![]() |
बिमला शर्मा सोभा |
सधै हुन्छ बन्द हड्ताल सम्झिएर छाती दुख्छ !!
भोकमरी जताततै महंगीले नेटो काट्दा !
गरिब दुखि हुन्छन् बेहाल सम्झिएर छाती दुख्छ !!
जनतालाई लुट्ने गर्छन सम्बिधानको खोल ओढि !
बढेका छन् देशमा दलाल सम्झिएर छाती दुख्छ !!
आफ्नै सन्तान लडेका छन लागाउँन अंश बण्डा !
तराइ अनि पहाड हिमाल सम्झिएर छाती दुख्छ !!
शान्ति क्षेत्र पनि अचेल क्रान्ति क्षेत्र बनाइ छाडे !
हुने भयौं झनै कंगाल सम्झिएर छाती दुख्छ !!
बिमला शर्मा सोभा
0 प्रतिकृया:
Post a Comment