WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल



हाम्रो बा को पाला बरु गरि खाने जमाना थ्यो !
स्वदेश मै माना पाथी भरि खाने जमाना थ्यो !

ईमान को पसिनाले खेत बारी सिचाएर .........
खनि खोस्री आफ्नै पाखा चरि खाने जमाना थ्यो !



धुलो मैलो फरिया मै मेरी आमा मख्खै हुन्थिन् !
मिठो चोखो भन्नु घरि- घरि खाने जमाना थ्यो !

भाईचारा थ्यो समाजमा मिलिजुली ठुला साना !
सबै एकतामा गाँठो परि खाने जमाना थ्यो !

ऐले पो त लुकाएर चोरी खान्छन | उबेला त .....
आहा...! तल माथी सरि- सरि खाने जमाना थ्यो !
          मन रसाइली 

0 प्रतिकृया: