
कृतिकुमार राजवंशी, भरतसिं राई, जनवहादुर लिम्वु, हाङवहादुर राई, हेम झापाली लगायत सरकारी कामका लागि आएका दर्जनौ सर्वसाधारण पनि घाइते भएका छन् । प्रहरीले लिम्वूवानका नेता सञ्जुहाङ पालुङ्वा र एमाओवादी झापाकी अध्यक्ष धर्मशिला चापागाईलाई समेत लाठी प्रहार गरेको छ । पालुङ्वाको कुहिनामा चोट लागेको छ भने चापागाईको पेटमा चोट लागेको छ । घाइतेहरुको अहिले मेची अञ्चल अस्पताल भद्रपुर र ओम साई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । लाठी चार्जवाट लुईटेलको टाउकोमा गम्भिर चोट लागेको छ भने रायमाझीको देव्रे हात भाँचिएको छ । यस्तै, तुलसी ओली, हरी दाहालको पनि टाउकोमा चोट लागेको छ । गम्भिर चोट लागेका घाइते उपचारकै क्रममा छन् भने अन्य सामान्य चोट लागेकालाई घर पठाइएको अस्पतालले जनाएको छ । यसरी भयो लाठी चार्ज
जिल्ला प्रसाशन कार्यालय अगाडी धर्नाका लागि गएका प्रदर्शनकारीलाई प्रहरीले मालपोत कार्यालय अगाडी रोकेको थियो । त्यही समयमा मालपोत कार्यालय अगाडीवाट प्रहरीमाथि ढुंगा प्रहार भएपछि सशस्त्र प्रहरीका असई जेआर तामाङको नेतृत्वमा खटिएको टोलीले अन्धाधुन्ध लाठी चार्ज गरेको थियो । तामाङ उत्तेजित हुदै प्रदर्शनकारी र सर्वसाधारणमाथि जाइलागेका थिए । त्यस वेला मालपोत परिसरवाट मुकुन्द दाहाल लगायतका केही व्यक्तिले प्रहरीलाई उत्तेजित पारेको थियो । ¥यालीको नेतृत्व गरिरहेका सञ्जुहाङ पालुङवा, धर्मशिला चापागाई लगायतका नेताले ‘हाम्रो ¥याली शान्तिपूर्ण हो’ भन्दाभन्दै सशस्त्रले लाठी प्रहार गरेको थियो । सशस्त्रका असई तामाङले थप फोर्स मगाएपछि इन्सपेक्टर सिवी कार्की र नेपाल प्रहरीका इन्सपेक्टर सन्तोष चौधरीको नेतृत्वमा थप फोर्स आएको थियो ।
त्यसपछि नेपाल प्रहरीका सन्तोष चौधरीले आदेश दिएपछि प्रदर्शनकारीमाथि दोस्रो पटक लाठी चार्ज भएको थियो । त्यसवेला गगन पुरी लगायतका प्रदर्शकारी घाइते भएका थिए । प्रदर्शनकारीले मालपोतवाट ढुंगा प्रहार गर्ने मुकुन्द दाहाललाई पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएका थिए ।
0 प्रतिकृया:
Post a Comment