WHAT'S NEW?
Loading...

Chulachuli online Radio

बाटो पुनर्निर्माण कार्य सुरु

यलम्बर चौक 

धर्म सन्देश
चुलाचुली
देस ले जे जस्तो गती लिएता पनि इलाम को चुलाचुली गाउ बिकास समिती मा भने निरन्तर बिकास निर्माण का  कामहरु सुचारु रुप ले चली राखेका छन । सिमित श्रोत  भएको यो गाउ बिकास समिती मा गा बि स को अनुदान देखी अरु कुनै पनि श्रोत छैन आम्दानिको ।जिल्ला बिकास समिती ले पनि त्यती किन हो कुन्नी सदर मुकाम देखी भौगोलिक दुरी मा टाढा भएर होकी यो क्षेत्र को बिकास निर्माण मा  चासो दिदैन । तर खाने मुख लाई जुङा ले छेक्दैन  भने झै
निर्माणाधिन बाटो 
आफ्नो गाउ को बिकास का लागि यहाँ का जनसमुदाय आफै लागी परेका छन ।
निर्माणाधिन बाटो 
गा बि स को वडा नं ६ र ७  सिमाना मा पर्ने ठाडो बाटो लाई झापा को पाडाजुङी सम्म सिधै जोड्ने योजना का साथ कुनै पनि अनुदान सहयोग बिना स्थानिय जनता कै श्रम सहयोग र आर्थीक लगानी मा पुनर्निर्माण सुरु गरिएको छ ।पुरानो १२ फुटे बाटो लाई मर्मत गरी बढएर २८ फुटे बनाइ ६ नं को महादेब चोक देखी यलम्ब र चोक हुँदै झापा को लखनपुर मा पर्ने नर्सरि बाट   पाडाजुङी जोड्न का लागी चुलाचुली ७ निवासी गजेन्द्र याखा को अध्यक्षता मा बाटो निर्माण समिती तयार पारी काम सुरु गरिएको हाम्रा मित्र धर्म अधिकारी ले जानकारी दिनु भएको छ ।जानकारी का अनुसार बाटो बाट प्रभाबित जग्गा धनी बाट प्रती फुट रु १५० का दर ले रकम संकलन गरी  डोजर लगाइ बाटो बनाउने र आवस्यक जनसक्ती स्थानिय स्तर बाट नै पुर्ती गरिने जानकारी प्राप्त छ, बर्खा याम मा बर्षा का कारण बाटो हिलो हुने अनि यातायात का साधन हरु चल्न नसक्ने तथा पैदल यात्री लाई पनि निक्कै कस्ट हुने हुँदा सम्पुर्ण बासिन्दा को ध्यान सो बाटो निर्माण मा गएको  बुजिएको छ ।बाटो पुननिर्माण पछी स्थानिय बासी लगायत झापा लखनपुर बासिन्दा लाई पनि सिवालय सामुदायिक बन बाट घास दाउरा गर्न सहज हुने पाइएको छ । ।


0 प्रतिकृया: