापिदैछ
कतै सौम्यतको चिता तापिदैछ
कतै न्यायको प्रकृया नापिदैछ
सधै शान्तिको जीवनी रापिदैछ ।
नता कल्पनाले कुनै दृष्टी पायो
नता चेतनाले कुनै अर्थ लायो
नता जिन्दगीको दियो मुस्कुरायो
जरा जिर्ण आस्था पुरै डग्मगायो ।
यसरी चाहे मेची वारी होस् यात मेची पारिनै किन नहोस् छन्द संस्कृति भित्र कविका श्रृजना मग्मगाई रहेका छन् । मेची किनारमा बसेर बर्षै देखि छन्दलाई माया गर्दै आएका कवि केशवराज खनाल सिमानाले छुट्याउन नसक्ने नेपाली संस्कृति र रहन–सहनलाई आप्mनो प्रस्तुतीमा यसरी सजाउँछन् ।
उच्चा आँट र धैर्य साहस लिदै सन्तान नेपालका
धेरै नै छरियौँ अवाद गर्दै आसाम वर्मा तक
पुग्दा पश्चिम नैनीताल सतलज नेपालकै सन्तती
बेशी फाँट पहाड जंगलभरी डेरा जमायौँ कति ।
फाँड्यौ जंगल गाई गोठ भरिए आसाम भूटानमा
वस्ती सुन्दर राख्न जंगलभरि आह्रा चलायौं तहाँ
काँटा, हम्मर, गैंती , झम्पल लिई बाटा बनायौ नयाँ
मैदानी अनि शैल समथर गर्यौं गर्थ्यौं चिया रोपण
यिनै र यस्तै काब्यिक कोशेलीहरुले, गीत संगीतहरले नेपाली मात्रको मनमनलाई जोडीदिएका छन् । यि काब्यिक सिर्जनाहरुमा धु्रव पाठक, तुलसा पाठक, गणेश बराल, पासाङ्ग डोमा शेर्पा, किशोर ढुङ्गाना, प्रकाश तामाङ्ग जस्ता संगीतकर्मीहरुले प्राण भरेको आभाष हुन्छ ।
सेतो पानामा सुतिरहेका जस्ता लाग्ने कविताहरुलाई छन्दले व्यूँताइदिन्छ । अनि व्यूँतिएका सिर्जनालाई संगीतमय प्रस्तुति राख्ने कलाकर्मीहरुले गति दिएका छन् । कार्यक्रम छन्दको तरङ्गको अबिरल यात्रामै मन्दाक्रान्त पर्याय बनेका झापाको श्रष्टा डिल्लीराज नेपालका कवितालाई हामीले सुनेका छौ । जस्ले एकै छन्दमा एक सय बढि कविताको पुस्तक प्रकाशन गरेका छन् ।

छन्दभित्र मिठास, लालित्य मात्र नभई दिखो ब्यङ्य प्रहार गर्न खप्पिस कोमल प्रसाद पोखरेल यहि अभियानको साथमा छन् । धेरैले सपनाको देश भन्ने गरेको अमेरीका पुगेर आएपछि कवि पोखरेल आप्mनो कवितामा यसरी अभिब्यक्त हुन्छन् ।
त्यहाँ देख्न पाईन्न मान्छे हिडेको
जथाभावी सम्साँझ टाउको गिडेको
यहाँ भैm धुलो सुँघ्न पाईन्न लेस
म फर्केर आए त्यसैले स्वदेश
त्यहाँ प्यून पाईन्छ पाइन्न मात्न
जथाभावि पाईन्न स्वास्नी समात्न
त्यही लोकतन्त्रे खडेरी बुझेर
म फर्केर आए यएस्से पुगेर
उता भोटमा नोट सटिन्न कत्ति
जहाँ ढाँटको खेत रोपिन्न रत्ति
यतै यी कुरा गर्न मिल्ने भएर
म फर्केर आए युएस्से पुगेर
यो साहित्यिक अभियानलाई दीर्घजीवन दिने सन्दर्भमा राष्ट्रकवि माधवप्रसाद घमिरे, वरिष्ठ साहित्यकार दाहाल यज्ञनिधि सहित सयौं स्रष्टा अनि प्रवासमा रहेर नेपाली भाषाको हेरचाह गरिरहने अग्रजहरुको प्रतिक्रिया र टिप्पणी अझ स्तुत्य छ ।
साथमा श्रष्टा र श्रजनालाई पुरस्कृत गर्न १ लाख रुपैँयाको अक्षयकोष स्थापना गरीदने झापाली साहित्यसेवी एवं समाजसेवी राम प्रसाद ढुङ्गाना प्रति हामी नतमस्तक छौ ।
जसका कारण २०६७ श्रावणमा मेची अंचलका १२ जना कवि कवयित्रीहरु पुरस्कृत एवं सम्मानित भैसकेका छन् । अनि यो उर्जा र प्रेरणा भर्ने कार्यको निरन्तरता आगामी बर्षहरुमा पनि भैरहने छ ।
कार्यक्रम छन्दको तरङ्गको विभिन्न श्रंखलाहरुमा साथ दिने सहयात्रीहरु पिनाकी कोईराला, खगीन्द्रा खुशी सहित सबै प्रति साधुवाद ।
जाती–भाषी र भूगोलको विविधता भित्र हाम्रा कला, सस्कृति, पहिचान र गौरवलाई सम्बर्धन गर्न सके यो मुलुकको चिनारी साच्चैँ जीवन्त राख्न सकिन्छ ।
फेशनका नाममा नेपाली संस्कृति र परम्परा हराउने पो हो कि भन्ने चिन्ता बढिरहेका बेला हामीले रातो माटो र कमेरामा छन्द लेख्न सकौं ।
डोको, नाम्लो, खर्पन र कोदालीले झारेका पसिनामा छन्दको सुगन्ध छर्न सकौं । अनि त हाम्रा कला, संस्कृति, छन्द, लय र भाकाहरु मीठा हुनेछन्, सरसिला हुनेछन् ।
नेपाली जनजिब्रोमा सधै सधै अमिट छाप भएर बसेको कर्णप्रिय काब्यिक कोशेली र छन्द चर्चा समेटीएको यो अभियान कार्यक्रम छन्दको तरङ्गलाई तपाई सर्जक र सुभेच्छुकको निरन्तर खाँचो छ जसरी कवि नेत्र प्रसाद दाहाल आप्mनो श्रृजनामा प्रष्फुटीत भएका छन् ।
म छन्दको तरंगमा सधैं सधैं रमाउँछु
म छन्दमै सधैंभरि कथाव्यथा सुनाउँछु
म छन्दकै हुँ साधकी म छन्द मन पराउँछु
छ यसमै मिठास लौ म छन्द गुन्गुनाउँछु ।

0 प्रतिकृया: