WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

सुसिला पौडयाल
बनाएर मिठो बहाना तिमीले
लौ लाग्यौ लाजको गहना तिमीले
थियो नि छपक्कै नजर झुकेको
कसरी जगायौ चाहना तिमीले
रित्तिएर आफू भुलेर संसार
लुटायाै अनौठो खजाना तिमीले
लुकाएर आँखा दुनियाँ भरिको
सुटुक्कै झुक्यायौ जमाना तिमीले
चल्यो ढुकढुकी साटिँँदै सुस्तरी
लगायाै नचुक्ने निशाना तिमीले

सुसिला पौडयाल
कपन काठ्माण्डू

0 प्रतिकृया: