WHAT'S NEW?
Loading...

Chulachuli online Radio

लेन्डुपहरु



लेन्डुपहरु

देशमा विभिषणहरु ज्यूदैं छन्
देशमा जालन्धरहरु पनि छन्
जे जति अर्जुनहरु छन्-
ती अव कुनै हालतमा,
कृष्णको वहकाउमा,
युद्ध लड्न चाहादैनन्
पश्चतापको भाषामा-
उल्टै सम्झाइरहेछन् कृष्णलाई,
फेरि अर्को युद्धको तयारी-
अव कसैगरी गर्नु हुन्न भनेर
अझै जिकिर कृपाचार्यको -
उनले चाहेका भए ,
विगतमा पनि -
युद्ध टल्न सकिन्थ्यो भनेर
निरीह धृतराष्टहरुले -
पहिला पनि कहाँ सिमाना देखेका थिए !
यर्सथ,
सञ्जयहरु पनि हड्तालमा जुटेका छन् -
उनीहरु अव,
कुनै अन्धाको पाउभक्तिमा,
आफ्नो समय उर्त्र्सग गर्नर् चँँाहादैनन्

चँँाहादैनन्-
पुत्र मोहको नाउँमा,
एउटा सिंगै सभ्यता नासियोस्

दाउको राजनीति छोेडेर,
सकुनी पनि सुध्रिएका छन्
सभ्यता टिकिरहनु पर्छ भनेर-
दुर्योधन सत्संगमा भिजेका छन्
इच्छा छैन कसैलाई-
अव कुनै युद्ध चम्कियोस-

खरानी बनोस कुरुक्षेत्र
चौतारीमा वसेर,
तल हेरिरहेछु -
मेरो देशमा,
हस्तिनापुरमा नभएका-
केही लेन्डुप हरु छन्-
केही लेन्डुप हुन खोज्दैछन्-

भरखर जन्मेका केही लेन्डुपरुलाई,
साना नानीहरु-
पुतला बनाएर जलाउदैछन्
सुरेन्द्र थापा

0 प्रतिकृया: