WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

साबित्रा बास्कोटा
यो देस का नेताहरु  जनता छल्ने दाउ मा छन
दोधारे छन, दुइ खुट्टा दुइ तिरकै नाउ मा छन । ।
परिवर्तन गर्छौ भन्थे ठुला ठुला आशा देखाइ
उही पुराना सैलि हरु अनि हाउभाउ मा छन । ।
बिस्वास गरे जनता ले परिवर्तित नेतृत्व लाई
निरन्कुसता ढाल्छौ भन्थे कुसासन कै ठाँउ मा छन । ।
शान्ती न्याय स्वतन्त्रता ल्याउने कुरा गर्थे पहिले
अझै सोसक जालीझेली शहर अनि गाउ मा छन । ।
जुनै जोगी आए पनि कानै चिर्या भने जस्तो
भोका नाङा सर्वहारा अझै साहु कै पाउ मा छन । ।
सत्ता मोह रैछ सबलाई स्वार्थकै छ राजनिति
यसरि नै डुब्दै छ देस, जनता दुख्या घाउ मा छन

सबित्रा बस्कोटा
साब्लाखु ताप्लेजुङ
हाल- किर्तिपुर

0 प्रतिकृया: