WHAT'S NEW?
Loading...

Chulachuli online Radio

'जनतालाई आश्वस्त पार्न केही त सहमति गर्नुस्' सत्तारुढ र विपक्षी दलका नेतासँग राष्ट्रपतिको छलफल


काठमाडौ, माघ ३ -
राष्ट्रपति रावमरण यादवले सहमतिमै अघि बढ्न प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन । माघ ८ को मिति नजिकिदै गर्दा राष्ट्रपति यादवले शनिबार सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई शीतल निवास बोलाएर यस्तो आग्रह गरेका हुन् । राष्ट्रपति यादवले जनतालाई संविधान जारी हुने आश्वस्त पार्न माघ ८ सम्म केही न केही सहमति गर्न नेताहरुलाई दबाव दिएका छन । राष्ट्रपतिले सत्तापक्ष र प्रतिपक्षका नेताहरुसंग छुट्टाछुट्टै भेटबार्ता गरेका हुन ।
सत्तापक्षको नेतृत्व गरेका प्रधानमन्त्री सुशील कोइरालाले पाँचौ पटकको समय दिदा समेत सम्वैधानिक राजनीतिक संवाद तथा राजनीीतक सहमति समितिले संविधानका विवादित अन्र्तबस्तुमा सहमति गराउन नसकेको बताउँदै अब सहमति र प्रकृयालाई पनि संगसगै अघि बढाउनु पर्ने बताएका थिए । कोइरालाले संविधानसभाको प्रकृया अघि बढेपनि बार्ता र सहमतिको प्रकृयापनि जारी रहने बताएका थिए ।
कोइरालाले एमाओवादी संघियतामा लचक भएमा शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीमा आफूहरु लचक हुने जानकारी समेत राष्ट्रपतिलाई गराएका थिए । कांग्रेस सहमहामन्त्री पुर्णवहादुर खड्काका अनुसार मुख्य विवादित बिषय मध्ये न्याय प्रणालीमा सहमति भईसकेको छ । 'तर, सबै सहमति प्याकेजमै गर्ने भनिए अनुसार अन्य बिषयमा सहमति नभएकाले न्याय प्रणालीको बिषयपनि थाँती रहेको कुरा राष्ट्रपतिलाई जानकारी गराईएको छ' खड्काले भने । भेटमा प्रधानमन्त्री कोइरालाले धारणा राखेपछि एमाले अध्यक्ष केपी ओलीले थपेका थिए । उनले संघियताको नाम, सिमाकंनमा मुख्य विवाद रहेको बताउदै कुनैपनि हालतमा जातिय राज्य मान्य नहुने बताएका थिए । संघीयतामा एमाओवादी सहितको विपक्षी मोर्चा लचक भएमा शासकीय स्वरुपमा राष्ट्रपति र प्रधानमन्त्रीलाई अधिकार बाँडफाँड गर्नेगरी अघि बढ्न आफूहरु तयार भएको जानकारी समेत सत्तापक्षका नेताहरुले गराएका थिए । त्यस्तै निर्वाचन प्रणालीमा पनि मिश्रतिमा जान तयार भएको जानकारी गराएका थिए । जबाफमा राष्ट्रपतिले जनतालाई संविधान जारी हुने आश्वस्त पार्न विवादित बिषयमा चाडै सहमति गर्न समेत आग्रह गरेका थिए ।  


0 प्रतिकृया: