WHAT'S NEW?
Loading...

Chulachuli online Radio

कृयापुत्री बस्न गर्न नदिएको आरोप

– आमालाई आश्रय दिएको आरोपमा इलामको साखेजुङ ४ का चार दिदीबैनीलाई एउटै लाम्टो (दुग्ध) चुसेका दाजुहरुले काजकृया गर्न अवरोध गरेको आरोप लगाएका छन् ।
फागुन ३ मा ९० बर्षिय चन्द्रकला आचार्यको मृत्यु भए भएको थियो । साँखेजुङ ४ स्थित नेपालटारमा आमाको काजकृया गर्न माइतीघर आएका छोरीहरुलाई दाजुभाइले कृयाघरमै पस्नै नदिएको कान्छी छोरी निरु आचार्यले बताइन् । माइतीघर आउदा जेठा दाजु खगेन्द्र आचार्य सहित कान्छि भाउजु सेवनतीका आचार्यले घरमा बसेर कृया गर्न नदिएको पीडित निरुले बताइन् । २०६६ साल पुसमा बुवाको मृत्यु भएपछि  झापाको अर्जुनधारामा विवाह भएकी साइली छोरी निर्मला खतिवडाले आमालाई पाल्दै आएकी थिइन् ।

आमालाई पालेको कारण छोरीहरुलाई आमाको कृया गर्न माइतीपक्षले अवरोध गरेपछि अहिले माइलो दाईको घरमा जवरजस्ती बसेर ठाडो कृया गर्न बाध्य भएको उनले बताइन् । अहिले गाउँले आखा तर्छन् । पुरोहीत बोल्दैनन् । ‘कृयागर्ने कसैको साथ र सहयोग नपाउदा ठाडो कृया गर्न बाध्य हुनु परेको हो ।’ निरुले भनिन् । मृतक आचार्यका जेठी छोरी भूमीका अधिकारी, माइली पवित्रा काफ्ले, साइली निर्मला खतिवडा र कान्छी निरु आचार्य रहेका छन् ।
स्थानियले भने जति प्रयास गरेपनि चेलीहरुले एक साथ कृया गर्न नचाहेको बताए । आन्तरीक झगडाको कारण बेग्लै कृया गरेपनि दाजुभाईले वेवास्था नगरेको छिमेकीहरुले बताए । एक छिमेकीले टेलीफोनमा भने ‘अनीहरुले आरोप लगाए जस्तो अवस्था हैन, आएर हेर्न सक्नु हुन्छ ।
यता पीडितले काजकृया गर्न नपाएको गुनासोका  विषयमा पीडितका दाजु लक्ष्मीप्रसाद आचार्यसंग बुझ्दा आफूहरुलाई आरोप मात्र लगाएको बताए । ‘उनले भने यो सवै कुरा दिदीबहीनिहरुको भ्रम हो । घर सानो भएकाले तीन वटा कोठामा बसेर आमाको कृया गरिरहेका छौंं’ ।


sandakpuronline

0 प्रतिकृया: