WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गज़ल...

गज़ल...✍
 ▬ इश्वरी दुलाल

भुली गएउ आँउछु भनी इंतजारमा छु ।।
अझै पनि म त पगली तिम्रै प्यारमा छु ।।

आँखाभरी तिमी नै छौ धड़कन छ तिम्रै ।।
छोड़ी कतै गको छैन यही संसारमा छु ।।

सानै उपहारमा पनि खुसी हुन्थेउ धेरै ।।
के ल्याई दिनु भन अहिले बजारमा छु ।।

त्यो मनसूनी न पठाउन बोकाएर याद ।।
अश्रु धारा छुटाई शीतल बहारमा छु ।।

मन थियो एकै झल्को तिम्रो मुहार हेर्ने ।।
झट्टै आउ ल म मृत्युको सन्घारमा छु ।।

0 प्रतिकृया: