WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

सुरज गुरुङ 
जिन्दगीमा सधै भरी हिडीन्छ गन बोकेर
घर परिवार सम्झिएर चिसो मन बोकेर
बस्ने खाने ठेगान हुन्न न दिन दुनीयाको
हिड्नु पर्छ ठाँटले यस्तो यो जिवन बोकेर
उता देखी बुढी आमा तार गर्नु हुन्छ जब
बोल्ने गर्छु सम्हालिदै टिल्पिल् नयन बोकेर
न खोला न नाला न हावा न हुरी भन्नु पर्छ
गिता छोई खाएको कसम र वचन बोकेर
प्यारी भन्छिन् सपनमा देखे थें हजुरलाई
के थाह उस्लाई हिडेको छ रासन बोकेर
- सुरज गुरुङ
लामाजुङ हाल भारत

0 प्रतिकृया: