WHAT'S NEW?
Loading...

Chulachuli online Radio

महादेब भण्डारी प्रतिक का केहि मुक्तकहरु

           १
अनायासै कसैको दिलमा, बाँस नगर !!
सुटुक्कै मन चोर्ने कसैको, साहस नगर !
मन सबैको एउटै हुन्छ, बुझ्न् पर्छ तिमिले
मनले मनलाइ धोका दिने, प्रयास नगर !!
                २  
मन मुटुको तिमिलाइ , प्यार दिन सक्छु 
मायाको तिमिलाइ , संसार दिन सक्छु
अजै पनि मायाको प्रमाण खोज्छौ भने..
मुटु चुडि तिमिलाइ उपहार दिन सक्छु
         ३
आज एक्लै मलाइ पारेर गयौं 
मेरो चोखो माया मारेर गयौं 
गरिब छु भन्ने थाहा पाएपछी..
उस्कै माया तिमिले स्वीकारेर गयौं
         ४

फुलको बोटमा पनि काडा हुदोरहेछ
माया गर्दा गर्दै मान्छे टाडा हुदोरहेछ
मलाइ एक्लै छोडी तिमिले डाडै काटे पनि..
टाडा हुदा झन माया गाडा हुदोरहेछ

0 प्रतिकृया: