![]() |
Bibek "pritam" |
नगर खुट्टा ताना-तान नेता बनेर
बनाउ छिट्टै संविधान, नेता बनेर
एक'ले अर्कालाई छोड गिज्याउन ...
कति गर्छौं ? हानाहान, नेता बनेर
गल्ती गर्छौ जाना-जान नेता बनेर
जनताको मन जित्त्ने,राम्रो'काम गर
देखाउ अनि तिम्रो सान नेता बनेर
समयले पर्खिन्न गएपछि फर्किन्न
बचाउ आफ्न्नो पहिचान नेता बनेर
Bibek "pritam"

0 प्रतिकृया:
Post a Comment