WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गज़ल

Pyasi
Krishna Pyasi

मन भित्रका भावहरु, गाउँछ गज़लले।
ओठ भरी मुस्कान, ल्याउँछ गज़लले।

फ़ुराऊँछ  शब्दहरु,  मन  मुट  भित्रै  बाट,
कस्तो होला मन भनि, च्याउँछ गज़लले।

के-के बोल्छ भावनामा, भन्दै मन चोर्छ,
हात  दिंदै  साथ  दिन,  दाउँछ  गज़लले।

ओकलाउँछ शब्दहरु, रुवाउँछ गज़लले,
खुसी बने भित्रै  देखि, हसाउँछ गज़लले।

बेरि  दिन्छ  काफिया   र, रदिफ़ले  आँफै,
मिठास बन्न तखल्लुसमा, धाउँछ गज़लले।

0 प्रतिकृया: