WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

केही गर्ने छु भन्ने मिठो आस छ जीन्दगीमा
गन्तव्य चाँडै भेटिन्छ विश्वास छ जीन्दगीमा

सवैको ईच्छा कहाँ पुरा हुन्छन र भविष्यको

पुरा हुनै पर्ने मेरो ईच्छा खास छ जीन्दगीमा

गजल लेखेरै भविष्य वनाउने सोचमा छु
हुन्छ या हुदैन पुरा खै त्रास छ जीन्दगीमा

कोही भन्छन गजल लेखि जिविका चलाउछु
आफ्नो त न गाँसवाँस न कपास छ जीन्दगीमा

अनेकौ घाउ टाल्दै चलाउदै छु मेरो यात्रा
विनाधन रसिकको सर्वनास छ जीन्दगीमा

रमेश रसिक
निजगढ-4,बारा

0 प्रतिकृया: