WHAT'S NEW?
Loading...

Chulachuli online Radio

कहाँ के गर्दै छिन तेरिया

teriya magar
केही समयअघि नेपालकै सान राखेकी रुपन्देहीकी तेरिया मगर अहिले के गर्दैछिन् ? यो सबैको चासोको विषय बनेको छ ।
उनले के गर्दैछिन् भन्ने जान्न उत्सुक भएपनि उनको खबर पाउन सकिरहेका छैनन् । आखिर कहाँ छिन् तेरिया ?
जिन्दगी नै कोरियोग्राफर बनेर बिताउने लक्ष्य लिएकी तेरियालाई अहिले भ्याई नभ्याई छ । नृत्यकै लागि विभिन्न देशबाट आएको निम्तो स्वीकार्दै उनी फरक फरक मुलुकमा पुगेकी हुन् । अहिलेसम्म तेरियाले धेरै मुलुकमा पुगेर आफ्नो प्रस्तुति दिइसकेकी छिन् । कोरिया, हङकङ, मलेसिया, कतार, दुवई, अष्ट्रेलिया, बेलायतलगायतका १० देशमा गरी दर्जनौं सो अहिलेसम्म भइसकेका छन् । उनको व्यस्तता यति धेरै छ कि एकछिनसम्म फुर्सद भएको छैन ।
उनी अहिले जी टीभीकै कार्यक्रम डान्सका टसन, जी रिस्ते अवार्डजस्ता कार्यक्रमको तयारीमा छिन् । डान्सका टसन केही दिनपछि नै जी टीभीमा आउँदै छ । जसमा उनले प्रतिस्पर्धात्मक सहभागिता जनाउने छिन् । यस्तै कलर्स टीभीबाट प्रशारण हुने हास्यव्यङ्ग कलाकार कपिल शर्माको कार्यक्रम कमेडी नाइट्स विथ कपिलमा पनि उनलाई निम्त्याइएको छ ।
तेरियाले नृत्यलाई उच्च शिखरमा पुराएपनि पढाईलाई निरन्तरता दिन सक्दिनन् कि भन्ने चिन्ता गर्ने समर्थकका लागि भने खुशीको खबर छ ।
उनले मुम्बईको चर्चित स्कुल सेन्ट जेभियर्स गु्रपको सेन्ट लरेन्स हाइस्कुलमा कक्षा ६ मा पढ्दैछिन् । उनी नेपाल कहिले आउँदैछिन् ? नेपालका समर्थकको अर्को प्रतिक्षाको विषय । ‘उनले घर फर्किन, आफन्त र समर्थकहरुसँग भेट्नका लागि धेरै चाहना राखेकी छन्, उनका मामा प्रकाशले भने–तर अहिले धेरै कार्यक्रमहरुमा व्यस्त भएका कारण समय नै मिलिरहेको छैन ।’
पढाइको बारेमा फेसबुक फ्यानपेजमा धेरैजनाको अनुरोध आएको उल्लेख गर्दै तेरियाले आफुले पढाईलाई निरन्तरता दिइरहेको र आफुले अझै मेहनत गर्दै जाने बताइन् । ‘म पढाई बिगारेर नै सो गर्नका लागि गएको छैन, उनले भनिन्–म पढाईका बीचमा भएको फुर्सदलाई सदुपयोग गर्दै मेरा समर्थकहरुलाई केही समय दिएकी छु भन्ने कुरा राख्न चाहन्छु ।’
तेरियाले आफ्नो नेपालका समर्थकहरुलाई भेट्न एकदमै इच्छा लागेको र समय मिल्नेबित्तिकै नेपाल आउने बताइन् ।

0 प्रतिकृया: