WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल


भुपाल ठाडा रानामगर "क्षितिज"
लेखफर्सा-3 साजे,सुर्खेत।

सम्झ्यो सदा पीर हुन्छ!!
यहि जिन्दगी भीर हुन्छ!!


आमा बिते बेदनाको,
आँखाभरी नीर हुन्छ!

जोगाउदै मातृभूमि,
लड्ने महावीर हुन्छ!

धम्की न'दे व्यर्थ साहू,
संकेत नै तीर हुन्छ!

संसारनै जित्छ केबल,
जो चैँ सधैँ धीर हुन्छ!!

छन्द- कान्जाचुली
संकेत-SSI SSI SS
बिश्राम-4 अक्षरमा।

0 प्रतिकृया: