WHAT'S NEW?
Loading...

Chulachuli online Radio

लाईसेन्स नभएका १९ मास्टर को जागिर चट

 पटकपटक शिक्षक अध्यापन अनुमति पत्रका लागि परीक्षा सञ्चालन भएपनि उक्त पीरक्षामा सामेल नभइकन अनुमति पत्र बेगर नै पढाइरहेका जिल्लाका १९ जनाको म्याद अब विद्यालयले नथप्ने भएका छन् । अध्यापन अनुमति पत्र वा लाइसेन्स नभएका शिक्षकलाई असार मसान्त सम्मको तलब खुवाएर साउन १ देखि बिदा दिने शिक्षा विभागको सर्कुलरपछि उनीहरुको जागिर समाप्त हुने भएको हो ।
जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले हालसम्म विद्यालयमा कार्यरत १९ शिक्षकको लाइसेन्स नभएको पाइएको छ । उनीहरुमध्ये १३ जना विभिन्न विद्यालयमा गणित र विज्ञान विषय पढाउने आइएस्सी रहेका छन् । यस्तै अन्य ६ जना प्राथमिक तहमा कार्यरत अस्थायी शिक्षक हुन् । सबैलाई म्याद समाप्त भएको पत्र थमाइएको छ ।
शिक्षा विभागले लाइसेन्स बिना शिक्षक नै नहुने परिपत्र यस अगाडि गरेको थियो । आफ्ना विद्यालयमा लाइसेन्स नभएका शिक्षक भए उनीहरुलाई म्याद नथप्न र पछि त्यस्तो पाइएमा विद्यालय प्रशासन स्वयम् जिम्मेवार रहेने समेत शिक्षाले जनाएको छ । तर यो नियम लाइसेन्सको परीक्षा दिएका तर रिजल्ट आउन बाँकी शिक्षकका हकमा लागू नहुने भएको छ । लाइसेन्स नलिएका र अस्थायी लाइसेन्सको म्याद समाप्त भएकाहरुलाई लागू हुनेछ ।
२०५९ सालदेखि शिक्षकका लागि अध्यापन अनुमति पत्र अनिवार्य गरिएको थियोे । तर त्यसपछि पनि खुलेका १०–१५ परीक्षामा सामेल नभएर प्रतिष्पर्धा गर्न हिच्किचाउने शिक्षकहरुलाई अब हटाइने भएको हो । 

0 प्रतिकृया: