WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

सुन्दर कुरुप

पिउँछु सधै दोषि छु म तर किन यस्तो लाग्छ
मलाई सधै पिलाउने उनको याद नै उस्तो लाग्छ
पिउदै हेर्दा सडकमा जिन्दगीका कथाहरु
मैले पिउने रक्सी भन्दा जिन्दगी नै सस्तो लाग्छ
रातमै फुली रातमै झर्ने पारिजातको यौवन देख्दा
पिउदै सोच्छु एकान्तमा आफै कस्तो कस्तो लाग्छ
जानिन्दैन बुझिन्दैन दैवको यो अपार लिला
भाग्य लेख्ने दैव पनि पिउदै लेख्छ जस्तो लाग्छ



0 प्रतिकृया: