स्थानीयको माग पछि सरकारले पुल निर्माणको योजना पारेपनि ठेकेदारको लापरबाहिले समयमै काम सम्पन्न नहुँदा दानाबारीबासी भात ‘‘खान नपाएर भौतारिएको बटुवा’’ जस्तो भएको नेपाली काङ्ग्रेसका जिल्ला सदस्य कृष्ण खाकीले बताए । मेचीराजमार्गको वैकल्पिक सडकका रुपमा पुल निर्माण नहुँदा वर्षातमा इलामका एक दर्जन गाविसबासीले उत्पादन गरेको कृषिजन्य सामग्रीले वर्षातका ६ महिना बजार नपाउने उनले बताए । पुल निर्माण नहुँदा माध्यमिक विद्यालय, उच्च माध्यमिक र क्याम्पसमा अध्ययनरत विद्यार्थी वर्षातमा अध्ययनबाट बञ्चित हुँदै आएका छन् । ‘‘खहरे खोला भएकाले वर्षातको भेल तर्न सम्भव हुँदैन’’,कृष्ण खाकि भने–‘‘पुल निर्माण समयमा नहुँदा स्थानीयबासी खहरेको सामना गर्नुपर्ने बाध्यता हटेको छैन ।’’ ठेक्का लागेको दूई वर्ष सम्ममा पनि पुल निर्माण नभएपनि सडक डिभिजन र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएपनि ठेकदार डम्बर गदालले उल्टै प्रेश विज्ञप्ति निकाल्दै हिँडेको कृष्ण खाकिको भनाइ छ ।
अलपत्र अवस्थामा पुगेको पुल निर्माणका लागि सडक सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालय तत्काल समन्वय गरि काम अगाडी बढाउनुपर्ने स्थानीयको माग रहेको छ । पुल नहँुदा दूधले बजार नपाएको स्थानीयको गुनासो छ । कुखुरा पालन बंगुरपालन ग्रामीण क्षेत्रमा बढ्दै गएपनि पुल नबनेपछि बर्षातमा समयमै बजार पुर्याउन नसकिएको स्थानीय भक्त लुङ्गेलीले बताए । गरुवा खोलामा धेरैवटा खहरे मिसिने भएकाले वर्षातका ६ महिना चुप लागेर बस्नुपर्ने बाध्यता हटाउन स्थानीय प्रशासन लागी नपरेको उनको दुखेसो छ ।
0 प्रतिकृया:
Post a Comment